---Advertisement---

बेनीमा दसैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन,चिनी र नुन सस्तोमा पाइन्छ (भिडियो)

On: September 23, 2026 9:55 AM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीमा आज बुधबारदेखि दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको म्याग्दीका लागि आधिकारिक बिक्रेता श्रीकृष्ण टेर्डसमार्फत बेनी नगरपालिका–८, न्यूरोडस्थीत भिम एण्ड ब्रदर्शबाट चाडपर्व लक्षित सुपथ मूल्य पसलको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरले उद्घाटन गरेका छन् ।


साल्ट ट्रेडिङ कार्यालय बागलुङमार्फत नागरिकलाई सहुलियत उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनले आर्थिक अवस्था कमजोर तथा सानो परिवारलाई राहत मिल्ने प्रजिअ गैरेको भनाई छ । सुपथ मुल्य पसलबाट चिनी, नुनमात्रै नभई अन्य खाद्यान्नका सामान समेत उपलब्ध गराउनुपर्ने र यसका लागि आवश्यक परेमा सहजीकरण समेत गर्ने प्रजिअ गैरेले बताए । ‘चाडपर्वमा नाफाभन्दा सेवालाई जोड दिनुपर्छ, महंगो र अभावले चाडपर्व नै खल्लो हुन्छ, सबै ब्यापारले यो समयमा सामाजिक उत्तरदाहित्वलाई ध्यान दिनुपर्छ’ प्रजिअ गैरले भने ।


म्याग्दी उद्योग वाणिज्य संंघका कार्यवाहक अध्यक्ष राजेश शाक्यले पहिलोपटक सुपथ मुल्यको पसल उद्घाटन गरिएको बताए । उनले बजारमा रहेका अन्य ब्यापारीले समेत चाडपर्वमा ग्राहकमैत्री ब्यवहार नै गर्ने बताउँदै सबैले चाडपर्व मनाउने ब्यवसायीलाई सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले म्याग्दीमा बिक्रेताको प्रयासको प्रशंसा गरेका थिए । साल्ट ट्रेडिङले तोकेको मुल्यमै बिक्री भइरहेको बताए । उनले बागलुङबाट म्याग्दीमा बिक्रेताले आफै ढुवानी गरेर तोकेको मुल्यमा बिक्रीले उपभोक्तालाई सहज भएको बताए ।


श्रीकृष्ण टे««र्डसका सञ्चालक एवम् म्याग्दी उद्योग वाणिज्य संघका सचिव मोतिलाल पौडेलले जिल्लामा अत्याधिक माग रहेको चिनी र नुनको बिक्री सुरु भएको बताउँदै तोरीको तेल, आँटा र मैदालाई समेत माग भएमा बिक्री गर्ने बताए । उनले अब हरेक बर्ष चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरिने बताए ।

सुपथ मूल्य पसलमा चिनी र नुन खरिद गर्न आएकी दिलकुमारी श्रेष्ठले बजारमा भन्दा १० देखि १५ रुपैयाँसम्म चिनीको मुल्य सस्तो रहेको बताइन् । ‘एक केजीमै २० रुपैयाँ सस्तो चिनि पाए, चाडपर्वमा सस्तोमा पाउनु ठुलो कुरा हो’ श्रेष्ठले भनिन् । बजारमा नुनलाई अधिकत ३० रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ ।

प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन उपलब्ध हुने बिक्रेता भिम एण्ड ब्रदर्शका सञ्चालक भिमनाथ रेग्मीले बताए। पसल असोज ७ गतेदेखि कात्तिक ३० गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । सुपथ मुल्यको पसलले विद्यार्थी, मजदुर तथा सानो परिवारलाई राहत मिलेको छ । एकपटक लिएकालाई अर्कोपटक उपलब्ध नहुने जनाइएको छ ।

Leave a Comment