मानवीय सेवामा संलग्न विश्वमै ठुलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका डेपुटी चिप एड्भाईजर सन्तोष रावल बेनीमा हुन लागेको तेस्रो क्याबिनेट वैठकको मुल संयोजक हुन् । राजनीतिकसँगै सामाजिक अभियानमा सक्रिय रहेका रावलले लायन्स मार्फत जिल्लामा पूर्वाधार सहित शिक्षा, स्वास्थ्य लगायतका धेरै कार्यक्रमहरु ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । लायन्समार्फत सन् २००७ यता म्याग्दीमा भइरहेका कार्यहरुसँगै तेस्रो क्याबिनेटको तयारीका बारेमा बेनीअनलाइन र बेनी साप्ताहिकले गरेको कुराकानी ।

बेनीमा आयोजना हुनेलायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालको तेस्रो क्याबिनेट वैठकको तयारी कस्तो छ त ?
सर्वप्रथम, तेस्रो क्याबिनेट वैठकका बारेमा आफ्नो भनाई राख्न दिनुभएकोमा बेनी साप्ताहिक परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालले प्रथम क्यबिनेट बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बिभिन्न १३ वटा उप समिति गठन गरी उपसमितिको जिम्मेवारी प्राप्त संयोजकहरू मार्फत कार्य सम्पादनलाई अगाडि बढाईएको छ।

बिभिन्न जातजाति, बिद्यालय, पत्रकार र सरोकारवाला निकायहरू संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेकाछौ। बजार सरसफाई, म्याग्दीको स्थानिय उत्पादनहरूको स्टल ब्यबस्थापन र जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारलाई बिशेष महत्व दिईएको छ। ¥याली ब्यबस्थापन, स्वागत सत्कार र सचिबालयको कामलाई चुस्त पारिएको छ। बैठकलाई एतिँहासिक बनाउने गरी म्याग्दी र पर्वतबेनीमा रहेको क्लवमार्फत विभिन्न जिम्मेबारीहरु पुरा गर्ने कार्य भइरहेको छ ।

बेनीमै तेस्रो क्याबिनेट वैठक गर्नुको कारण के होला ?
लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालले प्रथम क्यबिनेट बैठक काठमाण्डौमा, दोस्रो बैठक पोखरामा र तेस्रो बैठक मोफसलका जिल्लाहरूमा हुने प्रचलन छ। बिगतमा पनि हामीले बेनीमा २ पटक, घोडेपानीमा १ पटक र लेतेमा पनि १ पटक सफल र भब्य रूपमा आतिथ्यता गरिसकिएकोले केन्द्रले हामीलाई फेरि १ पटक बिश्वास गरेर यो कार्यक्रम आतिथ्यताको अबशर दिएको हो।

क्याबिनेट वैठक म्याग्दीको सदरमुकाम बेनीमा राख्नुको मुख्य कारण पर्यटन प्रबद्धन नै हो। देशका बिभिन्न भागहरूबाट करिब पन्ध्र सय ब्यक्तिहरूले म्याग्दी भिजिट गर्छन यसले पर्यटन बर्ष २०२० लाई पनि टेवा पुगेकोछ। म्याग्दीका बिभिन्न पर्यटकीय क्षेत्रहरूको ब्यापक रूपमा प्रचार प्रसार गरिएको छ।म्याग्दी पर्यटकीय जिल्ला भन्ने धेरैलाई जानकारी छ तर पनि भ्रमणको वातावरण बनेको थिएन् ।यहाँ आउनेलाई छोटो दुरीका पर्यटकीय गन्तब्यमा पुग्ने र प्रख्यात पर्यटकीयस्थलका बारेमा जानकारी दिनेछौ ।

यो क्याबिनेट वैठकले म्याग्दीलाई के फाईदा हुन्छ त ?
यहाँ आउने आन्तरिक पाहुनाहरूले १ जनाले १० जनालाई मात्रै यहांको बिषयमा जानकारी गराए भने पनि यहां आउन लालायित हुनेको संख्या १५ हजार हुन्छ र यसरी नै रोटेसन भयो भने म्यग्दी आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा बृद्धि हुन्छ भन्ने हाम्रो बिश्वास हो।

यसले पर्यटनको क्षेत्रमा जिल्लालाई धेरै ठुलो फाईदा हुन्छ। (याली प्रदशनका क्रममा स्थानियले प्रत्येक घरमा रखिएका घडाबाट गरिएको स्वागत, सिंगारिएको बजार, स्थानिय कला र संस्कृतिको बेजोड प्रस्तुति र जातजातिको झांकी प्रदशनले सहि मानेमा म्याग्दी जिल्ला र यहांका बासिन्दाहरूको पाहुनाहरूका बीचमा छुट्टै परिचय बन्नेछ। विगतमा म्याग्दीभित्र भएका हरेक बैठक तथा लायन्सको कार्यक्रमले जिल्लाको पर्यटनमा ठूलो योगदान पुगेको छ ।सुन्दर नगरी बेनीबजार सहित जिल्लाभित्रका पर्यटकीयस्थलका भविस्यमा घुम्न आउने वातावरण बनाउन समेत बैठकले फाइदा पुग्छ ।

क्याबिनेट वैठकको प्रमुख आर्कषण के के छन त ?
माघ २४ र २५ गते क्याबिनेट वैठक चल्नेछ । लायन्सका विभिन्न कार्यक्रमसँगै स्थानिय उत्पादनहरूको स्टल, अर्गा्निक स्वादको खाना र सिंगारिएको बजारले अतिथिहरूको मन पक्कै छुनेछ। अघिल्लो बैठक देखि अहिले सम्म भए गरेका कार्यहरूको समीक्षा र राम्रो कार्य गर्नेलाई सम्मान तथा आगामी बर्षको नेतृत्व चयन गर्ने महाधिवेशनका बिषयमा हुने छलफलहरू नै बैठकका मुख्य बिषयहरू हुन। लायन्सको सहयोगमा निर्मित मालिका गाउँपालिका–७, विमको किसानी मावि र बेनी नगरपालिका–९, तोरीपानीको गलेश्वर माविमा भवनमध्ये तोरीपानीमा नवनिर्मित विद्यालय भवनको तेस्रो वैठकको अवसरमा उद्घाटन गरिने छ।बेनी अस्पतालमा पनि तेस्रो वैठककै अवसरमा कार्यक्रम गरिने बताए ।

बेनीसम्म आउने सहभागीलाई नजिकको पर्यटकीयस्थलमा घुम्न जाने सुविधा छ की छैन त ?
म्याग्दी नेपालकै सुन्दर पर्यटकीय जिल्ला भएको धेरै लायनलाई जानकारी छ । यो बैठकमा पनि हामीले जिल्लास्थित विभिन्न जातजातिहरुको भेषभूषा र झाँकी, नौमती पञ्चेबाजासहित स्वागत गरेपछि बैठक बाहेक विहान बेलुकीलायनहरुलाई प्रसिद्ध तातोपानी कुण्ड, पर्यटकीयस्थल लभ्लीहिल, धार्मिक क्षेत्र गलेश्वर र पौलस्त्य पुलहाश्रमसम्म भ्रमण गराइनेछ ।गाडी हुनेहरू आफ्नै गाडीमा र नहुने हरूलाई केही गाडिहरूको ब्यबस्थापन गरिने छ। जसका लागि हामीले छुट्टै उप समिति गठन गरेकाछौ। यातायात तथा भ्रमण उप समितिले यो कार्यमा सहयोग गर्नेछ।

लायन्स क्लवमार्फत म्याग्दीमा गरिएका ठूला सहयोगहरु के के छन् बताइदिनुहोस् न ।
लायन्सले म्याग्दी जिल्लामा हाल सम्म करिब १५०० जनाको निशुल्क रूपमा मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको छ। अर्को सेवाको ठुलो कार्यस् रूबेला दादुराको खोप अभियान जहां नेपाल सरकारलाई लायन्स अन्तराष्ट्रियले २५ करोड सहयोग गरेको छ, त्यस्तो अभियान म्याग्दीमा सम्पन्न गर्न गरिएको स्वयं सेवामा जिल्लाका सम्पुर्ण लायन्स क्लबहरूको सक्रियता हो। प

छिल्लो पटक किसानी मा बि, बिम र गलेश्वर मा बि, तोरीपानीमा लायन्स अन्तराष्ट्रियको सहयोगमा २ बिद्यालयहरूको निर्माण, जसको निर्माण गर्न चार करोड पचास लाख नेपाली रूपैयां खर्च भएको छ। बिभिन्न प्रकोपमा परेका हरूलाई गरिएको तत्काल उद्दार पनि एउटा मानविय सेवाको उदाहरण हो। बिभिन्न बिद्यालयहरूमा पुस्तकालय स्थापना, कम्प्यटर बितरण तथा शौचलय निर्माण, पुन हिलमा शौचालय निर्माण बेनी अस्पतालमा बच्चाहरूको उपचारमा प्रयोग हुने करिब २० लाख बराबरको मेशिनरी सामान हस्तान्तरण पनि यही माघ २४ गते हुंदैछ। यसरी लायन्सले म्याग्दीमा बिबिध क्षेत्रमा मानविय सेवा गर्दै आईरहेको छ।

Leave a Reply