बेनी नगरपालिका-४,धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत एक मेधावी छात्रलाई हाम्रो सेवा समुहले उच्च शिक्षासम्मका लागि शैक्षिक साम्रागी सहयोग हस्तान्तरण गरेको छ । अभिभावकसँगै सुकुम्बासी जिवन विताइरहेकी विद्यालयकै उत्कृष्ट छात्रा सोनी थापा मगरलाई समुहले यसबर्ष १० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गरेको छ ।

बेनपा–७ इन्द्रेणी टोलका डा.प्रतिक गौतमको पहलमा समुहका संयोजक हरिकृष्ण लभली श्रेष्ठमार्फत उपलब्ध खाद्यान्न, शैक्षिक साम्रागी विष्णुप्रसाद गौतममार्फत घरमै पुगेर धौलागिरी मावि ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काको उपस्थितीमा हस्तान्तरण गरिएको छ । समुहका अध्यक्ष श्रेष्ठको भनाई उद्धित गदैं डा.गौतमले भन्नुभयो । सहयोगले बालिकाको शैक्षिक तथा घरखर्चमा सहज भएको विब्यस अध्यक्ष खड्काले बताउनुभयो ।

यसैबीच काभ्रे जिल्ला घर भई हाल अष्ट्रिलिया बस्ने अश्मिन केसीले बार्षिक १५ हजार सहयोग गर्नुभएको छ । सुनचाँदी ब्यवसायी कमल विश्वकर्मामार्फत केसीले बार्षिक १५ हजार बराबरको शैक्षिक सहयोगको प्रतिबद्धता सहिज १५ हजार सहयोग परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।

सहयोगदाता केसीले भविस्यमा पनि निरन्तर सहयोग गर्ने बताउनुभएको छ । चरम गरिबीकै कारण शिक्षादीक्षामा समस्या भएको समाचार बेनीअनलाइनले प्रकाशित गरेपछि शिक्षादीक्षा सहित घरखर्चका लागि सहयोग आउने क्रम जारी रहेको विद्यलायका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । प्राप्त नगद सहयोग विद्यार्थीकै नाममा खाता खोलेर राखिने छ ।

 

Leave a Reply