Wednesday, April 30, 2025
17.6 C
Beni
17.6 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 1528

जान्नुहोस कागतीका बेफाईदा पनि

0

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त हटाउने, छालाको सुन्दरता कायम गर्नेलगायत अन्य फाइदाका लागि प्रयोग गरिने अनमोल कागतीले हाम्रो शरीरमा विभिन्न किसिमका साइडइफेक्टहरू पनि ल्याउन सक्दछ।

बुझ्नुपर्ने कुराहरू सर्वप्रथम त, कागती भनेको एकदमै अम्लीय तत्व हो, मतलब यसमा धेरै मात्रामा एसिड रहेको हुन्छ। त्यसकारण नै कसैकसैको लागि कागती विष सरह हुन जान्छ। दोस्रो कुरा, अधिकांश छालाका समस्या जस्तै डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि कागतीको प्रयोग गरिन्छ। तर, विचार पुर्याउनुपर्ने कुरा के छ भन्दा, कागतीले हाम्रो छालामा पनि साइडइफेक्ट गर्न सक्छ। त्यसैले आफ्नो अनुहारको दागधब्बा, कालो दाग अथवा डण्डीफोरको उपचारको लागि कागतीको प्रयोग गर्नुभन्दा अगाडि निम्न कुराहरूमा सावधानी अपनाउनुपर्दछ ।

सुक्खा छालाको लागि- यदि तपाईँको अनुहारको छाला सुक्खा खालको (तेल ननिस्कने छाला) छ भने, अधिक कागतीको जुस प्रयोग गर्दा त्यसले अझ बढि सुक्खा र फुस्रो बनाउँदछ। त्यसैले कागतीलाई सीधै अनुहारमा पोत्नुभन्दा, त्यसको रसलाई मनतातो पानीसँग घुलाएर पातलो बनाई लगाउनुपर्दछ।

डण्डीफोरको लागि- कागतीको जुसमा हुने अधिक एसिडले पाक्न लागेको डण्डीफोरलाई झन् असर गरी रगत निकाल्ने अथवा जलन गराउन सक्छ।

कालो छालाको लागि- यदि तपाईँको छाला कालोवर्णको छ भने डण्डीफोर तथा अन्य उपचारको लागि कागती प्रयोग नगर्दै उचित हुन्छ। किनभने कागतीमा भएको एसिडले छालालाई जलाएर अझ कालो बनाउन सक्दछ।

कागतीका अन्य साइडइफेक्टहरू

१. दाँत खिइने -कागती, निबुवा, भोगटे जस्ता अम्लीय खानेकुराहरूको अधिक सेवनले दाँत र बलियो एसिडको व्यापक सम्पर्क हुने गर्छ। यसले दाँतलाई सुरक्षा गर्ने इनामेललाई खियाई दाँतलाई संवेदनशील बनाउँदछ, विशेष गरी तातो र चिसो खानेकुराको लागि। धेरै अमिलो खानेकुरा खाँदा दाँत कुडिन्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। र दाँत कुडिएको बेला चिसो वा तातो पदार्थ खाँदा दाँत सिरिङ्ग बनाउँछ- यो पनि सबैलाई अवगत भएकै कुरा हो।

त्यसैले कागतीको सेवन गर्दा सीधै दाँतले टोक्ने अथवा चुस्ने गर्नुहुँदैन। कागतीको जुस पिउँदा पनि दाँतसँग सम्पर्क नगराउने गरी स्ट्र (Straw) को माध्यमबाट पिउनुपर्दछ।

२. छात्ति पोल्ने -कागतीको जुस अथवा कागती पानीको अधिक सेवनले छात्ति पोल्ने समस्या उत्पन्न हुन सक्छ। पहिल्यै देखि यस्तो समस्या भएकाहरूलाई झन् सताउन सक्छ। अमिलो खानेकुरा तथा पेयपदार्थको सेवनमा कमि गर्दा यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

३. एसिडिटी र अल्सर छात्ती र पेटको बीच भागमा पोल्ने, रिँगटा लागेको जस्तो हुने, बान्ता हुन खोज्ने अनि भोक लागेको जस्तो महशुस हुने समस्या नै एसिडिटीका लक्षणहरू हुन्। धेरै चिल्लो, पीरो र अमिलो खानेकुराको सेवनले एसिडिटी बढाउँदछ, जसमा कागती पनि पर्दछ। भोजननलीमा पेटको एसिडले जलन गरिरहेको बेला कागती सेवन गर्दा त्यसले अझ बढि पोल्दछ र अवस्थालाई गम्भीर बनाउँदछ।

यदि तपाईँलाई अल्सर छ भने पनि कागती नखान हामी तपाईँलाई सल्लाह दिन्छौँ। कागती मात्रै होइन, अन्य अमिलो, पीरो र चिल्लो खानेकुरा पनि बार्नुपर्दछ।

४. पेटको गडबडी हुने खाने कुरा पचाउन गाह्रो भैरहेको बेला कहिलेकाहिँ थोरै कागतीको सेवनले पचाउन सजिलो पर्दछ। तर यदि कागतीको मात्रा बढि भएमा त्यसको असर ठ्याक्कै उल्टो हुन जान्छ। यसले पेटको भित्री भित्तामा रहेका रक्षात्मक कोषमा क्षय पुर्याउँदछ, जसको कारण एसिडिटी, ग्यास्ट्रिक जस्ता समस्या पैदा गराउन सक्दछ। त्यसैले यदि कागतीको सेवन गर्नैपरेमा, सुरुमा थोरै मात्रामा खानुहोस्। १ गिलास पानीमा २/३ थोपा कागतीको रस मिसाएर पिउँदा उत्तम हुन्छ।

५. मृगौला तथा पित्तथैलीमा समस्या हुने कागती जस्ता अन्य अमिलो खानेकुरामा नाप्न सकिने मात्रामा अक्जालेट (Oxalate) पाउन सकिन्छ। यो बोटबिरुवा, जनावर तथा मानवशरीरमा पाइने प्राकृतिक तत्व हो। जब हाम्रो शरीरमा अक्जालेटको मात्रा बढि हुन थाल्छ, तब त्यो थिग्रिएर पत्थरमा परिणत हुन थाल्छ र विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउन सक्दछ। त्यसैले पहिल्यै देखि मृगौला तथा पित्तथैलीको समस्या भएका व्यक्तिहरूले कागती तथा अन्य अमिलो पदार्थको सेवन गर्नु हानिकारक हुन्छ।

६. बारम्बार पिसाब लाग्ने र निर्जलीकरण हुने कागतीमा प्रशस्तै भिटामिन-सी हुन्छ, जुन ‘एस्कर्बिक एसिड’ (Ascorbic acid) को रूपमा पाउन सकिन्छ। यो एसिडको एउटा विशेषता के हो भन्दा, यसले मृगौलाको काम गर्न प्रक्रियालाई छिटो गराउँदछ र पिसाबको उत्पादनमा वृद्धि गराउँदछ, जसको कारण हाम्रो शरीरबाट छिटोभन्दा छिटो पानीको मात्रा घट्दै जान्छ र निर्जलीकरण हुने समस्या देखा पर्न सक्दछ।

अन्त्यमा, आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मात्रै कागती पानीको सेवन गर्न थाल्नुहोस्। दिनमा एउटा भन्दा बढि कागतीको सेवन नगर्नुहोस्। यदि कागती पानी अथवा कागतीको जुस पिउँदा माथि उल्लेख गरिएअनुसारको साइडइफेक्ट देखिन थाल्यो भने पिउन बन्द गर्नुहोस्। तर याद राख्नुस्, नियमित आवश्यक मात्राका कागती सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। एजेन्सी

बच्चाले ओछ्यानमा पिसाब गर्‍यो ? कसरी रोक्ने ?

0

छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः

–बच्चाको पिसाबथैली सानो छ ।
–पिसाबथैली परिपक्व भइसकेको छैन ।
–शरीरमा बढी पिसाब उत्पादन हुन्छ ।
–पिसाब नलीमा संक्रमण छ ।
–बच्चालाई कब्जियत छ ।
–बच्चाको शरीरमा हर्मोनको असन्तुलन छ ।
–बच्चा एकदमै गहिरो निदाउँछ, जसकारण पिसाब गरेको पत्तै पाउँदैन ।

कसरी रोक्ने ?

दालचिनी
ओछ्यान भिजाउने बच्चाहरूका निम्ति दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने अथवा दालचिनी पाउडर छर्किएर खाजा ख्वाउने गरेमा ओछ्यानमा पिसाब फेर्ने क्रम रोकिन्छ ।

अमला
दुईवटा अमला राम्रोसँग पिस्ने र यसमा एक चमच मह र एक चिम्टी बेसार मिसाइ पेस्ट बनाउने । यसरी तयार पारेको पेस्ट बच्चालाई हरेक बिहान एक चम्चा खान दिने । यसो गर्नाले ओछ्यानमा पिसाब फेर्न रोकिन्छ ।

ओखर र किसमिस
बच्चालाई सुताउनुअघि दुईवटा ओखर र पाँचवटा किसमिस ख्वाउने गरेमा केही सातामै बच्चाले ओछ्यान भिजाउन छोड्छ ।

लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो बजारमा

0

म्याग्दीका लोकप्रिय गायक सम्भोज मल्लको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूवापुस्तामा निकै लोकप्रिय रहेका मल्लको स्वरमा रहेको गीत बजारमा आएपछि यूवापुस्ताको रोजाईमा परेको छ । गायक  मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् । मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । साँचो मायाको सधै जित हुन्छ । त्यसैले साँचो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ ।

मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुको लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । श्रेष्ठ पछिल्लो अवधिमा अष्ट्रेलियाबाट म्युजिक भिडियो निर्माण तथा निर्देशनमा सक्रिय रहँदै आएका छन् । टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् ।


अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन् । भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । भिडियोमा कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन् । कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन् । केही समयपछि नै सृष्टि र कबिन एक–अर्कालाई प्रेम गर्न थाल्छन् । सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन् । यद्धपि सृष्टि र कबिनको सुखद मिलन भएरै छाड्छ । भिडियोमा कबिन र सृष्टिले व्यवसायिक कलाकारले झैं अभिनय गरेका छन् ।उक्त म्यूजिक भिंडियोको डान्स क्रोरियोग्राफ रघु जुग्जालीले गरेका थिए भने मेकअप एन्ड हेयर सुबिन पुनको रहेको छ ।

यस्तो छ भन्नेले के भन्लान्को म्युजिक भिडियो

क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले

0

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ ।

हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।

त्यसो त सीता भट्टराई आफै पनि क्यान्सर पीडित थिइन् । आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थाका बेला छातीको क्षयरोग देखाप¥यो । लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनी फेरि थाइराइडले ग्रसित भईन् । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।

नेपालमा उपचार सम्भव नदेखेपछि उनी भारतको नयाँ दिल्ली पुगिन् । उनलाई दिल्लीको डंकन अस्पतालले क्यान्सर रोग भएको पुष्टि ग¥यो । दिनानुदिन एकपछि अर्को गर्दै रोग थपिँदै गएकाले सीता आक्रान्त बनेकी थिइन् । उपचारमा थुप्रै रकम खर्च भयो तर उनको रोग बीसको उन्नाईस भएन । उनका श्रीमान् प्रताप भट्राईले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तियो । उनीसँग अन्य कुनै विकल्प बाँकी रहेन । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेपछि निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा समेत उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो ।

घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।

अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पुनर्जीवन प्राप्त गरिन् । पत्याउनै मुस्किल, उनलाई जमराले साँच्ची नै नयाँ जीवन दियो । ‘नवजीवन योगाश्रम’का पहनबहादुर महतराको आश्रममा गएर उनले केही समय ध्यान गरिन् र जमराको रस खान थालिन् । महतराले आफ्नो योगाश्रममार्फत् लामो समयदेखि जडिबुटि, योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको आश्रममै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ ।

विज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनले डाक्टरलाई देखाउँदा क्यान्सर पुरै निको भइसकेको रिपोर्ट आयो । क्यान्सर समेत निको भएको देखेर सीता आश्चर्यचकित भईन् । जमराले साँच्ची नै उनलाई नयाँ जीवन दियो ।

जमराको चमत्कार देखेर सीता र उनको परिवारको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो ।’जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उत्साहित बनेकी उनले आफ्नै घरमा जमरा उमार्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् । बिहानैदेखि घरमा जमराको रस खान आउनेको भिड लागेको हुन्छ । बिहन ४ वजेदेखि राती १० वजे सम्म भ्याई नभ्याई हुन्छ उनलई ।

विगत १० महिनायता सीताले व्यावसायिक तरिकाले जमराको खेती गर्दै आएकी छिन् । आफूले उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेको उनी बताउँछिन् । जमरामा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइने हुँदा यसको बहु–उपयोगिताको बारेमा धेरैलाई थाहा नभएको उनको भनाइ छ । जुन सुकै रोगका लागि पनि जमराको रस उपयुक्त हुने भएकाले घरघरमा यसको खेती गरेर स्वस्थ जीवन जीउनका लागि सर्वसाधारणलाई उनी सुझाव दिन्छिन् । भन्छिन्, ‘नेपालीले स्वस्थ जीवनयापन गर्ने हो भने सबैले आआफ्नो घरमा जमरा उमार्नु पर्छ र नीयमित यसको रस पीउनु पर्छ’ ।

हरेक दिन बिहान खाली पेटमा ३० मिलिलिटर जमराको रस अमृत समान हुने उनको भनाई छ ।उनीसँगै ९ महिनादेखि जमराको जुस पिउँदै आएकी काठमाडौं माकलबारीकी ५८ वर्षीया कृष्णमाया राईको आँखा कमजोर थियो । चामल केलाउन, सियोमा धागो हाल्न लगायत अन्य मसिनो काम गर्न अरुको सहारा लिनु पथ्र्यो । चस्मा विना कुनै पनि काम गर्न नसक्ने उनी २०४७ सालदेखि चस्माको भरमा काम गर्थिन् । तर जमराको रस पीउन थाले देखि आखाको ज्योती फर्केको उनको भनाई छ । अहिले चस्माबिना नै राम्रो सँग आँखा देख्ने भएको उनी बताउछिन् । ‘आजकाल सियोमा धागो पनि आफै हाल्छु’ उनले खुसी हुँदै भनिन् । जमराको रसले आँखा देख्ने भएको भन्दै उनले खुसि ब्यक्त गर्छिन् ।

माकलबारीकै ५४ वर्षीया सुभद्रा पौडेल पनि नियमित जमराको रस सेवनले उच्च रक्तचाप र बाथरोग नै निको भएको दाबी गर्छिन् । हात खुट्टा झमझमाउने हुँदा राम्रो संग हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो । पहिले औषधि उपचारमा निकै खर्च भयो तर निको भएन । तर आजकाल जमराको रस पीउन थालेदेखि पहिले जस्तै तन्दरुस्त भएको उनी बताउछिन् । ‘प्रेशर पनि घटेको छ, आजकाल प्रेशरको औषधि पनि खान छोडेँ जमरा त साँच्चीकै अमृत रहेछ’। आफु सबै रोगबट आफु मुक्त भएको उनको भनाई छ ।

त्यसो त अमेरिकी भू–विज्ञ डा. आर्क टक्सले गरेको अनुसन्धानबाट जमराको औषधीय गुणका बारेमा पुष्टि भईसकेको छ । डा. टक्सका अनुसार जमरा आहार र औषधि मध्ये सर्वोत्कृष्ट वनस्पती हो । अन्य हरिया सागपातमा पाईने पौष्टिक तत्वहरु भन्दा जमरामा पाईने तत्वहरु तुलनात्मक रुपमा बढि हुन्छ । यसमा रोग संग लड्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सर समेत निको हुने दावी डा. टक्सको छ ।

आन विगमोर नाम गरेकी एक जना अमेरिकी महिला डाक्टरले गहुँ तथा जौँको जमराको रसको प्रयोग र खोज गर्ने क्रममा पृथ्वीमा भएका अन्य ४७०० विभिन्न वनस्पती संग यसको तुलना गरेर हेरिन् । उनले १ औँस (२८.४ ग्रा.) जमराको रसमा ४० औंस (११३ ग्रा.) साग सब्जीको रसमा पाईने भन्दा बढि खनिज तत्व, पोषण र भिटामिन रहेको पाईन् ।

जमराको रस मानव जातीको रगत संग ४० प्रतिशतले मेल खाने र यसमा ७० प्रतिशत हरितकणिका रहेको पत्ता लगाईन । यसको नियमित सेबनले मानिसको रक्त बिकार कलेजोको विषाक्तता, पेट र आन्द्राको खरावीलाई समेत ठिक गरिन् । जमराको रसको सेवनले पुरा

जानी राखौँ निचोरेर फालेका कागतीका चार अनौठा फाइदा

0

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं। यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदा :

कपडामा चमकपन ल्याउन

सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ ।

हातको चिल्लो हटाउन

तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन  तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ ।

भाडा डढेको दाग मेटाउन

कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

घरलाई बासनादार बनाउन

कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन् । सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस । घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ? यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन । फालिएका एकदुई ओटा कागती भए पुग्छ ।

कागतीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ । कागतीले फ्रिजको गन्ध पनि हटाँउछ ।

रावणलाई बध गरेपछि के भयो मन्दोदरीसँग ?

0

रावणलाई बध गरिएपछि मन्दोदरीलाई के गरियो ? उनको बाँकी जिवन कस्तो रह्यो ? यसबारे खासै सोधीखोजी भएको छैन । प्रामाणिक गन्थ्रमा मन्दोदरीको बारेमा एकदमै थोरै लेखिएको छ । यद्यपी केही किंबदन्ती प्रचलनमा छ । मन्दोदरीलाई चिनाउने एउटै विशेषण छ, लंकापति रावणकी पत्नी । यत्तिमै उनलाई सीमित गरिएको छ । जब रावणको मृत्यु हुन्छ, मन्दोदरीको अध्यय पनि अन्त्य हुन्छ ।

-रावणको वधपछि मन्दोदरी रणभूमीमा पुगिन् । त्यहाँ पति, पुत्र र आफन्तको शव देखेर शोकमा डुबिन् । तर, उनलाई श्रीरामले आश्वसन दिदै भने, ‘तपाई अझैपनि लंकाको महारानी र बलशाली रावणकी विधवा हुनुहुन्छ ।’ त्यसपछि मन्दोदरी लंका फर्किन्छन् ।

-अद्भूत रामायण र केहि अन्य ग्रन्थमा उल्लेख गरिएको किंबदन्ती अनुसार पति र पुत्रको वियोगमा मन्दोदरीले स्वंमलाई महलमा कैद गरेर राखिन् । उनले पूर्ण रुपमा बाहिरी संसारसँग सम्पर्क टुटाइन् । त्यसपछि विभिषण लंकाको राजपाट सम्हाल्न आइपुगे ।

-एक कथन यस्तो पनि छ कि, बर्षौ पछि मन्दोदरी आफ्नो महलको बाहिर निस्किएकी थिइन् र विभिषणसँग बिवाह गर्नका लागि तयार भएकी थिइन् । बिवाहपछि उनीहरु दुबै मिलेर लंकाको साम्राज्य बिस्तार गरे ।

जब मन्दोदरीले शिवलाई आकषिर्त गर्ने प्रयास गरिन्

-हिन्दु पुराणमा मन्दोदरीलाई मथुरा नामले चिनिन्छ । एक कथा अनुसार एक पटक मथुरा नामकी अप्सरा कैलाश पर्वतमा पुगिन र देवी पार्वती त्यहाँ नदेखेपछि भगवान शिवलाई आकषिर्त गर्ने प्रयासमा लागिन् ।

-तब पार्वती त्यहाँ पुगिन् र क्रोधित भएर अप्सलाई श्राप दिइन्, ‘तैंले १२ बर्षसम्म भ्यागुता बनेर कुवामा बस्नु परोस् ।’

-भगवान शिवले पार्वतीलाई त्यो कठोर तपपछि अप्सराले पुन आफ्नो स्वरुपमा र्फकन सक्ने बताए । त्यसपछि लामो समयसम्म मथुरा कठोर तप गर्न लागिन् ।

-त्यही क्रममा असुरोका देवता मयासुर र उनकी पत्नी अप्सरा पत्नी हेका एक पुत्र प्राप्तीका लागि तपस्या गरिरहेकी हुन्छन् । त्यही मथुरा आफ्नो कठोर तपस्याबाट श्राप मुक्त हुन्छिन् ।

-एक कुवाबाट मयासुर र हेमाले मथुराकी आवाज सुन्छन् । मयासुरले मथुरालाई कुवाबाट बाहिर निकाल्छन् । र, छोरीको रुपमा काखमा लिन्छन् ।

-मयासुरले आफ्नो काखमा लिएकी छोरीको नाम मन्दोदरी राखिन्छ, जसको बिवाह रावणसँग हुन्छ । onlinekhabar.com

नवजात शिशुको विशेष हेरचाह गरौ यसरी

0

शिशुको अधिक  हेरविचार एकदमै आवश्यक छ। शिशुको विशेष हेरचाह जन्मिएपछि साढे दुई वर्षको उमेरसम्म गर्नुपर्छ। शिशु हेरचाहको सुरुवात उसको आहारसँगै हुन्छ। यसको सही ज्ञान शिशुकी आमालाई हुनु आवश्यक छ।

शिशुको जन्म हुनासाथ न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छातीमा -दुई स्तनको बीचमा) केही समय टाँसेर राखिदिनुपर्छ। यसो गर्नाले शिशुलाई न्यानो हुनुका साथै आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पुर्‍याउँछ।

शिशुलाई सकेसम्म जतिसक्दो छिटो -जन्मिएको एक घन्टाभित्र) स्तनपान गराउनु वेश हुन्छ। शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन।  त्यसपछि २४ घन्टाभित्र ८ देखि १० पटक -रातिमा २ पटक अनिवार्य) स्तनपान गराउनुुपर्छ। स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ। आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ। कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ। यदि शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ।

स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ। यसो गर्दा शिशुले डकारेर पेटभित्रको हावा बाहिर निकाल्छ। त्यसपछि शिशुलाई सुताइदिनुपर्छ। धेरैजसो आमा मेरो दूध आउँदैन अथवा पर्याप्त छैन भनेर चिन्ता लिन्छन्। स्तनपान गरेपछि डेढदेखि २ घन्टा आरामले सुत्छ, उसको तौल साधारण रूपमा बढिरहेको छ, दिनमा ६ देखि ८ पटक पिसाब गर्छ भने शिशुलाई आमाको दूध पर्याप्त रूपमा पुगेको मानिन्छ।

शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ। स्तनपान गराउँदा दूधको मुन्टोमात्र नचुसाई मुन्टो वरिपरिको कालो भागसमेत चुसाउनुपर्छ।

शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। यस्ता पदार्थ अर्धठोस हुनुपर्छ। यतिबेला २४ घन्टामा तीन पटक ख्वाउनुपर्छ।

शिशुलाई स्वच्छ पिउने पानीको आवश्यकता पर्छ। स्तनपान भने साबिकबमोजिम दुई वर्षसम्म गराउनुपर्छ। दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म ख्वाउनुपर्छ। त्यसपछि शिशुलाई अण्डा, माछा, मासु, कलेजो, गेडागुडी आदि ख्वाउनुपर्छ। बजारमा पाइने चाउचाउ, चीजबल, लेज, कुरकुरे, कोल्ड डि्रंक्स, चकलेट आदि ख्वाउनु हुँदैन।

 

 

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको ‘माया मेरी साह्रै राम्री’ रिलिज (भिडियोसहित)

0

 

‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो 

‘माया मेरी साह्रै राम्री’ गीतलाई गायक लवटले आफ्नै शब्द र संगीतमा आफैले स्वरबद्ध गरेका छन् । गायक लवटको यस गीतको भिडियोलाई मुस्ताङको रमणीय दृश्यहरुमा छायाङ्कन गरिएको छ, भने किरण श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोमा गायक लवट संयम र पुष्पा प्रजापतिको फिचरीङ रहेको छ । साथमा सुजन, सेवन, श्री, र सुशीलले उनीहरुलाई साथ दिएका छन् ।

गायक लवटको यस भिडियोलाई निर्देशक श्रेष्ठ आफैले छायाङ्कन र सम्पादन गरेका हुन् । ‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका थिए ।

उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । (सरद राई)

 

सुक्खा फलफूलको फाइदा ताजाको भन्दा धेरै

0

हामीलाई थाहानै छ फल खानु स्वास्थ्यको लागी एकदम राम्रो हो  । सुक्खा फलफूल काजु, किसमिस,,र्  पिस्ता बदाम, आदि फलफूलहरु हाम्रो जीवनको लागी एकदम राम्रो फलफुलहरु हुन् । यी फलफूलको बढी पौष्टिक हुन्छन ती हुनुको कारण  पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ धेरै हुन्छन् ।

१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।

यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तै एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।

युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।

दसैँमा कस्तो खसीको मासु खाने ?

0

डा. केदार कार्की पशु चिकित्सक
दसैँमा खसी–बोका तथा च्यांग्रा खरिद गर्ने तयारीमा पक्कै हुनुहोला । तर, खसी–बोका किन्दै गर्दा केही कुरामा भने सजगता अपनाउनुपर्छ । ग्रामीण भेगमा त दसैँलाई भनेर केही समयपहिलेदेखि नै बोका पालेर राखिएको हुन्छ । तर, सहरी क्षेत्रका बासिन्दाले खसी–बोका किन्दा विशेष सजग हुनुपर्छ ।

मोटोपन राम्रो होइन । मोटोपनले शरीर रोगी बनाएको हुन्छ । त्यसैले मोटा खसी–बोकाको मासु खानु दुई कारणले हानिकारक हुन्छ । मोटा खसीबोका रोगी हुने भएकाले रोगी मासुले फाइदा गर्दैन । बोसोले पनि असर गर्छ । बोसोपन बोकामा भन्दा खसीमा बढी हुन्छ । बोसो स्याचुरेटेड फ्याटी एसिड हो । यसले कोलेस्ट्रोलको मात्रा बढाउँछ । मुटुसम्बन्धी रोग भएकालाई झनै हानिकारक हुन्छ । त्यसैले खसी किन्दा सकेसम्म दुब्लो नै किन्नुहोस् ।

खसी किन्दा उसको भुँडीमा ध्यान दिनुपर्छ । भुँडी झरेको खसी रोगी हुन सक्छ । भुँडी झोलिएको खसीमा जुका पर्ने सम्भावना बढी हुन्छ । जुका परेको खसीको मासु खाएमा जुका हाम्रो पेटबाट दिमागसम्म पुग्ने खतरा रहन्छ । मोटोपनले पनि भुँडी झरेको हुन्छ ।

खसी र बोका किन्दा उमेरमा ध्यान दिन सकियो भने पनि ठूलो फाइदा हुन्छ । खसी र बोका खाने उत्तम उमेर फरक–फरक हुन्छ । अन्दाजी आठ महिनादेखि एक वर्षसम्म उमेरको बोकाको मासु स्वस्थकर हुन्छ । यसमा बोसोको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसैगरी, खसी कलिलोभन्दा छिप्पिएकै खानु ठीक हुन्छ । छिप्पिएको खसीको मासुमा फ्याट कन्टेन्ट तुलनात्मक रूपमा कम हुन्छ ।

खसीको शारीरिक अवस्था पनि हेर्नुपर्छ । किन्न आँटेको खसी–बोकालाई बाँधेको ठाउँबाट फुकाउनुहोस् र हल्का धपाएजस्तो गरेर हिँड्न लगाउनुहोस् । लोसे खालको हिँडाइ तथा गतिविधि देखायो भने पूर्ण स्वस्थ नभएको बुझ्नुपर्छ । फुर्तिलो, छुँदा बुरुक्क उफ्रिने, चलमलाउने हुनुपर्छ ।

आँखामा चिप्रा आएको, नाकबाट सिंगान बगिरहेको खसी–बोका किन्नेतिर लाग्दै नलाग्नुहोस् । त्यसैगरी रौँ झुस्स भएको खसी पनि स्वस्थ हुँदैन । उसको थलोतिर पनि नियाल्नुहोस् । गोटा परेको जुत्तो गरेको छ भने निरोगी भएको बुझ्नुपर्छ । पुच्छर आसपासमा छेरेको लतपतिएको देखिएमा खसी–बोका रोगी छ भन्ने जान्नुपर्छ । यस्तालाई जुका परेको हुन सक्छ ।

-नयाँ पत्रिका

error: Content is protected !!