जुम्लाको हिमा गाउँपालिका- १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदाँ आमा सहित तीन जनाको मृत्यू भएको छ । हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका- १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतका श्रीमति ३० वर्षीया विमला रावत, नौ बर्षीय छोरा भरत रावत र आठ बर्षीय छोरा सूर्य रावत रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आई घटना भएको बताउनुभयो । प्रहरीलाई मध्यरात दुईबजे खबर आएपछि त्यहाँ पुगेर उद्धार गरिएपनि पुरिएकाहरुको खोजी अझै बाँकी रहेको बताउनुभयो ।

गाउँमा विद्युत कटौति भएसँगै गोरखबहादुर पावर हाउस पुगेपछि पहिरो गएको पत्ता लागेको थियो । प्रहरीका अनुसार मध्यरातदेखि प्रहरी घटना स्थलमा पुगेको जनाएको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले घटना स्थलमा गाउँपालिकाको टोली समेत पुगेर आवश्यक उद्धार देखि गाउँपालिकाले गर्ने काममा सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply