Tuesday, April 29, 2025
15.7 C
Beni
15.7 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 1533

पढेको कुरा छिट्टै बिर्सने बानी छ ? त्यसो भए यसो गर्नुहोस् !

0

धेरैको पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि असफल भएका थुप्रै उदाहरणहरु छन् । आखिर पढेको कुरा कसरी सम्झने त ? नेपालमा शैक्षिक क्षेत्रमा लामो समय काम गर्नुभएका र मनोबैज्ञानिकहरुको सहयोगमा हामीले तपाईंहरुलाई ७ टिप्स संकलन गरेका छौं ।

१.एकोहोरो पढेर मात्र हुँदैन । तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ । पढेका कुराहरुलाई लिंक गर्ने बानी बसाल्नुहोस् ।

२. धेरै होइन नियमित पढ्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर त्यसलाई सम्झने गरियो भने कुनै पनि कुरा सम्झन धेरै सजिलो हुन्छ । लेख्ने अभ्यास गर्नुहोस् ।

३. यदि तपाईं केही कुरा याद गर्न चाहनुहुन्छ त्यससँग सम्बन्धित बस्तु वा चित्रको याद गर्नुहोस् ।

४. तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । यो बानीले धेरै सफल भएका छन् ।

५. संगीत मन नपर्ने को नै होला र ? तर तपाईंले संगीतलाई पनि पढाइको माध्यम बनाउन सक्नुहुनेछ । तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् ।

६. आफुले पढेको कुरालाई मष्तिष्कमा विभिन्न तस्विर बनाउने प्रयास गर्नु पर्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् ।

७. मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।

हात र खुट्टा फुटेको हटाउने घरेलु उपाय

0

शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ र कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ अबििगक भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ।हामी यसलाई फुटेको छाला भनेर चिन्छौ । यस्तो समस्यालाई सजिलै संग हटाउन सक्रिन्छ ।केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको फुटेको छालार्ला हटाउनमा मद्दत गर्दछ।

चिनी ःआधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्। त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ। यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।

भुइँकटहर ः भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्। केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।

बेकिङ्ग सोडा ःफुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।

यस्तो अवस्थामा गर्दै नगर्नुहो : लसुन सेवन

0

लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौ, तरकारीमा । लसुनले स्वाद मात्र बढाउँदैन, यसको आफ्नै छुटै गुण छ, जसले औषधिको समेत काम गर्छ ।

फाइदाहरु

– रगत शुद्धिकरण गर्छ ।

– यसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।

– कोलोस्टोरको मात्रा घटाउँछ ।

– संक्रमण हुन दिदैन ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तर, यस्तो अवस्थामा हुनसक्छ हानिकारक

यद्यपी सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्था अनुसार लसुनको प्रयोग गर्नेकि नगर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ ।

१) एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखाला जस्ता समस्यामा लसुनको प्रयोग बन्द गर्नुपर्छ । लसुुनले यस्ता समस्यालाई अझ बढाउन सक्छ ।

२) रक्तअल्पत्रा (एनिमिया) का विरामीका लागि पनि लसुनको सेवन हानीकारक हुनसक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोविनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हीमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ ।

३) यदी तपाईलाई न्युन रक्तचाप वा लो-व्लडप्रेसरको समस्या छ भने लसुनको प्रयोग सकिन्छ भने त गर्दै नगरौ, सकिदैन भने पनि न्यून मात्रामा मात्र गरौ । किनकी यसले रक्तचापलाई अझ न्युन बनाउँछ । जबकी उच्च रक्तचाप भएका व्यक्तिका लागि लसुन निकै उपयोगी बन्न सक्छ । यसले उच्च रक्तचापलाई न्युन गर्न मद्दत गर्छ ।

४) गर्भावस्थामा लसुनको प्रयोग पनि हानीकारक हुनसक्छ, किनकी लसुन गरम प्रकृतिको हुने भएकोले यसले गर्भमा रहेको शिशुलाई हानी पुर्‍याउन सक्छ ।

५) यदी तपाई कुनै किसिमको शल्याक्रिया नगर्ने सोचमा हुनुहुन्छ भने त्यतिबेला पनि लसुनको प्रयोग हानीकारक हुनसक्छ । किनकी लसुनले रगतलाई पातलो बनाउँछ, जसले गर्दा शल्यक्रियाका क्रममा अधिक रगत बग्ने सम्भावना खतरा बढी हुन्छ ।

सावधान ! उखुको रस पिउँदा यी ७ कुरामा ध्यान दिनुहोस्

0

गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं । यसले आँतलाई शितल बनाउँछ । यसका कयौं फाइदा छन् । जण्डिसको समस्यामा यसको फाइदा निकै हुन्छ । गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो । यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ । एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ । तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन । उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ ।

१. फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । पसलमा झिंगा भन्किइरहेको हुन सक्छ । त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न ।

२. खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ । किरा लागेको उखुको जुस परेको छ  भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन् ।
३. फ्रिज गरेको जुस ः उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । किरा लागेको हुनसक्छ । यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।

४. अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ । यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन । तर स्वादमा भिन्नता आउछ ।

५. अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ । पिउने हो भने जति पनि पिउन सकिन्छ । झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन । तर धेरै पिउनु गलत हो । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न । यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी पु¥याउन सक्छ ।

६. संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ । किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ ।

७. मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ । यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ ।  मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको  रसमात्र पिउने गर्नुपर्छ ।

सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ?

0

न्युयोर्क । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो।

टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू)ले हामीलाई बिरामी बनाउन सक्ने बताए।

उनी भन्छन्, ‘यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।’ एउटा मानिसले बर्सेनि बिछ्यौनामा औसतमा करिब एक सय लिटर पसिना बगाउँछ। कोठाबाहिर गर्मी र आर्द्रता हुँदाको बाफिलो वातावरणलाई वैज्ञानिकहरू फङ्गस र ब्याक्टेरिया उत्पन्न हुने र फैलने सबैभन्दा उपयुक्त वातावरण मान्छन्।

अनुसन्धानकर्ताहरुले हालै ब्याक्टेरिया र फङ्गसबाट बिछ्यौना दूषित हुने मात्राबारे एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनीहरूले प्वाँख र सिन्थेटिकका साढे ११ देखि २० वर्षसम्म पुराना तकियाका नमूना परीक्षण गरेका थिए। परीक्षणमा अनुसन्धानकर्ताले हरेक तकियामा कम्तिमा पनि १६ प्रकारका फङ्गस फेला पारेका थिए।

यसबाहेक तपाईंको पसिना, थुक-र्‍याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नु हुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँ/झुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टा/मल लगायत पर्छन्।

टियर्नो यस्तो फोहरले एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाक/मुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’

उनका अनुसार मैलो, दूषित ओछ्यानका कारण पहिले कुनै एलर्जी नभए पनि प्रतिक्रियास्वरुप एलर्जी हुन सक्छ। साथै तन्ना÷बेडसिट तपाईंको चालचलन र पसिनाले मात्र नभएर छिटो दूषित हुने अर्को कारण हो, गुरुत्वाकर्षण । टियर्नोले भने, ‘गुरुत्वाकर्षणकै कारण तपाईंको म्याट्रेस/डस्ना र तन्ना/बेडसिटमा अनेकौं सूक्ष्म फोहर थुप्रिन्छ।’

एक-दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्छ हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई (६ जना अमेरिकीमध्ये एक जनालाई एलर्जी हुन्छ)।

‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ,’ टियर्नो भन्छन्, ‘बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु र?’ स्वास्थ्य खवर

किन हुन्छ डिप्रेशन? के हो यसको उपचार?

0

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो।

अवस्था कस्तो खालको आएको छ दैनिक जीवनमा त्यसको आधारमा बिभिन्न अवस्थाबाट हाम्रो मन गुज्रिन्छ। तर, सामान्य अवस्थामा स्वास्थ्य मानिसमा कुनै फरक अवस्थामा मन यदी पुगेको छ भने लामो समयसम्म एउटै मनको अवस्थामा हामी कहिल्यै पनि बस्दैनौ। यदि केही कारणले कोही दुःखी भएको छ भने केही समयपछि सामान्य अवस्थामा मन फर्किन्छ। मन आत्तिएको छ भने एकछिन मन आत्तिन्छ मन आत्तिएको कारण हटिसकेपछि केही समय बितेपछि आत्तिने समस्या आफैं ठिक हुन्छ। यो भनेको समान्य अवस्था हो।

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरीकाले चलाइरहेको हुन्छ। तर कहिले काही केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामीले डिप्रेशन भन्छौ।

यदी मन दुःखी भयो उदास भयो भने केही समय फेरि त्यो मन फर्कीएर सामान्य अवस्थामा जानुपर्ने तर सामान्य अवस्थामा जादैन। दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ।

डिप्रेशन किन हुन्छ ?

डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन। विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ। तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ। मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ। शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ।

डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन। तर यसका बिभिन्न कारणहरु हुन्छ।

पहिलो कारण बंशाणुगत हो। यदी परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिकोपुस्तालाई कुनै बेला डिप्रेशन भएको थियो भने डिप्रेशन हुनसक्छ।

तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेशन हुन्छ।

केही रसायनीक परिवर्तनहरुको असन्तुलनको कारणले डिप्रेशन हुन्छ।

कुनै पनि घटेका घट्ना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेशन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रुपले झेल्न सकिएन भने डिप्रेशन उत्पन्न हुन्छ।

डिप्रेशनका लक्षणहरू      

डिप्रेशनका मुख्य तीनवटा लक्ष्यणहरु हुन्छन्।

उदासीनता

इच्छाशक्तीको अभाव

शारीरिक कमजोरी

यो तीनवटा लक्ष्यणहरु कुनै शारीरिक रोगहरुले गर्दा भएको छैन भने त्यो डिप्रेशनको अवस्था हो।

यसका अन्य लक्ष्यणहरु पनि छन्।

ध्यानको कमी

आत्मबलको कम्जोरी

हिनताबोध

पश्चाताप हुने , बिना कारणले सानो–सानो कुरामा पनि पश्चताप हुने हुन्छ। निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने

लापरबाही गर्‍यो भने के हुन्छ ?

डिप्रेशन भइसकेपछि यसलाई उपचार नगरी छोड्यो भने ६ महिनादेखि १३ महिनासम्म आफैं ठीक हुन्छ। तर, उपचार नगरी बस्यो भने लक्षण बढ्दै–बढ्दै जान्छ। डिप्रेशनको रोगी यस्तो बिन्दुमा पुग्छ उसले हरेस खान बाहेक केही काम गर्न नसक्ने हुन्छ।

आत्महत्या गर्ने सोचाइ आउन सक्छ। आफ्नै ज्यान खतरामा पर्न सक्छ। दैनिक जिवनमा धेरै ठूलो असर पर्नसक्छ। सामाजिक, आर्थिक पारिवारिक र व्यवसायीक जीवनमा असर पर्छ। त्यो असर पर्‍यो भने व्यक्तीलाई घाटा हुन्छ। त्यही कारणले गर्दा यो रोगको समयमा उपचार गर्नु एकदमै जरूरी छ।

उपचार

समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ। हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो। केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ। औषधि लिइरहनुपर्दैन। तर, सही ठाउँमा सही उपचार हुनुपर्छ। यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श (साइको थेरापी) पद्धति।

डिप्रेशन हुन्छ भन्ने धेरैलाई  थाहा छैन। धेरैलाई लाग्न सक्छ यस्तो पनि रोग हुन्छ।यस्तो खालको चेतना र जागरुपता छैन। सबैभन्दा पहिला त डिप्रेशनलाई चिन्न सक्नुपर्छ।आफैलाई भएको छ अथवा अरुलाई यस्तो भएको देखेको खण्डमा पनि उपचारको लागि जानुपर्छ भनेर सल्लाह दिनुपर्छ। बिरामीको सुरक्षा पहिलो उपचार हो। यस्तो बेलामा बिरामीमा एकदमै नकरात्मक सोचाइ आउछ। समयमा उपचार गर्ने हो भने यो रोग ठिक हुन्छ।

अन्दाजीका भरमा मात्रै रोगको उपचार गरेर हुँदैन। त्यसैले पहिला कस्तो खालको डिप्रेशन हो त्यो पत्ता लगाएर उपचार गर्नुपर्छ।

बिरामीको लागि सुहाउदो उपचारको पद्धती के हुन्छ त्यसबारे बिरामीसँग छलफल गर्नुपर्छ। बिरामीको आफन्तसँग छलफल गरेर उपचार बिधि बनाउनुपर्छ।

त्यसपछि औषधीको उपचार, मानसिक उपचार (साइको थेरापी) गर्न सकिन्छ।

डिप्रेशनको लागि बिरामीको आवश्यक्ता अनुसार चिकित्सकले औषधी दिन्छ।

साइको थेरापीमा मानिसको नकरात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ। यसका लागि बिभिन्न तरिका अपनाइन्छ। सामूहीक रुपमा र व्यक्तीगत रुपमा बार्ताको माध्यमबाट बिरामीको उपचार गर्न सकिन्छ।

मनो चिकित्सकको सल्लाह बिना आफुखुसी यसको औषधी लिनु हुँदैन। बजारमा पनि चिकित्सकको सिफारिस बिना औषधी पाइदैन।

लामो समयसम्म यसको औषधि प्रयोग गर्न पर्ने पनि हुनसक्छ। औषधिको प्रभाव देखिन दुई तीन हप्ता समय लाग्न सक्छ। औषधी आज खानसाथ भोलि निको हुने भन्ने हुँदैन।९ महिनादेखी १ वर्षसम्म यसको औषधी प्रयोग गरिरहनु पर्ने हुन्छ।

डिप्रेशनका लक्षण पुरै नियन्त्रण हुन्छन् तर भविष्यमा फेरि त्यस्तै तनावको अवस्था आयो भने दोहोर्‍याएर आउन सक्छ। एकपटक ठिक हुनसाथ जिवनभरी ठिक भयो भन्ने हुदैन। एकपटक डिप्रेशन भएर त्यसको उचीत उपचार भइसकेपछि लामोसमय सम्म डिप्रेशन रहीत भएर बस्न सकिन्छ। तर भविष्यमा गएर यदि त्यस्तै तनाव भयो भने दोहोरिएर आउन सक्छ।

२० वर्षको अवधिमा ४ देखी ५ पटक सम्म डिप्रेशनले सताउन सक्छ।

यदी उपचार गरिएन भने ६ देखि १३ महिनामा आफैं ठिक हुन्छ। उपचार गरियो भने २ देखि ३ महिनामा ठीक हुन्छ।

कतिलाई छ डिप्रेशन ?

डिप्रेसन युवाको रोग हो भनिए पनि डिप्रेशनको लागि कुनै उमेर समुह भन्ने हुदैन। अझ युवा महिलाको रोग हो। यो रोगबाट सबैभन्दा बढी युवा र महिला पीडित छन्। त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन्। वास्तवमा डिप्रेसन कुनै पनि उमेर, लिंग तथा वर्गका व्यक्तिलाई हुन सक्छ। यो रोगबाट आमा मानिस मात्र होइन कि ठूलाठूला हस्थिहरूसमेत पीडित थिए, छन्। वास्तवमा डिप्रेसनको प्रकोप निकै भयावह छ।

सामान्यता जती पनि डिप्रेशनका बिरामी छन् ती मध्ये ५० प्रतिशत बिरामी ४० वर्ष भन्दा कम उमेरका छन्।

बिभिन्न अनुसन्धानहरुले १० देखि १५ प्रतिशत मानिसलाई डिप्रेशन हुने देखाएको छ। भारत र नेपालमा यस्ता खालका अनुसन्धान अहिलेसम्म गरिएको छैन। पश्चिमा अनुसन्धानलाई आधार मान्ने हो भने जुनसुकै समुदायमा जुनसुकै समयमा सर्बे गर्ने हो भने १० देखि १५ प्रशितलाई डिप्रेशनको लक्षण देखिन्छ।

मानिसका अधिकांश रोगहरू गलत जीवनशैलीका कारण पैदा हुन्छन्। डिप्रेसन पनि एक यस्तै रोग हो। त्यसैले डिप्रेसनबाट बच्न दिनहुँ ध्यान, प्राणायाम तथा योगासन वा शारीरिक व्यायामहरू गर्नुहोस्, सात्विक भोजन गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, चिन्ता होइन कि चिन्तन गर्नुहोस्। जीवनको बाटोमा आइलाग्ने समस्याहरूलाई एक—एक गरेर समाधान गर्दै अगाडि बढ्नुहोस्। मूलो कुरा जीवनको एउटा महान् लक्ष्य बनाउनुहोस्। त्यो किनभने ‘लक्ष्य’ भनेको जीवनको आधार हो। त्यसैले त मार्टिन लुथर किंग, जुनियरले एउटा अति नै मनोवैज्ञानिक उद्गार व्यक्त भनेका छन्– यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यका लागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै बेकार हुन्छ। यहाँ मननयोग्य कुरा के भने मानिसलाई आफ्नो जीवन बेकार लाग्न थाल्यो भने नै डिप्रेसनले आक्रमण गर्छ। setopati.com

प्रस्तुतीः सन्जिब बगाले

हारपिक हालेर चटपटे र पानीपुरी

0

 डा अरुणा उप्रेती

सिन्धुपाल्चोकका स्कुलहरूमा पुग्दा विद्यार्थीले मीठो मानेर चटपटे खाइरहेको देखेँ । विभिन्न स्कुलमा पुगेर म र मेरा केही साथीले स्वास्थ्य र पौष्टिक भोजन खानुपर्छ भनेर बतायौँ ।

खाजा खाने बेला स्कुलमा चटपटे बेच्ने महिलाले मीठो गरेर चटपटे बनाइन्, त्यसमा अमिलो भनेर चिनीजस्तो वस्तु हालिन् । मैले भनेँ, ‘चटपटेमा अमिलोको सट्टामा किन गुलियो हाल्नुभयो ?

‘होइन, यो त अमिलो हो, यसलाई चिनी अमिलो भनिन्छ, कागतीको अमिलो हाल्दा त एकदम महँगो हुन्छ । यही सस्तो पनि, बच्चालाई मनपर्ने अमिलो पनि’ भन्दै पोको पार्दै ती दिदीले वरिपरि उभिएर बसेकालाई चटपटे दिइन् । मसँगै काममा हिँडेकी उमाले भनिन्, ‘यो चिनी अमिलो त मैले घरमा पूजाका भाँडा, तामाका भाँडा माझ्न प्रयोग गर्छु । यसमा रहेको अमिलोपनले भाँडाको फोहोर सट्टै जान्छ ।’ 

‘यसरी भाँडा सफा गर्ने चिनी अमिलो बालबालिकाको पेटमा गएपछि यसले कति खराब होला । वास्तवमा यो त भाँडा मस्काउने अमिलो साबुन नै खाएको हो ।’ मैले त्यसरी चिनी अमिलोजस्तो विषालु रसायन नेपाली बालबालिकाले खालान् भनेर मैले कल्पना नै गरेकी थिइनँ । 

यो घटनाले मलाई केही महिनाअघि दिल्ली जाँदाको समाचार याद दिलायो । चनाचटपटे बेच्ने एक मानिसले फोहोर पानी हालेर बेचेको खबर पाएपछि केही सरकारी मानिस आएर चटपटेमा प्रयोग गरिने पानी कति शुद्घ छ भनेर जाँचेर हेर्दा उनीहरू छक्क परे । चटपटेमा हालिने पानीमा त शौचालय सफा गर्न प्रयोग गर्ने हारपिकमा प्रयोग गरिने रसायन भेटियो । कर्मचारीले त्यस मानिसलाई पानीमा किन हारपिकको रसायन देखियो भन्दा उसले भनेको कुरा सुनेर कर्मचारी स्तब्ध भए । ‘म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’ ती पसलेलाई मिसावट गरेको हुनाले ६ महिनाको जेल सजाय दिइयो । उनी अहिले जेलबाट निस्केर पक्कै पनि फेरि पानीपुरी र चटपटे बेच्दै होलान् ।

हामीले सिन्धुपाल्चोकका छात्रछात्रालाई सोध्यौँ, ‘तिमीहरु कति चटपटे र पानीपुरी खान्छौ ?’

सबैले ‘मीठो मानेर प्रायः खाजा नै त्यही खान्छौँ’ भने । अनि हामीले एउटा फोहोर कचौरा ल्याएर, त्यो चिनी अमिलो हालेर कचौरा सफा गर्‍याै‌ भन्यौँ, ‘अहिले तिमीहरूले के देख्यौ ? सबैले भने, ‘तपाईंले चिनीजस्तो वस्तुले भाँडा सफा गरेको देख्यौँ ।’

यो वस्तु तिमीहरूले खायौ भने के हुन्छ भनी सोध्दा छात्रछात्राले एकै स्वरमा भने, ‘कहाँ यस्तो भाँडा सफा गर्ने वस्तु खानु नि । यसले त हाम्रो पेट खराब गरिहाल्छ नि । यो त साबुनजस्तो पो रहेछ ।’

‘तर तिमीहरूले त यो दिनै खान्छौ नि ?’

‘होइन, हामी त खाँदैनौँ, यस्तो विषजस्तो वस्तु,’ छात्रछात्राले ठूलो स्वरले भने । ‘तिमीहरूले खाने चनाचटपटेमा त यही हालिन्छ नि’ भनेर हामीले चना, केराउ, प्याज, भुजामा नुन हालेर उनीहरूलाई चाख्न दियौँ ।

‘मिठो छ तर अमिलो छैन’ भनेपछि हामीले विद्यार्थीलाई देखाएर चिनी अमिलो हाल्यौँ र केही विद्यार्थीलाई चाख्न दियौँ । उनीहरूले मीठो मानेर खाए र भने, ‘हो, अब त अमिलो र मीठो भएछ’ भने ।

‘हेर हामीले अमिलो भनेर हालेको यही चिनी अमिलो हो, जसले हामीले अघि फोहोर कचौरा सफा गरेका थियौँ,’ मैले भनेँ । छात्रछात्राहरू ‘लौन, यस्तो त हामीलाई थाहै थिएन’ भनेर कुरा गर्न थाले । अनि हामीले उनीहरूलाई कसरी पानी पुरीमा पनि यसैगरी चिनी अमिलो वा शौचालय सफा गर्ने रसायन हाल्छन् भनेर बतायौँ । त्यसैगरी विभिन्न प्याकेटमा आउने चाउचाउ, कुरकुरे आदि पनि यस्तै शरीरलाई हानि गर्ने रसायन हालेर बनाइएको हुन्छ भनेपछि सबैले जिब्रो टोके । ‘यस्तो खाएर पो त हाम्रो पेट कटक्क काट्दोरहेछ’ भनेर आपसमा कुरा गरे । स्कुलमा शिक्षकले पनि भने, ‘यस्तो खराब रसायन हालेर चनाचटपटे र पानीपुरी बनाउँदा रहेछन् भन्ने कुरा त हामीलाई थाहै थिएन । हामीले झन् चनाचटपटे त स्वस्थकर हुन्छ भनेर पो खान्थ्यौँ त ?’

शिक्षकको कुरा सुनेर हामीले भन्यौँ, ‘चना चटपटे घरमा सफा तरिकाले बनाउने र कागतीको अमिलो हाल्ने, चाउचाउ न हालेर खाने हो भने त स्वस्थकर नै हो । पानीपुरी सफा तरिकाले घरमा बनाएर खाने हो, अस्वस्थकर वस्तु होइन । चिनी अमिलो हालेको पानीपुरी पो विष भयो त । कतिचोटि शौचालयमा सफा गर्न हालिने रसायन पनि तपाईंहरूले खानुभयो होला नि ।’

 शिक्षकले भने, ‘अब हामी यसमा विचार गर्छौं । अब त सरकारले पनि स्कुलमा चाउचाउ र अस्वस्थकर वस्तु ल्याउन निषेध गराउनु भनेर चिठी पठाएको छ ।’ मैले भनेँ, ‘सरकारले सबै स्कुलमा आएर हेर्न सक्दैन । तपाईंहरूले नै चाउचाउजस्ता वस्तु खान विद्यार्थीलाई निरुत्साहित गर्नुपर्छ ।’

‘के गर्ने, तपाईं यस्तो भन्नुहुन्छ ? मेरी श्रीमतीले बच्चालाई दिनदिनै खाजा बनाउन झ्याउ भो भनेर मलाई दुई कार्टुन चाउचाउ ल्याइदिनु भनेपछि मैले किनेर लगिदिए । तर चाउचाउ बाहिरी प्याकेटका वस्तु यति खराब हुन्छ भन्ने थाहा थिएन,’ एक शिक्षकले अँध्यारो मुख लगाए । ‘तपाईंले समय–समयमा आएर हाम्रो विद्यार्थीका आमाबुबा, हजुरआमालाई पनि यस्तै कुरा सुनाइदिन्स् न । तपाईंले भनेपछि विश्वास गर्छन् । हामीले भनेको त टेरपुच्छर नै लगाउँदैनन् ।

‘यसरी फोहोर भाँडा माझ्ने कुरा मिसाएको खानुहुँदैन भनेर व्यावहारिक रूपमा भाँडा पनि माझेर देखादिनुस् न । अनिविश्वास गरिहाल्छन नि,’ मैले भनेँ । सिन्धुपाल्चोकमै स्कुलमा अभिभावक समूहमा पनि स्वस्थ खानाबारे छलफल गर्दा केही आमाले भने, ‘हाम्रा बच्चाले त पानीपुरी, चटपटे र चाउचाउबाहेक अरु त खाजा नै नखाने भन्छन् । अनि, हामी के गरौँ त ?’

आमाहरूको कुरा सुनेर उनीहरूलाई पनि चिनी अमिलो हालेर भाँडा सफा गरेर देखाएँ । त्यही चिनीअमिलो चना चटपटेमा हालेर अमिलो चटपटे ख्वाउन पनि लगाइयो । यसरी हाकाहाकी चिनी अमिलोजस्तो विष तपाईंहरूले आफ्नो सन्तानलाई ख्वाउनुहुन्छ भने हामी त केही भन्न सक्दैनौँ । भोलि तपाईंका छोराछोरी कुपोषित भए, बिरामी भएर अस्पताल लैजानुप¥यो भने त दुःख पाउने तपाईंहरू नै हो । तपाईंहरू नै विचार गर्नुस् आफू र आफ्ना सन्तानलाई कस्तो भोजन ख्वाउने ?’ अनि केही आमाले प्रश्न गरे, ‘त्यसो भए बच्चालाई के खाजादिने त ?’

‘खाजा त जति पनि छ नि । भुटेको भात, उसिनेको आलु, चना–चिउरा, बदाम, रोटी, अन्डा, खिचडी । यस्ता वस्तु ख्वाउन तपाईंहरूले सन्तानलाई प्रेरित नगरेर चिनी अमिलो र हारपिकजस्तो चिज हालेको खाना ख्वाउनुहुन्छ भने आफ्ना सन्तानलाई बिरामी होस् भन्ने श्राप दिइरहनुभएको छ । के तपाईं आफ्ना सन्तानलाई श्राप दिन चाहनुहुन्छ कि स्वस्थ हुने वरदान ? आफैँ विचार गर्नुस् ।’ हाम्रो कुरा सुनेर आमाहरू चुप छन् ।

यो लेख पढ्ने अभिभावक आफ्ना छोराछोरीलाई खाजामा के दिनुहुन्छ ? Copyright: Nagariknews.com

बकाईनोको घाँस मानवीय स्वास्थ्यका लागि फाईदाजनक

0

बाख्राको लागि घाँसको रुपमा प्रयोग गरिने बकाईनोबाट मानिसले स्वास्थ्य सम्बन्धि फाइदा लिन सकिन्छ। घाउ, खटिरा, चिलाउने ठाउँमा बकाईनोको फूल पिनेर लगाउनाले ठीक हुन्छ ।१० पात निम, १० पात बकाईनो पिनेर लेदो बनाएर लगाएमा शरीरमा भएको दूबी केही समयमा नै ठीक हुन्छ ।

बकाइनोको बोक्रा पकाएर बिहान र बेलुका एक एक चम्चा खाने गरेमा पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।बकाईनोको पातको रस एक चम्चा बिहान र बेलुका खाने गरेमा महिलाको रगत बढी हुने रोग ठीक गर्न मद्दत गर्दछ ।बकाईनोको दानालाई र रायोको दानमा मिसाएर पिस्ने, यसरी तयारी भएको लेपलाई वाथ रोगीले प्रयोग गर्न सक्छन् । यसबाट बिस्तारै वाथ ठिक हुँदै जान्छ ।

पाकेको बकाईनोको दानाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।बकाईनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

बेसारले शरिरलाई आकर्षक र मुहारलाई सुन्दर बनाउँछ

0

वेसार खानका परिकारलाई अनिवार्य मानिन्छ । तरकारी लगाएत अचार का परिकार आर्कषक वनाउन बेसार राखिन्छ । भनिन्छ ,वेसार लाग्यो भने कपाल फुल्छ त्यसैले हामी वेसार प्रयोग गर्दा कपालमा प¥यो भने फुल्छ कि भनेर डराउछौँ ।

बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ । बेसारलाई अरुमा पनि प्रयोग गर्न सकिन्छ ।

दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस । त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् । नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि तपाईले तपाइको अनुहारमा चमक वढेको महशुुस गर्नुहुनेछ साथै तपाइको अनुहारको दाग हरु विस्तारै हराउदै जान्छ

यो हो ४८ घण्टामा क्यान्सर ठीक पार्ने चामत्कारिक औषधि

0

क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ ।’ तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन् ।

अंगुरको विउको धुलो (सत्व)

हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ कि अंगुरको विउको धुलो अर्थात सत्व अर्क ल्यूकेमिया र अन्य प्रकारका क्यान्सर ठिक पार्न निकै उपयोगी पाइएको छ । र छोटो समयमै क्यान्सर ठिक पार्न मद्दतगार छ ।
शोधमा यो कुरा पनि प्रामाणित भइसकेको छ कि अंगुरको विउले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म विकिर्ण अर्थात ठिक गर्नमा समक्ष छ ।

अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक क्यान्सर रिसर्चका अनुसार अंगुरको विउमा पाइने जेएनके प्रोटिनले क्यान्सर कोशिकाहरुको विकिर्णहरुलाई नियन्त्रण गर्ने काम गर्छ ।
अब स्वस्थ शरीरका लागि अंगुर मात्रै होइन् यसको विउ पनि खान अमेरिकी चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले भनेका छन्– क्यान्सरको उपचारमा अंगुरको विउ सबैभन्दा प्रभावकारी घरेलु औषधि हो ।

रुबर्ब (फल)को पौधा (पात र डाठ)

रुबर्ब पौधा जसलाई रेवतचीनी र रेवन्दचीनीको नामबाट चिनिन्छ । यो पौधालाई आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । यो पौधाको पात विषालु हुन्छ तर, यसको डाठलाई औषधिको रुपमा प्रयोग गरिन्छ ।अमेरिकामा भएको एक सोधका अनुसार रुबर्ब पौधाको डाठलाई क्यान्सरको उपचारमा प्रयोग गरिएको थियो जसले चामत्कारिक परिणाम दियो ।

वैज्ञानिकहरुले यो पौधाको डाठबाट अबको एक वर्षभित्र क्यान्सरको औषधि बनाउने दाबी गरेका छन् । यो पौधाको डाठमा एक खास अरेञ्ज पिगमेन्ट पाइन्छ । जसले शरीरभित्र रहेका क्यान्सरका सेल्स (कोशिका)हरुलाई ४८ घण्टामा मार्न सक्ने ताकत राख्छ । शोधमा यो डाठ प्रयोग गर्दा दुई दिनमै लयूकैमियाका आधाभन्दा बढी सेल्स (कोशिका)लाई नष्ट गरिसकेको थियो ।
जर्जियाको विनशिप क्यान्सर इन्सिच्युट र एमोरी युनिवर्सिटीद्धारा २००० मानिसमा यसको परीक्षण गरिएको थियो । जसमा वैज्ञानिकहरुले पारिटिन पाए । जो एन्टी–क्यान्सर अर्थात क्यान्सरविरुद्धको ड्रग (औषधि)का रुपमा चिनिन्छ ।

सोधमा मुसाहरुमाथि ११ दिनसम्म पारिटिनको प्रयोग गर्दा यो फोक्सोको क्यान्सरका लागि उपयोगी औषधि हो भन्ने प्रमाणित भएको थियो । यसका साथै यसले ब्रेन अर्थात मस्तिष्क र गलाको ट्युमरलाई पनि ठिक पार्न सक्छ ।
सोधकर्ता टिम भन्छ– यो पौधा (जसलाई एक प्रकारको फल पनि भन्छन्) को आधारमा क्यान्सर ठिक पार्नका लागि नयाँ औषधि बनाउनमा सहयोग मिल्नेछ । यसको परिणाम किमोथेरापी जस्तै अर्काे वर्ष आउनेछ ।

विशेषज्ञ भन्छन्- पारिटिनको प्रयोग किटाणु रोक्नका लागि प्रयोग गरिसकिएको छ तर, औषधिका रुपमा यसको प्रयोग यसै अध्ययनपछि गरिनेछ । सोधमा खटिएका एक जना प्रोफेसर चेन भन्छन्- क्यान्सरलाई ६पीजीडी स्तरमा एक्टिभ गर्नका लागि रुबर्बका प्रयोग गरिनु क्यान्सरलाई ठिक पार्नका लागि जरुरी छ । यसको प्रयोगबाट क्यान्सर ६पीजीडी स्तरमा तीव्र गतिमा बढ्नेछ जसले क्यान्सर चाँडै निको हुनेछ । –
(यो शोध जर्नल नेचर सेल बायोलोजीमा प्रकाशित भएको छ ।)

error: Content is protected !!