Thursday, May 8, 2025
19.2 C
Beni
19.2 C
Beni
Thursday, May 8, 2025
Home Blog Page 818

एथलेटिक्स खेलको डेब्युमै चम्किएकी सविना विक !

0

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रघुगंगा गाउँपालिका-३ रघुगंगा माविकी सविना विकले एथलेटिक्समा सानदार खेल प्रर्दशन गरेकी छन् ।

रघुगंगा माविमा कक्षा ८ मा अध्ययनरत विकले एथलेटिक्स विधाका खेलमा दबदबा कायम मात्रै गरिन् एक्लै विद्यालयलाई ५ स्वर्ण र एक रजत पदक दिलाईन् । पहिलोपटक जिल्लास्तरीय खेलमा सहभागी भएकी सविना डेब्यु खेलमै एथलेटिक्समा चम्किएकी छन् । १२ बर्षिया विकले ३ हजार, १५ सय, ८ सय, रिले दौड, लङजम्प विधामा स्वर्ण सहितको पदक जितेर प्रतियोगिताकै चर्चाको खेलाडी बनिन् ।

प्रतियोगिताको हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर दर्शकलाई समेत चकित पारिन् । सामान्य परिवारमा जन्मिएकी सविनाको बुबा बैदेशिक रोजगारको सिलसिलामा खाडीमा छन् ।आर्थिक अवस्था कमजोर भएपनि एथलेटिक्स विधामा चम्किएकी सविनाले प्रदेशस्तरीय प्रतियोगितामा समेत पदक लिएर मात्रै घर फर्किने बताईन् ।

प्रदेशमा सफलता मिलेपछि राष्ट्रियस्तरको खेलबाट कुनै समय देशका लागि खेल्ने सपना रहेको बताईन् । ’जिल्लाको खेलबाट धेरै उत्साहित भएको छु,‘मैले तालिम सहितको अवसर पाए धेरै राम्रो गर्न सक्छु’ विकले बेनीअनलाइनलाई भनिन्। आफ्नो खेलप्रतिको रुचीको अन्तिम लक्ष्य नै देशको तर्फबाट प्रतियोगितामा सहभागी हुने रहेको उनको भनाई छ ।

एथलेटिक्स अन्तरगतका खेलको अनुभवी प्रशिक्षकबाट तालिम लिने सविनाको धोको छ ।गाउँघरमा सामान्य अभ्यासबाटै जिल्लास्तरीय प्रतियोगितामा ५ स्वर्ण पदक जितेकी सविनाले नियमित अभ्यास सहितको निगरानी भएमा उत्कृष्ट बन्ने विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले बताए । ‘ एथलेटिक्स विधामा अलराउन्ड सविनाले समान्य अभ्यासबाटै ठूलो सफलता प्राप्त गरेकी छन्,‘सबैको साथ र सहयोग पाए धेरै राम्रो गर्न सक्छिन्’ प्रअ ठकुरीले भने ।

सविनाको एकल स्वर्ण पदकले विद्यालय सम्रग जिल्लाको नतिजामा दोस्रो भएको छ । विद्यालयले ५ स्वर्ण, ६ रजत र २ काँस्य पदक जितेको थियो । प्रतियोगितामा बेनी नगरपालिकाबाट सहभागी न्यू वेष्ट प्वाइन्ट आवासीय माविले १६ स्वर्ण, ७ रजत र ८ काश्य पदक सहित प्रथम भएको छ ।यसपटकको प्रतियोगितामा विगतको भन्दा फरक दृष्य देखियो । बर्खाको समयमा प्रदेशस्तरीय राष्ट्रपति कपको कार्यतालिका सार्वजनिक भएपछि हतार–हतार जिल्ला खेलकुद विकास समितिको आयोजनमा सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा अभाव र गरिबीको भूमरीमा परेको विद्यार्थीले सानदार खेल प्रर्दशन गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण सन्तानको खुसीका लागि समुन्द्रपारी पुगेका अभिभावकलाई समेत स्वर्र्ण सहितको पदकको सन्देश पठाउन सफल भएका जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले बताए ।उनले गरिबीकै कारण खेल विधामा सहभागिताको अवस्थालाई अन्त्य गरिने बताए ।

उनले प्रदेशस्तरीय प्रतियोगितापछि समस्या पहिचान गरी समाधानका लागि उचित पहल गरिने प्रतिबद्धता जनाए । प्रतियोगितामा दुःख गरी हुर्किएकाहरूको पदकका बारेमा बेनीअनलाइनले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेको छ।

‘अब उत्कृष्ट उद्घोषक बन्ने लक्ष्य छ’

0

आशिष पौडैल\ म सानैदेखि कम बोल्ने र दुई चार जना मान्छेहरुका अगाडी बोल्न डाराउने स्वभाव भएको व्यक्ति थिए। मलाई अझैपनि याद छ कक्षा सातमा पढ्दा विद्यालयको प्रार्थनाको क्रममा शिक्षकले दिनुभएको विषयमा बोल्दा मेरो होस नै उडाइदिएको थियो । भयभित अवस्थामा नै मैले के–के वाचन गरेर आए पत्तै भएन् ।

झन् १६ वर्षको उमेर हुँदा आँखाको ज्योती नै गुम्दै गएपछि त नजिकका साथीभाई बाहेक अन्य समाजमा रहेका व्यक्तिहरुसँग संवाद र बोलचाल गर्न नै असहज र अप्ठ्यारो हुँदै गयो । दुबै दृष्टि गुमेपछिको दिन मेरो जीवनको सबैभन्दा कष्टकर थियो । दृष्टि गुमेपछि मेरो औपचारिक शिक्षा पनि बिचमानै छुट्यो।

परिवार बाहेक समाज र सार्वजनिक स्थानमा बोल्दाको त्यो भय घट्नुको साटो बढिरहेको थियो । दृष्टि गुमेपछिको अवस्थामा मैले भयलाई मेटाउने धेरै प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन् । विगतका केहीवर्षदेखि विभिन्न कार्यक्रम र तालिममा सहभागी जनाउँदै आएपनि स्टेजमा गएर बोल्ने, विभिन्न विषयमा आफ्नो मन्तब्य राख्न सक्ने अवस्थामा थिईन् ।

मैले अपाङ्ता सम्बन्धि विभिन्न तालिममा उपस्थित भएपनि उद्घोषण, भाषणकला तथा नेतृत्व विकास सम्बन्धि तालिम लिने अवसर पाएको थिईन् । मैले माईक लिएर स्टेजमा बोल्ने अभ्यास गर्ने पहिलो अवसर यसै तालिममा नै पाए । तालिममा मैले नेतृत्व विकास तथा संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा कसरी माइन्यूटिङ वा निर्णय पुस्तिकामा लेख्ने तरिका पनि सिके ।

बोल्नु र विधिपूर्वक बोल्नुमा धेरै फरक हुने रहेछ भन्ने जानकारी भयो । ब्यवसायिक सिप विकास केन्द्र पर्वतको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा भएको १५ दिने उद्घोषण तालीम लिएपछिको अवस्थामा मेरो जीवनमा धेरै परिवर्तन आएको छ। ब्रेलमा लेखेर स्टेजबाट सम्बोधन गर्दाको अवस्थामा धेरै त्रुटी हुने अवस्थामा तालिमबाट मैले धेरै सिक्ने अवसर पाए । कार्यक्रम कसरी सञ्चालन गर्ने ? कसरी मन्तब्य दिने ? के बोल्ने ? सहित नेतृत्व विकासमा ध्यान दिनुपर्ने विविध विषयमा जानकारी पाए ।तालिमको दुईदिन मैले केही बोल्न सकिँन ।

एकदुईपटक मञ्चमा पुग्दा खुुट्टा कामेका पनि थिए। तालिममा सहभागी साथीहरूको साथ र प्रशिक्षक हरिकृष्ण गौतम सरको समेत निरन्तर चासोले मैले तेस्रोदिन देखि हरेक गतिविधिमा नियमित सहभागिता जनाउन थाले । भनिन्छ, मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मानिसले बोल्ने कुराले उसको समग्र प्रवृत्तिको प्रतिनिधित्व गर्छ । कुन कार्यक्रममा के बोल्ने, कति बोल्ने भन्ने विचार गर्न नसक्ने मैले तालिमबाट साना कार्यक्रमदेखि आमासभासम्म बोल्दा बिचार गर्नुपर्ने धेरै विषयमा जानकारी पाए ।

कुनै पनि कार्यक्रमको मुटु नै उद्घोषक रहेछ । १५ दिने तालीमले धेरै कुरा सिकायो । तालीम उद्घोषण अचम्मको कला । मञ्च वरपर बसेका अतिथि र सयौं दर्शकहरूको मनोविज्ञान बुझेर प्रस्तुति दिनुपर्ने । दृष्टिविहिनहरूले सञ्चालन गर्ने कार्यक्रम, सहभागी मन्तब्य सहित अन्य गतिविधिमका सबैको ध्यान हुने भएकाले पनि जोस, जाँगर भरेर कार्यक्रमलाई आर्कषक बनाउनुपर्छ भन्ने सन्देश समेत तालिमबाट पाए । मैले कार्यक्रम सञ्चालक, स्वागत मन्तब्य, अतिथि मन्तब्य, प्रमुख अतिथि र सभापतिको भूमिकामा समेत अभ्यास गरे ।

आयोजकले दिएको समय सीमामा कार्यक्रम सक्नुपर्ने सञ्चालकको भूमिकादेखि बिषय सन्र्दभ मिलाएर बोल्नुपर्ने प्रमुख अतिथिको भूमिकामा समापनको दिनसम्म प्रष्ट भए ।

कार्यक्रम चलाउनुलाई सामान्य सम्झिनु गलत रहेछ । मैले नियमित अभ्यासपछि ब्रेलमा लेखेर समेत कार्यक्रम सञ्चालन गर्न नपर्ने अवस्थासम्म पुग्दा निकै खुसी लागेको छ । तालिमको समापनको दिनमा समेत मैले अनुभव सुनाउँदा समेत यहाँ लेखेको सबैजसो कुरा सुनाएको थिए ।

कापीमा लेख्न त सजिलो हुने तर त्यही कुरा बोल्न अप्ठ्यारो हुने अन्य साथीहरूको अनुभव थियो । रहर मनमा थियो स्टेजमा बोल्ने र सबैको अगाडि आफ्नो विचार व्यक्त गर्ने त्यो १५ दिने तालिमबाट पूरा भएको छ ।

उद्घोषण तालीमले ऊर्जा दिएको छ । तालिमको अन्तिम दिन मेरो बहिनी समेत पुगेर मेरो क्षमता हेरिन् जसले मलाई आत्मविश्वासी बन्न सिकाएको छ। मेरो बुबा शिक्षक हुनुहुन्छ । लामो समयसम्म म्याग्दीमा स्रोतब्यक्ति समेत भएर काम गर्नुभयो । बुबाले समेत मेरो क्षमतामा आएको परिवर्तनबाट निकै उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।

मञ्चमा निर्धक्क भएर बोल्न सक्नुको मतलब दृष्टिविहिन भएपनि यो संसारमा मैले सजिलै प्रतिस्पर्धा गर्न सक्छु भन्ने आँट र विश्वासको भारी बोक्नु हो । अब मैले जीवनक कुनै पनि मोडमा हिँड्न सक्नेछु भन्ने लागेको छ । यो तालिमले मलाई एक कुशल उद्घोषक बन्ने बाटो खनिदिएको छ ।

सिप विकास कार्यलय पर्वत, अपाङ्ग संघ म्याग्दी सहित तालिममा २२ जना सहभागि मित्रहरुसँग म पनि सहभागि हुने अवसर पाएको थिएँ। यस तालिमको अनुभव र मैले सिकेका सिपको बारेमा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा प्रशिक्षक आदरणिय हरिकृष्ण गौतम सरलाई धन्यवाद दिन चाहन्छु।

लायन्स क्लव पिससिटीको अध्यक्षमा पाईजा

0

लायन्स क्लव अफ बेनी पिस सिटिको छैठौ अधिवेशनबाट वर्ष २०२२÷०२३ का लागि अध्यक्षमा नन्दकुमार पाईजा चयन भएका छन् । बेनीका सक्रिय यूवाहरूले लायन्स क्लवमार्फत सामाजिक एवम् मानवीय सेवा गर्ने उदेश्यले स्थापना गरेको क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, तृतीय उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिबमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्गा बुढा रहेका छन् ।

क्लवले एलसिआइएफ संयोजक, मेम्बरसिप चियरप्रर्सन, मार्केटिङ कमिटि चियर पर्सन, सुर्भिस चियर पर्सन, स्वास्थ्य डाइरेक्टर, रिपोटिङमा, एजुकेशन, फाइनान्सीयल कोअर्डीनेटर लगायत विभिन्न विभागको समेत संयोजक तोकेको छ ।

पदस्थापना कार्यक्रममा संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव अन्तराष्ट्रियका डपाटमेन्टचिप लोकेश पुनमगर,जोन चियरपर्सन खमबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । क्लवले शिक्षा, विपन्नको उपचार सहित खाद्यान्न सहयोग सहित विभिन्न सामाजिक एवम् मानवीय सेवा गरेको छ ।

दुःख गरी हुर्काएकी छोरीले तीन स्वर्ण जितेपछि

0
मनकुमारी परियार-नाम जस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टिका उर्फ पूर्णलाई दिइन्।उनले सोचिन्-अब मेरो जीवन पनि पूर्ण हुने भयो।तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र? जब पूर्णसँग मनकुमारी रंगीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसेझैं भइन्।

कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी रहेछन्। दोधारमा परिन् मनकुमारी। जाऊँ कहाँ जाऊँ? गुहार मागूँ कसलाई?  कोखमा बच्चा थियो। मनकुमारीले अठोट गरिन्- जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ।

त्यसपछि सुरू भयो उनकोे संघर्षको कथा। के गरिनन् उनले?मनकुमारीले संयोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहोर संकलन गर्ने काम पाइन्। घिन मानिनन्, अल्छी गरिनन् काममा।

सबैलाई मीठो बोली र कामले लोभ्याइन्। एकातिर कोखमा बच्चा थियो। अर्कोतिर कामको चटारो थियो। हरेस नखाइकन निरन्तर काममा लागिन्, छोरीको जन्म भयो। नाम राखिन् सुष्मा परियार।

हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक कास्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन्। उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन्। अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन्।

सुष्मा त्यसै सफल भएकी भने होइनन्। उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ। एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था कमजोर।

‘दस वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो। अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु। महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?’ गहभरि आँसु झार्दै मनकुमारीेले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौँपटक कापी, कलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन।’

उनले अगाडी थपिन्, ‘अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगे। छोरी र साथीहरूलाई बधाई दिएँ। आज यसको सफलताले सबै दुःख बिर्सिएको छु। सर-मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु, आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ’, मनकुमारीले भनिन्।

गत वर्ष  शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेको प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले बताए।

‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा नै सुष्मा आँखामा परेका थिइन्। राष्ट्रपति कप हुने भन्दाबित्तिकै आँखा अगाडि उनको तस्बिर झलझली नाँच्यो। नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्।’

विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले सुष्माको प्रदर्शनले खुसी भएको बताए। उनले विद्यालयको नाम राखेकी र विद्यालयले गर्नुपर्ने सहयोगमा कमी हुन नदिने बताए।

अहिलेको प्रदर्शनबाट खुसी भएको सुष्माले बताइन्।

‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ। विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ। यही सपना बोकेर पोखरा जानेछु’ उनले भनिन्, ‘आमाको सपना पूरा गर्नेछु। मेरा पदक आमाबुबालाई समर्पण छ।’

अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ। सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

0

आइतबार सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनिक भने गरेको छैन।

‘बिदा दिने निर्णय भइसकेको छ। मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।

 

बेनी नगरपालिकाले सिङ्गामा शीतभण्डार बनाउने

0

म्याग्दीको बेनी नगरपालिकाले वडा नं ४ सिङ्गामा शीतभण्डार बनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० मा शीतभण्डार बनाउन नगरपालिकाले रु एक करोड ९० लाख विनियोजन गरेको छ ।

कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको नगरउपप्रमुख ज्योति लामिछाने पौडेलले बताइन् ।

“नगर क्षेत्रभित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा साबित हुनेछ्,” उनले भनिन्, “कोल्डस्टोर नगरपालिकाले बजेट विनियोजन गरेको आगामी वर्षको सबैभन्दा ठूलो योजना हो ।”

दुई वर्षअघि बेनी नगरपालिकालाई कोल्डस्टोर बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । कोल्डस्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिन्छ ।

कूल ७३ करोड २२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले पूँजीगततर्फ रु २७ करोड आठ लाख बजेट छुट्याएको छ ।

कृषि, पूर्वाधार र सामाजिक क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए  ।

नगरका सबै सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने नीति लिएको बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडकलाई  एक करोड, दूधेखोला भकिम्ली सडकलाई ४७ लाख, बेनीको स्टेडियमलाई ५० लाख, बेनी पुलाचौर सडकलाई २५ लाख र बेनी ज्यामरुककोट सडकलाई २५ लाख विनियोजन गरेको छ ।

नगरप्रमुख केसीले प्रदेश सरकारको साझेदारीमा अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक स्तरोन्नित गर्न रु ७० लाख विनियोजन भएको बताए ।

नगरपालिकाको निर्माणाधीन भवनको तला थप गर्न रु ४५ लाख विनियोजन छ ।

खबरा खानेपानी योजनालाई रु ९१ लाख, गाजने नयाँ गाउँ ढोल्थान पुलाडाँडा खानेपानी योजनालाई एक करोड, जामुनाखर्क एक घर एक धारा खानेपानी योजनालाई रु एक करोड र पात्लेखेत काछलुङ्ग बृहत् खानेपानी योजनालाई  एक करोड विनियोजन भएको छ ।

कृषि(पशु कार्यक्रमका लागि रु दुई करोड नौ लाख ४० हजार विनियोजन गरेको नगरपालिकाले उत्पादनमा युवा प्रोत्साहन कार्यक्रमका लागि  २२ लाख ५० हजार विनियोजन गरेको छ । यस कार्यक्रमबाट कृषकले पशु र कृषिजन्य वस्तु उत्पादनका आधारमा नगरपालिकाबाट अनुदान पाउने भएका छन् ।

अब बल्ल म्याग्दीका भूमिहिनले जग्गा पाउने

0

 भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ। नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्बन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखीकरण कार्यक्रममा आयोगसँग म्याग्दीका स्थानीय तहले सम्झौता गरेका हुन्।

जिल्लाका ६ वटै पालिका प्रमुखले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई जग्गा दिन तयार रहेकाे जनाउँदै सम्झौता गरेका छन्। राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राधोराम यादवसँग बेनी नगरपालिकासहित मंगला, मालिका, रघुगंगा, अन्नपूर्ण र धवलागिरी गाउँपालिका प्रमुखले जग्गाविहीनलाई जग्गा उपलब्ध गराउन सहमति जनाएका छन्।

भूमि आयोग म्याग्दीका अध्यक्ष देवेन्द्र कामीले भूमि आयोगसँग भएको सम्झौता पश्चात भूमिहीनको निवेदन तथा लगत संकलन प्रक्रिया अघि बढाइने बताए।भूमिहीनकाे पहिचानका लागि वडास्तरबाट विवरण संकलन, पहिचान र प्रमाणीकरणको काम सकेर पालिकाले विवरण झुटो भए उजुरी गर्नका लागि सार्वजनिक सूचना जारी गर्दछ।

सोही ब्यहोराको सूचना भूमिसम्बन्धी समस्या समाधान आयोगले पनि प्रकाशित गर्ने कार्यविधि रहेको राष्ट्रिय भूमि आयोगका नापी अधिकृत उमेश कुमारले जानकारी गराएका थिए।उजुरीबारे छानबिन सकेपछि आयोगले जग्गा पाउन योग्य व्यक्तिलाई जग्गा उपलब्ध गराउनका लागि मालपोत र नापी कार्यालयलाई सिफारिस गर्ने भूमि आयोग म्याग्दीका सदस्य सचिव तुलसीप्रसाद पौडेलले जानकारी दिए। ती कार्यालयले लालपूर्जा तयार गरेपछि वितरणको काम भने सम्बन्धित स्थानीय तहले नै गर्नेछ।

स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

0

म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्याउनुभएका भएका शिक्षाप्रेमी समाजसेवी पदमबहादुर खत्रीको पहिलो वार्षिक स्मृति दिवस मनाउँदै वहाँले गर्नुभएका कार्यहरुको स्मरण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

सोही कार्यक्रममा स्व. खत्रीलाई जीवन्त व्यक्तित्वका रूपमा चित्रण गर्दै वहाँको जीवनीमा आधारित “समाजसेवी पदमबहादुर खत्री” (गीतिकाव्य) पुस्तकका लेखक अजयमिलन श्रेष्ठ र पुस्तकका सम्पादक चिरञ्जीवी शर्मालाई सम्मान गरिएको थियो ।
लेखक श्रेष्ठले २०७८ मंसिरमा श्रेष्ठले लेखन एवम् प्रकाशन गर्नुभएको “म्याग्दीका चम्किला तारा” जीवनी सङ्ग्रह पुस्तकमा समेत स्व. खत्रीको जीवनी समाहित गरी वहाँको सामाजिक भू्मिका र योगदान अभिलेखन गर्नुभएको थियो ।

स्व. पदमबहादुर खत्रीको लोकतान्त्रिक योगदान एवम् जनहितकारी सामाजिक कार्यलाई जनसमक्ष ल्याउने ऐतिहासिक कार्यका निम्ति उल्लिखित भूमिकाको उच्च मूल्याङ्कन गर्दै “स्व. पदमबहादुर खत्रीको पहिलो वार्षिक स्मृति दिवस”मा आयोजित स्मृति कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी म्याग्दी कांग्रेसद्वारा प्रकाशित “कर्मशील पदमबहादुर खत्री“ (व्यक्तित्व विशेष) पुस्तकको सम्पादन गर्नुभएका चिरञ्जीवी शर्मालाई पनि उक्त भू्मिकाका लागि सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस, म्याग्दीका उपसभापति केबि भण्डारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । गीतिकाव्यका प्रकाशक खत्री परिवार र व्यक्तित्व विशेषका प्रकाशक नेपाली कांग्रेस, म्याग्दीलाई समेत आभारपत्र प्रदान गरिएको सो कार्यक्रममा स्व. पदमबहादुर खत्रीको सामाजिक योगदान र भूमिकाको चर्चा गरिएको थियो ।

वि.सं.१९८५ कार्तिक २४ गते जन्मनु भएका खत्रीको गत वर्ष २०७८ असार २० गते निधन भएको थियो । स्व. खत्री तत्कालिन बाबियाचौर गाउँ पञ्चायतको प्रधानपञ्च र साविक गाविसका दुवै स्थानीय निकायबाट निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। वहाँ जनाधार युक्त स्वच्छ छविका जनप्रतिनिधि हुनुहुन्थ्यो।

छोरीले तीन स्वर्ण जितेपछि मनकुमारी भाबुक !

0
मनकुमारी परियार – नाम जस्तै मनकारी । राखु जन्मिएकी तर मन दिईन भकिम्लीका टीका उर्फ पुर्णलाई । साेचे आफ्नो जीवन पुर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छर ? जब पुर्णसंग रंगीन सपना पूरा गर्न घर पुगे उनी त छांगाबाट खसेझै भईन कारण घरमा त पहिल्यै पत्नी र नालाबाला थिए ।
दाेधारमा थिईन उनी । जाउ कहाँ जाउ ? गुहार मागु कस्लाई ? भएन भनेर काेखका सन्तानले पुर्णकाे रुप लिदै थियोे । अठाेट गरे अब म यसैकाे निम्ति बाँच्नु पर्छ । शुरु भयाे उनकाे संघर्षको कथा । के गरिनन् उनले ? संजाेगले बेनी नगरपालिकामा काम पाए । बजारमा ट्याक्टर चढेर फाेहाेर संकलन गर्ने । घिन मानिनन्, अल्छी गरिनन् । सबैलाई मिठाे बाेलि र कामले लाेभ्याईन उनलेे । एकातिर काखमा बच्चा अर्कोतिर कामकाे चताराे । र पनि हरेस खाइनन् । लक्ष्मी रुपी छाेरीकाे जन्म भयाे ।
नाम राखिन सुष्मा परियार । हाे यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्य पदक जितेर सबैलाई चकित तुल्याईकी छिन् । उमेरले १३ वर्ष लागेकी र कक्षामा पढ्दै प्रकाश मावि बेनीबाट सहभागी भएर सुष्माले दाैड तर्फ १०० मिटर, २०० मिटर र १००×४ रिलेमा तीन स्वर्ण र ४००×४ रिलेमा काश्य पदक जित्न सफल भएकी हुन् ।
अब उनले पाेखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति कपमा म्याग्दीकाे प्रतिनिधित्व गर्नेछिन । सुष्मा त्यसै सफल भएकी हाेईनन् । उनकाे सफलतामा आमा मन कुमारीकाे ठुलाे हात छ । एकातिर बुबाकाे साथकाे अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । “दशाै वर्ष नगर पालिकाकाे जागिर पनि गयाे ।
अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाई रहेकाेछु । महिना भरिकाे कमाईले के घर भाडा तिर्ने ? के हातमुख जाेर्ने ? ” उनी गहभरी आँसु पाख्दै भन्छिन-“कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाए । कैयौंपटक कापीकलम किन्ने पैसा भएन । यस्ले कहिल्यै गुनासो गरिन । अचानक अमिसाले फाेन गरेर सुष्माले जित्यो भन्दा भुईमा खुट्टा रहेन । दाैडेर मञ्चमा पुगे ।
भाेलीपल्ट करिबकरिब काम नै हापे । छाेरी र साथीहरुलाई बधाई दिए सरहरुलाई आभार । आज यस्काे सफलताले सबै दुःख बिर्सिएकाेछु । सरमिसलाई नै अभिभावक सम्झेर प्रकाश मा.वि. पढाएकाेछु आशा छ स्कुलले यस्लाई पक्कै मान्छे बनाउने छ ।” “गत वर्ष शारीरिक शिक्षाकाे अभ्यास गराउँदा आँखामा परेका थिईन सुष्मा । राष्ट्रपति कप हुने भन्दा बित्तिकै उनकाे तस्बिर झलझली आँखा अगाडि नाँच्याे ।
नभन्दै साथीहरु माझ अव्वल सावित भएर छनाैट भै हालिन ।” स्मरण सुनाउदै अतिरिक्त क्रियाकलाप विनय श्रेष्ठ बताउछन् ।” “सुष्माकाे प्रदर्शनले हामी खुशी छाै र विद्यालयकाे नाम राखेका छन् । विद्यालयले गर्नु पर्ने सहयाेगमा हामी कमी हुन दिने छैनौं ” नि. प्रअ लेख बहादुर हमालले खुशी व्यक्त गरे ।
“अहिलेकाे प्रदर्शनले खुशी छु । सरमिस र विद्यालय साथमा साथीहरूले साथ दिनु भयाे, धन्यवाद छ । विद्यालयकाे नाम राखे अब जिल्लाकाे नाम राख्न सकु । यहि सपना बाेकेर पाेखरा जानेछु । आमाकाे सपना पूरा गर्नेछु । मेरा पदकहरु आमाबुबालाई समर्पण छ ।” खुशी व्यक्त गरे सुष्माले ।
“शुरुमा मेराे हक पाउन लडे । त्यस पछि छाेरीकाे जन्म दर्ता बनाउन । संघर्षमा नै मेराे जीवन वित्याे । मैले पाएकाे दुःख छाेरीले व्यहाेर्न नपराेस् । सबैले साथ दिनुहाेला । भगवानले साथ दिनुहाेला । बस , मफाई यत्ति भए पुग्छ ।” खुशीका आँसु झार्दै मनकुमारी आफ्नो बह पाेखिन । जे हाेस् , राष्ट्रपति कपले सुष्मा जस्ता लुकेका प्रतिभा प्रष्टफुटन गर्न सहयोगी सिद्ध भएकाे छ ।
सुष्मा र सुष्मा जस्ता कैयन सुष्मा जस्काे हातमा तीन स्वर्ण सहित चार पदक घाटीमा झुण्डिदा खुशी साट्ने बुबा साथमा छैनन् । तर पनि सिंगाे समाज सुष्माकाे अभिभावक बन्नु पर्छ । शुष्मालाई मान्छे बजाउन र बुबाको कमी महशुस हुन नदिन वास्तवमै सहयोगी हातकाे खाचो छ तवमात्र पुर्णले गरेकाे गल्ती अरुले नदाेहाेर्याने छन् अनि मनकुमारी गरेकाे संघर्षले सार्थकता पाउनेछ । अस्तु ।

मालिका गाउँपालिकाको दरबाङमा कानुनी सचेतना कार्यक्रम

0

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा हिँजो (सोमबार) दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ ।

न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ ।

तालिमको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेल, जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार तेजप्रसाद पौडेल, मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

तालिममा नेपालमा तहगत सरकारको व्यवस्था, स्थानीय तहको न्यायिक अधिकारको पृष्ठभूमी एवं औचित्य, न्यायिक समितिको जिम्मेवार र हेनुपर्ने विवाद, उजुरी दर्ता, दरपीठ, म्याद तामेली, तारेख तथा प्रतिवादीसम्बन्धी व्यवस्था र मेलमिलापको माध्यमद्वारा विवादको समाधानलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको समापन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पालिकामार्फत आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको निरन्तरता दिइने र समुदायस्तरमा हुने समस्यालाई व्यवस्थापन गरिने बताउनुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक लक्ष्मीदेवी घर्तीमगर पुनको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा न्यायिक समिति तथा वडाका जनप्रतिनिधि, कर्मचारी र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनको उपस्थिति रहेको थियो । यसअघि पनि गाउँपालिकाको आयोजनामा कर्मचारीलाई लक्षित गरेर सेवा प्रवाहसम्बन्धी तालिम सम्पन्न भैसकेको छ ।

error: Content is protected !!