---Advertisement---

विपन्न विद्यार्थीलाई उच्च शिक्षासम्म पढाएर रमाउँदै थापा दम्पत्ती

On: July 15, 2026 9:07 PM
Follow Us:

बेनी नगरपालिका–७,महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत अमृता र सुस्मिता किसानलाई अमेरिकाबाट समाजसेवी सबी थापा,इन्द्र थापाले आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक बार्षिक डेढ लाख सहयोग गरेका छन् । समाजसेवी थापाले अमृतालाई बि.स २०७० सालमा पहिलोपटक सहयोग गरेपछि विद्यालय प्रवेश गरेकी थिइन् ।

चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि बेनी नगरपालिका–४, थामडाँडा घर भई हाल अमेरिकामा रहेकी इशा फाउण्डेशनका संस्थापक थापा दम्पत्तीले अक्षर चिन्ने अवसर पाएकी अमृता र सुस्मितालाई शैक्षिक पोशाक, साम्रागी बाहेक विद्यालयलाई बार्षिक १ लाख ५०हजारमा अभिभावकत्व ग्रहण गरेको फाउण्डेशनकी म्याग्दी प्रतिनिधि चन्द्रा घले गुरूङले बताइन् । ‘दिदीबहिनीलाई पनि सहयोग आवश्यकता परेपछि दुईबर्ष देखि पढाइरहनुभएको छ, सडकबाट उठाएर अमृतालाई उहाँले नै शिक्षा दिनुभएको हो’ गुरूङले भनिन् । अमृता कक्षा६ र सुस्मिता कक्षा ९ मा अध्ययनरत छिन् ।

विद्यालयमा एक कार्यक्रमका बिच अमृता र सुस्मिताको शैक्षिक सहयोग हस्तान्तरणमा प्रिन्सिपल राजु केसीले समाजसेवी दम्पत्तीले अभिभावकत्व ग्रहणले दुबै विद्यार्थीले नयाँ जीवन पाएको बताए ।‘उहाँको सहयोगमा उच्च शिक्षासम्म हामीले रेखदेख गर्नेछौ, समाजसेवाको सुन्दर पक्ष भनेकै यही हो’ प्रिन्सिपल केसीले भने । मेधावी विद्यार्थीद्धय अमृता र सुस्मितालाई विद्यालयले समेत अतिरिक्त सहयोग गर्ने गरेको छ ।

विद्यालयका अनुशासित विद्यार्थीमा पर्ने अमृता र सुुस्मिताको पढाइका लागि सबै सहयोग गर्ने समाजसेवी सबी थापाले बताइन् ।‘अक्षर नै मेरो सहयोगबाट चिनेकी अमृताको सफलताबाट निकै उत्साहित छु,अब सुस्मिताको जिम्मेबारी पनि मेरै हो । मानवीय सेवामा बाँचुन्जेल सहयोग गर्ने चाहना छ’ समाजसेवी थापाले भनिन् । उनले गरिबीकै कारण विद्यार्थीले भोग्नुपरेको समस्या सुन्दा आँशु थाम्नै नसक्ने बताईन् ।


अभिभावकविहिन बालबालिकालाई आर्थिक तथा उच्च शिक्षासम्मको यात्रामा नियमित सहयोग गदैं आएकी थापाले स्थापना गरेको इशा फाउण्डेशनमार्फत बेनी नगरपालिका–१,रत्नेचौरमा रहेको भानु मावि, बेनपा–४, थामडाँडाको भृकुटी आधारभुत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई छात्रबृद्धि सहितको सहयोगका लागि २ लाखको अक्षयकोष स्थापना गरिएको छ ।

आफुँले विद्यालयतहको शिक्षा प्राप्त गरेको बेनी नगरपालिका–४, सिङ्गास्थित धौलागिरी माविको बहिरा स्रोत कक्षाका बालबालिकालाई २ लाखको कोष स्थपानाका साथै चरम गरिबीसँग जुधेर भए पनि पढाइमा अब्बल सोनी थापालाई प्रकाश माविमा विज्ञान विषयमा उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी थिइन् ।


त्यस्तै म्याग्दी बहुमुखी क्याम्पमा रेश्मा विक,बालगृहमा रहेकी एक बालिकालाई बार्षिक सहयोग सहित समाजसेवी थापाले हालसम्म १९ जना बालबालिकाको शिक्षादीक्षामा सहयोग गरेको जानकारी दिईन् । अभिभावविहिन तथा गरिबीमा पिल्सिएका बालबालिकालाई पठनपाठनमा बार्षिक ५ लाखभन्दा बढी सहयोग गर्ने गरेको थापा दम्पत्तीको भनाई छ।


गृहजिल्ला म्याग्दी बाहेक काठमाण्डौ र देशका विभिन्न जिल्लामा सहयोग गर्ने गरेका थापा दम्पत्तीले प्राकृतिक विपत्ती तथा अन्य समस्यामा परेकालाई पनि उत्तिकै सहयोग गर्छन् । विपन्नको शिक्षादीक्षा, आर्थिक अभाव भएकाको उपचार सहित विभिन्न क्षेत्रमा बार्षिक लाखौं सहयोग गर्ने गरेकी छन् ।लगनशील, मिहनेती तथा अनुशासित विद्यार्थीले आर्थिक अभावकै कारण आधारभुत तहदेखि उच्च शिक्षासम्मको पढाई रोकेर घरमै बस्ने गरेकालाई म्याग्दी जिल्ला बाहिर समेत धेरै सहयोग गरेको इशा फाउण्डेशनले जनाएको छ ।

Leave a Comment