राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।
सोमबार बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि सार्ने कार्यसूची रहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।
भूपदेव प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी प्रमुख स्वकीय सचिव थिए । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा अछाम-२ बाट पराजित भएका थिए ।
बालेन र रास्वपाबीच एकता भएपछि भूपदेव रास्वपाको सहमहामन्त्री बनेका थिए । “आज भूपदेव शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने कुरा छ । बैठक केहीबेरमै सुरु हुँदै छ,” रास्वपा स्रोतले भन्यो ।
भूपदेव रास्वपा केन्द्रीय कार्यालय चःमती पुगेका छन् ।









