राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूप अवरूद्ध भएकाे छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै २१ गते देखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकोले सेवा आंशिक रूप अवरूद्ध भएकाे जनाएकाे छ ।
मर्मत कार्य कार्य जारी रहेकोले सो कार्य पुरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय पत्रलाई प्रणाली भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएको विभागले जनाएकाे छ ।
जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त NIN Generate हुने सेवा, सामाजिक सुरक्षा भता परिचयपत्र नवीकरण नई BIOMETRIC रुजु हुने सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली NOMISसँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध हुने छ ।
विभागका अनुसार मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुधार हुनेछ ।









