---Advertisement---

विश्व क्रिकेटमा सन्दीपको अर्को कीर्तिमान, एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी

On: May 18, 2026 12:53 PM
Follow Us:

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।

उनी सबैभन्दा छिटो ओडिआईमा १५० विकेट लिने खेलाडी बनेका छन्। उनले ओडिआईको ७३ खेलमा उक्त रेकर्ड बनाएका हुन्।

उनले अष्ट्रेलियाको मिचेल स्टारको रेकर्ड तोडेका छन्। उनले ७७ खेलमा १५० विकेट लिएका थिए।

काठमाडौंमा जारी विश्वकप लिग-२ अन्तर्गत सोमबार स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनको विकेट लिँदै सन्दीपले उक्त कोशेढुंगा पार गरेका हुन्।

Leave a Comment