अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गुर्जाको मतगणना हुँदा धवलागिरीमा गठबन्धनलाई अग्रता

On: May 14, 2022 7:56 PM
Follow Us:
---Advertisement---
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाको मतगणना सकिदाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले सुरुवाति अग्रता लिएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुनले २६७, एमालेकी थमसरा पुनले ५१, उपाध्यक्षमा माओवादीका रेशम पुनले २६४ र एमालेका प्रगति कार्कीले २९ मत पाउनुभएको छ ।
वडा अध्यक्षमा काँग्रेस–माओवादीको गठबन्धनको तर्फबाट माओवादीका झक छन्त्याल, दुई जना माओवादी, एक जना काँग्रेस र एक जना स्वतन्त्र उमेद्वार निर्बिरोध भएको गुर्जामा ३४८ मत खसेको थियो । अहिले वडा नम्बर २ लुलाङको मतगणना चलिरहेको छ । लुलाङमा एक हजार १०२ जना मतदाता मध्य ६९८ मत खसेको थियो ।