तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउँनुहोस् । किनकि, गलत समयमा चिया पिउँनु तपाईका लागि केही प्रकारका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँन सक्छ ।
१. ‘बेड टी’बाट हुनसक्छ एसीडिटी – यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ, साथै यो शरीरुमा टोक्सिनको मात्रा पनि बढाउँछ ।
२. खानापछि चिया – खाना खाएपछि चिया पिउँनुहुँदैन । यसले पाचन क्रिया ढिलो हुँदैजान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ, जसले गर्दा प्रोटीन र आयरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन । जो व्यक्ति आइरनको कमिबाट जुधिरहेका छन्, उनहरुले खानापछि चिया पटक्कै पिउँनुहुन्न ।
३.सुत्नअघि चिया – चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।
४. आइरन र क्याल्सियमसँग चिया – यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।
बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
निमित्त जिल्ला शिक्षा अधिकारी दलबहादुर थापाले शैक्षिक सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक संवेदनशिल बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानिया र पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले शैक्षिक नतिजाको हिसावले लिटील गार्डेन जिल्लामै अगाडी रहेको बताउनुभयो ।
प्रिन्सीपल खुमबहादुर केसीले विद्यालयको गतिबिधीको बारेमा जानकारी गराउँदै २०७३ कौ एसईई परिक्षाको औसत नतिजामा लिटील गार्डेन जिल्लामा अगाडी रहेको बताउनुभयो । अभिभावक घनश्याम खड्का, विद्यार्थी सुदिप्ता पौडेल र अमिसा परियारले पनी शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सो समारोहमा भदौ ३१ गते देखि विद्यालयमा सञ्चालित खेलकुद प्रतियोगिताका बिजेता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले नृत्य र कलाकार सुर्य घतानेले गित प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालन र शिक्षीका ईन्दिरा आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
मधुमेह रोगीलाई
इन्सुलिनको काम गर्छ ।
यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।
यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
तीते करेलाको फई मात्रै होइन वेफाईदा पनि छ ।
गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ
प्राय सबैलाई रिस उठ्छ। रिस उठ्नु प्रकृति र विज्ञानको नियम पनि हो । स्वस्थ आवेग वा आक्रोश आफैँमा समस्या होइन । तर, रिस उठ्दा विवेक नै गुम्छ भने यसको कारण र समाधान तत्काल खोज्नुपर्ने हुन्छ ।
निस्क्रिय र आक्रमक रिस
निष्क्रिय रिसलाई पहिचान गर्न गाह्रो पर्छ किनकी यसलाई दबाइएको हुन्छ । मानिसमा हुने इगो यसकै उपज हो । यस अवस्थामा तपार्इँले बाह्य रुपमा रिस नदेखाउन पनि सक्नुहुन्छ, तर भित्र भने झनै गम्भीर हुन्छ । यस्तो रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ ।
तर, आक्रमक रिस भने बढी खतरनाक हुन्छ किनकी यसले तपाई र अन्य व्यक्ति वा सम्पक्तिमा नै भौतिक हानी गर्न सक्छ । तपार्ई आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण समेत गुमाउन पुग्नुहुन्छ । यसलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी भनिन्छ । तर, सबै प्रकारका आक्रमक अनियन्त्रित रिस आइइडी होइनन् ।
त्यसो त विभिन्न मनोवैज्ञानिक कारण र रोगले पनि तपाईलाई आक्रमक बनाउछ ।
निम्न अवस्थामा तपाईको रिस अनियन्त्रित र आक्रमक हुन्छःः
निरन्तर रुपमा अत्यधिक खराब मुडमा भएमा
बारम्बार एउटै नकारात्मक सोच आएमा
आफ्नो सोचलाई व्यबस्थापन गर्न कठिनाई भएमा
आफू वा अरु कसैलाई हानी गरुँ जस्तो लाग्ने
मुटुको धडकन बढ्नु, छाती बढी कसिलो हुनु
टाउको दुख्नु, चिटचिट पसिना आउनु र आफूलाई नियन्त्रण गर्न नसक्नु
किन हामी आक्रमक र हिंसात्मक हुन्छौ ?
अनियन्त्रित रिस वा आक्रोस कुनै निश्चित रोगको लक्षण वा परिणाम हो भन्ने विषयमा चिकित्सहरु नै अझै प्रष्ट हुन सकेका छैनन् । तर, दिमागमा भएको सेरोटोनिन नामक रसायनमा भएको अबरोध वा परिवर्तनले हिंसात्मक वा आक्रमक स्वभाव देखाउने अनुसन्धानकर्ताहरुले पुष्टि गरेका छन् ।
न्यूरो वैज्ञानिकहरुका अनुसार दिमागको कुनै निश्चित भाग जस्तै र्कोटेक्स, एमीगडााला ९रिस, त्रास, तनाब हुने क्षेत्र० मा असर भएमा मानिसलाई अनियन्त्रित रिस उठ्छ ।
के रोग र मानसिक असन्तुलले आक्रमक बनाउछ ?
वैज्ञानिकहरुका अनुसार मानसिक असन्तुलन र अस्वस्थता जस्तै डिप्रेसन, वाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, डिमेन्सिया र अल्जाइमर रोगका कार मानिसमा अनियन्त्रित रिस र हिंसा उत्पन्न हुन्छ ।
त्यस्तै उच्च रक्तचाप, ह्दयघात, स्ट्रोकको समस्या, र पाचन प्रणालीमा हुने गडबढीले पनि मानिसमा अत्यधिक रिस उठ्छ । त्यसो भए निै रोगको उपज हो त रिस रु विज्ञहरु भने यस विषयमा सत प्रतिशत सहमत छन् ।
ब्रेन इन्जिुरी
अनियन्त्रित रिस र आक्रम स्वभावले ब्रेन इन्जिुरी बनाउँछ । न्युर्योक युनिर्भसिटी स्कुल अफ मेडिसियनका प्राध्यपक डा जोनाथान सिल्भर भन्छन्, ‘ब्रेन इन्जिुरी भएका मानिसमा आक्रमक स्वभाव र रिस उठिरहन्छ ।’ आक्रमक स्वभावले मानिसलाई डिप्रेसनको शिकार बनाउने उनको भनाई छ । तसर्थ दिमागको कुनै एक भागमा इन्जिुरी छ भने यसले अन्य भागमा पनि असर गर्छ ।
स्ट्रोक
अत्यधिक रिसाउने व्यक्तिमा स्ट्रोकको समस्या हुने चिकित्सकहरु बताउछन् । जर्नल न्युरोलोजीमा प्रकाशित एक कोरियाली अध्ययन अनुसार स्ट्रोकका बिरामीहरुले आफ्नो रिस वा आवेगलाई नियन्त्रण गर्न सक्दैनन् । चिकित्सकहरुले गरेको सो अनुसन्धानमा सहभागी ३२ स्ट्रोकका बिरामीहरुमध्ये सबैको बोलीमा असुन्तलन, अत्यधिक आवेग र दिमागको र्कोटेक्समा असर रहेको पाइएको थियो ।
हृदयघात
हृदयघात र मुटुको रोग डिप्रेसन र अन्य भावनात्मक परिबर्तसँग सम्बन्धित छन् । जीवनमा एक पटक ह्दयघात भएर बाँचेका अधिकांश मानिस अझै पनि आफ्ना भावनाहरुसँग संघर्ष गरिरहेका हुन्छन् । उनीहरुमा देखिने चिन्ता र निराशको तहले डिप्रेसन, हरेस, र आत्मविश्वास गुम्छ जसका कारण आफूलाई नै नियन्त्रण गर्न सक्दैनन् । दिमागमा हुने सेरोटोनिन नामक रसायनमा हुने परिवर्तनसँगै मानिसमा मुटजन्य रोगहरु उत्पन्न हुने र यो सबै रिस र आक्रोशसँग प्रत्यक्ष सम्बन्धित भएको अनुसन्धानकर्ताहरु बताउँछन् । -स्वास्थ्य खबरपत्रिका बाट
विभिन्न प्रकारका अर्बुद (क्यान्सर) मध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ ।वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको अर्बुद पर्छ । डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिनसक्छ ।
क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा रश्मि पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो नहुने हुन्छ ।
महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो । डिम्बाशयको अर्बुदको कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने चिकित्सक बताउँछन् । डा चापागाईंका अुनसार ४०/५० वर्षका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको अर्बुद भएका बिरामी, परिवारमा अरु कसैलाई अर्बुद भएको छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना रहन्छ ।
तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको अर्बुद हुन सक्छ ।
रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय अर्बुद भएको हो होइन पत्ता लगाइन्छ ।
विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गरिन्छ । विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले भन्नुभयो,“अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो ।” उहाँले अर्बुद गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ । अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु अर्बुद जस्ता नसर्ने रोगका कारण हुने गरेको विज्ञ बताउँछन् ।
म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ ।गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् ।
रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको छ । आकाश पाईजा पुन, मञ्जिता केसी र अस्मि पुर्जाको अभिनय रहेको गितको म्युजीक भिडीयोलाई दुर्गा बिरहीले निर्देशन गरेका छन् । आत्मविश्वास फिल्म प्रा.लीले तयार गरेको म्युजीक भिडीयो युट्युव मार्फत सार्वजनीक गरिएको हो । पुनको यो पहिलो सांगीतिक कोशेली हो ।
म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भएको प्रतियोगितमा माउण्ट एभरेष्ट आवासीय माविका मिलन विश्वकर्मा प्रथम भएका छन । त्यस्तै दिप्तिय चिल्डेन लाईफ बोडिङ बागलुङका दिपेश थापा, तितृय डडुवाकी सङगिता किसान सान्तवना हुन सफल भएका छन ।
प्रतियोगितामा प्रथम, द्वितीय तृतिय र सान्त्वना हुनेले प्रमाणपत्रसहित नगद, क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा बिजयी विद्यालयलाई प्रमुख अतिथि बेनी नगरपालिका मेयर सन्जु बरुवालले पुरुष्कार वितरण गर्नुभएको हो । धौलागिरि अन्चलभित्र लुकेर रहेको बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न बालदिवसको अवसरमा आयोजित कार्यक्रमलाई उद्घाट्न गर्दै प्रमुख अतिथि उपमेयर बरुवालले बालबालिका भित्र रहेको अन्तरनिहित क्षमतालाई चिनाउन लोकगित प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो ।
त्यस्तै सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, लमसुङ माविका प्रअ तुृलसिनाथ सुवेदी स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला बाल संजाल म्याग्दीका अध्यक्ष दिपक परिवारको अध्यक्षता, उपाध्यक्ष थपप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव रन्जना श्रेष्ठले गरेकी थिईन । बालमैत्री शासन, बालअधिकारको सम्मान गर्ने मूल उद्देश्यले आयोजित प्रतियोगितामा २५ टिमको सहभागि भएको थियो । धिरन खत्री
Money Falling on Happy Businessman --- Image by JLP/Jose L. Pelaez/Corbis
एजेन्सी । ज्योतिष शास्त्रका अनुसार जन्मबार अनुसार मानिसको स्वभाव तथा जीवनको अवस्थाको बारेमा समेत जाकारी पाउन सकिन्छ ।
जन्मबारका अनुसार मानिसको ग्रहको प्रभाव शरीरमा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । बार अनुसार पुरुष र स्त्रीको स्वभाव र भाग्यमा समेत फरक पर्छ । एउटे बारमा जन्मिएका पुरुष र स्त्री फरक फरक स्वभाव र भाग्यका हुने गर्छन् ।
कुन बारमा कुन ग्रहको प्रभाव
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । आइतबार जन्मिने स्त्री दान९पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
मंगलबारः
पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबारः
पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।
विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।
शुक्रबारः
पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
म्याग्दीको अन्नपुर्ण गाउपालिका – ५ साबिक शिख गाविसमा जन्म भई बिगत बिस वर्ष देखि हंगकंगलाइ कर्मथलो बनाउदै आएकी आशा पाइजाले आफ्नो पहिलो सांगेतिक कोसेली जसको निम्ती आँसु बजारमा ल्याएकी छिन।
कन्चन सुशील म्युजिक प्रा.लि.ले तयार पारेको म्युजिक भिडियो बिन्दाबासिनी म्युजिक प्रा.लि. सँगको सहकार्यमा शुक्रबार बिन्दाबासिनी म्युजिक प्रा.लि.को आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। पाइजा आफैले शब्द रचना गरेकी उक्त गीतमा संगीतकार पुष्पराज बरालले संगीत भरेका छन् भने गायिका गीता पाइजाले स्वर दिएकी छिन।
विभिन्न विधाका कलाकारको उर्बर भुमि म्याग्दीमा पछिल्लो समयमा संगीत मोह बढ्दै गएको पाइन्छ । आफुले बजारमा ल्याएको म्युजिक भिडियो बारे पाइजाले भनिन ! यो मेरो संगीत रहर हो सुख दु:खका साथी गीत संगीत ले कही न कही यथार्थ बोकेको हुन्छ यो गीतको पनि मैले एक जना मित्र सँग भावनात्मक कुराकानीका क्रममा रचना गर्न मन लागेर तैयार पारेको हो ।https://youtu.be/lyAZpfYvOjg
दुख बिर्साउने गितहरु मेरो जिबनको सारथी हुन् त्यसैले पहिलो प्रयास गरेको हो दर्शक स्रोताको सल्लाह सुझाब अनुसार आगामी दिनमा पनि गीत बनाउने सोचमा छु। रहर लागेर प्रयास गरेको हो सबैले सुनेर सल्लाह सुझाब दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु हेरौ कस्तो प्रतिक्रिया आउछन पाइजाले हास्दै भनिन ।
मन्जुश्री रेकर्डिङ्ग स्टुडियो पुतली सडकमा रेकर्ड भएको गीतको एरेन्ज छेवाङ्ग लामा द्वारा भएको थियो भने भिडियो इन्जोए मुभी प्रा.लि.ले छायांकन गरेको हो । सुबास जिसी को निर्देशन रहेको भिडियोमा चर्चित मोडेल सगुन साही र सुबास जिसी मुख्य भूमिकामा अभिनय गरेका छन् भने कलाकारहरु शिब र सुक्रियाले समेत अभिनय गरेका उक्त म्युजिक भिडियोको छायांकन कृष्ण पाण्डेले गरेका छन् ।
व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर।
पछिल्लो समय उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्।यसको अर्को कारण पनि छ-हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।
एकै ठाउँ बसी–बसी काम गर्ने शहरीया शरीरलाई व्यायाम पुग्दैन। परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ।उसो भए गर्ने के त-खानै छाड्ने? शहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने?
होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौंधेरैलाई लाग्ला-शारीरिक परिश्रम गर्ने समय कहाँ पाउनु, जाँगर कहाँबाट जुटाउनु? ठीक छ-तपाईं दिनको दश मिनेट व्यायाम गर्ने समय, जाँगर र धैर्यता जुटाउन सक्नुहुन्छ होला नि? आफ्ना लागि दश मिनेट त निकाल्न सक्नुहुन्छ नि?
व्यस्त जीवन शैलीको प्रभाव मात्र होइन उमेरसँगै हाम्रो शरीरका मांसपेसी आफैं पनि कमजोर र लुलो हुँदै जान्छन्। तिनलाई तन्दुरूस्त राख्न हामीले केही व्यायाम त गर्नै पर्छ। हैन भने हाम्रो शरीर समयभन्दा चाँडै कमजोर हुँदै जान्छ, रोग लाग्छ। रोगसँगै मन पनि कमजोर हुँदै जान्छ।
शारीरिक तन्दुरूस्ती र स्वस्थ जीवनयापनको निम्ति हामीले दिनको २४ घन्टामा मात्र १० मिनेट आफूलाई दिए पुग्छ। प्रत्येक दिन यति समय आफ्नो निम्ति दिन सके वर्षौं झेल्नुपर्ने दुःख र झन्झटबाट छुट्कारा पाउने सम्भावना रहन्छ।
छोटो समयमा गर्न सकिने, वैज्ञानिक हिसावले प्रभावकारी मानिएका ५ व्यायामबारे हामी यहाँ चर्चा गर्दैछौं। प्रभावकारी भएकै कारण यी व्यायाम अहिले संसारभर लोकप्रिय बन्दै गएका छन्।
१. प्ल्यांक
प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरु बताउँछन्।
गर्ने तरिकाः पुस अप गर्ने जस्तै अवस्थामा घोप्टो पर्ने। कुहिनामुनिको हातको भाग समतल पारेर टेक्ने। जीउ तनक्क सिधा पार्ने। यसरी बस्दा खुट्टाका औंलाले भुँइमा टेकिएको हुनुपर्छ। जमिनसँग शरीर समानान्तर हुनुपर्छ।
अब यो अवस्थामै शरीरलाई दुई मिनेटसम्म स्थिर राख्ने। यसो गर्दा शरीरको सम्पूर्ण बल कम्मर, ढाड, पेट र हिपमा पर्छ। प्ल्यांक २ मिनेटसम्म गर्दा प्रभावकारी हुन्छ र सकिन्छ पनि।
यदि तपाईं धेरै मोटो वा धेरै कमजोर हुनुहुन्छ भने सुरूमै २ मिनेटसम्म गर्न गाह्रो हुन्छ। प्ल्यांक सुरूमै २ मिनेट गर्ने होइन। सुरूआतमा तपाईं जति सक्नुहन्छ, त्यति आफूलाई अड्याउनुहोस्। १५, २०, ३० सकेण्ड, जति सक्नुहुन्छ अडिनुहोस् र केही सकेण्ड आराम गर्नुहोस्।
त्यसपछि फेरि सुरू गर्नुहोस्। यो प्रक्रिया एकपटकमा तीन पटकसम्म दोहोर्योउनुहोस्। विस्तारै शरीर क्षमता बढ्दै जान्छ र तपाईं एकैपटकमा २ मिनेटसम्म प्ल्यांक गर्न सक्नुहुनेछ।
ध्यान दिनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। एकैपटक दुई मिनेट गर्छु भनेर सुरू देखिनै कस्सिनु हुन्न। शरीर बलियो हुँदै गएपछि विस्तारै दुई मिनेटसम्म गर्न सकिनेछ।
शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।
फाइदाः यो व्यायाममा तपाईंको कम्मर, पेट वरपर, हिप र ढाडका सबैमा बल पर्छ। पेट र हिपका अनावश्यक बोसो कम गर्नुका साथै मांसपेशी बलियो र कसिलो बनाउँछ। मेरूदण्डको आसन सुधार्छ जसले तपाईंलाई कुप्रो हुने र ढाड दुख्ने समस्याबाट जोगाउँछ।
२. साइड प्ल्यांकः
यो प्ल्यांकमा जस्तै कुहिनामुनिको हातको भाग समतल टेकेर गरिने व्यायाम हो। यसमा कोल्टे परेर एक हात टेकिन्छ अर्को कम्मरमा राखिन्छ। यो दुई पटक गरी दुई मिनेट गर्न सकिन्छ।
गर्ने तरिकाः कोल्टे फेरेर सिधा भएर माथि भनेजस्तै गरी हात टेक्ने। घुँडा मुनिको भाग मात्र जमिनमा छुवाउने र एक खुट्टामा माथि अर्को राख्ने। एक हात कम्मरमा राख्ने। अब बिस्तारै शरीर तलमाथि गर्ने।
शरीर तल जाँदा कम्मरले एक सेकेण्डसम्म भुँइ छुवाउने अनि माथि उठाउने। यो व्यायाम एकपटकमा १५ पटकसम्म तलमाथि गरे पुग्छ। दायाँ र बाँया तिर १५/१५ पटक गर्ने र आराम गर्ने। यही प्रक्रिया अर्कोपटक पनि गर्ने।
ध्यान पुर्याउनुपर्ने कुराः यो व्यायाम गर्दा शरीर, हात र खुट्टा सिधा हुनुपर्छ। सुरूमा ५ पटक तलमाथि गर्दा हुन्छ, विस्तारै १५ पटकसम्म गर्ने। तर, दैनिक तीन पटकभन्दा बढी नगर्ने। शरीरको भार पाखुरामा पर्ने हुनाले भाँचिएर दुख्ने समस्या भएकाले नगर्दा राम्रो हुन्छ। महिनावारी भएका बेला र गर्भवतीले पनि यो व्यायाम नगर्ने।
फाइदाः यो व्यायामले मुख्य रूपमा पेटको दायाँबायाँ छेउमा भएको बोसो कम गर्छ। तिघ्रा, पेट र हिपका मांसपेशी बलियो र कसिलो बनाउँछ। प्ल्यांक र साइड प्ल्यांक मिलाएर गर्दा पेटको समग्र व्यायाम हुन्छ।
३. सुतेर गर्ने साइक्लिङः
यो व्यायाम समतल भुँइमा सुतेर साइकल चलाएझैं गर्ने हो। यो पनि जम्मा दुई मिनेट गर्ने।
गर्ने तरिकाः सिधा शरीर पारेर भुँइमा सुत्ने। अब बिस्तारै हलुका टाउको उठाउने। दुवै हात साइकलको ह्याण्डल समाए जस्तै गरी अगाडि सिधा राख्ने। अथवा तपाईं आफ्ना हात टाउकोमा राख्न्न पनि सक्नुहुन्छ। दुवै घुँडा सिधा माथि (९० डिग्री) उठाएर खुम्चाउने। हिप थोरै उठाउने ताकि तपाईंको कम्मरमा बल परोस्। टाउको र हात स्थिर राख्ने। विस्तारै दुवै खुट्टा साइकलको पेडल चलाएझैं चलाउने।
तपाईंले सुरूमा ५० र पछि १०० पटकसम्म यसरी खुट्टा चलाउन सक्नुहुन्छ। यसरी चलाउँदा टाउको र हिपले उठाइनै रहनुपर्छ। यही प्रक्रिया अर्कोपटक पनि गर्ने। तपाईंलाई यदि टाउको उठाएर गर्न गाह्रो हुने भए सुताएरै पनि गर्नसक्नुहुन्छ। तर, उठाएर गर्दा धेरै प्रभावकारी हुन्छ।
ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले साइक्लिङ नगर्ने। सुरूमा गर्दा कम समय गर्ने र विस्तारै बढाएर दुई मिनेटसम्म पुर्याउने।
फाइदाः साइक्लिङले तपाईंको सम्पूर्ण मांसपेशी चलाउँछ। कुम र कम्मरको मांसपेशी बलियो बनाउँछ। पेट, तिघ्रा, हिप र पछाडिको अनावश्यक बोसो कम गर्छ। मुख्य रूपमा तिघ्रा र हिपसहित समग्र खुट्टाको बोसो कम गरेर मांसपेशी बलियो र कसिलो बनाउँछ।
४. जम्प स्क्वाटः
सुतेर गरिने तीन व्यायाम पछि हामी अब उठेर गरिने दुई व्यायामको कुरा गरौं। जम्प स्क्वाटले हाम्रो समग्र तौल कम गर्न मद्दत गर्छ।
गर्ने तरिकाः जम्प स्क्वाट उफ्रेर गरिने व्यायाम हो। हामी सानो ठाउँमा पनि यो गर्न सक्छौं। तर आफू उफ्रिँदा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा उभिने।
दुवै हात सिधा तन्काउने। जिउ सिधा उभ्याउने। अब बिस्तारै हिपलाई तल सार्दै कुर्सीमा बसे जस्तो गर्ने। यसो गर्दा तपाईँको पिँडुला र ढाड खुम्चन दिन हुँदैन। हात पनि सिधा नै राखिराख्ने।
अब आफ्नो शरीरलाई त्यही कुर्सीमा बसेको आसनमा ४/५ सेकेण्डसम्म अडाइराख्ने। अब त्यही आसनबाट बुरूक्क माथि तिर उफ्रिने। यसरी उफ्रिँदा शरीरलाई पुरा शक्ति दिने। उफ्रिएपछि तुरुन्तै कुर्सी आसनमा फर्कने। ५ सेकेण्ड बस्ने, फेरि उफ्रिने। यो १० पटकसम्म लगातार गर्ने। १५ सेकेण्ड आराम गर्ने र पुनः १० पटक अघिकै प्रक्रिया दोहोर्याउने।
ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले जम्प स्क्वाट नगर्ने। सुरूमा गर्दा १० पटक नसके ५ पटक गर्ने।
फाइदाः जम्प स्क्वाटले पूरा शरीर चलाउँछ। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ। यसले टाउको, पूरै हात, खुट्टा, ढाड, पेट र हिपको व्यायाम हुन्छ। तपाईंको हिप, ढाड र कम्मरको मांसपेशी बलियो हुनुका साथै मेरुदण्डको आसन सुधार्छ। ढाड दुख्ने समस्या कम गराउँछ। पिडुँला बलियो बनाउनुका साथै हिप र पछाडि कम्मरमा लागेको अनावश्यक बोसो कम गराउँछ।
उफ्रिँदै गरिने भएकाले जम्प स्क्वाटले तपाईंलाई तत्काल ताजा र ऊर्जावान् बनाउँछ।
५. उड चपः यो व्यायामको अंग्रेजी नामको अर्थ ‘काठ काटनु’ हो। यो व्यायाम पनि त्यसरी नै गरिन्छ। उभिएर गरिने यो व्यायाम अझै प्रभावकारी बनाउन तपाईंले २/३ किलोको डम्बबेल पनि लिन सक्नुहुन्छ। नभए पानी भरिएको डेढ/दुई लिटरको बोतल वा कुनै बल पनि प्रयोग गर्न सक्नुहुन्छ। चाहिन्छ नै भन्ने होइन, हुँदा सहज र प्रभावकारी हुन्छ।
गर्ने तरिकाः उड चप उभिएर गरिने व्यायाम हो। आफू चल्दा दायाँबायाँ र माथि नठोक्किने गरीको खुला ठाउँमा सिधा उभिने। जिउ सिधा उभ्याउने। बिस्तारै खुट्टा फट्याउने। दुई खुट्टाबीच आफ्नो शरीर अनुसार १/२ फिटको दूरी बनाउने।
अब दुवै हातले अघि भनिएको डम्बबेल वा बोतल तेर्सो पारेर समाउने। यी सामान नभए, हत्केला एकआपसमा कसिलो गरी बाँध्ने, बन्चरो वा क्रिकेटको ब्याट समाएझैं।
त्यही आसनमा अब दायाँ वा बायाँ तिर फर्किने र थोरै निहुरेर काठ चिरेझैं गर्ने। यो गर्दा तपाईंको हात हल्का झट्कारिनु पर्छ। खुट्टा स्थिर राखेर शरीर पूरै घुमाउनु पर्छ।
यो दायाँबायाँ १५/१५ पटकसम्म लगातार गर्ने। १५ सेकेण्ड आराम गर्ने र पुनः १५/१५ पटक अघिकै प्रक्रिया दोहोर्याउने।
ध्यान पुर्याउनुपर्ने कुराः महिनावारी भएका बेला र गर्भवतीले उड चपि नगर्ने। सुरूमा गर्दा १५ पटक नसके ५/१० पटक गर्ने। धेरै तौल भएको डम्बबेल, बोतल वा कुनै सामान नबोक्ने।
फाइदाः उड चप पूरा शरीरको व्यायाम हो। यसले तौल कम गर्न र शरीर सुगठित बनाउन निकै मद्दत गर्छ।
मुख्य रूपमा हातको सही व्यायाम हुन्छ र कम्मरको दायाँबायाँको बोसो कम हुन्छ। यसबाहेक टाउको, खुट्टा, घुँडा, ढाड, पेट र हिपमा पनि यसको प्रभाव हुन्छ।
यो व्यायामले पाखुरा, कुम र गर्धनका साथै ढाड र कम्मरको मांसपेशी बलियो र कसिलो बनाउँछ। ढाड दुख्ने समस्या कम गराउँछ भने तिघ्रा बलियो बनाउँछ।
व्यायाम रोकेर फेरि सुरू गर्दा बीचमा केही सेकेण्ड लामो सास फेरेर आराम गर्नुहोस्। तपाईंले व्यायाम सुरू गरेपछि विस्तारै समय बढाउन सक्नुहुन्छ, एकैपटक धेरै बेर गर्न नखोज्नुहोस्।
तपाईंले दश मिनेट आफ्ना लागि निकाल्न सक्नुभयो भने यी सबै व्यायाम गर्न सक्नुहुन्छ। तर यी कुनै पनि व्यायाम सुरूमै दुई-दुई मिनेट गर्न गाह्रो हुन्छ।
धेरै मानिसले सुरूमै यी व्यायाम धेरै बेरसम्म गर्न खोज्छन्। शरीरले धान्दैन अनि बीचैमा छोड्छन्।
तपाईं त्यसो नगर्नुहोस्। अंग्रेजीमा एउटा भनाई छ-गो स्लो टु गो फार। अर्थात् टाढा पुग्ने हो भने बिस्तारै जाऊ।
तपाईं पनि बिस्तारै तर दृढ सुरूआत गर्नुहोस्। पाँचै व्यायाम एकै पटक सुरू गर्नुपर्छ भन्ने पनि छैन। एउटा वा दुइटाबाट सुरू गर्नुहोस्। दश सेकेण्ड, पन्ध्र सेकण्ड गर्दै लैजानुहोस्।
तर अन्तत: सबै पाँचै व्यायाम नियमति गर्छु भन्नेमा सुरूदेखिनै दृढ रहनुहोस्।
प्रत्येक दिन तपाईंले आफूलाई दिने १० मिनेटले शरीरलाई निरोगी र स्वस्थ्य राख्छ। उमेर ढल्किँदै गए पनि शरीरलाई तुलनात्मक रुपमा बलियो राख्छ।
तपाईंको काम गर्ने क्षमता बढ्छ, खुशी थपिन्छ। आफ्ना लागि दैनिक दश मिनेट नछुट्याउने त? setopati.com