आउँदाे चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।  आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभएको हो ।

Leave a Reply