Friday, May 9, 2025
19 C
Beni
19 C
Beni
Friday, May 9, 2025
Home Blog Page 817

गूर्जाको अनकन्टार पहाडभित्र लुकेको सुन्दर ताल

0

(आकाईभ स्टोरी)अग्ला पहाडको बीचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल, र आसपासमा समथर भुभागकमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको गूर्जाको वार्मीपार्मी र बराह ताल । म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रा पछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन् ।ढोरपाटन शिाकार आरक्षको घुस्तुङ ब्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुई ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

समुन्द्री सतह देखी करिव ४ हजार ५ सय मिटर उचाइमा अवस्थित म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारी सहित कर्मचारीहरू पुग्ने गर्दछन् । मौसम अनुसार वार्मीपार्मी र बराहमा पानीको रङ्ग फरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई आर्कषित गर्ने गरेको गूर्जाका स्थानीय समाजसेवी केआईसिङ छन्त्यालले बताए । ‘तालसम्म पुग्नै गा¥यो छ,‘पहाडभित्र लुकेका तालको धार्मिक महत्व छ’ छन्त्यालले भने ।

उनका अनुसार गाउँबाट गोठ लिएर उक्त क्षेत्रतर्फ जाने गरिएपनि पछिल्लो समय स्थानीयको आवतजावतमा कमी आएको बताए । गूर्जाबासीले दशकै अगाडी आवतजावत गर्ने उक्त स्थान हुदै चुरेन हिमाल नजिकबाट देखिन्छ । जंगली जनावर थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चल जंगली जनावर पाखामा चर्ने गरेको दृष्यले त्यहाँ पुग्नेलाई लोभ्याउने हेलिकप्टरबाट त्यहाँ पुगेका मोना अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले बताए ।  ‘पशुचौपायाको गोठ लिएर यहाँसम्म आउने गरिन्थ्यो,‘ हेपुडाँडालाई रुकुमबासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यम समेत हो’ छन्त्यालले भने । उनका अनुसार अत्याधिक जंगली जनावरहरू पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्षकै प्रख्यात स्थल समेत रहेको बताए ।

गूर्जा गाउँदेखि स्थानीय निकै कठिनका साथ पहिलो दिन मनसुङ भन्ने ठाउँमा बास बसेर अर्को दिन यहाँ पुग्न सक्छन भने केहीलाई भने तीनदिनसम्म लाग्ने गरेको धौलागिरी गाउँपालिकका प्रबक्ता समेत रहेका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘ग्रामिण पर्यटनका लागि सुन्दर स्थान हो,‘बस्तीबाट धेरै टाढा जंगली जनावरलाई आँखै अगाडी देख्न सकिने स्थान हो’ छन्त्यालले भने ।

उनले बाटोको असहजताले गर्दा यसको संभावना हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे । आरक्षबाट बन्दुक, गोलीगट्ठा र सहयोगी सहित शिकारी आएर यस क्षेत्रमा बस्ने गर्दछन् । खर्चिलो र सहसी शिकारीहरूले विदेशमा दुईवटै तालको प्रचारप्रसार समेत गर्ने गरेको बताए । नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, बन्यजन्तु जस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिनुपर्ने बताए ।

कसरी पुग्ने तालसम्म ?
देशका विभिन्न जिल्लाबाट यातायातका साधनको प्रयोग गरी बेनीमा आउन सकिन्छ । दोस्रो दिन यातायाताको साधनम बेनी नगरपालिका, मंगला, मालिका हुदै धौलागिरी गाउँपालिकाको लुलाङमा बास बस्न सकिन्छ । लुलाङको लम्सुङमा बास बसेर तेस्रो दिन लम्सुङबाट पैदल यात्रा मार्फत धना जंगल हुदै करिव ८ घण्टाको यात्रामा गुर्जा गाउँमा पुग्न सकिन्छ । चौथो दिन आसपासका क्षेत्रमा रहेका जंगल र लामो यात्राको योजना सहितको पहिलो दिन मनसुङ भन्ने स्थानमा बास बसेर दोस्रो दिन यहाँसम्म पुग्न सकिन्छ ।

यस स्थानबाट रुकुम जिल्लाको चालुखे भन्ने ठाउँमा पुग्न सकिन्छ । त्यहाँबाट दोगानी,डोवान हुदै लम्सार भन्ने ठाउँमा प्रमुख आयश्रोत मानिने यार्सागुन्बु पाइन्छ । तत्कालिन समयमा रुकुमबासीसँगको सहकार्यमा धेरैपटक गूर्जाबाट यसमार्ग हुदै रुकुम गएका छन् । हिउँ पग्लिएर बाटोमा आवतजावतमा समेत समस्या हुने गरेको दुईपटक त्यस क्षेत्रमा पुगेका हाल पोर्चुगल रहेका चित्र छन्त्यालले बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्न सकिने दुईवटै ताल ओझेलमा परेको बताए । उनले अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले आश्चर्यजनक गन्तब्यको रुपमा विकास गर्नुपर्ने बताए । उक्त तालसम्म पुग्न ज्यानको बाजी राखेर समेत यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ । पहिलोपटक गुर्जा जानेलाई पश्चिम म्याग्दीको रुट नै सहज हुन्छ ।गुर्जा एउटा सहासिक पदयात्रा का लागि समेत प्रख्यात मानिन्छ । उकाली र ओरालीमा यात्रा गर्दा थकिन महसुस गरिएपनि आसपासमा रहेका जंगलका चराचुरुङीको आवाजले मोहित गराँउछ । तस्वीरहरू चित्र छन्त्याल÷हरिकृष्ण गौतम 

गण्डकी प्रदेशमा उसुतर्फ म्याग्दीलाई १ स्वर्ण १ रजत

0

प्रयाप्त अभ्यास बिनै उसु खेलमा म्याग्दीले स्वर्ण र रजत पदक जितेको छ । गण्डकी प्रदेशस्तरी प्रतियोगितामा म्याग्दीबाट प्रतिनिधित्व गदैं पवित्रा शाहीले स्वर्ण र प्रमिशा बानियाँले रजत पदक जितेको सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मार्सल आर्ट अन्तरगको उसु विधामा जिल्लामा प्रयाप्त लगानी र प्रशिक्षणको अभावले खेलाडीलाई समस्या भइरहेको छ ।

जिल्लाभित्रका उसु खेलमा आर्कषण रहेपनि आवश्यक प्राविधिक सहयोगको अभावले मावितहमा खेलाडीले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा भएको खेलमा म्याग्दीले मार्सल आर्ट र कवडड्ीको छात्रातर्फ राम्रो खेल प्रर्दशन गरेको थियो ।

पहिरोले बेनी-मालढुंगा सडक अवरुद्ध

0

म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भीरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारीसाधन खनियाघाटमा अलपत्र छन् । अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

करेन्ट लागेर बेनी अस्पताल परिसरभित्रै मरे पशुचौपाया

0

म्याग्दीको सदरमुकाम बेनीमा करेन्ट लागेर दुईवटा पशुचौपाया मरेको छ। बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा खुल्ला छोडिएको तारमा टाँसिएपछि करेन्ट लागेर गाईको बाच्छा मरेको स्थानीयबासी खिमा पूर्जाले बताउनुभयो।

अस्पताल परिसरमा तार पड्किएको अवस्थामा चदैं गएका बाच्छालाई करेन्ट लागेको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।  अस्पताल परिसरभित्र करेन्ट प्रवाह भएर पशुचौपाया मरेपछि आसपासका क्षेत्रमा विद्युत चुहावटको रहेको हुनसक्ने भन्दै स्थानीयले विद्युत प्राधिकरणको ध्यानार्कषण गराएका छन् । बाच्छा मरेको नजिकै काटिएको अवस्थामा तार भेटिएको थियो।

पछिल्लो समय बेनीको ब्यस्त सडकमै तार पड्किने समस्या देखिएको छ । ग्रामिण क्षेत्रमा तार महिनौदेखि तार लत्रे पनि विद्युत प्राधिकरणले चासो नदिने गरेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

ओझेलमा ओखरबोटको जंगलमा रहेका तीनवटा सुन्दर ताल

0

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ ओखरबोट र बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको सीमानामा पर्ने जंगलको बिचमा जलहाँसको क्रिडास्थल मानिने तीनवटा तालहरु प्रचारप्रसार र सरोकारवालाहरुको वेवास्ताका कारण ओझेलमा परेका छन्।

जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ लमतन्न फैलिएका पुठा ताल,दह ताल र सरबारी तालमा पानीको मुहान कतै देखिदैन । तर,तीनवटै तालहरु खडेरी र वर्षामा पनि सधैं एकनासका रहने गरेका र तालमा जलहाँस आएर क्रिडा गर्ने र तालको सरसफाइ पनि जलहाँसले नै गर्ने गरेका स्थानीयले बताएका छन् ।

ओखरबोटका स्थानीय चाम पुनले दिएको जानकारी अनुसार ती जलहाँसहरु दिनमा देखिदैनन् ।तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथीले जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिक स्थल मालिका जाने बाटोको पश्मितिर रहेको सरबारी तालमा पुगेर अलप हुने गर्दछन् ।

अहिलेसम्म यी तीनवटै तालको बारेमा ओखरबोटका सबै स्थानीयलाई पनि जानकारी नभएको र यहाँ बाहिरी मानिसहरुको पाइला नपुगेकाले यी तीनवटै ताललाई स्थानीयले भर्जिन (कुमारी) ताल नामाकरण गरेका छन् । ओखरबोटका स्थानीय युवा नविन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ गएर नदेखेको बताउँदै तालको बारेमा सुनेका किवंदन्ति वा मिथकहरु पनि रोचक रहका जानकारी दिनुभयो ।स्थानीय दलबहादुर घर्तीले दिएको जानकारी अनुसार ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिव १ घण्टा लाग्छ ।

त्यहाँबाट ४५ मिनेटमा दह ताल र दहतालबाट १ घण्टा घना जंगल छिचोलेर हिडेपछि सरबारी ताल पुग्न सकिन्छ । जंगलको बिच भागमा रहेका तीनवटै तालहरुमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टा भन्दा बढीको समय लाग्ने स्थानीयको भनाइरहेको छ । यी तीनवटै तालहरु करिब करिव समान दुरीमा नै रहनु, तीनवटै तालमा जलहाँस पुग्नु र क्रिडा गरेर सरसफाइ गर्नु, कुनै पनि तालमा पानीको मूल नहुनू तर पानी भने सधैं एकनासको रहीरहनु आश्चर्य लाग्ने विषय भएको स्थानीय पाका व्यक्तिहरुको भनाइ रहेको छ ।

स्थानीय चेमबहादुर पुनका अनुसार यी तीनवटै तालहरु अहिलेसम्म धेरैको नजरमा पर्न नसकेका कारण कुनै पनि संचारमाध्यममा आएका छैनन् । तालहरुको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटकहरु यहाँ आउने बलियो संभावना रहेको छ ।

 

बागलुङलाई गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

0

बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शुक्रवार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो ।

बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कांस्य पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् ।

असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कांस्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कांस्य, भलिबल छात्र तर्फ एक कांस्य कबड्डी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कांस्य पदक जितेर सनसनी मच्चाएको छ ।

नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कांस्य तथा कबड्डी छात्रातर्फ १ कांस्य पदक प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कांस्य, कराँतेमा १ कांस्य तथा भलिबल छात्ररछात्रा तर्फ १र१ स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगिताबाट राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ ।

उनीहरूलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरू यही असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए ।

राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

म्याग्दीका ९ खेलाडी गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको रनिङ शिल्डमा छनौट

0

राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता म्याग्दीका ९ खेलाडी छनौट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डबाट छात्रा भलिबलतर्फ सजिना बुढाथोकी, सविता बुढाथोकी र अनिशा रोका छनौट भएको जिल्ला खेलकुद विकास समितिका सदस्य सविश चोखालले जानकारी दिनुभयो।

प्रदेशबाट छनौट हुनेमा छात्र कवड्डीमा आयुश पूर्जा, छात्रातर्फ गिता थजाली, गोमा विक, बिनिता पाइजा, तेक्वाण्डो तर्फ दिपेश पूर्जा,उसुबाट पवित्रा शाही रर कराँते काँतामा प्रेणा रोका राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि छनौट हुनुभएको छ । छात्रातर्फ कबड्डीमा म्याग्दी च्याम्पियन बनेको थियो ।

म्याग्दीले ४ स्वर्ण सहित रजत र कास्यपदक जितेको थियो । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ । प्रतियोगितामा छनौट भएका खेलाडीलाई आवश्यक ब्यवस्थापन सहितका कार्यका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, कार्यालय प्रमुख दानबहादुर राई लगायत पदाधिकारी सहितको टोली पोखरा पुगेको थियो ।

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

0

प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो ।

प्रतिनिधि सभा सदस्य थापाले म्याग्दी हिमाली जिल्लाको रुपमा सुचीकृत भए पनि अहिलेसम्म हिमाली जिल्लाले पाउने सेवासुविधाहरु पाउन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले म्याग्दीलाई नेपालको २१औं नम्बर अर्थात् कान्छो हिमालीको जिल्लाको रुपमा सुचीकृत गरिए पनि सो अनुसारको सेवासुविधा नपाउँदा राष्ट्रसेवक कर्मचारी र सुरक्षा दिने प्रहरीहरु मर्कामा परेको बताउनुभयो ।

सांसद थापाले भन्नुभयो, ‘म्याग्दी जिल्ला संसारको सातौं, नेपालको छैटौं धौलागिरि हिमाल रहेको दुर्गम हिमाली जिल्ला हो । यहाँ अन्नपूर्ण प्रथम, निलगिरि साउथ, बराहशिखर, गूर्जा, नर्जा, चुरेन लगायतका हिमालहरु यसै जिल्लामा पर्दछन् । हालसम्म अन्य हिमाली जिल्लाको सरह सुविधा म्याग्दीका राष्ट्रसेवकहरुलाई सरकारले प्रदान गरेको छैन । नेपाल प्रहरीको रासनभत्तामा समेत विभेद रहेको पाइन्छ । पर्वत जिल्लामा दैनिक रु.दुईसय २७, बागलुुङमा दैनिक रु.दुईसय ३२ र म्याग्दी जिल्लामा दुईसय १५ मात्रै रहेको छ ।’

‘शान्तिसुरक्षा कायम गर्ने प्रहरीको दरबन्दी जिल्लामा ३ सय ५३ रहेकोमा २ सय ३४ जना मात्रै कार्यरत रहेका छन् । सुविधा कम भएकै कारण प्रहरीहरु बस्न चाहँदैनन् र अन्यत्र काज मिलाएर जान्छन् । अबिलम्ब यसै आर्थिक वर्षदेखि नेपाल प्रहरीको रासनभत्ता र राष्ट्रसेवक कर्मचारीको सुविधा वृद्धि गरी दुर्गम हिमाली जिल्ला सरहको सुविधा प्रदान गर्नको लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’ सांसद थापाले प्रतिनिधि सभाको वैठकको शुन्य समयमा सभामुखमार्फत सरकारलाई भन्नुभयो । उहाँले म्याग्दी जिल्लाले पनि अन्य हिमाली जिल्लासरह सेवासुविधाहरु पाउनुपर्नेमा जोड दिनुभएको छ ।

यसअघि सांसद थापाकै पहलमा म्याग्दी जिल्लालाई नेपालको २१औं नम्बरमा हिमाली जिल्लाको रुपमा नेपाल सरकारले सुचीकृत गरेको थियो । म्याग्दीलाई सरकारले हिमाली जिल्लाको मान्यता प्रदान गरेको भए पनि अहिलेसम्म हिमाली जिल्लाले पाउनुपर्ने सेवासुविधा भने पाउन सकिरहेको छ्रैन । म्याग्दीको जुनसुकै डाँडामा पुगेपनि हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । म्याग्दीमा धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, गूर्जा, चुरेनसहित दजनौं हिमालहरु छन् । नेपाल पर्वतारोहण संघले म्याग्दीमा ६ हजार मिटरभन्दा अग्ला ५१ वटा पिकहरु रहेको प्रमाणित गरेको छ ।

गण्डकी प्रदेशस्तरीय कबड्डीमा म्याग्दी च्याम्पियन, फाइनलमा बागलुङ पराजित

0

पोखरामा जारी ११ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद अन्तर्गत महिला कबड्डीको म्याग्दी च्याम्पियन बनेको छ । पोखरामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो ।बिहिबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५०ले पराजित गरेको थियो ।

कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै ८०–३० ले कास्कीलाई पराजित गरेको थियो ।
प्रतियोगितामा महिलातर्फ प्रदेशमै कास्कीलाई उपाधीको दावेदार मानिएपनि उक्त प्रतियोगितामा कास्कीलाई फराकिलो अन्तरले पराजित गरेपछि म्याग्दीसँगको प्रतिस्पर्धामा रहेको समुह दवावमा परेको थियो ।

म्याग्दी कबड्डी संघका अध्यक्ष राजकुमार परियारले म्याग्दी स्वर्ण पदक जित्न गरेको प्रयास सफल भएको बताउनुभयो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी सहितको टोली समेत उपस्थित रहेको थियो । म्याग्दीमा फुटबल, भलिबलपछि कबड्डी खेल विशेष लोकप्रियता कमाएको खेल मानिन्छ । यसैबीच महिला भलिबलतर्फ म्याग्दी तेस्रो भएको छ । पुरुष भलिबल र कवड्डीमा भने समुहचरणबाटै म्याग्दी बाहिरिएको थियो ।

नब्बे वर्षकी वृद्धा र बिरामी छोरालाई सहयोग जुट्दै

0

म्याग्दीको मंगला गाउँपालिका–२,सल्यानका बृद्धा र बिरामी छोराको उपचारमा करिब डेढ लाख संकलन भएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण भोकभोकै रहेका ९० वर्षीया जगमती कार्की रहेमबहादुरको अवस्थाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटेको अभियानकी संयोजक चिना बानियाँले बताउनुभयो ।

उहाँका अनुसार अभियानसँगै जगमतिको खातामा समेत सहयोगदाताले आर्थिक पठाएको बताउँदै उपचार अभियानसँगै सम्पूर्ण विवरण सार्वजनिक गरिने बताउनुभयो । उपचारमा संकलन भएको आर्थिकबाट हेमबहादुरलाई पोखरामा चेकजाँच गरिएको थियो । हालसम्म १ लाख २१ हजार प्रतिबद्धता प्राप्त भएकोमा सहयोग जुट्ने क्रममा रहेको बताइएको छ । त्यस्तै प्रवासमा समेत आर्थिक अभियान सञ्चालन भइरहेको छ ।

error: Content is protected !!