सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो।

Leave a Reply