---Advertisement---

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

On: June 3, 2026 9:02 PM
Follow Us:


दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनसरी रोकाले जितेका छन् । अन्नपूर्ण हिमालको सफलआरोहण गरेको दिनजुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित चार हजार एक सय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथमहिमालको आधार शिविर देखि नारच्याङ सम्म ३० किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको उपाधि विजेता लिम्बुले २ घण्टा ४ मिनेट र रोकाले २ घण्टा ४७मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको हो ।


उहाँकाअनुसार पुरुषतर्फ मनकुमार रोका काठमाण्डौंले २ घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी महिलातर्फ पुस्पा शेरमा पाचथरले २ दुई घण्टा ५२ मिनेट ७ सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएको आयोजकले जनाएको छ।


यसैगरी प्रतियोगितामा पुरुषतर्फ लोकन्द्र राई सोलुखुम्बु,होमलाल श्रेष्ठ रामेछाप,सनम गुरुङ तनहुँ र महिलातर्फ सन्देभा बुढा जुम्ला,आशमाविक रोल्पा,भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गरेका थिए ।दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद एकलाख २५हजार,दोस्रोलाई ७५ हजार,तेस्रोलाई ४३ हजार ७ सय ५० रुपियाँ नगद सहित प्रमाणपत्रर सान्त्वना हुनेलाई १२ हजार पाँच सयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको छ ।


गाउँपालिका अध्यक्षभारत कुमार पुन,उपाध्यक्षा दिवा पुन तिलिजा,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । बुधबार विहान ६ बजेट ४५ मिनेटमा आधारशिविर देखि सुरु भएको दौड पञ्चकुण्ड ताल, भुस्केटमेला,गुफाफाँट,फुतफुते झरना,हुमखोला,छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन भएको थियो । दौड प्रतियोगितामा १२ जनापुरुष र ९ जना महिला धावकहरुको सहभागिता रहेको थियो।


नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । आरोहण दिवसकाअवसरमा नाच्याङमा सांस्कृति सहित विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

Leave a Comment