---Advertisement---

सिमानामा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अव्यावहारिक र अन्यायपूर्ण : महावीर पुन

On: April 20, 2026 3:52 PM
Follow Us:

स्वतन्त्र सांसद महावीर पुनले सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण भएको बताएका छन्।

सीमा क्षेत्रमा सदियौंदेखि चलिआएको व्यक्तिगत प्रयोगका लागि ल्याएको थौरै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात नहट्ने उनको भनाइ छ।

यस्तै, सांसद पुनले सीमा क्षेत्रका बासिन्दाहरूबाट आफूलाई सयौं अनुरोध आएको बताउँदै त्यसो नगर्न मन्त्रिमण्डलले निर्णय गरेर सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिन आग्रह समेत गरे।

‘सीमा क्षेत्रका बासिन्दाहरूबाट मलाई सयौं अनुरोध आएको हुनाले घोर विरोध गर्दै मैले यो पोष्ट गरेको हो- यो तल भनिए अनुसार भारतबाट सामान ल्याउँदा १ सय रुपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नु पर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘सीमा क्षेत्रमा सदियौंदेखि चलिआएको व्यक्तिगत प्रयोगको लागि ल्याएको थौरै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात हट्दैन। त्यसो नगर्न मन्त्रिमण्डलले निर्णय गरेर सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइयोस।’

Leave a Comment