---Advertisement---

म्याग्दीमा आर्थिक गणनाका लागि गाउँ-गाउँमा पुगे गणक

On: April 21, 2026 9:07 PM
Follow Us:

म्याग्दीमा धमाधम आर्थिक गणना भइरहेको छ । गत वैशाख २ गतेदेखि जिल्लाको ६ वटै स्थानीय तहमा खटिएका गणकले घरदैलोमा पुगेर आर्थिक गतिविधि हुने विभिन्न क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिरहेका छन् । जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीको कार्यालयले आर्थिक क्रियाकलाप हुने सबै प्रकारका ब्यवसाय तथा सेवाहरूको आधारभूत विवरणहरू संकलन गरी तथ्यांक प्रकाशन गर्ने गरी वडास्तरमै गणक परिचालन गरिएको जनाएको छ ।


आर्थिक गणना कार्यालयका प्रमुख घनश्याम सापकोटाले गणकले तोकिएको वडामा खटिएर विवरण संकलन गरिरहेको बेनीअनलाइनलाई बताउनुभयो । म्याग्दीमा १९ जना गणक र ३ जना सुपरभाइजरले जिल्लाभर १५ खण्डमा विभाजित प्रश्नावलीबाट तथ्याङक संकलन गरिरहेका सापकोटाको भनाई छ ।

बि।स २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनामा दर्ता भए–नभएका सानाठुला व्यापार व्यवसाय, रोजगारी प्रदान, स्वरोजगार भएका फार्म, गैरसरकारी सङ्घ संस्था, सरकारी संस्थान, सरकारी तथा निजी विद्यालय, स्वास्थ्य क्षेत्रलगायत विभिन्न प्रश्नावलीबाट तथ्याङ्क सङ्कलन गर्ने छन् । जिल्लामा कार्यालयसहित जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यसहित सरोकारवाला निकायले समेत अनुगमन गर्ने छन् ।

म्याग्दी जिल्लाभित्रको आर्थिक गतिविधिबारेमा वास्तविक पहिचान हुने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन प्रजिअ आचार्यले अनुरोध गर्नुभएको छ । २०७५ सालमा लिइएको तथ्यांकमा म्याग्दीमा ५ हजार ६३ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा १६ हजार ६ सय ५२ जना संलग्न रहेको गणना गरिएको थियो । आर्थिक गणनाले व्यवसाय, कृषि उत्पादन, आय तथा व्यय र आंशिक तथा दिर्घकालिन रोजगारीका बारेमा हालको अवस्थालाई तथ्यांकले देखाउने छ ।

Leave a Comment