---Advertisement---

भीरबाट लडेर बृद्धको मृत्यु

On: July 17, 2026 7:37 PM
Follow Us:

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ठारेस्वारा मा शुक्रबार भिरबाट लडेर स्थानीय ८० वर्षीय जितमान गर्बुजाको मृत्यु भएको छ । शुक्रबार विहान गर्वुजाको भीरबाट खसेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो।


भिरबाट खसेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दाना म्याग्दीबाट ९ जना प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । मृतक गर्बुजाको शब खारेसोवारा भिरभन्दा करिब ३५ मिटर तल कालिगण्डकी नदिको तिरमा भेटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Comment