Friday, June 27, 2025
22 C
Beni
22 C
Beni
Friday, June 27, 2025
Home Blog Page 60

सुनमा आज पनि भारी बृद्धि, ताेलाकाे १ लाख ८५ हजार

आज पनि सुनकाे भाउमा भारी बृद्धि भएकाे छ । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

सुनको बिहीबारकाे मूल्यलाई उछिनेर एतिहासिक रेकर्ड बनाएको छ । बितेका दुई कारोबार दिनदेखि सुनको मूल्यमा भारि बृद्धि भइ रेकर्ड ब्रेक भएकाे छ ।

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा काराेबार भएको थियो ।

पालिकास्तरीय अस्पताल भवन अलपत्र

मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी नौ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

मङ्गला–५ हाडेभिरस्थित निर्माणाधीन भवन पछिल्लो एक वर्षयता कुनै पनि भौतिक प्रगति नभएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले बताउनुभयो । “भवनको भुइँ तलासम्म ढलान गरेका निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा फर्किन अटेर गरेका छन्”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र परेको हो ।”

क्षेत्रीका अनुसार हालसम्म करिब १० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा ३५ कोठा हुने छन् । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, औषधी भण्डारण, प्रशासन, चिकित्सक र स्वास्थ्यकर्मीको आवाससहितको भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने उहाँले जानकारी दिनुभयो ।

सम्झौतापछि प्रारम्भिक चरणमा जग्गा व्यवस्थापन गरेर सम्पर्कविहीन भएको ठेकेदारको धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि २०८० साल मङ्सिरमा काममा फर्किएका जनाउँदै कामलाई निरन्तरता नदिएपछि पुनः कारबाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारको प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने नीतिअनुसार २०७७ साल पुसमा मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलान्यास गर्नुभएको थियो । भवन निर्माणका लागि स्थानीयवासीले छ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा आठ करोड खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन चिकित्सक र उपकरण अभावमा सञ्चालन नहुँदा भवन परिसर झाँडीमा परिणत भएको छ । धवलागिरि गाउँपालिकाको ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण भने सुस्तगतिमा अघि बढेको छ ।

रघुगङ्गा गाउँपालिकामा स्थान विवादका कारण अस्पताल भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरिएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकामा ५० शय्या क्षमताको प्रादेशिक बेनी अस्पताल निर्माण गरी सञ्चालनमा आएको छ । रासस

उदाहरणीय व्यक्तित्व शारदा मल्ल

“पूरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौ उति नै यसलाई उत्कृष्ट बनाउन सक्छौ ।” – राल्फ वाल्डो एमर्सन ।
योग सिद्धान्त होइन प्रयोग हो । हामी जति धेरै प्रयोगमा जान्छौं, त्यति नै धेरै अनुभव पाउँछौं । वास्तवमा अनुभव नै शुद्ध ज्ञान हो । ज्ञानले मनुष्य जीवनलाई परिपक्व बनाउँदै लैजान्छ । ज्ञानले मनुष्य जीवनलाई शक्तिशाली बनाउँदै लैजान्छ । ज्ञानले मनुष्यको जिन्दगीलाई धन्य बनाउँदै लैजान्छ । आजको दुनियाँमा जताततै रोग, शोक, अशान्ति, कलह, हत्या, हिंसा जस्ता नकारात्मक भावनाहरु दिनप्रतिदिन फैलिरहेको देखिन्छ ।

यहाँ हजारौं मन्दिरहरु छन्, हजारौं बौद्ध विहार छन् । हजारौं मस्जिद छन्, हजारौं चर्च घरहरु छन् । तर यी सबै कुराहरुले मनुष्यलाई थोरै थोरै राहत दियो तर मुक्तिको उपाय दिन सकेन अर्थात् दुःख समस्याहरुको हाँगाबिंगा हटाउने कुरा ग¥यो तर समस्याको जरासम्म पुग्ने कुरा गरेन किनकी यिनीहरु सिद्धान्त र कर्मकाण्डहरुमा मात्रै आधारित रहे, प्रयोगका विषयतिर कहिल्यै आँखा उठाएनन् ।

फलस्वरुप अज्ञानता झनझनै जटिल, स्थायी बन्दै गयो । यही अज्ञानताले नै सारा दुःखहरु सृजना गर्दै गयो । यही कारण जीवनसँग दुःख छ । यतिबेला भगवान बुद्धको चार आर्यसत्यको याद आइरहेको छ ।
पहिलो – दुःखम् – जीनवन दुःखले भरिपूर्ण छ ।
दोस्रो – दुःख समुदय – यो दुःखको कारण विद्यमान छ ।
तेस्रो – दुःख निरोध – यो दुःखबाट वास्तविक छुटकारा (मुक्ति) पाउन सकिन्छ ।
चौथो – निरोधगामिनी – यी दुःख जो नाशका लागि वास्तविक बाटो छ ।

यहाँ बुद्धका चार आर्य सत्य घुमाउरो छैन । रेखा जस्तै सिधा छ, वैज्ञानिक छ साथै व्यवहारिक छ । हामीले हाम्रा दुःखलाई स्थायी रुपमा मेटाउने हो भने हामी ज्ञान पुरुषहरुले देखाएको मार्गलाई अनुसरण गर्नुपर्छ । बुद्ध महात्माहरुले प्रतिपादन गरेका दिव्य सुत्रहरुलाई पछ्याउँदै जानुपर्छ अर्थात् ज्ञानलाई व्यवहारिकतामा उतार्दै जानुपर्छ । योगलाई प्रयोगमा ल्याउनुपर्छ । हामी जतिजति योग रुपी प्रयोगशालामा घोत्लिँदै जान्छौं । त्यतित्यति नयाँनयाँ अनुभव र अनुभूतिहरु लहराउन सुरु गर्नेछ । त्यतिबेला मनका खण्डहरुमा अल्झेर रहेका मनका अनगिन्ती भ्रम र मिथ्या ज्ञान बिस्तारै विस्थापित हुँदै जानेछ तत् पश्चात्का मानव जिन्दगीले अनपेक्षित रुपमा गति लिँदै जानेछ । पल प्रति पल श्वास प्रश्वास सुखद बन्दै जानेछ । क्षण प्रति क्षण दिलमा अमन चयनको आँधी चल्नेछ । त्यस वखत जीवन जिउनुको मज्जा नै बेग्लै हुनेछ, सानदार हुनेछ । योगको प्रयोगबाट सुनौला अनुभव हासिल गर्दै आफ्नो जीवन सानदार बनाउन सफल भएको एक उदाहरणीय व्यक्तित्व हुन् शारदा मल्ल ।

उहाँको जन्म पिता रिपु मल्ल र माता रिनुदेवी मल्लको कोखबाट वि.सं. २०३७ साल वैशाख महिनाको २२ गतेका दिन भारतको पुनामा भन्ने ठाउँमा भएको हो । जलजला गाउँपालिका ५ मल्लाज स्थायी घर भएका मल्लले प्रारम्भिक शिक्षा भारतमै लिनु भएको थियो । नेपाल फर्केपछि बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयको कक्षा ६ मा भर्ना भई अध्ययन सुरु गरेकी मल्लले वि.सं. २०५२ सालको एसएलसी परीक्षामा उत्तीर्ण गर्नु भएको थियो । यसपछि उच्च शिक्षा म्याग्दी बहुमुखी क्याम्पस बेनीमा अध्ययन गर्नु भएको थियो । वि.सं. २०५४ सालमा राजु पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी मल्लले आफ्नो क्याम्पसको अध्ययन कार्यलाई बीचैमा पूर्ण विराम लगाई फेन्सी व्यापारमा दत्तचित्त भएर लागिन् ।

फलस्वरुप छोटो समयमा नै बेनी न्युरोडको सफल व्यापारीको रुपमा आफूलाई दर्जाएकी मल्लका दम्पत्ति धनको उचित रुपले सदुपयोग गर्न र सम्पत्तिलाई परिचालन गर्न ज्यादै चलाख तथा सिपालु हुनुहुन्थ्यो । यही कारण छोटो समयमै आफ्ना संघर्षशील पाइलाहरुलाई सडकबाट गगनचुम्बी महलसम्म पु¥याउन सफल हुनुभएको छ । फकिर जस्तो विगतको जिन्दगीबाट अमीरको जिन्दगी यात्रामा प्रवेश गर्नुभएको छ । धनदौलतले भौतिक जीवनमा पर्याप्त समृद्धि ल्यायो तर आफ्नो मनमा अमन चयन ल्याउन सकेन ।

पैसाको थुप्रोले जीवनस्तर उचाल्यो सुख, सुविधा एवम् आर्थिक प्रसिद्धि हात लाग्दै गयो । तर यसको साथसाथै शारीरिक स्वास्थ्य, मनको शान्ति र आनन्द गुम्दै गयो । यही कुराको महसुस गरेकी मल्लले आफ्नो जीवन पद्धतिसँग योग अध्यात्म जोडेर अगाडि बढ्ने निष्कर्षमा पुगिन् र वि.सं. २०६८ फागुन महिनाबाट बेनीको शिवालय हलमा चलिरहेको योग साधना हालमा जोडिन पुगिन् ।

त्यही दिनबाट उहाँको जीवनमा नयाँ आयाम थपियो । प्रबल इच्छा शक्ति, दृढ संकल्प र निडर स्वभाव भएकी मल्लले यतातिर पनि अनौठो प्रतिभाको विकास गर्दैै गइन् । परिणाम स्वरुप छोटो समयमै दक्ष योग प्रशिक्षकका रुपमा आफूलाई उभ्याउन सफल भएकी मल्लले म्याग्दी जिल्लालाई योगमय बनाउनुका साथै भान्सा कोठामा सीमित भएर कुण्ठित जीवनयापन गरिरहेका हरेक नारीहरुलाई योगसाधनाको फराकिलो संसारमा ल्याउन प्रेरणादायी भूमिका निभाउनु भएको थियो । जसले गर्दा बेनीबजारका महिला दिदीबहिनीको संकुचित जीवनमा आमूल परिवर्तन ल्याइदिनुभएको कारणले आज आफ्नो परिचय दिन नसक्ने थुप्रै दिदीबहिनीहरुले योग प्रशिक्षक बनी योग प्रशिक्षण दिइरहेका छन् । यसर्थ यसको पहिलो श्रेय शारदा मल्ललाई नै जान्छ ।

योग प्रशिक्षक र रेकी दोस्रो डिग्रीसम्मको दिक्षा वि.सं. २०६९ सालको बेनीमै लिनुभएको मल्लले ध्यानको दिक्षा डा. योगी विकासानन्द ज्यूबाट लिनुभएको हो ।
“तपाईं कति लामो समयम्म पृथ्वीमा बिताउँदै हुनुहुन्छ कति धनदौलत संकलन गर्नुभएको छ भन्ने कुराले खासै फरक पार्दैन । जीवनमा तपाईंले फैलाएको सकारात्मक उर्जा नै महत्वपूर्ण हुन्छ ।” – अमित रे ।

निरन्तर योग ध्यानको साधनामार्फत् आफूलाई उज्याएर धारिलो बन्दै शारीरिक तथा मानसिक रुपमा स्वस्थ, सुन्दर र सुखी जीवन व्यतित गरिरहेकी मल्लले वि.सं. २०८० सालमा अन्नपूर्ण २ भुरुङ्गतातोपानीमा नेचुरल स्प्रिङ नामक धवलागिरी अञ्चलकै भव्य होटल स्थापना गरी हजारौं पर्यटकहरुलाई सेवा सुविधा दिनुका साथै योग अध्यात्मको सन्देश र सकारात्मक उर्जा फैलाउँदै लोभलाग्दो जिन्दगी बिताइरहेकी मल्ल नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ योग प्रशिक्षक समेत हुनुहुन्छ ।

दरबाङ-धारापानी सडक: रासनपानीको पैसा नतिरी भागे ठेकेदार, स्थानीयले गुहारे प्रशासन

म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी प्रयोग गरेको २ लाख ६८ हजार नतिरी भागेका छन् । बि.स २०८० साल भदौ ७ गते अर्गेजा कन्स्ट्रक्सनको नेपाल बैंकको चेक दिएर सम्पर्कविहिन भए ।

धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तर्गत दरबाङबाट धारापानीसम्मको सडक स्तरोन्नति योजनामा काम गर्न आएका बागलुङका अर्गेजाले मजदुरलाई किराना पसलबाट रासनपानीका साथै होटल बसेको र खाजा÷खाना खाएको नतिरी भागेपछि स्थानीय ब्यवसायीले सहयोगको याचना गरेका छन् ।

ठेकेदार अर्गेजाले मालिका गाउँपालिका–५थापाचौरकी कल्पना खत्रीलाई ५५ हजार ९सय,सनदेबी पूर्जाको ५० हजारको चेक दिएर सम्पर्कमा नआएको स्थानीय रबिन्द्र खत्रीले बताए । ‘ठेकेदारले पैसा नतिरी भागे, अहिले सम्पर्कमै आउँदैनन्’ थानीय ब्यवसायी खत्रीले भने।

थापाचौर, दरबाङ बजार तथा आसपासका क्षेत्रका ब्यवसायीबाट समेत उधारो खाएर विभिन्न बाहना बनाउने गरेको ब्यवसायीको गुनासो छ । ‘सरकारी निकायबाट भुक्तानी रोकिएको भन्दै स्थानीयलाई झुक्काएर भागेका छन्, फोन उठाउँदैनन’ दरबाङकी ब्यवसायी लक्ष्मी चपाईले भनिन् ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार कार्यालयमा पुगेर पीडितले सम्पर्कमा ल्याइदिन अनुरोध गरेका छन् । दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकको अनुगमनमा गएका जनप्रतिनिधि सहित सरोकारवाला निकायलाई समेत तत्कालिन समयमा स्थानीयले आफ्नो गुनासो राखेको ब्यवसायी चापाईको भनाई छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरी ०८० साल माघ महिनामा सडक नै हस्तान्तरण गरिएपनि कम्पनीमार्फत काम गरेकाले प्रयोग गरेको रासनपानी, होटलको बिल भुक्तानीका लागि पटक–पटक सहयोग मागेपनि बेवास्ता भएको पीडित ब्यवसायीको गुनासो छ ।

यसैबीच पूर्वाधार कार्यालय म्याग्दीले निर्माण ब्यवसायीलाई भुक्तानी गरिसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पुगेका पीडितलाई निर्माण ब्यवसायीलाई रकम भुक्तानी नगरे प्रहरीमार्फत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता प्रजिअ ढकालले दिएका छन् । निर्माण ब्यवसायी मछुमन अर्गेजा बागलुङको बुर्तिवाङ क्षेत्रका बसोबास गर्ने बताइएको छ ।

 

 

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक–एक बर्ष कैद सजाय

dav

जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक-एक बर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित नाम ४३ (व),४३ (त) र ४३ (फ)लाई लाई १ बर्षको सजाय तोकिएको छ । अभियुक्तले पुर्पक्षका लागि १ बर्ष दुई महिना कारागार र सुधार केन्द्रमा विताएकाले बुधबार नै रिहा भएर परिवारको सम्पर्कमा गएका छन् ।

बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालत म्याग्दीले जनाएको छ । १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । बि.स २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र ५ नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।
यसअगाडी गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।

६ जनालाई जन्मकैद (जनही २५ वर्ष) शंकर घर्ती, अमृत पुर्जा,सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए । ०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो ।

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर सञ्चालक मकवानपुर कैलाश गाउँपालिका ९ स्थायी घर भएकी ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

१६ वर्षीय नाबालिकालाई ४ वर्षदेखि होटलमा राखी ग्राहकसँग पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा विक र भोम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

ब्यवसायमा लागेका १० जनालाई बिउपुँजी वितरण

म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीका सहसचिव बिशाल विकले जानकारी दिनुभयो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जीको अध्यक्षतामा बेनी नगरपालिका–८ का वडा सदस्य एवं निवर्तमान बौद्धिक अभिभावक अपाङ्ग संघ म्याग्दीका अध्यक्ष याम बहादुर बानियाँको प्रमुख आतिथ्यतामा पशुपालन, सुन्तला खेती लगायत विभिन्न ब्यवसायमा संलग्नता भएकालाई बिउपुँजी नगद अनुदान गरिएको थियो । सोही अवसरमा बेनपा-२ का अमरबहादुर दर्जीलाई हुईलचेयर र वाकर वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लेखाजोखा संयोजक कल्पना केसी खड्का,राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य ममता पौडेल अपाङ्गता निर्देशानलय समिति गण्डकी प्रदेशका सदस्य सोमप्रसाद सापकोटा म्याग्दी नेत्रहिन संघ म्याग्दीका अध्यक्ष भीमबहादुर गुरुङ द्वन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले अपाङ्ता भएकाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभएको थियो ।

तालिम तथा बिउपुँजी वितरणले अपाङ्ता भएकाहरुलाई प्रोत्साहन मिलेको बताइएको थियो । उक्त व्यावसायिक प्रोत्साहन तालिमको प्रशिक्षिक रामजीप्रसाद सुवेदी सहायक प्रशिक्षक सुजता खत्री सहजीकरण गर्नुभएको थियो । अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य साथै सह–सचिव विशाल विकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता विकास तालिम दिइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित तालिममा प्रतियोगिताको संयोजन गरिरहेको बेनीअनलाइन प्रालिले भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो ।

तालिममा धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी रेस्मा विकको सहभागिता रहेको थियो ।

तालिममा सहभागिलाई सहभागिताको प्रमाणपत्र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले वितरण गर्नुभएको थियो। तालिमको सहजिकरण बेनी अनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

आगामी बैशाख ३ गते म्याग्दी बहुमुखी क्याम्पसमा हुने फाइनलमा प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

गाडीमा च्यापिएर एकजनाको मृत्यु

Oplus_131072

म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा  च्यापिएर एकजनाको मृत्यु भएको छ । ताकम-मच्छिम-मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको र जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो ।

सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्नुहुन्छ ।

मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत

यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।

मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो । म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।

मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ । संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो ।

जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ । त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ । साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।