हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१,भर्जुलाका नुकेश जुग्जालीको चिनमा हुने अन्तराष्ट्रिय यु–२५ बास्केटबल प्रतियोगितामा खेल्ने भएका छन् । तीन इन्टु तीन खेलाडी बिच हुने बास्केटबल प्रतियोगिताका लागि नेपालको राष्ट्रिय टिममा जुग्जाली छनौट गरिएको हो ।
कलिलै उमेरबाट बास्केटबल खेल सक्रिय जुग्जालीविभागीय टिम त्रिभुवन आर्मी क्लब बास्केटबल टिमका सदस्य छन् ।
राष्ट्रि«यस्तरका खेलमा उत्कृष्ट प्रर्दशन गरेका जुग्जालीको नेपालको प्रतिनिधित्व गरी खेल्ने सपना समेत पूरा भएको छ । गाउँको आदर्श यूवा क्लवबाट बास्केटबल खेल्दै १६ बर्षको उमेरमा म्याग्दी जिल्ला बास्केटबल टिमबाट प्रदेशस्तरीय खेलमा सहभागि भएका जुग्जाली गण्डकी प्रदेश हुँदै विभागीय टिममा अनुबन्धन भएपछि नियमित प्रतियोगितामा ब्यस्त छन् ।

म्याग्दी सहित प्रदेश बास्केटबल संघ, नेपाल बास्केटबल संघ लगायत विविध स्थान र क्लबबाट ब्यवसायिक खेल खेलेका नुकेश १३ वर्ष देखि हाल २० वर्षको उमेरसम्म खेलेका खेलहरूमध्ये ५० भन्दा धेरै खेलमा बिजेता तथा उपबिजेता बन्न सफल भएका थिए । ब्यवसायीक खेलमा अब्बल भएपनि अवसरबाट बन्चित हुदै आएका नुकेश अब त्रिभुवन आर्मी क्लबमा आवद्ध भएपछि रोजाइको खेलाडीमा पर्छन् ।
दशरथ रंगशालामा नेपाल बास्केटबल संघद्वारा आयोजित अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा नेपाल राष्ट्रिय बास्केटबल टिमबाट खेलेका नुकेशले उत्कृष्ट खेल प्रर्दशन गरेका कारण ब्यवसायिक क्लवको नजरमा परेपछि पहिलोपटक नेपालको जर्सीबाट विदेशी भूमीमा खेल्न जान लागेको दाई मनकुमार जुग्जालीले बेनीअनलाइनलाई बताए ।

नेपाल बास्केटबल संघको आयोजनामा भएको यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा जुग्जाली सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए भने म्यान अफ दी म्याच, सर्वोत्कृष्ट, उदयीमान खेलाडी जस्ता अन्य विभिन्न खेलमा पुरस्कार समेत पाएका थिए । यु–२० बास्केटबलमा उदयमान खेलाडीको रुपमा स्थापित भएका नुकेशको विभागीय टोलीबाट खेल्को अनुभव तथा नियमित प्रशिक्षणले समेत चिनमा समेत उत्कृष्ट खेल देखाउन सफल हुने दाई मनकुमारको भनाई छ ।











