म्याग्दी जिल्लाको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीमा जनजातिको भेषभुषा सहित सेल्फी खिच्दै एक यूवती । रत्नेचौर-अर्जम-ज्यामरुककोट सडकखण्ड अन्तरगत ९ सय मिटरको कालोपत्रे सडक आसपासमा फोटो, भिडियो र टिकटक बनाउन दैनिक भिड लाग्ने गरेको छ । टिकटकबाटै भाइरल हुन थालेपछि विगतका बर्षको तुलनामा घुम्न आउनेको संख्या ह्वात्तै बढेको छ । रत्नेचौर र उपल्लाचौरका करिब ५ घरधुरीले तोरी खेती गरेका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply