मानसिक सन्तुलन कमजोर भएका म्याग्दीका एक यूवालाई नेपालगन्जबाट उद्धार गरी मानवसेवा आश्रम पोखरालाई जिम्मा लगाइएको छ ।

बेनी नगरपालिका–९,अल्वाङबाट पाँच महिना अगाडी हराएको अवस्थामा भारतबाट उद्धार गरी नेपालगन्जको क्वारेन्टाइनमा राखिएका कमल उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय र लायन्स क्लव बेनी पिस सिटीको पहलमा उद्धार गरी मानवआश्रम केन्द्र पोखराको जिम्मा लगाइएको क्लवका सचिव सन्दिप खत्रीले बेनीअनलाइनलाई बताए ।

क्वारेन्टाइना रहेका उपाध्यायको पिसिआर रिर्पोट नेगेटिभ आएपछि क्लवमार्फत सवारीसाधनमा लाग्ने खर्चको ब्यवस्थापन गरी क्वारेन्टाइनबाट मानवसेवा आश्रममा ल्याएर हस्तान्तरण गरिएको क्लवका नवनिर्वाचत अध्यक्ष खम थापा मगरले बताए ।

‘उहाँ अहिले सुरक्षित हुनुहुन्छ,‘क्लवले परोपकारी अभियानमा थप सहयोग गदैं जान्छ’ अध्यक्ष थापाले भने ।उनका अनुसार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत आवश्यक प्रक्रिया सहित ब्यवस्थापनमा सहयोग भएकाले उद्धारमा सहज भएको बताए ।

२०७६ माघ १० गते घर नजिकैबाट हराएका उपाध्याय कोरोना भाइरसको जोखिमले भारतबाट फर्किएका नेपालीहरूसँगै उद्धार गरी क्वारेन्टाइनमा राखिएको अवस्थामा भेटिएको खवर बेनीअनलाइनले प्रकाशित गरेको थियो ।

यता खोजीकार्य र उद्धार गरी आश्रममा राख्न सहयोग गर्नेलाई उपाध्यायकी आमा बेदुकलाले धन्यवाद दिएकी छन् । उनले हराएको १२ दिनपछि खोजीकार्य गर्दा समेत फेला नपरेको अवस्थामा एक्कासी देखेपछि खुसी लागेको बताईन् ।

क्वारेन्टाइनमा रहेको छोराको उद्धारमा सहयोग गर्न प्रजिअ ढकाललाई समेत कार्यकक्षमा पुगेर भेटेकी थिईन्। असहायको आश्रयस्थल बनेको परोपकारी संस्था मानबसेवा आश्रममा यसअगाडी म्याग्दीबाट बागलुङ र पोखरामा विभिन्न समस्या भएकालाई र सडकबाट उद्धार गरिएकालाई समेत राखिएको छ ।

यो समाचार पनि हेनुहोस् :  १२ दिन देखि तोरिपानीका एक यूवा बेपत्ता

म्याग्दीका यूवा पाँच महिनादेखि बेपत्ता

म्याग्दीबाट हराएका उपाध्याय नेपालगन्जको क्वारेन्टाइनमा भेटिए

 

 

Leave a Reply