म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीस्थित सर्वोदय माविका किशोरीहरुले पाठेघरको मुखको क्यान्सरबाट जोगिन निःशुल्क खोप लगाएपछि सामुहिक तस्वीर खिच्दै । किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन नेपाल सरकारले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्ने गरिएको छ ।
---Advertisement---












