---Advertisement---

बेनीमा डेंगु ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिने

On: August 13, 2026 10:31 PM
Follow Us:

म्याग्दीमा डेङ्गी सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमम सञ्चालन गर्ने भएको छ ।

बेनी नगरपालिकाको समन्वय तथा वडा कार्यालय, स्थानीय टोल विकास संस्थासहित विभिन्न संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिने कार्यालय प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।


बिहिबार जनस्वास्थ्य कार्यालयमा बसेको सरोकारवालाको बैठकमा जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई समुदायस्तरबाटै निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले समुदायको सक्रियतामा हुने कार्यहरु प्रभावकारी हुने भएकाले जिल्लाभर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतम, टोलविकास संस्थाको तर्फबाट हिमबहादुर भण्डारीले मन्तब्य राख्नुभएको थियो भने बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला गौतमले नगरपालिकाभित्रको अवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो ।


एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरण गरिने छ । जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचक्राई गर्न नहुने, स्वास्थ्य कर्मीसँग परार्मस नगरी औषधी सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माईकिङ गरेर सचेत बनाउने कार्ययोजनामा छ।


डेंगीको संक्रमणबाट बच्नका शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम शुक्रबारदेखि सुरु भई निरन्तरता दिनुपर्ने सरोकारवाला निकायको जोड छ । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेंगु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।

डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

Leave a Comment