नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय महाधिवेशनबाट भुगोलतर्फको केन्द्रिय सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ साधारण सभाबाट गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा श्रेष्ठ बिजय हुनुभएको म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
जानकारी दिनुभयो । महाधिबेशनमा गण्डकी प्रदेशका अध्यक्षहरुले मतदान गर्ने भुगोलतर्फ श्रेष्ठले ९ मत प्राप्त गरी विजय हुनुभएको छ । गण्डकी प्रदेशका एघार जिल्लाका अध्यक्ष सहित भुगोलबाट १८ जनाले मतदान गरेको महासचिव नारायण जिसीले जानकारी दिनुभयो । निकै प्रतिस्पर्धा देखिएको निर्वाचनमा म्याग्दीलाई मायाँ गरी भोट हाल्नेलाई जिसीले धन्यवाद समेत दिनुभएको छ ।
नवनिर्वाचित केन्द्रिय सदस्य श्रेष्ठले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी,व्यापारीहरुको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लामा कृषि,पर्यटन,जलविद्यूत,जडिबुटी लगाएतका क्षेत्रमा लगानी भित्राउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताउनुभयो ।म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने,अलपत्र पूर्वाधारहरुलाई गति दिने,पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीहरुलाई चलायमान गराउने खालका कार्यक्रममा महासंघमा निरन्तर सक्रिय हुने श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो ।












