---Advertisement---

रास्वपा बेनपा ७ र ८ वडाको प्रथम अधिवेशनबाट सभापतिमा बानियाँ र चर्मकार

On: May 19, 2026 8:16 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले वडास्तरीय अधिवेशनलाई तिब्रता दिएको छ । मंगलबार सदरमुकाम बेनीबजारमा रहेका दुई वडामा अधिवेशन सम्पन्न गरिएको छ । क्षेत्री समाजको सभाहलमा आयोजित भेलाबाट वडा नं ७ मा भेषबहादुर बानियाँको सभापतित्वमा उप–सभापति पुर्णिमा किसान,सचिव रिता थापा रहनुभएको छ ।

त्यसैगरी सदस्यहरू हरिकृष्ण केसी,हस्त बहादुर पुन,ईन्द्र खत्री,सुनिता सार्की रहनुभएको छ । भेलाबाट संगठन विभाग प्रमुख भुमिराज केसी, दु्रतकार्यदलको प्रमुख संजिव पौडेल, सदस्यमा किरण जिसीलाई चयन गरिएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो।

त्यसैगरी वडा नं ८ को प्रथम वडा अधिवेशनबाट मन बहादुर चर्माकारको सभापतित्वमा उपसभापति कल्पना चर्माकार,सचिव रमिला खत्री बरुवाल,सदस्यहरू अर्बिन केसी,योगेन्द्र कुमार श्रेष्ठ,हिमाल शेरचन,संगठन विभाग प्रमुख सरोज कुमार बानियाँ र दु्रतकार्यदलको प्रमुख लीलानाथ पौडेल रहनुभएको छ ।

दुवै वडाका निर्वाचित टिमलाई पार्टीका जिल्ला प्रशिक्षण विभाग प्रमुख दिपक श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत धमाधम वडा अधिवेशन भइरहेको छ।

Leave a Comment