---Advertisement---

म्याग्दीमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइयो

On: September 19, 2026 8:04 PM
Follow Us:

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिबार साँझ सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा संविधान मूल समारोह समिति र गैरसरकारी संस्था महासंघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । संविधान मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गणेश गैरे लगायत सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र सर्वसाधारणको सहभागीता रहेको थियो ।


जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर संविधान दिवस मनाउने निर्णय अनुसार शुक्रबार सरसफाई, जिल्लाका तीन सामुदायिक विद्यालयमा स्रोत कक्षा र नेपाल बाल संगठन अन्तरगत बालगृहमा बालबालिका आश्रित बालगृहलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेर संविधान दिवस २०८३ मनाइएको छ ।

दिवसको मुल कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने बताउनुभयो ।


संविधानको पूर्ण कार्यान्वयन, सुशासन, विकास तथा समुन्नतिका लागि सबैको एकता, सहकार्य र साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।संविधान ल्याउन सबै राजनीतिक दलको योगदान रहेकाले दिवसलाई सबैको साझा बनाउने गरी आगामी दिन बालबालिकादेखि बृद्धबृद्धासम्मको प्रतिनिधित्वको आवश्यकता रहेको बताइएको थियो । संविधान दिवसको अवसरमा म्याग्दीका सरकारी कार्यालयमा समेत दिपावली गरिएको छ ।

Leave a Comment