---Advertisement---

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ

On: June 9, 2026 2:20 PM
Follow Us:

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा भदौमा भएको जेनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका-७, भारवाङबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सप्तरीको खड्क नगरपालिका १० का ५४ वर्षीय विश्वासनाथ भगतलाई पक्राउ गरीएको हो ।  प्रहरीले भगौडा कैदीलाई २०८२ जेठ २६ गते गिरफ्तार गरेको सुचना अधिकारी तिमिल्सिनाको भनाइ छ ।

Leave a Comment