म्याग्दीका राम पौडललाई युवा सशक्तीकरण, समावेशी शिक्षा, सामाजिक नेतृत्व र विश्वव्यापी सहकार्यमा योगदान गरेबापत नोबेल विश्वविद्यालय द्वारा Doctor of Humane Letters मानार्थ उपाधि प्रदान गरेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ स्थायी घर हाल मंगला गाउँपालिका–२, नयाँबजारमा बसोबास गर्ने पौडेललाई नोबेल विश्वविद्यालयले राम पौडेललाई युवा सशक्तीकरण, समावेशी शिक्षा, विश्वव्यापी सहकार्य तथा समुदायकेन्द्रित सामाजिक नेतृत्वमा विशिष्ट योगदानको कदर गर्दै मानार्थ उपाधि प्रदान गरेको हो
विद्यावारिधी गरेका डा.पौडेलको शिक्षा पहुँच विस्तार गर्ने, सामाजिक समावेशिता प्रवद्र्धन गर्ने, तथा स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा युवाहरू र पछाडि परेका समुदायलाई सहयोग पु¥याउने दीर्घकालीन प्रतिबद्धतालाई मान्यता दिएको छ। डा. पौडेलले समानता प्रवद्र्धन, समुदायिक सचेतना अभिवृद्धि तथा युवाहरू, अपाङ्गता भएका बालबालिका र अवसरबाट वञ्चित समुदायका लागि थप समावेशी शैक्षिक वातावरण निर्माण गर्न योगदान दिएको विश्वविद्यालयले आफ्नो वेवसाइटमा राखेको छ। डा. पौडेलले समावेशी शिक्षा पहल, समुदाय संलग्नता, वकालत तथा आधारभूत तहका विकास प्रयासमार्फत सामाजिक तथा युवा नेतृत्वमा योगदान गरेका थिए ।
शिक्षामा रहेका अवरोधहरू हटाउने, सामाजिक सहभागिता बढाउने तथा समान अवसर र संस्थागत उत्तरदायित्वबारे व्यापक बहसलाई सशक्त बनाउने काम गरेको छ। शैक्षिक सहकार्य र अन्तरसंस्कृतिक संवादमा सक्रिय भूमिका खेलेका डा. अन्तर्राष्ट्रिय विद्यार्थी दूतका रूपमा विविध पृष्ठभूमिका एक हजार भन्दा बढी विद्यार्थीहरूलाई सहयोग गर्दै समावेशी शैक्षिक वातावरण निर्माण र अन्तरसंस्कृतिक समझदारी सुदृढ गर्न योगदान पुर्याएको छ । सामाजिक सक्रियता र समुदाय संलग्नतामा योगदानका लागि अन्तर्राष्ट्रिय सामाजिक कार्यकर्ता पुरस्कारसमेत प्राप्त गरेका थिए ।

इस्टोनिया सरकारद्वाराप्रदान गरिने युरोपेली उच्च शिक्षामा शैक्षिक उत्कृष्टता, अनुसन्धान गतिशीलता तथा ज्ञान आदानप्रदानलाई समर्थन गर्ने प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय छात्रवृत्ति कार्यक्रम समेत प्राप्त गरेका थिए । नोबेल विश्वविद्यालयले डा.पौडेलको नेतृत्व, सेवा, व्यावसायिक उत्कृष्टता तथा समाजप्रति अर्थपूर्ण योगदानलाई उच्च सम्मान गरेको जनाएको छ।“यो सम्मान मेरो लागि अर्थपूर्ण छ र सकारात्मक परिवर्तनका लागि सेवा, शिक्षा र सहकार्यको महत्त्वको स्मरण गराउँछ,” डा.पौडेलले भने ।
“यस मान्यताका लागि म नोबेल विश्वविद्यालयप्रति आभारी छु र नेपाल तथा विश्वभर युवाहरू, समावेशी शिक्षा र समुदाय विकासका लागि निरन्तर प्रतिबद्ध रहनेछु।”“डॉक्टर अफ ह्युमेन लेटर्स (मानार्थ)” एक प्रतीकात्मक सम्मान हो। यो कुनै शैक्षिक पाठ्यक्रम, अनुसन्धान, क्लिनिकल तालिम, लाइसेन्स तयारी वा व्यावसायिक योग्यताको आधारमा प्राप्त गरिएको डिग्री होइन। नोबेल विश्वविद्यालयले डा. पौडेललाई यस उपलब्धिको लागि बधाई दिँदै आगामी नेतृत्व र सेवाका लागि शुभकामना व्यक्त गरेको छ।
Link:-












