Friday, June 27, 2025
25.6 C
Beni
25.6 C
Beni
Friday, June 27, 2025
Home Blog Page 58

म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 33;

म्याग्दीमा सञ्चालनको प्रक्रियामा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ ।

म्याग्दीमा सर्भे अनुमति लिएका, निर्माण अनुमति लिएका र सञ्चालनमा आएका गर्दा एक हजार १६ मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने विद्युत विकास विभागका सूचना अधिकारी बद्री कुइँकेलको भनाइ छ । हाल म्याग्दीमा छ वटा जलविद्युत् आयोजनाहरुबाट एक सय ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको विद्युत विकास विभागको तथ्याङ्कले देखाएको छ ।

तातोपानी सानो जलविद्युत् आयोजनाले उत्पादन गर्ने २ मेगावाट विद्युत् घलेम्दी हाइड्रोले उत्पादन थालेपछि बन्द गर्ने सहमति अनुरुप सञ्चालनमा नभएको भए पनि हालको क्षमता अनुसार उत्पादन हेर्दा पनि १६९ मेगावाट विद्युत् उत्पादन भएको देखाउँछ । पाँच मेगावाटको घलेम्दी हाइड्रो, १४ मेगावाटको घारखोला जलविद्युत, निलगिरी खोला जलविद्युतको ३८ र निलगिरीकै क्यासकेड ७१ र मिस्त्री खोला जलविद्युतको ४२ मेगावाट विद्युत् अहिले उत्पादन भइरहेको छ ।

त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा ८ मेगावाटको माथिल्लो तिरिजाखोला, अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ३२ मेगावाटको नीलगिरी खोला र रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा पाँच मेगावाटको स्यानो र पन्थोखोला जनविद्युत परियोजनाको सर्वेका लागि विभिन्न निर्माण कम्पनिहरुले विद्युत विकास विभागमा निवेदन दिएका छन् । त्यस्तै ९ दशमलव ८३ मेगावाटको सुपर ठुलोखोला हाइड्रो प्रोजेक्ट, पाँच मेगावाटको मंगला म्याग्दी क्यासकेटलाई सर्बेका लागि विद्युत विकास विभागले अनुमति दिएको छ ।

सर्भे सकिएर १२ दशमलव ७३ मेगावाट अपर मुदी हाइड्रो, ३० मेगावाट म्याग्दी खोला ए, १२ दशमलव ५ मेगावाट म्याग्दी खोला बि, एक दशमलाव ८६ मेगावाट तल्लो रुप्से र ९ दशमलव ७१ मेगावाट मुदीको तिरिजा खोला जलविद्युतले निर्माणका लागि निवेदन दिएका छन् । जिल्ला भित्र विभिन्न २४ वटा जलविद्युत आयोजनाहरु भने निर्माणको क्रममा छन् । उनीहरु सबैजसोले कन्स्ट्रक्सनको काम थालेको विद्युत विकास विभागले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतलगायतका कम्पनिहरुले आफ्नो काम रफ्तारमा गरी रहेका छन् । अपर म्याग्दी खोला, रुप्से खोला, दरवाङ म्याग्दी खोला, राहुघाट मंगले, रेले खोला, कालिगण्डकी गर्ज लगायतका विद्युत् आयोजनाले आफनो भौतिक काम थाल्नका लागि अनुमति लिइसकेका छन् ।

विद्युत विकास विभागको तथ्याङ्क अनुसार सात सय १८ मेगावाट विद्युत निर्माणको क्रममा छ । यसैगरी ६६ दशमलबव ८ मेगावाट विद्युतको कन्स्ट्रक्सनका लागि  निवेदन दिएका छन् भने १५ मेगावाट विद्युतको सर्वेको लाइसन्स लिएर बसेका छन् । म्याग्दी जिल्ला भित्र ४५ मेगावाट विद्युत उत्पादनका लागि निर्माण कम्पनिले सर्वेको लाइसन्सका लागि निवेदन दिएका छन् ।

 

आक्रामक बन्दै शिक्षक आन्दोलन, कक्षा १२ को परीक्षा बहिष्कार गर्ने

आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने, नयाँ भर्ना रोक्ने भएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका छन्। पूर्वघोषणाअनुसार वैशाख महिनाको ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यता विद्यालयहरूको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ।

महासंघका महासचिव तुलाबहादुर थापाले माग पूरा नगरेसम्म कक्षा १२ को परीक्षामा कुनै शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेको जनाए। यसरी महासंघले परीक्षा बहिष्कार गरेको र नयाँ भर्ना लिन रोक्ने निर्णय गरेको उनले बताए। महासचिव थापाका अनुसार सीटीईभीटीले सञ्चालन गरिरहेको परीक्षा पनि रोक्न आह्वान गरिनेछ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू आन्दोलनमा छन्। देशभरका शिक्षक, कर्मचारी काठमाडौं आएका छन्। यसले गर्दा विद्यार्थीको पढाइदेखि परीक्षा प्रभावित हुने देखिएको छ। अहिलेसम्म शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरेको छैन।

यता शिक्षकहरूको आन्दोलन अझ सशक्त हुँदै गएको छ। शिक्षक महासंघले शैक्षिक हडतालसमेत घोषणा गरेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले आन्दोलनलाई निरन्तरता दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन शिक्षकहरू सडकमा छन्। उनीहरूले सडकमा नै नयाँ वर्ष शुभकामना आदानप्रदान गरेका छन्। उनीहरूको आन्दोलन शान्तिपूर्ण छ। गीत गाउँदै, नाच्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।

शिक्षक महासंघले संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ। आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षा कोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडतालसमेत गरेका छन्। जसका कारण वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रसमेत प्रभावित हुने देखिएको छ।

 

अनुमति लिँदै गन्तव्यतिर लम्कँदै आरोही

वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समुहका ३८ महिला र एकसय ७८ पुरुष गरी दुई सय १४ जनाले अनुमति पाएका हुन्।

आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो। विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन्।

नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन्। विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपिडिसन पर्मिट’ जारी गरेको छ। पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।

सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ। हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कुल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन्।

आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ। आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ। असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रसंशा व्यक्त गरेको छ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो। यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ।

पर्वतारोहण सञ्चालक संघले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ।

संघले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ। वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य संख्यामा विदेशी आउँछन्। रासस

सोचेको जापान र वास्तविकता

जापान देशको नाम सुन्दा साथ हामी जस्तो विकासोन्मुख देशमा जन्म लिई अझै भन्नु पर्दा मध्यम वर्गीय परिवारमा बाल्यकाल काटेको मानिसले सुख सयलको जिन्दगी, आरामदायि सेवा सुवीधा, मनग्य पैसा यि र यस्तै खालका कुराहरु भन्दा अरुको कल्पना नेपालमा हुदा नगरेको म मात्र त पक्कै पनि होइन ।

साथै जापान गए पछि यस्तो गर्छु र उस्तो गर्छु भन्दै मनमा सपना बुन्दै जापानको लागी पासपोर्ट बनाउने र अन्य कागजातको तयारी पनि राम्रै गरीयो । नेपालमा हुदै गर्दा आफु भन्दा पहिला जापान आएका साथीभाई, इष्ठमीत्रहरुले सामाजीक संजालमा राखेका तस्वीर, नेपालको कन्सल्टेन्सीको सरबाट सुनेको राम्रा कुराहरु, इन्टरनेट साइटमा पाइने सामाग्रीहरुले गर्दा अझै जापान आउनका लागी तत्पर भएका हामीहरु ।

तर, जुन दिन जापान लागी भनेर विमानस्थल पुगे पछि प्राण भन्दा प्यारो परीवारजनलाई र जहाज चढेपछि प्यारो मातृभुमीलाई एक हातले आसुका धारा पुच्छै बिदाईका हात हल्लाएपछि जती परीवारजनबाट टाढा हुदै गयो त्यती नै दुखका दिन पनि थपीदै गए । त्यसरी नै सुरु हुने गर्दछ म जस्तै मध्यम वर्गीय र विपन्न वर्गीय परीवारमा जन्म लिएका हरेक नेपाली युवाको भविष्यको कथा ।

त्यही माथी नेपालमा केही व्यवसाय गर्छु भन्दा विश्वास नगर्ने परीवार र ऋण पनि नपत्याउने आफन्त तर जापान जान्छु भन्दा जति पनि ऋण दिन सक्नेले दिएको पीडा पनि सबैको एकै हो । त्यस्तै जुन दिन जापानको विमान स्थलमा विमान अवतरण भइ बाहीर निस्कीन्छ तब सुरु हुन्छ फरक भाषा, ठाँउ, रितीरीवाज, खानपान जस्ता कुराले गर्दा जापान आएको १ हप्तामै घर फर्कन मन नलागेको कहाँ होर । जुन कुरा नेपालमा छँदा सोचेको थिए त्यो कुरा कुनै पनि पुरा गर्न एकदमै कठिन रहेको भान आएको १ हप्तामा भै सकेको थियो । तर पनि साहुको ऋण, परीवारको आशा, भविष्यको चिन्ताले गर्दा जे जस्ता कठिनाई आइ परेपनि मेहेनत गरेर अगाडी बढ्छु भनी अठोट गरेर अगाडी बढेको छु ।

कहिले काहीँ त सोच्ने गर्दछु की यहाँ जती मेहेनत आफ्नै देशमा गर्दा कसो प्रगती नहोला । जब फुर्सदका दिनमा जापान आउन भन्दा पहिला सोचेको जापान र अहिले आफुले भोग्दै गरेको जापानमा तुलना गरेर हेर्छु हालको दुख सम्झेर एकान्तमा धेरै पटक रोएको छु । भोगेको जापानमा आफ्नो हिसाबले उठ्ने भन्ने हुदैन मोवाइलको आलारामको हिसाबले उठी घडी सँगै हिड्नु पर्ने अवस्था, थोरै मात्र ढिला भए बस, टेन छुटेर काममा ढीला पुगी माथिको मानिसबाट नबुझिने भाषामा खाइने गाली, न दिन न रात गरी गरीने काम, जस्ता कुराले मलाई मेहेनत भनेको के हो भन्ने कुरा त सीकायो तर पनि परीवारका लागी समय, आफ्नो लागी समय, रमाइलो, जस्ता कुराहरु विर्साइदीयो ।

जुन कुरा म नेपालमा हुदा सोच्ने गरेको थिए त्यही कुरा अहिले नेपालमा भएका साथीहरुले मलाइ भन्दै जापान गएर पैसा कमाए पछि हामीलाई विर्सीस हैन भन्ने बचनले मलाई सानोमा औसेलु खादा घोच्ने काँडा जसरी मनमा घोचेको पीडा कस्लाइ भन्न सक्छु र । नमरी स्वर्ग देखिदैन भने जस्तै सोचेको जापान र हकीकतको जापान आकास पातालको फरक छ ।

आजकल मलाई म पनि जापान आउन पर्यो कस्तो छ भनेर फोन दिनहु जसो आउने गर्दछ पहिला त जापानमा गाह्रो छ न आउ भनेर भन्ने गरेको थिए तर आफु गएर प्रगती गर्यो हामीलाई नआइजा भन्छ भन्ने मान्छे धेरै भएकोले आजकल त दुख धेरै छ गर्न सक्ने भए आउ भन्ने गरेको छु ।

हुन त देश छाडेर परदेश हिडे पछि जुन देश गए पनि समस्या त्यही हो तर अन्य देशमा हामीहरुले बच्चा बेलाबाट पढ्दै आएको अंग्रेजी पनि प्रयोग हुने हुनाले जिवन यापन सजीलो छ तर जापानमा जापानीज भाषा भन्दा प्रयोग नहुने हुनाले समस्याहरु धेरै छन । त्यसलै अन्य देशमा भन्दा जापानमा मेहेनत एकदमै बढी गर्नुपर्ने हुन्छ ।

हामी भन्दा पहिला जापानमा आएर लामो समय बसी व्यवसाय गरी राम्रो प्रगती गर्नुभएका अग्रजहरु पनि धेरै हुनुहुन्छ । त्यसैले हामीहरुले पनि प्रगती गर्नुभएको अग्रजहरुको सीको गर्दै मेहेनत गर्ने हो भने जापानमा भविष्य राम्रो बनाउन सकिने हुनाले सोचेको भन्दा धेरै मेहेनत गर्नु पर्ने देखीन्छ ।

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि–१ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिनुभयो ।

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उहाँले भन्नुभयो, “गाउँमा  भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ । रासस

त्रिविमा प्रमाणपत्रका निम्ति अनलाइनबाटै निवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटलगायत प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

सेवाग्राहीलाई कार्यालयमा आउनुपर्ने अवस्था न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अनलाइन सेवाअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

त्रिविले आज सोमबार बिहान ११ बजेबाट नै सो सेवा सुचारु गरेको हो । आगामी जेठ १५ गतेबाट त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट नै सञ्चालन हुने बताइएको छ ।

tu-1744708594.jpg

नयाँ बर्षमा मोना अस्ट्रेलियाको शुभकामना आदाप्रदान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम आयोजना गर्दै नेपाली नयाँ बर्ष २०८२ लाई स्वागत गरेको छ । आइतबार सिड्नीस्थित टेम्पे पार्कमा एक आपसमा शुभकामना आदानप्रदान, विविध मनोरञ्जनात्मक साँस्कृतिक र साँगेतिक प्रस्तुतीसँगै खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन गरिएको थियो ।

मोना अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले संस्थाको बार्षिक कार्यक्रम अनुसार नयाँ बर्षको स्वागत र म्याग्देलीहरुबीच जमघटसँगै भाइचाराको विकास गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष उत्तम पुनले म्याग्देलीहरुको एकतालाई थप मजबुत बनाउँदै लैजानुपर्ने बताए । मोनाको न्यू साउथ बेल्स राज्य समितिका संयोजक याम बहादुर बुढाथोकीले स्वागत तथा महासचिब बाबुराम पौडेलले सञ्चालन गरेको कार्यक्रममा मोनाका पूर्वअध्यक्षहरु, पदाधिकारी, सदस्य एवम् म्याग्दीबासीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा, आयोजित लठो तान्ने प्रतियोगितामा पर्वत बेनी विजेता र धौलागिरि गाउँपालिका उपविजेता बनेको थियो । विजेता टोलीका सदस्यहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा, म्याग्देली कलाकार तथा लोकगायक पदम विश्वकर्मा, लोकगायकि मिलन विश्वकर्मा तथा कौडा गायक गणेश गुरुङ लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा, धौलागिरि नौमति बाजा समूहले माहोल थप मनोरञ्जनात्मक बनाएका थिए भने मोनाले मार्फत विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने खेलाडीहरु, मोनाका सहयोगी संस्थाहरुलाई प्रशंसा र कदरपत्रले सम्मान गरिएको थियो ।

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

कालीगण्डकी नदीमा स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन्। पर्वतको कुश्मा नगरपालिका–५, मोदीवेणीस्थित कालीगण्डकी नदीकिनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशीला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन्।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए। प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ।

उनीसँगै उनकी दिदी र दुई छोरासमेत गएका थिए। उनीहरू भने सकुशल फर्किएको प्रहरीले जनाएको छ। नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ।

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा १० जना घाइते

बागलुङको तमानखोला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरी तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप वडा नं. २ कटेरीमा दुर्घटना चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिनुभयो ।

उहाँले बागलुङको गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विकको अवस्था गम्भीर रहेको बताउनुभयो ।

दुर्घटनामा जम्ला कन्का सुन्दरी गाउँपालिका–२ बस्ने वजर्ष २६ का प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका–६ बस्ने वर्ष ३२ का सुदर्शन कुसारी, बागलुङ तमानखोला गाउँपालिका–१ बस्ने वर्ष २९ का सचिन विक, वर्ष ६३ की ईन्द्र कुमारी गिरी, वर्ष ५२ की मनसरी शेरचन, वर्ष २५ की बसन्ति मगर, वर्ष २७ का शुसिल रसाईली, वर्ष १२ की मनि मगर, तमानखोला गाउँपालिका–२ बस्ने वर्ष २० की झरना गिरी र रुकुम पश्चिम चौर जहारी नगरपालिका–१३ वस्ने वर्ष २३ का नविन मल्ल घाईते भएका छन् ।

उनीहरुको हात, खुट्टा, टाउँको र ढाडमा चोट लागेको छ ।घाइते सबैको बुर्तिबाङ अस्पताल बागलुङमा उपचार भइरहेको डिएसपि यादवले बताउनुभयो । जिप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको छ ।

बजेट अभावमा सडक निर्माण रोकियो

बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित छ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।

बजेट अभावमा काम गरेको बिलको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले सडक निर्माण स्थगित गरेका हुन् । बेनी–पाखापानी सडक योजनाको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताउनुभयो ।

“दुई/तीन वर्षअघिसम्म निर्माण व्यवसायीले काम गर्न नसकेर बजेट खर्च हुन नसक्ने अवस्था थियो,” उहाँले भन्नुभयो “अहिले हामीले दुई वर्षको काम एक वर्षमा सक्छौँ भन्दा पनि सरकारले बजेट दिन सकेन् ।”

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रु. एक करोड ९४ लाख छ महिनामै खर्च भएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रु एघार करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच ठेक्का सम्झौता भएको यो आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

दरवाङ–धारापानी–ताकम–मुना सडकको लागि विनियोजन भएको रु. दुई करोड बजेट पनि गत पुस महिनामै सकिएको थियो । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर – बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

गत वर्ष बेनी–पाखापानी सडकमा रु. चार करोड र दरवाङ–धारापानी–ताकम–मुना सडकमा रु. पाँच करोड बजेट थियो । बेनी–पाखापानी र दरवाङ–धारापानी–ताकम–मुना मात्र नभएर जिल्लामा प्रदेश सरकारले सञ्चालन गरेका सबै सडक र मोटरेबल पुल आयोजनाको लागि चालु आर्थिक वर्षमा विनियोजन भएको सकिएको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिका जोड्ने अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्य भन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन् । पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले विनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताउनुभयो ।

“म्याग्दीका सडक र पुलका पुरानो एक वटासहित १० वटा बहुवर्षीय आयोजनामध्य आठ वटाको निर्माणाधीन छन्,” उहाँले भन्नुभयो “तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने बजेट नहुँदा रोकिएका छन् ।” बहुवर्षीय योजनाका लागि रु. १३ करोड ९० लाख दायित्व सिर्जना भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

बेनी–भकिम्ली सडक, दरवाङ– अदिभारा– डाडाँगाउँ– सोले– तमान– बुर्तीवाङ सडक, पखेर–बरङजा ३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक र दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नती योजना निर्माण रोकिएको छ । गत वर्ष करिब रु ६८ करोड लागतमा म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण सुरु भएका थिए । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले रु. एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो ।

अर्थ मन्त्रालयले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका आयोजनाका लागि विषयगत मन्त्रालयले पर्याप्त बजेट व्यवस्थापन नगर्दा र टुक्रे योजनामा प्राथमिकता दिँदा गण्डकी प्रदेशभरका आयोजनामा यस्तो समस्या देखिएको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“टुक्रे योजनामा बजेट छर्दा ठूला र गौरवका आयोजनामा अभाव भएको हो,” उहाँले भन्नुभयो “विषयगत मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीलाई काम भइरहेका तथा सम्पन्न हुने चरणका योजनामा बजेट अभाव हुन नदिन सचेत बनाएका छौँ ।” रासस