Sunday, May 4, 2025
17.4 C
Beni
17.4 C
Beni
Sunday, May 4, 2025
Home Blog Page 823

औषधी ब्यवसायीले दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

0

नेपाल औषधि व्यवसायी संघको ४९ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गर्रिएको छ । शुक्रबार अस्पतलामा रहेका बिरामीलाई म्याग्दी शाखाले बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफुल विताण गरिएको हो । कार्यक्रममा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेल,संघका पदाधिकारी सहितको टोलीको उपस्थिती रहेको थियो ।

स्थापना दिवसको अवसर नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम साधारण सभा समेत सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता अमर प्रसाद पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेशका बरिस्ठ उपाध्यक्ष शिव बहादुर केसी, साबिक धौलगिरी शाखाका उपाध्यक्ष एबं शाखा सल्लाहकार भीम प्रसाद आचार्यले मन्तब्य राख्नुभएको थियो।

कोषाध्यक्ष कुमार बानियाँले प्रतिवेदन सहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका औषधी ब्यवसायीको साझा संस्था संघले कोरोनाको रोकथाम सहितका अभियानमा समेत साथ दिएको थियो भने विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ । म्याग्दीमा औषधी ब्यवसायी कानुनी दायरमा ल्याउन विगतमा समेत पटकपटक आवाज उठिरहेको अवस्थामा औषधी ब्यवसायीले समेत मापदण्डको पालना गर्नेमा प्रतिबद्धाता समेत जनाएका छन् ।

किशोरीमाथि हुने हरेक हिंसा बिरुद्ध सन्देशमुलक कार्यक्रम

0

किशोरी भएकै कारण भोग्नुपरेका विभेद,अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघातले समाजलाई नै बदनाम बनाइरहेको भन्दै बेनी सामुदायिक माविका किशोरीले सचेतनामुलक कार्यक्रम गरेका छन् ।

किशोरी सञ्जालद्धारा आयोजित बलात्कार तथा हरेक प्रकारका हिंसाको अन्त्य गदैं किशोरी, महिला अधिकारको सम्मान नामका सचेतनामुलक कार्यक्रममा बलात्कार, छाउपडी प्रथा लगायतका अत्यधिक बढ्न थालेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।  किशोरी र महिलाको जीवन बरबाद पार्ने गतिविधिलाई समाजले मिलेर परास्त गर्नुपर्ने सन्देश सहितको नाटक, रचना लगायतका विविध गतिविधि देखाइएको थियो ।

कार्यक्रमको उद्घाटन गदैं प्रधानाध्यापक दिपक श्रेष्ठले महिला र त्यसमा पनि किशोरीको यौनशोषण गर्ने घटना सर्वत्र भइरहेका र बारम्बार दोहोरिने भएकाले न्यूनिकरणमा समाजका हरेक पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।सोही अवसरमा किशोरी सञ्जालमार्फत प्रस्तुत गरिएका सन्देशमुलक अभियन सहितका गतिविधिले सबैको मन छोएको थियो।

म्याग्दीमा समेत महिलाले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन कतिपयले त मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्थालाई मध्यनजर गरी हरेक विद्यालयमार्फत किशोरी सञ्जाल बनाएर समुदायसम्म सन्देश प्रवाह गर्नुपर्ने सञ्जालकी अध्यक्ष अस्मिता बुढाको भनाई छ । पछिल्लो समय बढ्दोइन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको पाइन्छ । सन्देशमुलक कार्यक्रमको प्रमुख अतिथि प्रअ श्रेष्ठ, अध्यक्षता सभापति बुढा र सञ्चालन आयुश्मा परियारले गर्नुभएको थियो ।

मौरीमा रोग किराको प्रकोपले उत्पादन घटेपछि म्याग्दीका किसान चिन्तित

0

म्याग्दीमा यसवर्ष विगतको तुलनामा भन्दा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो ।म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो ।

जिल्लाको विभिन्न स्थानमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लामा रहेका २ हजार ५ सयवटा मौरीका आधुनिक घारहरुबाट सो परिमाणको मह उत्पादन भएको हो । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै जान थालेको छ । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु भने चिन्तित बनेका छन् ।

म्याग्दीको मौरीपालन व्यवसायमा थाईस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुले गुनासो गरेका छन् । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो ।

म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर ३ सयभन्दा बढी किसानहरु मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा जम्मा २० जना मात्रै किसानहरु क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । मौरीपालनमा किसानहरु धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा किराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ ।

मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोग, किराको प्रकोप फैलनु, पर्याप्त फूलहरु समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका मौरीपालक किसान मिनबहादुर खत्रीले जलवायु परिवर्तन र मौरीसँगै रोग भित्रिएकाले मह उत्पादन घटेको अनुभव सुनाउनुभयो । यस्तै किसानहरुले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो । म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगंगाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र र पालिका तहबाट किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बिउँ पुँजीलगायत सहयोग हुँदै आएको छ । राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झण्डै ८ केजीसम्म मह उत्पादन हुन सक्ने किसानहरुसँग अनुभव छ । अहिले प्रतिकेजी महलाई एकहजार छ सय रुपैयाँ मूल्य पर्दछ । म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता देशहरुमा प्रवासी नेपालीहरुले पुर्‍याउने गरेका छन् ।

किसानहरुले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन् । म्याग्दीका किसानहरुले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन्भने महलाई औषधि र पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग गरिन्छ ।

मोना पोर्तुगलद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १३ लाख वढि सहयोग

0

म्याग्दी प्रवासी नेपाल संघ ( मोना ) पोर्तुगलले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । म्याग्दीवासी तथा अन्य नेपालीहरुबाट समेत संकलन गरिएको १३ लाख ६० हजार चार सय चौरानब्बे रुपैयाँ आविस्कार केन्द्रको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जम्मा गरिएको मोना पोर्तुगलका महासचिव दिपु फगामीले जानकारी दिनुभयो ।

मोना पोर्तुगलले गत जेठ २४ गते राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक रोमन म्यागेसेसी पुरस्कार विजेता महाविर पुन संगको अन्तरक्रिया कार्यक्रम आयोजना गरि रकम संकलन गर्ने घोषणा गरेको थियो । संस्थाको सामाजिक उत्तरदायित्व स्वरुप आर्थिक सहयोग संकलन गरि आविस्कार केन्द्रलाई सहयोग गरिएको मोना पोर्तुगलका अध्यक्ष रविन पुनले बताउनुभयो ।

संस्थाले संचालन गरेको अभियानमा रकम सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु प्रति अध्यक्ष पुनले हार्दिक आभार समेत प्रकट गर्नुभएको छ । मोना पोर्तुगलले जिल्लाका शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था कमजोर भएका विरामीहरुको उपचार, विपन्नबर्गलाई खाद्यान्न सहयोग लगायतका सामाजिक गतिविधिहरुमा सहयोग गर्दै आईरहेको छ ।

मतदाताको आवश्यकता बजेटमा झल्कियोस्

0

संवैधानिक व्यवस्था अनुसार असार १० गते अर्थात भोली शुक्रबार सबै स्थानीय तहको बजेट पेस गरिसक्नुपर्छ । बजेट प्रस्तुत गरिनुपूर्व नीति तथा कार्यक्रमहरू गाउँ तथा नगरसभाबाट पारित गर्नुपर्छ। नीति तथा कार्यक्रमलाई जनताको सपना, आवश्यकता र जनप्रतिनिधिको ऐनाको रुपमा लिने गरिन्छ ।

अर्को भाषामा नीति तथा कार्यक्रमलाई सरकारको सोच वा दृष्टिकोणका रूपमा बुझिन्छ भने बजेटलाई नीतिको दर्पण वा नीति लागू गर्ने व्यवस्थागत प्रवन्धका रूपमा चिनिन्छ । त्यसैले बजेट बनाउनुपूर्व नीति तर्जुमा गरिन्छ र व्यवस्थापिकामा पेस गरी स्वीकृत गरिन्छ । नीति र बजेट बिचको तालमेल भएन भने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हुन्छ ।

पहिलो स्थानीय तहको पाँचबर्षे कार्यकालमा जनताको आवश्यकताभन्दा पनि दलका जनप्रतिनिधिले रोजेका योजनाहरू प्राथमिकतामा परेका हामीमाँझ छर्लङै छ ।

नयाँ जनप्रनिधिहरूको पहिलो बजेट भएकाले राजनीतिक पहुँचभन्दा जनताको आवश्यकता, रोजगारमुलक क्षेत्रमा केन्द्रित हुने अवसर छ । वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने विधिमा जनप्रतिनिधिले अघिल्लो कार्यकालमा खर्चिएका क्षेत्रमै केन्द्रित गरेमा नाम मात्रैको नीति तथा बजेट हुने छ ।

पहिलो कार्यकालमा जस्तै हरेक स्थानीय तहले हप्ता÷दस दिनअघि नीति तथा कार्यक्रम पेस गर्ने र सो पारित भएको नीतिकै आधारमा बजेट निर्माण गरी असार १० गतेभित्र नगर तथा गाउँसभामा प्रस्तुत गरी निति अनुसारको बजेट बनाउनुपर्नेमा हतार–हतारमा गाउँसभा राखेर वडास्तरबाट छनौट गरिएका योजनाहरुको प्राथमिकता दिनुपर्नेमा यसपटक पनि जनप्रतिनिधिले अघिल्लै कार्यकालको शैली दोहोराएका छन् ।

आफ्नो विशिष्ट पहिचान र मौलिक परिस्थितिलाई सम्बोधन गर्दै निम्न क्षेत्रहरूलाई प्राथमिकतामा राखी स्थानीय तहहरूले आगामी आवका लागि नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न उपयुक्त देखिन्छ । उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा, कृषि, पर्यटन तथा विभिन्न क्षेत्रमा ज्ञान, सीप, अनुभव र रुचि बुझेर सोहीबमोजिम रोजगार बनाउन हरेक स्थानीय तहले प्रयत्न गर्नुपर्ने हुन्छ ।

गाउँमा केही न केही ज्ञान, सीप र अनुभव भएकालाई टिकाउने गरी बजेटको आवश्यकता छ । गाउँमै टिकाउने, उनीहरुको सिप विकाउन नसकेमा यूवा पुस्ताको पलायन झन डरलाग्दो हुने भएकाले स्थानीय तहले सोही कार्यमा प्राथमिकता दिनुपर्छ ।

तबमात्र स्थानीय परिवेश सौहार्द, उत्पादक र आयमूलक बन्न सक्दछ । कृषिकर्म गर्ने ठूलो जनशक्ति सुखी, खुसी र सन्तुष्ट बन्न नसकेको अवस्थालाई जनप्रतिनिधिले बजेटमा आश देखाउनुपर्छ। किसानहरूका लागि आशा र भरोसाको केन्द्र बनेर नीति तथा बजेटमार्फत प्रस्तुत हुन अनिवार्य भएको छ ।

बाँझो जमिनलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर योजना बनाउन आवश्यक छ । परम्परागत खेती प्रणालीलाई अध्ययन अनुसन्धानका आधारमा आधुनिक बीउविजन, खेतीप्रणाली र आयमूलक बनाउन किसानलाई मद्दत गर्नुपर्छ । जीवन निर्वाहमुखी कृषि पेसाबाट कसरी आयमूलक कृषि पेसामा रूपान्तरण गर्न सकिन्छ भनी गहन विश्लेषण गरी त्यसतर्फ उन्मुख हुनेगरी बजेट कार्यक्रम तर्जुमा गर्न आवश्यक छ । आफ्नो पालिकाबाट उत्पादन गरेको वस्तु तथा सेवाको निर्यात गरी समृद्ध पालिका बन्ने दूरदृष्टिसहितको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ ।

सामूहिक खेती, व्यावसायिक खेती, स्थानीय स्रोत–साधन र सीपमा आधारित उद्योग, स्थानीय रोजगारी सिर्जना, सहकार्य र साझेदारी, सहज खरिद बिक्रीको प्रबन्ध, वस्तु भण्डारण तथा वितरणको न्यायोचित प्रबन्धमार्फत हरेक स्थानीय तह आत्मनिर्भर बन्न सक्दछ । आत्मनिर्भर बन्ने सवालमा स्वच्छ प्रतिस्पर्धा हुन आवश्यक देखिन्छ ।

म्याग्दीमा अभिभावकविहिन बालबालिकाहरुलाई संरक्षण गर्ने कार्यहरु समावेश भएको देखिदैन् । अभिभावक नै नभएका बालबालिकाको अभिभावक स्थानीय तह बन्ने गरी प्राथमिकता दिन सकेमा पनि निकै सकारात्मक सन्देश प्रवाह हुनेछ ।यसपटक चुनिएका जनप्रतिनिधिले विगतका कमजोरीलाई सुधार्न सकेमा मात्रै बजेटको नतिजा दिर्घकालिन हुन्छ। बेनी साप्ताहिक समाचारपत्रबाट साभार

२ सय वर्ष पुरानो वर पिपल सहितको चौतारीको संरक्षण

0

तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिका भित्रका चौतारी पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ । सदरमुकाम बेनीबजारमा रहेको दुई शताब्दी पुरानो धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल, चौतारीको संरक्षण तथा मर्मत सम्भारका लागि अभियान नै सञ्चालन गरेको छ ।

बेनपा–७ ले जिल्ल मालपोत कार्यालयको भवन अगाडी रहेको पुरानो चौतारीलाई पुनःनिर्माण गर्न थालेको छ । सदरमुकाम बेनीकै सबैभन्दा पुरानोमध्ये पर्ने चौतारी जिर्ण भएपछि १ लाख २७ हजार बजेट विनियोजन गरी मर्मत सुरू गरिएको वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

‘चौतारीलाई मास्न दिन्नौ,‘वडाभित्रका सबै चौतारीलाई एक–एक गरी मर्मत गछौं,‘ मठमन्दिरलाई पनि उत्तिकै प्राथमिकता दिएका छौ,अन्य विकास निर्माणको कामलाई यसले कुनै असर गदैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

हाल मर्मत भइरहेको चौतारीको छेउमा ३ वटा मठ निर्माण गरिने छ भने अर्को छेउँमा पिउने पानीका लागि सार्वजनिक धारा सहित बगैचा निर्माणको योजना अगाडी बढेको छ । चौतारी अपांगमैत्री हुनेछ । ह्वीलचियरको माध्यमबाट सिधै चौतारीमा पुगेर विश्राम लिन सकिने भएकाले सहज हुने बताइएको छ ।

वडावाट विनियोजित ८ लाखमध्येबाट नगरपालिका अगाडीको नाली निर्माण तथा सरसफाई, मंगलाघाटमा नाली सरसफाई, दोविल्लामा सडक ग्राभेल लगायतका काम गरिएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो ।

बेनी बजार भित्र १७ वटा चौतारीमा सबैभन्दा पुरानो चौतारी बेनपा–७ मा पर्ने भएकाले पनि आफ्नै वडाबाट मर्मतको सुरुवात गरेको नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । आध्यात्मिक विश्वास,वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्वन्धित यस्ता सम्पदाहरूको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बुढापाकाको भनाई छ ।

 

५ सय वर्ष पुरानो इतिहास बोकेको ‘बेनी बजार’को कथा

0

गोरेटो बाटाेमा स्याउलाले बारेकाे र खरले छाएकाे छाप्रे चिया पसल। एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने। मान्छेको कोलाहल र खच्चर हिँड्दा घाँटीमा झुण्डाइएका घण्टी बजेपछि आउने चर्को आवाजले बिहान ४ बजेदेखि नै गुञ्‍जायमान हुने बाटो र  सुरु हुने बाटाको दायाँबायाँ बनाइएका अस्थायी छाप्रामा घुम्ती व्यापारीको दिनचर्या।

४०/५० वर्षअघि यस्तै अवस्था थियो। सरकारी कर्मचारी, गाउँका साहु महाजन र मुक्तिनाथ दर्शनका लागि आएका धनीमानी व्यक्ति घोडामा सवार हुन्थे। भरिया, तीर्थयात्री र मजदूरी गर्न ओहोरदोहोर गर्ने व्यक्ति पैदलमा हुन्थे र पिठ्यूँमा डोकाभरिको सामान बोक्थे। भरिया र ढाक्रेहरू भारी बोकेर हिँड्दा हिँड्दै जहाँ रात पर्छ त्यही भारी बिसाउँथे। पाए ठाँटी, नपाए चौतारी वा रुखको फेदमा नै खाना पकाएर खान्थे र सुत्थे। खल्तीमा पैसा हुने र घोडामा सवार भएकाहरू होटलमा बास बस्थे।

यो अहिलेको बेनी-जोमसोम सडक बन्‍नुभन्दा पहिलाको वास्तविकता हो जति बेला म्याग्दी र मुस्ताङमा कुनै पनि सडक खनिएका थिएनन् तर अहिले यहाँको अवस्था फेरिएको छ। पैदल हिँड्ने बाटाको नामोनिसान छैन। फराकिलो सडक बनेको छ। सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन्।

उहिले बेनी नेपाल-भोट व्यापारको प्रमुख नाका थियो। बेनीमा बजार विस्तार भइसकेको थिएन। खर र ढुङ्गाले छाएका केही घर मात्र थिए। अस्थायी मण्डी र साप्ताहिक हाटबजार लाग्‍ने गर्थ्याे। त्यही मण्डी र हाटबजारमा खरिदबिक्री गर्न बुटवलबाट स्याङ्जाको सेती दोभान र पर्वतको कुस्मा हुँदै सामान आयात गरिन्थ्यो। म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्य देखि निर्माण सामग्री पुर्‍याउनका लागि प्रयोग हुने मुख्य नाका नै बेनी बजार रहेको त्यतिबेलाका जानकार बताउँछन्।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औंँ शताब्दीमा स्थापना भएको हो। विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो। सोह्र हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए। राजा राजबम मल्लले पर्वत राज्य सम्हाले। उनैले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्‍चालनको खर्चको खोजी गर्दा बेनीले व्यावसायिक यात्राको सुरुवात गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गरेका छन्।

तत्कालीन समयमा बेनी बजार चौबाटामा पर्थ्याे। मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजाबमले व्यापारको अड्कल लगाए। खानी सञ्‍चालनमा आए। ज्यामरुककोटबाट ल्याइएका कालीगढले तामा र फलाम निकाल्न थाले। तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन, नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकासनिर्माणका सामानको व्यापारिक केन्द्र नै बनेको छ।

विसं २०६४ मा नेपाली सेनाले साधारण मार्ग खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी-जोमसोम सडकमा गाडी गुड्न थाले। बेनी-जोमसोम सडकका क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजार र पदमार्ग मासिए पनि म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो।

बेनीबाट भारी बोकेर मुस्ताङ र मुस्ताङबाट नुन र स्याउ बोकेर बेनी ल्याउन पटकपटक ओहोरदोहोर गर्नुभएका बेनी नगरपालिका-२ का ९६ वर्षीय खड्गबहादुर थापा सडक बनेपछि मोटर चढेर एक पटक मुस्ताङ पुगे। भरियाको रूपमा पहिला कयौँ पटक मुस्ताङ पुग्‍नुभएका थापालाई सडकमा गाडी चढेर मुस्ताङ जाँदा अनौठो लाग्यो। ‘त्यस बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ पुस्तालाई पत्याउनै कठिन हुन्छ। चारपाँच रुपिँया भयो भने टन्‍न खान पाइन्थ्यो। पिठ्यूँमा भारी बोकेर बेनी-जोमसोम गर्न एक हप्ताभन्दा बढी लाग्थ्यो। डोको बोकेर हिँड्दै जाने, जहाँ पुग्दा रात पर्छ, त्यहींँ बस्‍ने गर्थ्याैँ। ठाँटी भएका ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउँथ्यौँ, त्यही भारीको छेउमा निदाएर बिहानै ४ बजे फेरि भारी बोकेर हिँड्थ्यौंँ’, थापाले भने।

उनका अनुसार त्यस बेलामा मुस्ताङमा मात्रै होइन, उत्तरी म्याग्दीका विभिन्‍न गाउँमा भारी बोकेर खाद्यान्‍न लगायत सामग्री लैजाने भरिया बढी हुन्थे। तिनले चामल, चिनी, चियापत्ती, नुन, तेललगायत सामान बोकेका हुन्थे। नदी किनारबाट मानवीय सभ्यता र बाटाका छेउबाट व्यापारको सुरुआत भएको मानिन्छ। बेनी -जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन  गर्ने हो भने कालीगण्डकीका छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनीका ८० वर्षीय नैनकुमार श्रेष्ठले बताए।

‘मानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन्। बिस्तारै मान्छेहरू छिरलिएर बस्न थालेपछि ती सभ्यता पनि बसाइँ सरे वा फैलिए’, श्रेष्ठले भने, ‘समयसंँगै विकास आयो र विकाससंँगै सुविधा। सुविधा पाएपछि मान्छेले सबै भुल्यो, गोरेटो बाटो भुल्यो, चौतारी र ठाँटी बिर्सियो, आफ्ना पुर्खाका पैतालाका डोबलाई फलामे दाँत भएको डोजर लगाएर कोपर्‍यो, सडक बनायो, गाडीमा हुइँकियो।’

उनका अनुसार पहिलो पटक बेनी- जोमसोम सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो। नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्‍न थाले अनि सुरु भयो बजारीकरण। पहिलेपहिले ठाँटी, सत्तल र स्याउले बजार रहेका बेनी-जोमसोम सडक क्षेत्रका गलेश्‍वर, चमेरे, भुरुङ तातोपानी, दाना, लेतेलगायत दर्जनभन्दा बढी ठाउँमा बजार विस्तार भएका छन्।

यता बेनी बजार विस्तारको कथा भने विकाससंँगभन्दा बढी तत्कालीन राजनीति र ऐतिहासिक पृष्ठभूमिसँंग जोडिएको छ। तत्कालीन बाइसे-चौबिसे राजाका पालामा पर्वत राज्यको मुकाम बेनीबजार १७ औँ शताब्दीमा स्थापना भएको हो। अरू बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहे पनि बेनी बजारमा व्यापारको  जग कामी समुदायका व्यक्तिले राखेको पाइन्छ। बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुको व्यापार सुरु भएको लेखक तथा इतिहासकार बानिया बताउँछन्।

उनका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो। ‘पर्वत बेनीमा पर्ने कालीगण्डकीका तीरबाट व्यापार सुरु भएको हो। पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ’,  बानियाँले आफ्ना कृतिमा लेखेका छन्। उनका अनुसार पर्वत राज्यका सातौँ राजा मलेबम मल्लले पहिले बेनीबजारभन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे। उनको राजकाज त्यहींँबाट हुन थाल्यो र कर उठाउन थाले। त्यसपछि बेनीको व्यापार थप बढेको थियो। बाइसे -चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ। बेनीमा टक्सार (मुद्रा काट्ने यन्त्र) राखेर मुद्राको प्रचलन सुरु गरिएको इतिहास छ।

करिब पाँच सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो साख जोगाइरहेको छ। पैदल हिँडे घोरेपानीको बाटो हो, नत्र बेनी बजार  म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो। पछिल्लो समय जिल्लाका गाउँगाउँसम्म सडक पुगेका छन्। राज्यको पुनःसंरचना भएपछि पालिका मुकाम बनेका छन् तर बेनी बजार भने यी सबै परिवर्तनसँग अनुकूलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउँछन्। विसं २०१७ मा म्याग्दी वेणी र पर्वत वेणीलाई जोड्ने गरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइ छ।

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन। गाउँगाउँमा बजार विस्तार भए पनि ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा बेनीबजार सदाबहार नै छ। मुस्ताङको स्याउ र च्याङ्ग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्‍न पनि बेनीबाट नै वितरित हुने गर्छ। बेनी-जोमसोम खण्डमा पर्ने पोखरे बगर बजारले पनि आफ्नै लय समातेको छ।

विकासको क्रमसँगै गाउँगाउँमा सडक खनिन थाले। सडकका कारण बजार बन्‍न थाल्यो र मानिस गाउँ छाडेर बजारमा सर्न थाले जसका कारण ऐतिहासिक नाका र पुराना बजारको मुहार अहिले देख्‍न नपाइने भए पनि बेनीबजार अपवादका रूपमा रहेको स्थानीयवासी बताउँछन्। बजारलाई विकेन्द्रित गरिएपछि सुनसान बनेका गाउँ हराभरा भएका छन्। बाँझा छाडिएका जग्गामा खेती हुन थालेको छ। संघीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँ बजारसंँग जोडिए पनि  तिनको मौलिकता र पुर्‍ख्यौली पहिचान हराएकामा बुढापाकाले चिन्ता व्यक्त गरेका छन्।

पुराना बजार र नाकामध्ये कतिपयलाई नयाँ सडकले छोए त कतिपय छलिए। नयाँ मोटर बाटा खनिए पनि जहाँजहाँ पुराना बजारलाई छोएर गएको छ, त्यस ठाउँमा भने परम्परागत बजारका ठाउँमा झनै विकसित र आधुनिक बजार स्थापित भएका छन् तर  जुन नाका र बजार सडकले छुन सकेन, ती विस्थापित भएका छन्। ती ठाउँमा न बजार बसे, न पदमार्ग नै सुरक्षित भए।

यहाँ प्रयोग भएका बेनीबजारका पुरानो ५७ बर्ष अगाडी लिइएको तस्वीर हुन् ।

उपभोक्ताले आफै खर्च जुटाएर खानेपानीको मुहान संरक्षण गरे

0

म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेतका उपभोक्ताले आर्थिक संकलन गरी खानेपानीको मुहान संरक्षण गरेका छन् । भालुदुला खानेपानी उपभोक्ताको पहलमा संरक्षण भएको हो । सरोकारवाला निकायलाई पटकपटक अनुरोध गर्दा समेत बेवास्ता भएपछि उपभोक्ताले आफ्नै प्रयासमा आर्थिक संकलन गरी मुहानको सरसफाई सहितको कार्य गरेको उपभोक्ता खोमराज पौडेलले बताउनुभयो ।

‘मुहान संरक्षण नहुदाँ खानेपानीको अभाव हुन थालेको थियो,‘अझै काम पुरा भएको छैन’ पौडेलले भन्नुभयो । उपभोक्ताले पहिलो चरणमा एक लाख सात हजार खर्च गरेका थिए । खानेपानीको मुहानबाट हाल २ सय घरधुरीलाई समेत अभाव भइरहेको छ भने नियमित मर्मत सहित संरक्षण गर्न सकिएमा करिब ५ सय घरधुरीलाई सहज हुने बताइएको छ । स्थानीय उपभोक्ताले बेनी नगरपालिका तथा अन्य सरकारी निकायबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

 

बगरफाँटका अभिभावकविहिन बालबालिकालाई कतारबाट डा.आलमको सहयोग

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाक,झोला लगाएतका लागि सामाग्रीहरु वितरण गरिएको छ ।

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतममार्फते सहयोग दाताहरुले पठाएको रु ३१ हजार रकमबाट खाद्यान्न,कपडा,जुत्ता,झोला लगाएतका सामाग्री खरिद गरी असहाय बालबालिकाहरुलाई वितरण गरिएको हो ।

सिराहा नगरपालिका सिराहा स्थायी ठेगाना हाल कतारको औद्योगिक क्षेत्रमा रहेको अल जाइम पोलिक्लिनिकमा कार्यरत डा मोदस्सिर आलमले पठाएको रु २० हजार र काठमाण्डौंबाट नानीकिरण सुनुवारले पठाएको रु ११ हजार सहयोग गरेका हुन्।

बालबालिकाको अवस्थाका बारेमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि अन्य सहयोग दाताहरुले पनि विद्यार्थीहरुलाई खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्रीहरु सहयोग गरेका छन् ।

कार्यक्रममा स्थानीयवासी समेत रहेका म्याग्दी क्याम्पसका भुतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल लगाएत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अभिभावकले छोडेपछि विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा समाचार प्रकाशित भएको थियो ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो । उनलाई एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने गरेका छन् ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ । पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन् ।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन् ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ । त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।

सुन्तला खेतीले पालिएको सात्ले नुवारखर्क गाउँ

0

जिल्लाको फलेवास नगरपालिका–१० कुर्घा स्थित सात्ले नुवारखर्कका अम्मर बहादुर मल्लको जग्गामा धान कोदोको उत्पादन हुँदैन भन्दा फरक पर्दैन।

भिरालो पहाडी जग्गा भएकाले खेत खासै छैन भने बारीका पाटाभरी सुन्तलाका बोट छन्। बारीका पाटा सुन्तलाका बोटले भरिएपछि कोदो लगाउन पनि ठाउँ छैन।

धान र कोदो आफ्नै जग्गामा फलाउन नपाए पनि उनको घरमा अन्नको समस्या छैन। उनको जग्गामा धान र कोदो उत्पादन भए जति आम्दानी गर्न सक्थ्यो त्यो भन्दा धेरै गुणा बढी आम्दानी त सुन्तला बिक्री गरेरै भइरहेको छ। सुन्तला खेतीले नै परिवार पालेपछि उनले यसलाई सके अझै विस्तार गर्ने योजनामा छन्।

सात्ले नुवारखर्कमा झन्डै ५० घर परिवार छन्। उनीहरूको सबैको आम्दानीको प्रमुख स्रोत भनेको सुन्तला खेती नै हो। टाढैबाट हेर्दा पनि गाउँका घर वरिपरि हरियाली सुन्तलाका बोटहरू देखिन्छन्। गाउँलेहरूको दैनिकी पनि सुन्तलाबारीको सरसफाइ र बोटको काँटछाँटमा नै बित्ने गरेको छ। ‘यो क्षेत्र सुन्तलाको पकेट क्षेत्र पनि हो, गाउँका सबै जनाले सुन्तला खेती गरेका छौँ। धान कोदो खेती हामीले गरेका छैनौँ। सुन्तला बेचेर नै गाउँका सबैले परिवार पालिएको छ,’ स्थानीय गङ्गाबहादुर क्षेत्री भन्छन्, ‘यहाँ उत्पादन भएको सुन्तला सबैभन्दा बढी काठमाडौं जाने गरेको छ। त्यसपछि पोखरा र फाटफुट मात्रै कुश्मामा बिक्री हुन्छ।’

गाउँका हरेक घरले सुन्तला खेती गरेका छन्। एक परिवारले औसतमा ३ सय ओटा उत्पादन दिने बिरुवाहरू लगाएका छन्। गाउँमा नै बिरुवा समेत उत्पादन गर्ने गरेका उनीहरूले उत्तिकै सङ्ख्यामा नयाँ बिरुवाहरू पनि यस पटक लगाएका छन्। एउटा घरले ५ लाख रुपैयाँसम्मको आम्दानी सुन्तला बेचेर गरेको गाउँलेहरू सुनाउँछन्। अर्का सुन्तला कृषक टेकबहादुर क्षेत्रीले एउटा घरले नयाँ र पुराना गरेर सात वटासम्म बिरुवा लगाएको बताए। ‘एउटा परिवारले ५ लाख रुपैयाँसम्म कमाएका छन्। घर खर्ची, औषधीमुलो, किनमेल सबै यही पैसाबाट गर्ने हो,’ उनले भने, ‘जागिर खाएकाको घर रहेछ भने सुन्तलाबाट छुट्टै, जागिर पेसाबाट छुट्टै कमाई हुन्छ।’ गएको सिजनमा करिब ३५ टन भन्दा बढी सुन्तला निर्यात गरेको पनि टेकबहादुर बताउँछन्।

सुन्तला खेती बाहेक कफी उत्पादन, केरा खेती, अदुवा, लसुन, प्याज र बाख्रा पालनबाट पनि राम्रो उत्पादन हुने गरेको कृषकहरू बताउँछन्। गाउँभरी नै सुन्तलाका बोटहरू रहेका कारण मौरी पालन पनि फस्टाउँदै गएको छ।

सुन्तला झर्दा मर्का, कोल्ड स्टोरको अभाव

यस वर्ष छिट्टै र धेरै वर्षा भएका कारण गाउँलेले लगाएका सुन्तलाहरू विगतको वर्षमा भन्दा धेरै झरेको छ। यसरी नै सुन्तला झरिरहे अघिल्ला वर्षहरूको जस्तो आम्दानी गर्न नसकिने आर्थिक समस्यामा पर्न सकिने चिन्तामा उनीहरू छन्। सुन्तला धेरै नै झरेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकहरु बोलाएर देखाएकोले अब भने समस्या नहुने आशामा उनीहरू छन्।

सात्ले नुवारखर्कसहित कुर्घाका अन्य गाउँहरूमा पनि सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। तर कोल्ड स्टोर नभएका कारण आफूहरू समस्यामा पर्दै आएको कृषकहरू बताउँछन्। सिजनको बेलामा सबैको उत्पादनले एकै पटक प्रतिस्पर्धा गर्नुपर्दा क्रेताले राखेको कम मूल्यमा नै सुन्तला बिक्री गर्नुपर्ने र त्यसो नगरे सुन्तला नै बिक्री नहुने समस्याको समाधानका लागि गाउँमा कोल्ड स्टोरको आवश्यकता रहेको उनीहरूको भनाई छ।

‘हामीले गत सिजनमा किलोको ६० रुपैयाँका दरले गाउँबाट बिक्री गरेका हौँ। बजार १२० सम्ममा सजिलै बिक्री भएको देखियो। हामीसँग कोल्ड स्टोर नभएकाले खरीदकर्ताले बोलेको मूल्यमा दिनुपर्ने बाध्यता भयो,’ गङ्गाबहादुर भन्छन्, ‘सिजनको बेलामा स्टोर गरेर राख्न पाए बेसिजनमा मूल्य पनि राम्रो आउने थियो। बेमौसममा पनि सुन्तलाको मागको आपूर्ति हुने थियो।’

गाउँलेहरूलाई सिचाईंका लागि पाइप र टिपेका सुन्तला मुख्य सडकसम्म निकाल्न समस्या रहेको कृषकहरू बताउँछन्। कालोपत्रे भएको मुख्य सडकबाट सात्ले नुवारखर्क जोड्ने गरी ट्रयाक मात्रै खुलेको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा बाटो अवरुद्ध रहेको टेकबहादुर क्षेत्रीले बताए।

सडकको समस्याका कारण डोकोभरी सुन्तला बोकेर करिब एक घण्टा हिँडेर सवारी रहेको ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। गाउँभन्दा माथि पानीका स्रोतहरू रहेको भए पनि पाइपको अभावमा सिँचाइको समस्या रहेको गाउँलेहरू बताउँछन्।

error: Content is protected !!