राप्रपाले नेपाल बन्द कहिल्यैपनि नगर्ने प्रतिबद्धता जनाएको छ । राप्रपाले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । त्यस्तै, स्वास्थ्य, खानेपानी, हवाई, विद्युत, ग्याँस ढुवानी तथा वितरण औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने उसको अर्को प्रतिबद्धता छ।

शासकीय स्वरुपको सवालमा भने उसले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेको छ । उसले मुलुकको अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने कृुरा सो घोषणापत्रमा उल्लेख गरेको छ।

Leave a Reply