म्याग्दीको सदरमुकाम बेनीबजारबाट बेवारिसे अवस्थामा भेटिएका एक भारतीय नागरिकलाई बेनी नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ । यस सातामा बेवारिसे अवस्थामा बस्दै आएका ४ पुरुष र १ महिलालाई बेनी नगरपालिकाको टोलीले उद्धार गरेको गरेको छ ।
सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका उनीहरूलाई सुरक्षित व्यवस्थापनका लागि मानव सेवा आश्रम, बागलुङ पठाइएको प्रमुख प्रशासकीय अधिकृत अजुर्न शर्माले बताउनुभयो । सामाजिक दायित्वअन्तर्गत उनीहरूको स्वास्थ्य, सुरक्षा र पुनःस्थापनालाई ध्यानमा राख्दै उद्धार कार्य गरिएकाले बजार क्षेत्राम बेवारिसे भेटिएमा तत्कालै आश्रममा पठाउने गरिएको छ ।
भारतीय सहित तराईबाट मानसिक सन्तुलन गुमेका प्रवेश गरी सडक आसपासका क्षेत्रमा बस्दा जोखिम बढेपछि उद्धार तथा पुर्नस्थापना र सम्भव भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ । ‘समाजमा कोही पनि बेवारिसे र असहाय अवस्थामा बस्न नपरोस् भन्ने हाम्रो जिम्मेवारी हो,यस्ता व्यक्तिहरूको उद्धार र व्यवस्थापनमा नगरपालिका सधैं सक्रिय रहनेछ’ शर्माले भन्नुभयो । म्याग्दीका स्थानीय तहमार्फत एकल तथा वेवारिसेलाई मानवसेवा आश्रममा लैजाने सहमति समेत रहेको भने नगरपालिकाले अल्पकालिन केन्द्र समेत स्थापना गरेको छ ।










