Friday, June 27, 2025
21.3 C
Beni
21.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 1537

रावणलाई बध गरेपछि के भयो मन्दोदरीसँग ?

रावणलाई बध गरिएपछि मन्दोदरीलाई के गरियो ? उनको बाँकी जिवन कस्तो रह्यो ? यसबारे खासै सोधीखोजी भएको छैन । प्रामाणिक गन्थ्रमा मन्दोदरीको बारेमा एकदमै थोरै लेखिएको छ । यद्यपी केही किंबदन्ती प्रचलनमा छ । मन्दोदरीलाई चिनाउने एउटै विशेषण छ, लंकापति रावणकी पत्नी । यत्तिमै उनलाई सीमित गरिएको छ । जब रावणको मृत्यु हुन्छ, मन्दोदरीको अध्यय पनि अन्त्य हुन्छ ।

-रावणको वधपछि मन्दोदरी रणभूमीमा पुगिन् । त्यहाँ पति, पुत्र र आफन्तको शव देखेर शोकमा डुबिन् । तर, उनलाई श्रीरामले आश्वसन दिदै भने, ‘तपाई अझैपनि लंकाको महारानी र बलशाली रावणकी विधवा हुनुहुन्छ ।’ त्यसपछि मन्दोदरी लंका फर्किन्छन् ।

-अद्भूत रामायण र केहि अन्य ग्रन्थमा उल्लेख गरिएको किंबदन्ती अनुसार पति र पुत्रको वियोगमा मन्दोदरीले स्वंमलाई महलमा कैद गरेर राखिन् । उनले पूर्ण रुपमा बाहिरी संसारसँग सम्पर्क टुटाइन् । त्यसपछि विभिषण लंकाको राजपाट सम्हाल्न आइपुगे ।

-एक कथन यस्तो पनि छ कि, बर्षौ पछि मन्दोदरी आफ्नो महलको बाहिर निस्किएकी थिइन् र विभिषणसँग बिवाह गर्नका लागि तयार भएकी थिइन् । बिवाहपछि उनीहरु दुबै मिलेर लंकाको साम्राज्य बिस्तार गरे ।

जब मन्दोदरीले शिवलाई आकषिर्त गर्ने प्रयास गरिन्

-हिन्दु पुराणमा मन्दोदरीलाई मथुरा नामले चिनिन्छ । एक कथा अनुसार एक पटक मथुरा नामकी अप्सरा कैलाश पर्वतमा पुगिन र देवी पार्वती त्यहाँ नदेखेपछि भगवान शिवलाई आकषिर्त गर्ने प्रयासमा लागिन् ।

-तब पार्वती त्यहाँ पुगिन् र क्रोधित भएर अप्सलाई श्राप दिइन्, ‘तैंले १२ बर्षसम्म भ्यागुता बनेर कुवामा बस्नु परोस् ।’

-भगवान शिवले पार्वतीलाई त्यो कठोर तपपछि अप्सराले पुन आफ्नो स्वरुपमा र्फकन सक्ने बताए । त्यसपछि लामो समयसम्म मथुरा कठोर तप गर्न लागिन् ।

-त्यही क्रममा असुरोका देवता मयासुर र उनकी पत्नी अप्सरा पत्नी हेका एक पुत्र प्राप्तीका लागि तपस्या गरिरहेकी हुन्छन् । त्यही मथुरा आफ्नो कठोर तपस्याबाट श्राप मुक्त हुन्छिन् ।

-एक कुवाबाट मयासुर र हेमाले मथुराकी आवाज सुन्छन् । मयासुरले मथुरालाई कुवाबाट बाहिर निकाल्छन् । र, छोरीको रुपमा काखमा लिन्छन् ।

-मयासुरले आफ्नो काखमा लिएकी छोरीको नाम मन्दोदरी राखिन्छ, जसको बिवाह रावणसँग हुन्छ । onlinekhabar.com

नवजात शिशुको विशेष हेरचाह गरौ यसरी

शिशुको अधिक  हेरविचार एकदमै आवश्यक छ। शिशुको विशेष हेरचाह जन्मिएपछि साढे दुई वर्षको उमेरसम्म गर्नुपर्छ। शिशु हेरचाहको सुरुवात उसको आहारसँगै हुन्छ। यसको सही ज्ञान शिशुकी आमालाई हुनु आवश्यक छ।

शिशुको जन्म हुनासाथ न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छातीमा -दुई स्तनको बीचमा) केही समय टाँसेर राखिदिनुपर्छ। यसो गर्नाले शिशुलाई न्यानो हुनुका साथै आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पुर्‍याउँछ।

शिशुलाई सकेसम्म जतिसक्दो छिटो -जन्मिएको एक घन्टाभित्र) स्तनपान गराउनु वेश हुन्छ। शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन।  त्यसपछि २४ घन्टाभित्र ८ देखि १० पटक -रातिमा २ पटक अनिवार्य) स्तनपान गराउनुुपर्छ। स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ। आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ। कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ। यदि शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ।

स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ। यसो गर्दा शिशुले डकारेर पेटभित्रको हावा बाहिर निकाल्छ। त्यसपछि शिशुलाई सुताइदिनुपर्छ। धेरैजसो आमा मेरो दूध आउँदैन अथवा पर्याप्त छैन भनेर चिन्ता लिन्छन्। स्तनपान गरेपछि डेढदेखि २ घन्टा आरामले सुत्छ, उसको तौल साधारण रूपमा बढिरहेको छ, दिनमा ६ देखि ८ पटक पिसाब गर्छ भने शिशुलाई आमाको दूध पर्याप्त रूपमा पुगेको मानिन्छ।

शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ। स्तनपान गराउँदा दूधको मुन्टोमात्र नचुसाई मुन्टो वरिपरिको कालो भागसमेत चुसाउनुपर्छ।

शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। यस्ता पदार्थ अर्धठोस हुनुपर्छ। यतिबेला २४ घन्टामा तीन पटक ख्वाउनुपर्छ।

शिशुलाई स्वच्छ पिउने पानीको आवश्यकता पर्छ। स्तनपान भने साबिकबमोजिम दुई वर्षसम्म गराउनुपर्छ। दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म ख्वाउनुपर्छ। त्यसपछि शिशुलाई अण्डा, माछा, मासु, कलेजो, गेडागुडी आदि ख्वाउनुपर्छ। बजारमा पाइने चाउचाउ, चीजबल, लेज, कुरकुरे, कोल्ड डि्रंक्स, चकलेट आदि ख्वाउनु हुँदैन।

 

 

मुस्ताङको रमणीय दृश्यहरुमा खिचिएको ‘माया मेरी साह्रै राम्री’ रिलिज (भिडियोसहित)

 

‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो 

‘माया मेरी साह्रै राम्री’ गीतलाई गायक लवटले आफ्नै शब्द र संगीतमा आफैले स्वरबद्ध गरेका छन् । गायक लवटको यस गीतको भिडियोलाई मुस्ताङको रमणीय दृश्यहरुमा छायाङ्कन गरिएको छ, भने किरण श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोमा गायक लवट संयम र पुष्पा प्रजापतिको फिचरीङ रहेको छ । साथमा सुजन, सेवन, श्री, र सुशीलले उनीहरुलाई साथ दिएका छन् ।

गायक लवटको यस भिडियोलाई निर्देशक श्रेष्ठ आफैले छायाङ्कन र सम्पादन गरेका हुन् । ‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका थिए ।

उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । (सरद राई)

 

सुक्खा फलफूलको फाइदा ताजाको भन्दा धेरै

हामीलाई थाहानै छ फल खानु स्वास्थ्यको लागी एकदम राम्रो हो  । सुक्खा फलफूल काजु, किसमिस,,र्  पिस्ता बदाम, आदि फलफूलहरु हाम्रो जीवनको लागी एकदम राम्रो फलफुलहरु हुन् । यी फलफूलको बढी पौष्टिक हुन्छन ती हुनुको कारण  पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ धेरै हुन्छन् ।

१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।

यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तै एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।

युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।

दसैँमा कस्तो खसीको मासु खाने ?

डा. केदार कार्की पशु चिकित्सक
दसैँमा खसी–बोका तथा च्यांग्रा खरिद गर्ने तयारीमा पक्कै हुनुहोला । तर, खसी–बोका किन्दै गर्दा केही कुरामा भने सजगता अपनाउनुपर्छ । ग्रामीण भेगमा त दसैँलाई भनेर केही समयपहिलेदेखि नै बोका पालेर राखिएको हुन्छ । तर, सहरी क्षेत्रका बासिन्दाले खसी–बोका किन्दा विशेष सजग हुनुपर्छ ।

मोटोपन राम्रो होइन । मोटोपनले शरीर रोगी बनाएको हुन्छ । त्यसैले मोटा खसी–बोकाको मासु खानु दुई कारणले हानिकारक हुन्छ । मोटा खसीबोका रोगी हुने भएकाले रोगी मासुले फाइदा गर्दैन । बोसोले पनि असर गर्छ । बोसोपन बोकामा भन्दा खसीमा बढी हुन्छ । बोसो स्याचुरेटेड फ्याटी एसिड हो । यसले कोलेस्ट्रोलको मात्रा बढाउँछ । मुटुसम्बन्धी रोग भएकालाई झनै हानिकारक हुन्छ । त्यसैले खसी किन्दा सकेसम्म दुब्लो नै किन्नुहोस् ।

खसी किन्दा उसको भुँडीमा ध्यान दिनुपर्छ । भुँडी झरेको खसी रोगी हुन सक्छ । भुँडी झोलिएको खसीमा जुका पर्ने सम्भावना बढी हुन्छ । जुका परेको खसीको मासु खाएमा जुका हाम्रो पेटबाट दिमागसम्म पुग्ने खतरा रहन्छ । मोटोपनले पनि भुँडी झरेको हुन्छ ।

खसी र बोका किन्दा उमेरमा ध्यान दिन सकियो भने पनि ठूलो फाइदा हुन्छ । खसी र बोका खाने उत्तम उमेर फरक–फरक हुन्छ । अन्दाजी आठ महिनादेखि एक वर्षसम्म उमेरको बोकाको मासु स्वस्थकर हुन्छ । यसमा बोसोको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसैगरी, खसी कलिलोभन्दा छिप्पिएकै खानु ठीक हुन्छ । छिप्पिएको खसीको मासुमा फ्याट कन्टेन्ट तुलनात्मक रूपमा कम हुन्छ ।

खसीको शारीरिक अवस्था पनि हेर्नुपर्छ । किन्न आँटेको खसी–बोकालाई बाँधेको ठाउँबाट फुकाउनुहोस् र हल्का धपाएजस्तो गरेर हिँड्न लगाउनुहोस् । लोसे खालको हिँडाइ तथा गतिविधि देखायो भने पूर्ण स्वस्थ नभएको बुझ्नुपर्छ । फुर्तिलो, छुँदा बुरुक्क उफ्रिने, चलमलाउने हुनुपर्छ ।

आँखामा चिप्रा आएको, नाकबाट सिंगान बगिरहेको खसी–बोका किन्नेतिर लाग्दै नलाग्नुहोस् । त्यसैगरी रौँ झुस्स भएको खसी पनि स्वस्थ हुँदैन । उसको थलोतिर पनि नियाल्नुहोस् । गोटा परेको जुत्तो गरेको छ भने निरोगी भएको बुझ्नुपर्छ । पुच्छर आसपासमा छेरेको लतपतिएको देखिएमा खसी–बोका रोगी छ भन्ने जान्नुपर्छ । यस्तालाई जुका परेको हुन सक्छ ।

-नयाँ पत्रिका

यी ४ समयमा नपिउँनुहोस् चिया

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउँनुहोस् । किनकि, गलत समयमा चिया पिउँनु तपाईका लागि केही प्रकारका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँन सक्छ ।

१. ‘बेड टी’बाट हुनसक्छ एसीडिटी – यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ, साथै यो शरीरुमा टोक्सिनको मात्रा पनि बढाउँछ ।

२. खानापछि चिया – खाना खाएपछि चिया पिउँनुहुँदैन । यसले पाचन क्रिया ढिलो हुँदैजान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ, जसले गर्दा प्रोटीन र आयरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन । जो व्यक्ति आइरनको कमिबाट जुधिरहेका छन्, उनहरुले खानापछि चिया पटक्कै पिउँनुहुन्न ।

३.सुत्नअघि चिया – चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

४. आइरन र क्याल्सियमसँग चिया – यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।

लिटिल गार्डेनले मनायो १४ औ वार्षिक उत्सव

बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

निमित्त जिल्ला शिक्षा अधिकारी दलबहादुर थापाले शैक्षिक सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक संवेदनशिल बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानिया र पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले शैक्षिक नतिजाको हिसावले लिटील गार्डेन जिल्लामै अगाडी रहेको बताउनुभयो ।

प्रिन्सीपल खुमबहादुर केसीले विद्यालयको गतिबिधीको बारेमा जानकारी गराउँदै २०७३ कौ एसईई परिक्षाको औसत नतिजामा लिटील गार्डेन जिल्लामा अगाडी रहेको बताउनुभयो । अभिभावक घनश्याम खड्का, विद्यार्थी सुदिप्ता पौडेल र अमिसा परियारले पनी शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो समारोहमा भदौ ३१ गते देखि विद्यालयमा सञ्चालित खेलकुद प्रतियोगिताका बिजेता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले नृत्य र कलाकार सुर्य घतानेले गित प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालन र शिक्षीका ईन्दिरा आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीते करेलाको केहि फाईदा/वेफाईदा यस्ता छन्

खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् ।

carela.
फाईदा

  • खानामा रुचि बढाउँछ ।
  • छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
  • खाएको कुरा राम्ररी पचाउँछ ।
  • पेटसफा राख्दछ ।
  • कब्जियत हुन दिँदैन ।
  • पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
  • रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
  • मधुमेह रोगीलाई
  • इन्सुलिनको काम गर्छ ।
  • यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
  • यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
    औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
  • तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
  • साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
  •  मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
  • तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।
  • यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
  • तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
  • बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
  • तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
  • तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
  • अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

तीते करेलाको फई मात्रै होइन वेफाईदा पनि छ ।

  • गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
  • यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
  • रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
  • तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ

किन उठ्छ रिस ? बढि रिसाउदा शरिरमा कस्तो असर पर्छ ?

प्राय सबैलाई रिस उठ्छ। रिस उठ्नु प्रकृति र विज्ञानको नियम पनि हो । स्वस्थ आवेग वा आक्रोश आफैँमा समस्या होइन । तर, रिस उठ्दा विवेक नै गुम्छ भने यसको कारण र समाधान तत्काल खोज्नुपर्ने हुन्छ ।


निस्क्रिय र आक्रमक रिस
निष्क्रिय रिसलाई पहिचान गर्न गाह्रो पर्छ किनकी यसलाई दबाइएको हुन्छ । मानिसमा हुने इगो यसकै उपज हो । यस अवस्थामा तपार्इँले बाह्य रुपमा रिस नदेखाउन पनि सक्नुहुन्छ, तर भित्र भने झनै गम्भीर हुन्छ । यस्तो रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ ।
तर, आक्रमक रिस भने बढी खतरनाक हुन्छ किनकी यसले तपाई र अन्य व्यक्ति वा सम्पक्तिमा नै भौतिक हानी गर्न सक्छ । तपार्ई आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण समेत गुमाउन पुग्नुहुन्छ । यसलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर आइइडी भनिन्छ । तर, सबै प्रकारका आक्रमक अनियन्त्रित रिस आइइडी होइनन् ।
त्यसो त विभिन्न मनोवैज्ञानिक कारण र रोगले पनि तपाईलाई आक्रमक बनाउछ ।
निम्न अवस्थामा तपाईको रिस अनियन्त्रित र आक्रमक हुन्छःः
निरन्तर रुपमा अत्यधिक खराब मुडमा भएमा
बारम्बार एउटै नकारात्मक सोच आएमा
आफ्नो सोचलाई व्यबस्थापन गर्न कठिनाई भएमा
आफू वा अरु कसैलाई हानी गरुँ जस्तो लाग्ने
मुटुको धडकन बढ्नु, छाती बढी कसिलो हुनु
टाउको दुख्नु, चिटचिट पसिना आउनु र आफूलाई नियन्त्रण गर्न नसक्नु
किन हामी आक्रमक र हिंसात्मक हुन्छौ ?
अनियन्त्रित रिस वा आक्रोस कुनै निश्चित रोगको लक्षण वा परिणाम हो भन्ने विषयमा चिकित्सहरु नै अझै प्रष्ट हुन सकेका छैनन् । तर, दिमागमा भएको सेरोटोनिन नामक रसायनमा भएको अबरोध वा परिवर्तनले हिंसात्मक वा आक्रमक स्वभाव देखाउने अनुसन्धानकर्ताहरुले पुष्टि गरेका छन् ।

न्यूरो वैज्ञानिकहरुका अनुसार दिमागको कुनै निश्चित भाग जस्तै र्कोटेक्स, एमीगडााला ९रिस, त्रास, तनाब हुने क्षेत्र० मा असर भएमा मानिसलाई अनियन्त्रित रिस उठ्छ ।
के रोग र मानसिक असन्तुलले आक्रमक बनाउछ ?

वैज्ञानिकहरुका अनुसार मानसिक असन्तुलन र अस्वस्थता जस्तै डिप्रेसन, वाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, डिमेन्सिया र अल्जाइमर रोगका कार मानिसमा अनियन्त्रित रिस र हिंसा उत्पन्न हुन्छ ।
त्यस्तै उच्च रक्तचाप, ह्दयघात, स्ट्रोकको समस्या, र पाचन प्रणालीमा हुने गडबढीले पनि मानिसमा अत्यधिक रिस उठ्छ । त्यसो भए निै रोगको उपज हो त रिस रु विज्ञहरु भने यस विषयमा सत प्रतिशत सहमत छन् ।
ब्रेन इन्जिुरी

अनियन्त्रित रिस र आक्रम स्वभावले ब्रेन इन्जिुरी बनाउँछ । न्युर्योक युनिर्भसिटी स्कुल अफ मेडिसियनका प्राध्यपक डा जोनाथान सिल्भर भन्छन्, ‘ब्रेन इन्जिुरी भएका मानिसमा आक्रमक स्वभाव र रिस उठिरहन्छ ।’ आक्रमक स्वभावले मानिसलाई डिप्रेसनको शिकार बनाउने उनको भनाई छ । तसर्थ दिमागको कुनै एक भागमा इन्जिुरी छ भने यसले अन्य भागमा पनि असर गर्छ ।
स्ट्रोक
अत्यधिक रिसाउने व्यक्तिमा स्ट्रोकको समस्या हुने चिकित्सकहरु बताउछन् । जर्नल न्युरोलोजीमा प्रकाशित एक कोरियाली अध्ययन अनुसार स्ट्रोकका बिरामीहरुले आफ्नो रिस वा आवेगलाई नियन्त्रण गर्न सक्दैनन् । चिकित्सकहरुले गरेको सो अनुसन्धानमा सहभागी ३२ स्ट्रोकका बिरामीहरुमध्ये सबैको बोलीमा असुन्तलन, अत्यधिक आवेग र दिमागको र्कोटेक्समा असर रहेको पाइएको थियो ।
हृदयघात
हृदयघात र मुटुको रोग डिप्रेसन र अन्य भावनात्मक परिबर्तसँग सम्बन्धित छन् । जीवनमा एक पटक ह्दयघात भएर बाँचेका अधिकांश मानिस अझै पनि आफ्ना भावनाहरुसँग संघर्ष गरिरहेका हुन्छन् । उनीहरुमा देखिने चिन्ता र निराशको तहले डिप्रेसन, हरेस, र आत्मविश्वास गुम्छ जसका कारण आफूलाई नै नियन्त्रण गर्न सक्दैनन् । दिमागमा हुने सेरोटोनिन नामक रसायनमा हुने परिवर्तनसँगै मानिसमा मुटजन्य रोगहरु उत्पन्न हुने र यो सबै रिस र आक्रोशसँग प्रत्यक्ष सम्बन्धित भएको अनुसन्धानकर्ताहरु बताउँछन् । -स्वास्थ्य खबरपत्रिका बाट

यस्ता छन् महिलाको महत्वपूर्ण प्रजनन अंग डिम्बाशय क्यान्सरको लक्षण –

विभिन्न प्रकारका अर्बुद (क्यान्सर) मध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ ।वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको अर्बुद पर्छ । डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिनसक्छ ।

क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा रश्मि पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो नहुने हुन्छ ।

महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो । डिम्बाशयको अर्बुदको कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने चिकित्सक बताउँछन् । डा चापागाईंका अुनसार ४०/५० वर्षका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको अर्बुद भएका बिरामी, परिवारमा अरु कसैलाई अर्बुद भएको छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना रहन्छ ।
तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको अर्बुद हुन सक्छ ।

रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय अर्बुद भएको हो होइन पत्ता लगाइन्छ ।

विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गरिन्छ । विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले भन्नुभयो,“अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो ।” उहाँले अर्बुद गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ । अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु अर्बुद जस्ता नसर्ने रोगका कारण हुने गरेको विज्ञ बताउँछन् ।