---Advertisement---

अरिङ्गालको गोलो हेर्न गएका युवकको भिरबाट खसेर मृत्यु

On: September 23, 2026 7:55 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिङ्गलको गोलो हेर्न गएका एक यूवाको ज्यान गएको छ । रघुगङ्गा गाउँपालिका–३ स्थित दशमुरेभिरमा साथीहरुसँगै सिकारका लागि गोलाको आकार हेर्न साथीहरुसँग गएका रघुगंगा–७, चिमखोलाका २३ वर्षीय लभकुश पाइजाको उपचारको क्रममा मृत्यु भएको हो ।


मृतक पाइजा लडेर भिरबाट करिब ३ सय मिटर तल खसेपछि साथीहरुले नै उद्धार गरी बेनीस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा साँझ ७ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको छ । म्याग्दीमा यो सिजनमा अरिङ्गलको पोला पोल्ने बस्तीदेखि जंगलसम्म शिकारी सक्रिय छन् । सामान्य सुरक्षाका साम्रागीको समेत प्रयोग नगरी सिकारमा संलग्न हुदाँ दुर्घटना समेत हुने गरेको छ ।

Leave a Comment