---Advertisement---

राममायाँले भन्नुभयो,’अब मैलेपनि भत्ता पाउँछु’

On: June 2, 2026 8:14 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको मालिका गाउँपालिका–६,डाँडाखर्ककी राममायाँ खत्रीले ७० बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र लिनुभएको छ । एकल महिला र शारीरिक रूपमा अपाङ्ग खत्रीलाई जिल्ला प्रशासनमा अन्य सेवाग्राहीजस्तै भिडमा राखिएन् । प्रजिअको कार्यकक्षमा राखेर नागरिकता दिइयो ।

गाउँमा आफ्नो उमेरमा साथीहरूले सामाजिक सुरक्षा भत्ता खाने उमेरमा नागरिकता समेत नभएको गुनासो घरमा बराम्बार गरेपछि कान्छो भाई गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै ७० वर्षीय राममायाँको हातमा नागरिकता पर्यो ।


मंगलबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुसी छल्किएको थियो । विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँको एउटा हात चल्दैन । नागरिकता पाएसँगै अब वृद्घभत्ताले औषधि उपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने बृद्धा राममायाँले बताउनुभयो ।

‘नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ’ रामायाँले बेनीअनलाइनलाई भन्नुभयो । नागरिकतासँगै राष्ट्रि«य परिचयपत्र समेत बनाएपछि भाईको जिम्मेवारी पुरा भएको गर्भे खत्रीको भनाई छ । जीवनको उत्तरार्धमा पुगेको अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको प्रजिअ आचार्यले बताउनुभयो ।


‘बुढेशकालसम्म नागरिकता नबनाएका पनि भेटिनुहुन्छ, नागरिकताका लागि आवश्यक प्रक्रिया पूरा भएकालाई झन्झट हुदैन’ प्रजिअ आचार्यले भन्नुभयो । १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने भएपनि दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुखको कुरा भएको प्रजिय आचार्यको भनाई छ ।

नागरिकता किन बनाउनु पर्छ, फाईदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा म्याग्दीमा शरीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझैपनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामिण बस्तीमा भेटिने गरेका छन्।

Leave a Comment