---Advertisement---

भीरबाट लडेर युवाको मृत्यु

On: April 22, 2026 11:37 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुस्थित मुख्ले भिर छहारी कोलधारा सामुदायिक बनमा भीरबाट खुट्टा चिप्लिएर लड्दा एक युवाको मृत्यु भएको छ। साथीहरुसँग जंगलमा जंगली कुखुरा मार्न गएका बेनपा–६ बस्ने १९ बर्षिय सुदिप किसानको भीरबाट लडेर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो।


मृतक किसानसँगै २ जना साथीहरु समेत गएको र एक गुलेली र ढुंगाको गोटी समेत फेला परेको बताइएको छ । मृतकको शब प्रदेश अस्पताल बेनीमा पोष्टमार्टमा लागि राखिएको छ । मृतकसँगै गएका साथीसहित घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment