हाम्रो बारे

हाम्रो बारेमा

बेनीअनलाइन सन 8/29/2006 देखी बेनीबजारबाट संचालित वेवसाइट हो । राष्ट्रिय समाचार पत्रिका तथा वेवहरुमा म्याग्देली/धौलागिरी अंचलका विशेष समाचारहरुले मात्र स्थान पाउने र अन्य समाचारहरुको चर्चा कम हुनु तथा प्रवासमा रहेका धौलागिरीबासीहरुका लागि गाँउघरका समाचारहरु पस्कनका लागि बेनीअनलाइन सुरु भएको थियो । यसको सुरुवात बेनीबजारका केहि युवाहरुको प्रयासमा भएको हो र हालसम्म बेनीअनलाइन टिम तपाईहरु सामु स्थानिय हालखवरहरु पस्किरहेको छ ।

बेनीअनलाइन एउटा नाफारहित सेवा हो जसलाई संचालन गर्नका लागि आर्थिक लगायतका विभिन्न समस्याहरु आइपर्ने गर्छन । हामीहरु ति समस्याहरुलाई झेल्दै यसलाई निरन्तरता दिइरहने छौं । यदि तपाईपनि हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ ।

हाम्रो टिम

बेनीअनलाइन प्रा.लि.

अध्यक्षः हरि कार्की,  प्रधान सम्पादकः हरिकृष्ण गौतम, प्रबन्ध निर्देशक: हरि गिरी

सम्पर्क कार्यालयः विरेन्द्रचोक, बेनी नगरपालिका-७

फोनः ०६९ ५२०२०७

इमेलः info@benionline.com.np

11 thoughts on “हाम्रो बारे”

  1. आद्रनिया बेनी ओन लाइन ब्लोगर भाई हरु यो बिल पुर्जा को यो यु ,के को जाडों बाट न्यानो नमस्ते
    हजूर खास कुरा ता कही छैना मात्रै हजूर हरु लाई धन्यबाद नदिए सम्मा यो मन ले सुख नदियर यो छोटो कुरा लेखेको छू /किना भने हजूर हरुको ब्लोंग बाट जिल्ला तिराको धेरै शु-संचार हरु पढ़ना पाएको छू आफ्नो जिल्ला बाट टाढा बसेपनी सबै कुरा हरु पढ़ना प्उदा अत्ति खुसी लाग्छ बिल पुर्जा

    Reply
  2. Thanks for this wonderful website…it helps us be informed about the news of our hometown..especially when we are far from it..the website overall is very impressive..keep up the good work.

    Reply
  3. अादरणीय,
    सम्पादक ज्यूहरू,
    बेनी अनलाईन या म्याग्दी काली डड कम,
    वि.सं. २०७२ को बिधाई तथा नयाँ बर्ष २०७३ को अागमनसम्म आयोजित दोबाको पुल तथा दोबा सडकको उदघाटन समारोह तथा कार्यक्रमको बिबरण पेश गर्दै गृहपृष्ठमा समचार लेखिदिनु भएकोमा दोबातानी भएको हैशियतले आभारी छु तर त्यो समचारमा हाम्रो गाउँको नाम ” दोवा” प्रकाशन भएको छ । हाम्रो गाउँको बास्तविक नाम “दोबा” हो भनि जिल्ला प्रशासनले प्रमाणित गरिरहेको बखतमा फेरी सरकारको चौथो अंग जस्तो संबेदनसिल पत्रकारिता तथा संचारले फेरी निको भएको घाउलाई कोट्द्याई बल्झ्याउने काम गरिएको जस्तो महशुस भएको छ । हामीले समचार तथा लेख प्रकाशन गर्दा शुध्दतालाई पनि घ्यान दिनु पर्छ भन्दै “दोवा “को सट्टामा “दोबा” लेखि सच्याइयोस भनि म हार्दिक अनुरोध गर्दछु । मेरो सुझावको कदर गरिदिनु हुनेछ भन्दै अग्रीम धन्यवाद टक्य्राउदछु ।
    तुल्म राज राम्जाली
    दोबा-३,म्याग्दी
    हाल: हङकङ ।

    Reply
  4. It’s a wonderful website. we should thank all reporters. But why always same news from kuhu, barangja, babiyachaur?? Myagdi has many Vdc, why don’t you go and report different news?

    Reply
  5. सम्पादक ज्युहरु नमस्कार
    बेनी अनलाइन डट कम मा नया लेखहरु प्रकाशित गर्नलाई के गर्नुपर्छ कृपया जानकारी गराउनु भएमा आभारी हुने थिए

    Reply

Leave a Reply to naran shrestha,pari beni(now in uk) Cancel reply