Wednesday, May 7, 2025
19.2 C
Beni
19.2 C
Beni
Wednesday, May 7, 2025
Home Blog Page 822

धवलागिरीमा सञ्चार सम्पर्क विच्छेद

0

म्याग्दीको धवलागिरी गाउँपालिकामा गएरातीदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । गएरातीदेखि सेवामा जिएसएम मोबाइल सेवा अवरुद्ध भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

विद्यतु आपूर्तीमा समस्या भएपछि मराङ र मुदीको स्टेशन डाउन भएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम म्याग्दीले जनाएको छ । नेपाल टेलिकमको सिडिएए प्रविधिको टेलिफोन र मोबाइलमा समस्या भएपनि इन्टरनेट सेवा भने सुचारु रहेको छ ।

अब फलफूल पकाउन ‘कार्बाइड’ रसायन राखेमा कडा कारबाही हुने

0

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो ।

विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।

यस्तै, विभागले फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाव वा मातहतका कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

गुणस्तर नम्बर भएको पानी पिउनू

विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्काे सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।

विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो । यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

0

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

चट्याङ लागेर एकको मृत्यु, पहिरोले घर पु¥यो

0

बागलुङमा आजराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका–४ तग्राम फापरखेत बस्ने गजेन्द्र पुनको श्रीमती २८ वर्षीया सुस्मा पुनको मृत्यु भएको छ ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भई उपचारको लागि धवलागिरि अस्पताल बागलुङ ल्याईएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक इन्द बहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै अबिरल वर्षाका कारण आएको पहिरोले आज रातीनै बागलुङको गलकोट नगरपालिका–११ रिघा स्थित दिपदोल बस्ने बर्ष ८३ को कृष्ण बहादुर कामीको घर पुरेको छ ।ढुङगा माटोले बनेको टिनको छानो भएको तिन तले कच्चि घरमा ६० मिटर घरमाथिबाट पहिरो आई घर पुरिएको छ । घर पुरदिा मानविय र चौपाय क्षेति नभएपनि अन्नपात, लत्ताकपडा लगायत पुरिएको छ ।

पहिरोले बागलुङ-म्याग्दी सडक अवरुद्ध

0

निरन्तरको वर्षातका कारण बागलुङदेखि म्याग्दी जाने सडक पहिराले पूर्ण रुपमा अवरुद्ध बनाएको छ ।म्याग्दी जिल्ला जोड्ने मुख्य सडक समेत पहिरेले अवरुद्ध बनाएको छ ।

बागलुङ नगरपालिका ४ र म्याग्दी जिल्लाको बेनी नगरपालिका १ को सिमाना स्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

 

प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा कार्यक्रम

0

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा कार्यक्रमगरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो ।

प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तत्र्रिmया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बढाइएको सवारी कर फिर्ता गर्न युवा संघ र अनेरास्ववियुको माग

0

आगामी आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले सवारी करसहित अन्य सात विषयमा ध्यानाकर्षण गराएका हुन् ।

सवारी करमा गरिएको भारी वृद्धि तत्काल फिर्ता गर्न, ६-६ महिनामा सवारी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गर्न, यातायात कार्यालयमा भएको व्यापक बेथिति नियन्त्रण र छानबिन गर्न, प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल र ११ वटै जिल्ला अस्पतालहरुमा तत्कालै आवश्यक जनशक्ति पूर्ति गरी जनतालाई सहज पहुँचको व्यवस्था गर्न, विद्यार्थीलाई सवारी साधन र स्वास्थ्य सेवामा प्रदेशमा पूर्ण सहुलियत व्यवस्था गर्न, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन, ट्याक्सी व्यवसायीबाट मिटर तथा भाडादरमा भएको लापबरबाहीको छानबिन गर्न दुई संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघ सरकारले महँगीको उपहार दिइरहँदा प्रदेशमा सवारी कर र जाँचपासको बाध्यकारी व्यवस्था गरेर जनताको जीवनस्तर कष्टकर नबनाउन दुई संगठनले माग गरेका छन् । ‘संघ सरकारले जनताको ढाड भाँचिने गरी महँगीको उपहार दिइरहेको बेलामा प्रदेश सरकार अझै एक कदम अगाडि बढेर करका दरहरु वृद्धि गर्दै सवारी करमा ६-६ महिनामा रिन्यु गर्नुपर्ने बाध्यकारी व्यवस्थाले गण्डकी प्रदेश सरकारलाई नै गिज्याइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताको जीवन कष्टकर बनेको छ । सत्ताभन्दा बाहिर जनता छन् भन्ने प्रदेश सरकारलाई जानकारी गराउन चाहन्छौँ ।’

सरकारको ध्यानाकर्षण गराउन युवा संघका प्रदेश अध्यक्ष शिवबहादुर गुरुङ (महेन्द्र), अनेरास्ववियुका प्रदेश अध्यक्ष प्रकाश पौडेल, प्रदेश सचिव आरके पोख्रेरललगायत पुगेका थिए ।

 

भेटमा मुख्यमन्त्री पोखरेलले सवारी साधनको अवस्था पहिचान गर्न ६-६ महिनामा सवारी जाँचपासको व्यवस्था ल्याएको बताए । कर भने साना गाडीलाई नभई ठूला गाडीलाई राजस्व लिनका लागि बढाइएको उनले दाबी गरे ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६-६ महिनामा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ । ६ समूहमा वर्गीकरण गरेर सवारी कर १० हजार रुपैयाँसम्म बढाएको छ । दुई पांग्रे सवारी साधनदेखि हेभी इकुपमेन्टसम्म सरकारले नवीकरण तथा वार्षिक सवारी कर बढाएको हो । gandaknews.com

बेनीमा सञ्चालित १५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

0

म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो ।

तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन शर्माले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हरेक क्षेत्रमा भाषणकालको आवश्यकता रहेको बताउँदै तालिममा सिकेको सीपलाई ब्यवहारमा उर्तान समेत अनुरोध गर्नुभयो । बेनी नगरपालिकाका शाखा अधिकृत यूवराज थापाले ब्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ती भएकाले निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो।

तालिमको अवसरमा सहभागीको तर्फबाट आषिश पौडेल, सोमप्रसाद सापकोटा,कृष्ण कुशुम चन्द शाहीले तालिमले नेतृत्व विकाससँगै क्षमता अभिवृद्धि र उद्घोषण कलामा ब्यापक सुधार आएको बताउनुभयो । सहभागीले अव भाषण तथा औपचारिक कार्यक्रम सञ्चालनमा कुनै समस्या नहुने बताउनुभयो ।

सोही अवसरमा ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो। तालिको प्रशिक्षण पत्रकार हरिकृष्ण गौतमले औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कला,माइन्यूट लेखन लगायतका बारेमा जानकारी सहित माइकमा बोल्ने कलाको अभ्यास गराउनुभएको थियो ।

तालिमको अध्यक्षता तालिम केन्द्रका प्रमुख सन्तोष पौडेल, स्वागत प्रशिक्षार्थी सुप्रेणा किसान र सञ्चालन प्रशिक्षार्थी सिता थापाले गर्नुभएको थियो ।गएको जेठ २९ गतेदेखि सुरू भएको तालिममा म्याग्दी र पर्वतका गरी २२ सहभागिको उपस्थिती रहेको थियो । तालिमको उद्घाटन बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

लोमान्थाङमा नौ होलको गल्फकोर्ष

0

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ। लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा नौ होलको कोर्ष बनाउन शुरु गरिएको हो। कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ। अरु सबैजसो बनाई सकिएको सदस्य विष्टले बताए।

‘नौ होलको कोर्ष बनाएका छौं। बंकर र टी बक्स तयार भईसकेको छ,’ विष्टले भने, ‘अब ग्रीन तयार गर्ने छौं। ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर (भुवन) गुरुङ आएपछि तयार पारिने छ।’ कोर्ष तयार भएपछि यो विश्वकै उच्च उचाईको कोर्ष बन्ने छ। कोर्ष समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईस्थित लोमान्थाङ–५ लोवाथाङ बनाइएको छ। हाईअल्टिच्युड गल्फ कोर्षले आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास छ।

अहिले विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ। सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ। बोलिभिको ला पाज गल्फ क्लब ३ हजार २ सय ६० मिटरको उचाईमा छ। जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो। त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ। अमेरिकाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ।

कोर्ष बनाउन प्रदेश सदस्य विष्टले १० लाख रुपैयाँ खर्चिएका छन्। पूर्वाधार विकास अन्तर्गत उनले कोर्ष बनाउन खर्चिएका हुन्। विष्ट आफैं पनि पछिल्लो समय गल्फप्रति चाख राख्दै आएका छन। विष्टले पोखराको हिमालयन गल्फ क्लब र काठमाडौंको गोकर्ण गल्फ क्लबमा समेत एमेच्योर प्रतिस्पर्धा गरिसकेका छन्। त्यसैले पनि उनले लोमान्थाङमा हाईअल्टिच्युड गल्फ कोर्ष बनाउन चासो दिदैं आएका थिए।

गल्फको प्रवद्र्धन गर्न स्थानीय तहले समेत प्रतियोगितात्मक कार्यक्रमको लागि १० लाख रुपैयाँ छुट्टाएको छ। ‘लोमान्थाङ गाँउपालिकाले गल्फ प्रतियोगिताको लागि १० लाख रुपैयाँ छट्टाएको छ,’ उनले भने, ‘हामीले लोमान्थाङमा हाईअल्टिच्युड कोर्षमा प्रतियोगिता आयोजना गरेर साहसिक खेलको रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं।’

‘पहिला फिल्ड हेर्नुपर्छ। फिल्ड हेरेपछि मात्रै नौ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ,’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने, ‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ।’ उनका अनुसार नौ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ। ‘टि बक्स, फेयर वे, गी्रन बनाउनुपर्छ,’ उनले भने, ‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ।’

लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने योजना छ। ग्री्रनको डिजाईन अन्यको भन्दा ‘युनिक’ बनाईने सदस्य विष्टको भनाई थियो। लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्युड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ। फुटबल मैदानसहित बास्केटबल, भलिबलको कोर्ट समेत निर्माणाधिन अवस्थामा छन्।  nagariknews.com

म्याग्दीमा असार २० र २१ गते राष्ट्रपति रनिङ शिल्ड हुने

0

म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जानकारी गराउनुभएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको असार ८ गतेको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएकोले सो प्रतियोगीतामा सहभागी पठाउनका लागि छनौट स्वरुप जिल्ला स्तरीय प्रतियोगिता संचालनका लागि तयारी थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीका अनुसार प्रतियोगिता सञ्चालनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ संयोजक रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ ।

त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोद घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कवड्डी प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार संयोजक, साजन फगामी र सन्तोष परियार सदस्य रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने पनि अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु खेल संचालन गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राईले बताउनुभयो ।

एथ्लेटिक्सतर्फका खेलहरु बेनीको खुल्ला मञ्चमा, भलिबल बेनीकै कुनै एउटा विद्यालयमा र मार्सल आर्टका खेलहरु कभरहलमा संचालन गर्ने गरि तयारी गरिएको प्रमुख राईले बताउनुभयो ।

विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेका १८ बर्ष मुनिका विद्यार्थीहरु प्रतियोगीतामा सहभागीहुन पाउनेछन । असार २३ र २४ गते पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगीताका लागि जिल्लाबाट प्रशिक्षक सहित १११ जनाको टोली छनौट गरिने भएको छ । जिल्ला स्थित सम्पूर्ण माविहरुलाई खेलाडि सहभागी गराईदिनका लागि अध्यक्ष केसीले अनुरोध समेत गर्नुभएको छ । उहाँले प्रतियोगीता संचालनमा सहयोगका लागि जिल्ला स्थित सवै विद्यालय तथा संघ संस्थालाई आव्हान समेत गर्नुभएको छ ।

प्रदेश खेलकुद परिषदको निर्देशन अनुसार बर्षाको समयमै भएपनि प्रतियोगीता संचालन गर्नुपरेको केसीको भनाई छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सचिव तारामान रोका, भलिबल संघका महासचिव कुमार किसान, तेक्वान्दो प्रशिक्षक कर्ण प्रधान र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!