Monday, April 28, 2025
16.3 C
Beni
16.3 C
Beni
Monday, April 28, 2025
Home Blog Page 1534

आमाशयको क्यान्सरबाट कसरी बच्ने ?

0

खानानली र सानो आन्द्राको बीचको भागलाई आमाशय भनिन्छ। आमाशय भनेको खाएको खाना निलेपछि जम्मा हुने एउटा थैलो हो। यसले सानो आन्द्राको भाग र खाना नलीको भागको बीचमा जोड्ने काम गर्छ। त्यसमा धेरैजसो खानालाई एसिडसँग मिलाउने, प्रोटिन पचाउने तत्व (पेप्सीन)सँग मिलाउने काम हुन्छ। खाना पचाउने प्रक्रिया त्यहाँबाटै सुरु हुन्छ । केही तत्वहरु आमाशयबाट पनि शरीरले लिने गर्दछ।

आमाशयको क्यान्सर कसरी हुन्छ?
सामान्यतया पेटको क्यान्सर भन्नाले आमाशयको क्यान्सर बुझिन्छ। पेटमा आमाशय र ठूलो आन्द्राको क्यान्सर बढी मात्रामा हुने गर्दछ। ठुलो आन्द्रा र आमाशयमा हुने क्यान्सरको केही लक्षण एउटै प्रकृतिका हुन्छन्। सानो आन्द्रा, पेनक्रियाज, पित्तथैली, कलेजो लगायतका अङ्गहरुमा पनि क्यान्सर हुन्छ तर यसको सम्भावना कम छ। यो लेखमा आमाशयमा हुने क्यान्सरबारे चर्चा गरिएको छ।

आमाशयमा क्यान्सर हुने विभिन्न कारणहरु छन्। हामीले यसलाई दुई तरिकाबाट हेर्न सक्छौं। एउटा डिस्टल क्यान्सर अर्थात् सानो आन्द्रातिरको भाग र अर्काे खानानली र आमाशय जोडिने ठाँउमा क्यान्सरको सम्भावना बढी हुन्छ ।
यी दुई खालको क्यान्सरको विभिन्न कारणहरु छन्। मुख्यतः धेरै मात्रामा प्रिजब्ड फुड, बढी नुनिलो खाना, धुम्रपान र मद्यपान गर्ने व्यक्तिहरु तथा एक प्रकारको किटाणु (हेलीकोव्यक्टर पाइलोरी)को कारणले हुन्छ। यो किटाणुले गर्दाखेरी आमाशयको पत्रमा परिवर्तन ल्याउछ। जसले गर्दा क्यान्सर हुन्छ। यसले आमाशयको अल्सर पनि गराउँछ।

यसका लक्षणहरु
१.खानामा रुची नहुने
२.माथिल्लो पेट दुख्ने
३.दिशामा कालो रगत जाने
४.कहिलेकाही रगत तथा खाना बान्ता हुने ।
५.तौल घट्दै जाने
६.पेट फुल्ने
७.खाना खाएपछि पेट डम्म हुने
८. खाना तल नगएको जस्तो अनुभव हुने र केही समयमा बान्ता हुने

यस्ता लक्षण देखिनासाथ विभिन्न खालको परीक्षण गराउनुपर्दछ। आवश्यक परेमा इन्डोस्कोपी पनि गर्नुपर्छ। मुखबाट पाइप राखेर भिडियोको माध्यमबाट पेटमा हेर्ने प्रविधिलाई इन्डोस्कोपी भनिन्छ। मुख्यतः यस्ता प्रकारका रोग पत्ता लगाउने माध्यम यही हो। यसबाट आमाशयमा मासु बढेको छ की छैन भनेर देख्न सकिन्छ। सानो मासुको टुक्रा निकालेर परिक्षण गरिन्छ। यसलाई बायोस्पी (मासुको जाँच) गर्ने भनिन्छ। बायोस्पी गरेपछि क्यान्सर भए नभएको थाहा हुन्छ।

उपचार विधि 
उपचारको क्रममा विभिन्न खालका परीक्षण गर्नुपर्छ। रोग आमाशयमा मात्रै सीमित छ कि शरीरको अरु भागमा फैलिसकेको छ भन्ने पत्ता लगाउनु निकै जरुरी हुन्छ। यसका लागि पेट, छातीको भिडीयो एक्सरे, सिटी स्क्यानलगायतका परीक्षण गर्नुपर्छ। अपरेशन गरेर फाल्ने अवस्थामा छ कि छैन परीक्षण गरेर थाहा हुन्छ। अपरेशन गरेर फाल्न मिल्ने रहेछ भने क्यान्सर लागेको भागलाई शल्यक्रिया मार्फत फाल्नु पर्दछ। यो उपचार गर्दा आमाशयको धेरैजसो भाग फाल्नुपर्छ र सानो आन्द्रा ल्याएर नयाँ आमाशयको भाग बनाइन्छ साथै खानानलीलाई निरन्तरता दिइन्छ। क्यान्सर भएको भागसहित वरपरका असामान्य तन्तुहरु फाल्ने गरिन्छ। बिरामीको रोगको स्टेज हेरी किमोथेरापी दिने, रेडियोथेरापी दिने निर्णय गरिन्छ। यो काम सर्जन र क्यान्सर रोग विशेषज्ञ (मेडिकल अन्कोेलोजिष्ट)को सहकार्यमा गरिन्छ ।

रोगको सफल उपचार पश्चात केही बर्ष बिरामीलाई नजिकबाट निगरानी गर्नुपर्छ। यसको लागि विभिन्न समयमा विभिन्न खाले परीक्षण गर्नुपर्छ । जस्तै, छातीको एक्सरे, पेटको भिडियो एक्सरे, ट्यूमर मार्कस, सिटी स्क्यान , इण्डोस्कोपी इत्यादि।

यो रोग निको हुन्छ। तर निको हुनका लागि रोगको अवस्था सुरुवाती चरणकै हुनपर्छ। यसलाई विभिन्न स्टेजको रोगमा बाँड्ने गरिएको छ। जसमा शल्यक्रियाद्वारा निकालिएको आमाशय र ट्युमरको जाँच गरिन्छ।

ट्युमर आमाशयबाट बाहिर निस्केर ग्रन्थीमा गएको छ कि छैन भन्ने कुरा हेरिन्छ। शरीरको अन्य ग्रन्थीमा पुगेको छ कि छैन भन्ने पनि पत्ता लगाउनुपर्छ। छाती, कलेजो, मतिष्क, हाडमा पुगेको छ कि छैन हेर्नुपर्छ । यी ठाउँमा फैलिएको छैन भने रोग निको हुन्छ। पहिलो चरणको क्यान्सरको सफल अपरेशन र किमोथेरापी गरेपछि रोग फर्केर आउने सम्भावना कम हुन्छ ।
तर, स्टेज बढी छ भने रोग फर्केर आउने सम्भावना बढी हुन्छ। यो अवस्थामा हाम्रो उद्देश्य भनेको विरामीको बाँच्ने सम्भावना बढी बनाउने भन्ने नै हो। रोग निको पार्न नसके पनि बाँच्ने आयु भने बढाउन सकिन्छ।

कसरी रोक्ने 
सतप्रतिशत रोक्न त सायदै सम्भव नहोला। किनकी यो रोगमा वातावरण, बंशाणु, बिषाक्त खानपानले असर पारिरहेको हुन्छ। खानपिनको सुधार गरेमा यसको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ। पेटमा समस्या देखिएमा चाँडोभन्दा चाडोे परीक्षण गर्ने, हेलिकोव्यक्टर पाइलोरी नामक किटाणु देखिएमा यसलाई औषधीले निर्मुल गर्ने गरेमा आमाशयको क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

( डा. सञ्जय पौड्याल पेट रोग शल्य चिकित्सक हुनुहुन्छ।)

तौल घटाउन यसरी पिउनुपर्छ पानी

0

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।

चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ ।

नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने ।

बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने । यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ ।

सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने । यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन् ।

दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने । यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ ।

दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ । दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।

swasthyakhabar.com

डिप्रेसनबाट जोगिने ६ तरिका

0

काममा सक्रियः धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुशी प्रदान गर्छ । हरेक कुरामा रुची राख्दा सन्तुष्टि र आफ्नोे बारेमा राम्रो महशुस गर्न सहगोग गर्छ । यसले समस्या र नकरात्मक सोचबाट दिमागलाई टाढा भगाउछ । रुची बढाउने केही तरिका पनि छन् । जस्तै घरको सामान्य काममा व्यस्तहुने, बिरामी वा बुढो मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।

सकरात्मक सोचः डिप्रेसनमा नकरात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धी, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुशी मानिसहरुले पनि निराश हुने मानिसलेझै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर उनीहरुले सकरात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशको रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै आफ्ना सामाजिक जीवनलाई अझै बढी सुधार्छ । पीडाको समयमा खुशीसाथ बाँच्नु एउटा साहसिक छनौट पनि हो ।

समस्यको पहिचानः सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्न जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–सना उपायको पहिचान गर्नुपर्छ ।समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनपर्छ । जीवनमा किन पीडादायी वा नकरात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो र काम लाग्ने हुनको कारण पत्ता लगाउन जरुरी छ ।

खराब स्वभाव रोक्नेः गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवत साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् । आफ्नाअघि जस्तासुकै देखिएपछि  बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् ।  आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।

भएकोमा सन्तुष्टः आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नपर्छ । निराश मानिस निश्चित विषयहरु जस्तै विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ।

सोच परिवर्तनः खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने कामहरु हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मैले यस्तो सोच्न होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–सना रमाइलोमा खुलेर हाँस्नुपर्छ ।  नकारात्मक सोचबाट बच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ । swasthyakhabar.com

किन हुन्छ आँखा सुख्खा? यस्ता छन् ९ कारण र ७ लक्षण

0

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह।

आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउँछ।

यस्तै, गर्मी मौसममा तापक्रम वृद्धिसँगै हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाँडै बाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ। अत्यधिक वायुप्रदूषणले गर्दा धुलोका कण तथा रसायन छिरेर आँखाको नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण हुन सक्छ। पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी, मोटरसाइकल चालक आदि यो समस्याबाट बढी प्रभावित हुन्छन्।

आँखा सुख्खा हुनुका कारण

— वातावरणीय  समस्याः प्रदूषण तथा तापक्रम वृद्धि।

— इलेक्ट्रोनिक उपकरणः हिटर, पंखा, एअर कन्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्नु,

— परेलीमा चाया पर्ने समस्या,

— गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग,

— भिटामिन ‘ए’ को कमी,

— बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि,

— महिनावारी बन्द हुँदा, पाठेघरको शल्यक्रिया,

— लामो समयसम्म आँखामा विभिन्न औषधिको प्रयोग,

— कतिपय मानसिक रोग तथा मुटुको रोगका औषधिको प्रयोग, आदि।

सुख्खा आँखाका लक्षण

सामान्यतया सुख्खा आँखाको समस्याबाट पीडित व्यक्तिमा निम्न लक्षण देखा पर्न सक्छन्:

— आँखामा असजिलो महसुस हुनु,

— आँखा पोल्ने तथा दिउँसोपख रातो देखिने,

— आँखा सुख्खा हुने तथा दुख्ने,

— आँखामा चिप्प्रा लाग्ने र च्यापच्याप हुने,

— आँखा चिम्लिरहन मन पर्ने,

— प्याज काट्दा आँसु नबग्ने,

— आँखामा केही बिझाएको जस्तो महसुस हुने, आदि।

उपचार

सुख्खा आँखाको समस्याबाट पीडित बिरामीले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले आँखा धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्ने मानिसले भाइजर लगाउनुपर्छ। साथै, परेली तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्या तथा अन्य रोगको उपचार पनि महत्वपूर्ण हुन्छ।

मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृतिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। साथै, आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनुपर्छ। घाममा निस्किँदा कालो चस्मा लगाउनुपर्छ। कतिपय अवस्थामा औषधिको साटो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ। यसको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा रहनुपर्छ।

(डा. आनन्दकुमार शर्मा शिक्षण अस्पताल महाराजगन्जको आँखा उपचार केन्द्रमा कार्यरत छन्) swasthyakhabar.com

कस्तो अवस्थामा निकालिन्छ मिर्गौला ?

0

सितापाइलास्थित मनमोहन मेडिकल कलेजले नुवाकोटका ३२ वर्षीय शिवप्रसाद रिमालको पत्थरीको अपरेशन गर्दा मिर्गौला नै निकालिदिएको विषय अहिले चर्चामा छ । धेरैले यसमा अस्पतालको लापरवाही भनेका छन् भने पीडित पक्ष क्षतिपूर्ति माग्दै न्यायको लडाईंमा छ ।

कस्तो अवस्थामा मिर्गौला निकालिन्छ वा निकाल्नु पर्छ ? हामीले यो प्रश्न राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थलीका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्लेलाई सोधेका थियौं ।

काफ्लेका अनुसार मिर्गौलामा कुनै रोग देखिएमा, संक्रमण भएमा, ठूलो पत्थरी भएमा, चोटपटक लागेमा वा क्यान्सर भएमा मिर्गौला ड्यामेज हुन्छ । मिर्गौला ड्यामेज भएमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ वा मिर्गौलाले कामै गर्न छाडेमा शल्यक्रिया गरिन्छ । माथिका यी अवस्था नदेखिएसम्म मिर्गौलाको शल्यक्रिया गरिँदैन । शल्यक्रिया गर्नुभन्दा अघि बिरामी र उसको नजिकको आफन्तलाई बिस्तृतमा जानकारी गराइन्छ । बिरामीको स्वास्थ्यको अन्य अवस्था जाँच गरेर शल्यक्रिया गर्न उपयुक्त हुन्छ भन्ने लागेमा बिरामी र उसको आफन्तसँग अनुमति मागिन्छ । त्यसपछि मात्र आवश्यक प्रक्रिया पूरा गरी शल्यक्रियाको काम सुरु हुन्छ ।

जतिबेला शल्यक्रिया गर्ने भनिएको हुन्छ, विरामीको अवस्था, रोगको अवस्था हेरेर नै चिकित्सकहरुले आवश्यक निर्णय गर्दछन् । त्यस्तो अवस्थामा विरामीले चिकित्सकलाई नै भगवान सम्भिmने गर्छन् र रोग ठीक हुने विश्वासमा आफ्नो सम्पूर्ण शरीर नै उनीहरुलाई सुम्पिने गर्छन् । यस भरोसामा डाक्टरले विरामीलाई ठीक पार्छ । तर, कहिलेकाहीँ सबै शल्यक्रिया चिकित्सकले सोचे जस्तो भइदिँदैनन् र जटिलता उत्पन्न भइदिन्छ । र, बिरामीको ज्यान जोखिममा पर्दछ ।

विशेषगरी, मिर्गौलामा पत्थरीको शल्यक्रिया गर्दा यस्ता जटिलताहरु आउने गर्छन् । चिकित्सकहरुले मिर्गौलामा पत्थरी भएको त पत्ता लगाउँछन् । तर उक्त पत्थरीले मिर्गौलामा कत्तिको गहिरो घाउ पारेको छ भन्ने कुरा शल्यक्रिया नगरी थाहा हुँदैन । जब पत्थरी निकालिन्छ, त्यतिबेलामात्र उक्त पत्थरीले मिर्गौलामा कत्तिको घाउ बनाएको छ भन्ने थाहा हुन्छ । कहिलेकाही मिर्गौलामा भएको उक्त पत्थरीले मिर्गौलामा रक्त प्रवाह गर्ने मुल रक्तनलीलाई नै थिचेर राखेको हुन्छ । जसका कारण मिर्गौलामा गहिरो घाउ हुन्छ । जब उक्त घाउ भएको ठाउँबाट पत्थरी निकालिन्छ, मिर्गौलाबाट रक्तश्राव हुन थाल्छ ।

‘घाउ सामान्य अवस्थामा भए सिलाएर पनि रक्तश्राव रोक्न सकिन्छ । तर कहिलेकाहीँ घाउ यति गहिरो तथा कुहिसकेको अवस्थामा हुुन्छ की त्यस्ता घाउको चाहेर पनि उपचार गर्न सकिदैन । त्यस्तो अवस्थामा विरामीको ज्यान बचाउनको लागि चिकित्सकसित हुने एउटैमात्र विकल्प भनेको मिर्गौला निकालेर फाल्नु हो,’ डा. काफ्लेले भने ।

यसरी मिर्गौला निकाल्दा अर्को मिर्गौला ठीक रहेको खण्डमा मात्र चिकित्सकले खराब मिर्गौला निकाल्ने गर्दछन् । यदि कुनै व्यक्तिको शरीरमा एउटामात्र मिर्गौला छ भने पनि त्यसको बायोप्सी समेत गरिँदैन । किनकी एउटा मिर्गौलाले काम गरेमा व्यक्ति बाँच्न सक्छ, तर मिर्गौला नै नरहेमा उसको ज्यानै जान सक्छ । त्यस्ता संवेदनशीलतालाई ध्यानमा राख्नु चिकित्सकको कर्तब्यभित्र पर्दछ । त्यतिमात्र होइन त्यसरी मिर्गौला निकाल्नु परेको अवस्थामा चिकित्सकले पहिले नै विरामीका परिवारलाई यस्ता जटिलताबारे पहिले नै अवगत गराउनुपर्छ ।

नेपाल मावन अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डाक्टरले बिरामीको ज्यानसँग खेलवाड नगर्ने बताए । तर, उपचारको क्रममा कहिलेकाहीँ तलमाथि हुनुलाई उनले भवितव्यको संज्ञा दिए । मिर्गौला झिक्नुपर्ने अवस्थालाई भने उनले चिकित्सा बिज्ञानको सामान्य प्रक्रिया भने ।

‘चिकित्सकीय विज्ञानले समेत विरामीको ज्यान बचाउनु चिकित्सकको पहिलो कर्तव्य हुने बताउँछ । त्यसअनुसार अत्याधिक रक्तश्राव भएमा विरामीको ज्यान बचाउन पनि मिर्गौला झिक्नु पर्ने हुनसक्छ, जुन चिकित्सा विज्ञानमा सामान्य मानिन्छ,’ नेपाल मावन अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने ।

उनले चिकित्सा विज्ञानमा यस्ता समस्या आइरहने बताउँदै यसलाई सामान्य रुपमा लिन समेत सरोकार सबैलाई आग्रह गरेका छन् ।

के हो मनमोहन मेडिकल कलेजको घटना ?

अत्याधिक कोखा दुखेपछि गत जेठ २२ मा नुवाकोटका ३२ वर्षीय शिवप्रसाद रिमाल उपचारको लागि मनमोहन अस्पताल गएका थिए ।
उनको मिर्गौलामा पत्थरी देखिपछि चिकित्सकहरुले अस्पताल भर्ना गरे ।

उनको बायाँतर्फको मिर्गौलामा दुई सेन्टिमिटर लामो पत्थरी देखिएको थियो । उनको बायाँ तर्फको मिर्गौला सामान्य भन्दा तल मुत्रथैली नजिकै रहेको देखिएको थियो । मिर्गौला सामान्यभन्दा फरक ठाउँमा रहेकोले शल्यक्रिया जटिल हुनसक्ने भन्दै अस्पताल प्रशासनले परिवारका सदस्यलाई जानकारी गराएको थियो । परिवारका सदस्यले पनि भवितव्य आइपरे अस्पताल र चिकित्सक जिम्मेवारी हुने छैनन् भनेर सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि रिमालको गत जेठ २५ गते शल्यक्रिया गरियो । शल्यक्रियाका क्रममा मिर्गौलाबाट अत्याधिक रक्तश्राव भएपछि ज्यान जोगाउन परिवारकै सहमतिमा उनको एउटा मिर्गौला निकालिएको उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । तर मिर्गौला झिकेको करिब एक महिना पछिमात्र विरामी रिमालले आफ्नो एउटा मिर्गौला नभएको थाहा पाएको बताउँदै आएका छन् । उनले आफ्नो मिर्गौला झिक्नु पर्नाको कारण माग गर्दै ५० लाख रुपैयाँ क्षतिपूर्ति दावी गर्दै आएका छन् ।

रिमालले आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि प्रयोग भएको हुन सक्ने आरोप लगाएका छन् जसको अस्पतालले खण्डन गर्दै अस्पतालमै सुरक्षित रहेको बताउँदै आएको छ ।

अस्पताल र पीडित पक्षबीच भएको सम्झौतामा विरामीलाई अर्को मिर्गौला फेर्न आवश्यक परे फेरिदिने, जीवनभर उपचार निःशुल्क गरिदने, हालसम्म लागेको औषधि लगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, विरामीका छोराको सम्पूर्ण स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, विरामीको श्रीमति तथा विरामीलाई पनि अस्पतालमै रोजगारीको व्यवस्था गर्ने तथा विरामीको जीवन विमा गरिदिने उल्लेख छ । onlinekhabar.com

किन गन्हाउँछ सास? यस्ता छन् कारण

0
Bad Breath Causes, Treatments, and Prevention

डा. प्रकाश बुढाथोकी

तपाईंले धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको। वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा लज्जित हुनुपरेको। हुन पनि हो, मानिसको मुखले उसको दायित्व एवं शारीरिक स्वस्थताको प्रतिविम्बन गर्छ। तर, जस्तै व्यक्तित्व भए पनि सास गन्हाउने समस्या हुनेहरुले आफ्ना कुरा अरुका सामु निर्धक्क राख्नै सक्दैनन्।

सास गन्हाउने समस्याले अरुले नराम्रो सोच्लान् भन्ने चिन्ताले नै आत्मबल हराइसक्छ। कोही–कोही त आफ्नो सास गन्हाउने समस्याबारे चिन्ता लिँदालिँदा मानसिक रोगको शिकार समेत हुने गर्छन्। त्यसैले सास गन्हाउने समस्यालाई सामान्य ढंगले लिनु लिनु हुँदैन।

सास गन्हाउने रोगमा दुखाईको अनुभव नहुने र जनचेतनाको अभाव भएर होला प्रायःजसो विवाहको बेला यस्ता धेरै बिरामी चिकित्सक कहाँ आउँछन्। अन्य समयमा जीवनसाथी, सहपाठीहरुको सुझाबले गर्दा चिकित्सककहाँ पुग्छन्। नेपालमा गिजा सम्बन्धी रोग, दाँत किराले खाने रोग पछि सास गन्हाउने समस्या लिएर आउने दन्तरोगी बढ्दो क्रममा छन्।

 

बिरामीको प्रकार

सास गन्हाउने बिरामीहरू खास गरी तीन प्रकारका हुन्छन्ः

(१) आफ्नो सास गन्हाएको थाह नपाउनेहरू,

(२) आफ्नो सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू,

(३) आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरु।

 

किन गन्हाउँछ सास?

मुख वा नाकबाट नराम्रो गन्ध आउने अवस्थालाई ‘हेलिटोसिस’ वा ‘ब्याड ब्रेथ’ रोग मानिन्छ। सास गन्हाउने अवस्था आपैmँमा रोग नभई शरीर तथा मुखमा भएको रोगको लक्षण वा औषधि प्रयोगको असर पनि हुन सक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिएर, मुख शरीरको ऐना हो भन्ने भनाइलाई चरितार्थ पारिरहेको हुन्छ।

सासको गन्ध केही सामान्य हुन्छन् भने केही जटिल प्रकृतिका पनि हुन्छन्। बिहान उठ्नासाथको मुखको गन्ध; भोकै/ब्रत बसेको अवस्थाको गन्ध; खानामा प्रयोग गरिएका वस्तुहरू (जस्तैः चिया, कफी, मकै, प्याज, लसुन आदि) को गन्ध; रक्सी, बोसो, भुटेको खानाको गन्ध; धूमपान, सुर्ती सेवन गर्नेको सासको गन्ध; बच्चा तथा बुढापाकाको मुखको गन्ध; मुखको उपचारमा प्रयोग हुने युजेनोल, भल्केनाइट पदार्थको गन्ध; राख्ने–निकाल्ने खालको नक्कली दात लगाएरै सुत्नेको सासको गन्ध; नाकको सट्टा मुखबाट सास फेर्नेको गन्ध; कृत्रिम दाँत लगाउने मानिसको सासको गन्ध; शरीरद्वारा फ्याँकिने काम नलाग्ने पदार्थको गन्ध र बान्ता वा डकार गर्दाको गन्धलाई सामान्य गन्धका रुपमा लिइिन्छ।

यस्तै, मुखको स्वास्थ्य स्थिति कमजोर भएमा; दा“त किराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दाँत नमिली बसेको अवस्थामा पनि सास गन्हाउँछ। अन्य कारणमा मुखमा भएका घाउ खटिराहरू (जस्तैः क्यान्सर, ओस्टियोमाइलाटिस, पीप, सिस्ट, अवसेस जम्मा भएको, संक्रमण तथा दा“त निकालेपछिको घाउ आदि पर्छछन्। यस्तै, नाक र घाँटीसँग सम्बन्धित (पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाटीको क्यान्सर) रोगका कारण पनि सास गन्हाउँछ।

शरीरभित्र भएका रोगहरुका कारण पनि मानिसको सास गन्हाउँछ। फोक्सोको रोग, क्षयरोग, ‘ब्रोन्काइटिस’, ‘लङ ग्यान्ग्रिङ’ आदि रोगले पनि सास गन्हाउन सक्छ। यस्तै, मासिकस्राव हुँदा पेट दुख्ने अवस्थामा पनि सास गन्हाउन सक्छ। पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, कलेजोको रोगहरू, मिर्गौलासम्बन्धी रोगहरू, चिनीरोग, ज्वरो, रगत सम्बन्धी रोग, भ्यागुते रोग, भिटामिनको कमीले हुने कब्जियत, अपच आदिका कारण पनि मानिसको सास गन्हाउँछ।

केही औषधिहरूको प्रयोगका कारण पनि सास गन्हाउने गर्छ। एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिकर, मानसिक रोगका औषधिहरु लगायत प्रयोग गरेको बेला मानिसको सास गन्हाउन सक्छ।

कसरी थाहा पाउने?

सबैभन्दा उपयुक्त, सामान्य र उत्तम तरिका भनेको मुख अगाडि आफ्नो हात राखेर त्यसमा सास

फेर्ने र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानी भित्र लिने। त्यस्तै, अतिन जिकका व्यक्तिहरू पती–पत्नी, दाजुभाई, दिदीबहिनी, सहपाठीस“ग सोधर थाहा पाउन सकिन्छ। आफूप्रति अरुको व्यवहार हेरेर पनि अनुमान गर्न सकिन्छ। त्यस्तो बेला समूहमा तपाईं बोल्दा नजिकमा बसेका व्यक्तिहरूले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेबाट पनि आफ्नो सास गन्हाएको थाहा पाउन सकिन्छ।

१० सेकेन्डका लागि ओठ र नाक दुबै बन्द गराउने र त्यसपछि ओठ बन्दै राखेर नाक मात्र खोल्न लगाउने, यदि सास गन्हाएको छ भने सास गन्हाउने समस्या नाक अर्थात् फोक्सोबाट भइरहेको छ भनी पत्ता लाग्छ। तर, ओठ खोल्दा सास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ।

यी माथिका तरिकाबाट सास गन्हाएको वा नगन्हाएको थाहा हुन्छ, तर कति भनेर नाप्नका लागि विभिन्न उपकरण (अस्मोस्कोप, ब्रेथ एनालाइजर, क्रायस्कोप, टाइट्रालग, ग्याँस क्रोमाटोग्राफी आदि) को प्रयोग गरिन्छ।

रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस भनेभैmँ रोकथामका उपायहरु समय मै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समयको नोक्सान, पैसाको नोक्सान र शरीरको नोक्सानबाट जोगिन सकिन्छ। मुख तथा शरीरको स्वास्थ्य, खानपान, जीवनशैलीमा ध्यान दिएर रोकथाम गर्न सकिन्छ। मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित रुपमा ६–६ महिनामा गर्नुपर्छ भने शरीरको परीक्षण प्रत्येक वर्ष गर्नु पर्छ।

(वरिष्ठ कन्सलटेन्ट डेन्टल सर्जन डा. बुढाथोकी वीर अस्पतालका कार्यरत छन्)

नेपालमा बाथ रोगको समस्या

0

डा. बिनित बैद्य बाथरोग विशेषज्ञ नेशनल बाथरोग सेन्टर

बाथ रोग कस्तो रोग हो

– बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो ।

-बाथ रोग धेरै प्रकारका हुन्छन् । विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा जोर्नी दुख्ने तथा सुन्निने सामान्यत देखिने लक्षण हुन् ।
– बाथ रोग उपचार पद्धतिको विकास भएको लगभग १५—२० वर्ष मात्र भएको छ । नेपालमा बाथरोगको अवस्थाका बारे इपिडिमियोलोजिकल सर्वेक्षण हुन सकेको छैन ।
-अमेरिकन कलेज अफ ¥यूम्याटोलोजीका अनुसार, हरेक देशका जनसंख्यामध्ये १० प्रतिशतमा बाथ रोग हुनसक्ने संभावना रहेको छ । यसैलाई आधार मान्दा नेपालमा करिब २५—३० लाख जनतामा बाथ रोग हुनसक्ने अनुमान छ ।
– नेपालमा घुँडा, ढाडको हड्डी खिइने समस्यालाई पनि हाडजोर्नी दुःख्ने समस्यामा राख्ने हो भने नेपालमा बाथरोगीको संख्या निकै धेरै भएको अनुमान गर्न सकिन्छ । बूढाबूढी र मोटा मानिसमा यस किसिमको समस्या धेरै हुने गर्छ । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा ¥यूमेटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले १५ देखि ४५ वर्षका महिलालाई ज्यादा असर गर्ने देखिएतापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ । काम गरेर खाने उमेर समूहका व्यक्तिको कार्यक्षमतामा ¥ह«ास ल्याउने भएकाले बाथ चाँडै नियन्त्रण गर्न जरुरी हुन्छ ।

बाथरोग हुने कारण

– यो वंशाणुगत पनि हुनसक्छ । आमा बुबामध्ये एकजनालाई बाथ रोग भएमा उनीहरुबाट जन्मेका बच्चामा बाथ रोग हुने संभावना ३० प्रतिशत हुन्छ ।
– रुघाखोकी, भाइरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर तुल्याइदिन्छ र बाथरोगको जोखिम बढाउनसक्छ ।
-धेरै चुरोट पिउने व्यक्तिहरुमा गठीया बाथ, ढाडको बाथ र कडा खालको बाथ हुने संभावना रहेको छ ।
-प्रदूषित वातावरण तथा चुरोटको धूवाँले पनि बाथ रोगलाई बढाइदिन्छ । य
– चिसो वातावरण, चुरोटको धुँवा, वंशाणुगत जस्ता समस्याले शरीरमा वाथरोगको उत्पत्ति हुनसक्छ ।
बाथ रोगबाट बच्ने उपाय
– मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
– यससँग सम्बन्धि भ्याक्सिन र औषधिहरु पनि छैनन् ।
-परिवारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सतर्क हुनुपर्छ ।
– डेढ महिनादेखि तीन महिनाभित्रमा बाथ रोग पत्ता लगाउने कोशिष गर्नुपर्छ ।
– बाथ रोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।

खानपान

धेरैजसो बाथ रोगमा खाना बार्न आवश्यक हुँदैन । तर युरिक एसिड बाथमा भने खाना बार्न आवश्यक हुन्छ । युरिक एसिड बाथमा खुट्टाको बूढी औंला रातो भएर दुख्ने र सुन्निने हुन्छ । प्रोटिनयुक्त खाना जस्तै—सुकेको गेडागुडी, टमाटर, काउली, बन्दा, स्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु, जाँड रक्सी आदिले युरिक एसिड बाथलाई बढाइदिन्छ । युरिक एसिड बाथ १ प्रतिशतलाई मात्र हुने गर्छ ।

 

सावधानी

-बाथको जटिलताको आधारमा सावधानी अपनाउनुपर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भूँइमा टुक्रुक्क नबस्ने, पलेँटी मारेर नबस्ने, उकालो ओरालो धेरै नगर्ने, जोर्नीलाई धेरै भार पर्ने काम गर्न हुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन ।
– चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धुँवामा नबस्ने, १० बजे अघिको घाम ताप्दा फाइदा हुन्छ ।
– बिहानको कलिलो घाममा भिटामिन डी प्राप्त हुन्छ । नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरुमा बस्ने व्यक्तिहरुमा भिटामिन डी को कमी धेरै देखिएको छ । भिटामिन डीले बाथसँग मात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटु रोग सँग पनि सम्बन्ध राख्छ । भिटामिन डी को कमी हुनेहरुमा सामान्य बाथ रोग भएमा यो चाँडै कडा बन्दै जान्छ । भिटामिन डी को प्राकृतिक स्रोत घाम नै हो ।
कस्तो अवस्थामा एनालजेसिक र स्टेरोइड दिनुपर्छ ?
औषधिहरुलाई तरिका मिलाएर साइड इफेक्ट नहुने गरी निश्चित समयमा खानुपर्छ । बाथ रोगीहरुमा स्टेरोइड औषधि प्रयोग गर्दा घटाउँदै घटाउँदै डेढ २ महिनासम्म प्रयोग गरिन्छ । औषधि छुटेमा वा चिसोका कारण बाथ रोग बढेमा १०—१५ दिन ब्रिजिङ थेरापी दिनुपर्छ । यस्तो अवस्थामा स्टेरोइड एनाल्जेसिक बाहेक अरु उपाय हुँदैन ।

बाथ रोगको औषधि

बाथको औषधि क्यान्सरको औषधिबाट शुरु भएको हो । बाथ रोग दीर्घ रोग हो । तर यसले क्यान्सर जस्तो तुरुन्त ज्यान लिँदैन । सामान्य मानिसको औषत आयुको तुलनामा बाथ रोग भएकाहरुको औषत आयु १०—१५ वर्ष कम देखिन्छ । बाथ रोगले, मुटु, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न भित्री अंगहरुमा असर गर्ने भएकाले औषत आयु कम हुने गरेको हो । बाथका कारण जोर्नी दुखेर कुनै पनि व्यक्तिको ज्यान जाँदैन । क्यान्सर जस्तै भित्र भित्र दीर्घकालीन असर गर्ने भएकाले यसको मुख्य औषधि मेटाक्याप्सेट हो । यो क्यान्सरका बिरामीलाई पनि प्रयोग गरिन्छ । अहिले करिब २ लाख रुपियाँ पर्ने गठिया बाथको नयाँ इन्जेक्सन आएको छ । यसले एक वर्षसम्म काम गर्छ । लिम्फोमामा प्रयोग हुने औषधि हो यो । लुपसले फोक्सो, मिर्गौला आदिमा पारेको असरका लागि प्रयोग गरिने साइडफ्लक्स नामको औषधि क्यान्सरकै औषधि हो । प्राय लुपसका लागि प्रयोग हुने औषधि कडा खालको हुन्छ । सही समय र तरिका मिलाएर खाएमा तीन चार महिनाको रगत जाँचमा शरीरमा नकारात्मक असर परेको देखिएको छैन । त्यसैले चिकित्सकको नियमित फलोअपमा रहनुपर्छ ।

बायोलोजिकल एजेन्टस्

बाथ रोगका लागि बायोलोजिकल एजेन्ट्स चाँडै नेपाली बजारमा आउँदैछ । यो महँगो औषधि हो । यसको मूल्य एक डोजको ४ लाख रुपियाँ पर्छ । यो हरेक २—२ महिनामा लगाउनुपर्छ । लुपस बाथले फोक्सो, मिर्गाैलामा समस्या पारेर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई यो औषधि प्रयोग गरिन्छ । यसका साथै कडा गठिया बाथ, बच्चा जन्माउने योजनामा रहेका दम्पत्तिहरु जसलाई कडा खालको बाथको औषधि दिन मिल्दैन, उनीहरुलाई यो बायोलोजिकल एजेन्ट्स दिनुपर्छ ।
बाथ रोगमा फिजियोथेरापी
बाथ रोगमा औषधि सँगै जोर्नीको चाललाई तुरुन्त राख्न फिजियोथेरापीको आवश्यकता पर्छ । बीचमा औषधि छोड्नु हुँदैन । औषधि खाएर जति धेरै फिजियोथेरापी ग¥यो त्यति नै हड्डी खिइने बाथ न्यूनिकरण हुँदै जान्छ । केटाहरुमा हुने ढाडको बाथमा औषधि ५० प्रतिशत काम गर्छ भने ५० प्रतिशत साइकलिङ, रनिङ, जगिङले काम गर्छ ।
अभ्यास
१. घुँडालाई माथि उठाएर कसेर राख्ने, जबसम्म गल्दैन उठाइराख्ने । दुवै गोडा पालैपालो कम्तिमा आधा घण्टादेखि ४५ मिनेसम्म जुनसकुै समयमा गरेपनि हुन्छ । अभ्यास गर्दा नियमित ३० देखि ४५ मिनेटसम्म गर्नुपर्छ ।
२. दुवै गोडाले सिरानीलाई थिचेर सिधा सुत्ने ।
३. दुवै घुँडाले सिरानीलाई चेपेर बस्ने ।

कुन-कुन समयमा चुरोट पिउनु बढी नै खतरा हुन्छ ? थाहा पाउनुहोस्

0

हुन त चुरोट खानु नै स्वास्थ्यको लागि हानिकारक छ।तर पनि मानिसले चुरोट खाने एउटा यस्तो समय जुन बेला निक्कै हानिकारक मानिन्छ। यदि तपाई त्यो समयमा चुरोट खाँदै हुनुहुन्छ वा खाने सोच बनाइरहनु भएको छ भने कृपया भुलेर पनि नपिउनुहोस। त्यो समय कुन हो त ?

यदि तपाई सधै खाना खाइसकेपछि चुरोट नियमित खाने गर्नु भएको छ वा सोच बनाइरहनु भएको छ भने उक्त समय चुरोट पिउनु शरीरको लागि १० गुणा बढी हानिकारक मानिन्छ। यो समयमा चुरोट वा मादक पदार्थ सेवन गरेमा शरीरमा निकोटिनको मात्रा खानासँगै फैलिएर मानिसको लाइफ नै ड्यामेज हुन सक्छ।

यस्तै विहान उड्ने बित्तिकै चुरोट खाने बानी छ भने चाडै छोड्नुस। यो समय पनि चुरोट पिउनु शरीरको लागि बढी हानिकारक मानिने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ।

यस्तै कोल्ड ड्रिंकको साथमा पनि सिगरेट कहिल्‍यै नपिउनुस किनकी यसले स्वास्थ्यमा ठूलो असर पर्छ। रक्सीसँगै चुरोट खाएमा हृदय रोग लिभर सबै खराब हुनसक्छ।

यस्तै चियाको साथमा सिगरेट पिउदा पनि स्वासथ्यको लागि धेरै हानि पुर्‍याउन सक्छ। किनकी सिगरेटमा निकोटिन हुन्छ र चियामा कैफिन हुन्छ। यो दुवै एकै साथ मिलेमा शरीरलाई ठूलो नोक्सान पुर्‍याउन सक्छ।

यदि तपाई चुरोट पिउनेको छेऊमा बसेको बसिरहुन भएको छ भने चुरोट खानेसँगै तपाईलाई पनि असर पुर्‍याउन सक्छ।

बालबालिकाले खाना नखाए के गर्ने ?

0

हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।

यो एउटा घरको मात्र समस्या होइन । आज बालबालिका भएका हरेक घरमा यो समस्या पाइन्छ । प्रायः बालबालिकालाई घरमा पाकेको खानेकुराले आकर्षित नगर्ने गुनासो धेरै अभिभावकको छ ।

विद्यालय जाँदा टिफिनको रूपमा होस् या त विद्यालयबाट फर्केर घर आएपछि अथवा टीभी हेर्दा या त कुनै घुम्न गएको समयमा चाउचाउ, बिस्कुट, चिप्स र चकलेटमा रमाउने बालबालिकाको संख्या अधिक पाइन्छ ।

अस्वस्थकर एवं असन्तुलित खानेकुराले पार्ने असर

– पेट खराब हुने र पटकपटक बिरामी परिरहने गर्छन् ।
– दाँत छिटै कीराले खाने एवं मुख र गिजासम्बन्धी विभिन्न समस्या देखा पर्छन् ।
– राति मस्तसँग निदाउन सक्तैनन् । साथै राति ओछ्यानमा पिसाब गर्ने गर्छन् ।
– शरीरको तौल घट्ने अथवा शारीरिक रूपमा भद्दापन ९मोटाउने० आउने गर्छ ।
– एकाग्रता हराउँछ, स्मरणशक्ति कमजोर हुनुका साथै बौद्धिक क्षमतामा असर पुर्‍याउँछ ।
– शारीरिक एवं मानसिक रूपमा थकित महसुस गर्र्ने र चिडचिडापना बढ्दै जान्छ ।
– बालवृद्धि र विकासलाई नकारात्मक प्रभाव पार्छ ।
– आमा र छोराछोरीबीचको आत्मीयतामा कमी ल्याउँछ ।
बालबालिकाले घरको खाना खान नमान्नुका कारण

– वास्तविक भोकको अनुभव गर्ने अवसर नपाउनाले । किनभने आफूखुसी चाहेको बेलामा भान्सा अथवा स्टोरबाट मन लागेको कुरा झिकेर खान पाउँछन् ।
– खाने समयको निश्चित तालिकाको अभावमा खाना खानलाई निश्चित समय तोकिएको पाइँदैन र आफूलाई मन लागेको बेलामा खाने सुविधा भएको कारणले पनि बिहानको खाजा, दिउँसोको खाना अथवा डिनरको परिपाटीलाई अवलम्बन गरेको पाइँदैन ।
– सधैंभरि एकनासको खाना खुवाउने गर्नाले ।
– बालबालिकाको मागअनुरूपको खाना बनाइदिने गर्नाले ।
– ससाना बालबालिकालाई आफैंले खाने अवसर र प्रोत्साहन नदिएर ठूलाले खुवाइदिने गर्नाले ।
– बालबालिकालाई घरको परिवारसँगै राखेर नखुवाउनाले । अधिकांश घरमा बालबालिकालाई पहिले नै खुवाएमा हल्का महसुस गर्ने गर्छन् ।
– के कस्ता खानेकुराले शारीरिक अथवा मानसिक विकासमा प्रभाव पार्छ भन्ने सम्बन्धी ज्ञान नभएका कारण मसला र टेस्टमेकर भएका खाना खाँदा भोकलाई मार्छ र खाना खान मन नलाग्ने समस्या बढ्दै जान्छ ।

खाना खान नमान्ने बालबालिकालाई कसरी सहयोग गर्ने ?
– बालबालिकालाई वास्तविक भोकको अनुभवबिना खानाप्रतिको रुचि र स्वाद नहुने भएकाले बजारका तयारी खाना दिनु हुँदैन ।
– जुन बेलामा जसलाई जे मन लाग्यो त्यही खाने आदतलाई निरुत्साहित गरी खाने एक निश्चित समयतालिका बनाएर त्यसलाई सबैले अवलम्बन गर्नुपर्छ ।

– खानाको स्वाद खानेकुरामा भन्दा बढी खाने तरिका र खाने समयको चहलपहल एवं खाने मनस्थितिमा निर्भर गर्छ । तसर्थ बालबालिकालाई पहिले नै खुवाएर काम सिध्याउने मनोवृत्तिलाई त्यागेर पारिवारिक जमघटसँगै बसेर एकसाथ खुवाउने गर्नुपर्छ । यसले खानाको महत्व र आवश्यकताका बारेमा महसुस गराउँछ ।

– सधैंभरि एकैनासको एउटै खाना खाने गर्नाले खाने इच्छालाई मार्न सक्छ । तसर्थ समयसमयमा एउटै खानेकुरालाई पनि विविध तरिकाबाट परिकार बनाएर खाने गर्नुपर्छ । यसले खानाको आकर्षण र स्वाद बढाउँछ ।

– बालविकासको क्रमसँगै उचित तरिकाले परिकार तयार पारेर खुवाउने गर्नुपर्छ । बढ्दै गरेका बालबालिकालाई सधैंजसो जाउलो, खिचडीमात्र खुवाउने गर्दा खानाप्रतिको रुचि हराएर जान्छ ।

– बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।

– बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।

– बालबालिकाको उमेर र मानसिक स्वास्थ्यअनुरूपको खाना खुवाउनका लागि कुन खानेकुरामा कस्तो पौष्टिक तत्व पाइन्छरत्यसले शरीरमा के कस्तो असर गर्छ भन्ने कुरालाई बुझ्ने गरी उदाहरण दिएर सम्झाउने गर्नुपर्छ । कुपोषणबाट हुने रोगहरूका बारेमा बुझाउने गरेमा अस्वस्थकर खानाप्रतिको रुचि विस्तारै हट्दै जान्छ ।

– सम्भव भएमा खाना पकाउने काममा बालबालिकालाई पनि संलग्न गरेमा खानाप्रति रुचि बढाउन सकिन्छ ।

– खाना खाने समयमा बालबालिकालाई खानाकै लागि मानसिक रूपमा तयार गराउनुपर्छ । खाना खाँदै टीभी हेर्ने, गृहकार्य गर्ने, खेल्दै खेल्दै खाने अथवा हिँड्दै डुल्दै कथा सुन्दै खानेजस्ता आदतलाई निरुत्साहित गर्नुपर्छ ।

– बालबालिकालाई एकैपटक धेरै खानेकुरा दिनु हुँदैन । साथै एकै ठाउँमा सबै खानेकुरा मिसाएर दिनु पनि हुँदैन । यसो गर्दा खाने रहरलाई मार्दछ । साथै खानाको विशेष स्वाद थाहा हुँदैन । खाना भोक मार्नका लागि मात्र नभएर स्वादका लागि पनि खाने गर्नुपर्छ ।

– बालबालिकालाई खाना दिँदा रोमाञ्चित बनाउने गर्नुपर्छ । यसका लागि फूल भएको जनावरको चित्र कोरिएको रंगीन प्लेटमा हालेर दिँदा रमाएर खाने गर्छन् ।

– अरू व्यक्तिले खुवाइदिनुभन्दा बालबालिकालाई आफैंले खानसक्ने भएपछि आफैं खाने अवसर दिनुपर्छ । पोखाएर खाए पनि आफैंले खाएकोमा प्रशंसा गरिदिनुपर्छ । यसले गर्दा गौरवको अनुभूति हुन्छ र खाना खाँदा झगडा गर्ने बानी हटेर जान्छ ।

– खाना खान नमान्ने समस्याबारे अरू व्यक्तिका अगाडि कुरा गर्न हुँदैन अथवा ‘मेरो बच्चाले खानै मान्दैनु भन्नुभन्दा कस्तो स्वाद लिएर खाने गर्छ भन्नुपर्छ ।

– नखाँदाको समयभन्दा खाँदाखेरिको समयलाई ध्यान दिनुपर्छ । जस्तै खाना राम्ररी खाँदाखेरि स्याबास, तिमीले आजको खाना कति मीठोसँग खायौ आदि भनेर प्रशंसा गरिदिनुपर्छ ।

– खाना खाँदा बालबालिकालाई खाना सँगसँगै धेरै पानी पिउन दिनु हुँदैन । खाना खाइसकेपछि मात्र पानी पिउन दिनुपर्छ ।

– परिवारका सबै सदस्यसँग बसेर खाँदा ठूला सदस्यहरू मात्र आपसमा वार्तालाप गर्ने तर बालबालिकालाई बेवास्ता गर्ने गर्दा बालबालिकालाई खानाप्रति नकारात्मक भावना जगाउँछ । उनीहरूसँग पनि कुरा गर्ने, उनीहरूको विचार सुन्ने र राम्रोसँग खाएकोमा खुसी व्यक्त गर्ने गर्नुपर्छ ।

– खाना खान पटक्कै नमान्ने र बाहिर बजारको खाना खान माग गर्ने जिद्दीवाल बालबालिकालाई कुनै पनि खाना नदिने चेतावनी दिनुपर्छ । चेतावनीले असर नगरेमा ‘जबसम्म भोक लाग्यो भन्दैनौं तबसम्म खाना पाउँदैनौुं भनेर खाना बन्द गरिदिनुपर्छ । भोक मानिसको मस्तिष्कसँग सम्बन्धित आवश्यकता भएको हुनाले भोकको अनुभूति भएपछि कुनै पनि प्रकारको खाना चुपचासँग खाने गर्छन् ।

अनाबश्यक पेटको बोसो हटाउने सरल घरेलु उपाय-

0

पेटको बोसो हटाउने सरल घरेलु उपाय-

 

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)

३. गुलियोबाट टाढा रहनुहोस्
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउनुहोस्
पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन खानुहोस्
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारबाट टाढै रहनुहोस्
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी खानुहोस्
खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग गर्नुहोस्
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

स्वास्थ्य खबरपत्रिकाबाट

error: Content is protected !!