Wednesday, April 30, 2025
25.9 C
Beni
25.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 11

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

0

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन् ।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । “गोठमा गाईभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्”, पुनले भने । भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।

लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौँ, गुहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उनले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए । “म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु”, उनले भने ।

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको सङ्ख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उनले अनुभूति सुनाए । पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन् । हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् ।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ ।

“पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु”, रोकाले भने । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् ।

हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ । जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जौँ, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरुदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ । यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्याउने गर्छन् ।

यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए । “युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो”, वडाध्यक्ष रोकाले भने ।

चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग सङ्कलन गरिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ । यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशकपछि सडक स्तरोन्नति

0

ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।

मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्यो । तत्कालीन जिल्ला विकास समितिले रु १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०÷६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।

कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो । दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।

अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन् । पोहोर सालसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन् ।

उनले भने, “अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधैँ गाडीमा घाटमै पुग्न थालेका छन् ।”

निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको छ । स्थानीय महेन्द्र आचार्य सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको बताउँछन् । अव्यवस्थित रूपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उनको भनाइ छ । सडक स्तरोन्नतिपश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउँछन् ।

माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताए । पुस÷माघमा घाम ताप्न आँगनमा बस्दा धुलो उडेर एकैछिनमा फोहर बनाइदिने गरेको उनको भनाइ छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले बताए ।

उक्त सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा÷आशिष जेभीले जिम्मा पाएको थियो । रु सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । हालसम्म ६० प्रतिशत काम सकिएको उनको दाबी छ ।

“काम तीव्रगतिमा भएको छ, हामीहरूले योसँगै ढोडेनी र मूलपानी सडकको एकमुष्ट जिम्मा पाएका हौँ, जसका लागि रु ४९ करोड २१ लाखमा सम्झौता भएको छ, अहिले नाली निर्माण गर्ने, सडक फराकिलो बनाउने काम गरिरहेका छौँ”, इन्जिनियर शर्माले भने, “मौसमले साथ दिए यो महिनाभित्रमा निरयघाट सडक कालोपत्र गरिसक्ने छौँ ।”

सडकको सहजतापछि निरयघाटमा फेरि एकपटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रूपमा विकास गर्न सके निरयघाट क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्र्धन गर्न सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले बताए । निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उनको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उनी बताउँछन् ।“नदी छेउमा रहेको हुँदा निरयघाटमा मत्स्यपालनको सम्भावना छ, तरकारीखेती, एग्रो टुरिजम पनि राम्रो हुने सम्भावना देखेका छौँ, धार्मिक उद्यान बनाउने योजना छ”, प्रमुख श्रेष्ठले भने ।

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता 

0

म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा आयोजक मिडिया सोसाईटी तीनका विरुद्ध ६ गोल गर्दै विजेता बन्न सफल भयो । विजेता आयोजकलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटी अध्यक्ष अमित विश्वकर्मा र जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा चार गोल गर्न सफल आयोजक मिडिया सोसाईटीका सचिव राकेश शर्मा सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत हुनुभयो भने आयोजक टिमकै अर्का खेलाडी किरन कार्की उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत भए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले फुटसल प्रतियोगिताले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सहयोग पुग्ने बताए ।

उनले जिल्लाको सदरमुकाम बेनी खुल्लामञ्च सहित खेलकुद पुर्वाधारलाई प्राथमिकता दिने बताए । फुटसल लगायत खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको प्रमुख आतिथि श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम र जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले वार्षिकोत्सवको अवसरमा मिडिया सोसाईटीलाई शुभकामना ब्यक्त गरेका थिए । मिडिया सोसाईटी अध्यक्ष विश्वकर्माले संस्थाले स्थापनाकालदेखि नै जिल्ला स्थित संचालित सञ्चारमाध्यमको सवलीकरण र प्रवद्र्धनका लागि काम गर्दै आइरहेको बताए ।

पत्रकार तथा सञ्चारकर्मीबीच एकआपसमा सद्भाव बढाउन र फुटसल खेलको प्रवद्र्धनमा टेवा पुयाउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उनको भनाई थियो । मिडिया सोसाईटी सचिव राकेश शर्माले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष साधन राम्जालीले स्वागत मन्तव्य राख्नुभएको थियो । मिडिया सोसाईटी विक्रम संवत् २०७४ सालमा स्थापना भएको हो ।

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

0

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।

पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।

गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उहाँको भनाइ छ ।

ऋषि प्रपन्नचार्यले भन्नुभयो, “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”

त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

गैँडाकोटबाट घुम्न आउनुभएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताउनुभयो । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाउनुभयो ।

नवलपरासीबाट घुम्न आउनुभएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाउनुभयो । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उहाँको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाउनुभयो । रासस

सम्राट भण्डारी भलिबल खेल्न अस्ट्रेलियामा

0

म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेका सम्राट भण्डारी भलिबल खेल्न अस्ट्रेलियामा गएका छन् । नेपाली राष्टिय भलिवल टिमका सदस्य तथा त्रिभुवन आर्मी क्लवमा आवद्ध भण्डारी सिड्नीमा स्थापना भएको पर्वत बेनी युनाइटेड बाट तेस्रो गलकोट कपमा खेल्नुहुने सचिव नविन केसीले बताए ।

आइतबार सिड्नीस्थित अर्वन बास्केटबल सेन्टरमा हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताका लागि नेपालबाट आएका भण्डारीलाई क्लबले शनिबार सिड्नीमा स्वागत गरिएको हो ।

भलिबल खेलाडी भण्डारीलाई पर्वत बेनी युनाइटेडका अध्यक्ष रबिन्द्र कँडेल,बरुवाल स्कूल अफ ड्राइभिङ र मेक्स एजुकेशन तथा भिसा सर्भिसले एकबर्षसम्मका लागि स्पोन्सर गरेको छ ।

तेस्रो गल्कोट कपको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ । पछिल्लो समय म्याग्दीबाट अस्ट्रेलियामा गएकाहरुले स्थापना गरेको मोना, म्याग्दीकाली यूनाइटेड,म्याग्दी जलजला परिवार सहित विभिन्न संस्थाले नेपालमा चलेका राष्ट्रिय खेलाडीलाई अस्ट्रेलियामा हुने चर्चित खेलका लागि अनुबन्धन गर्ने गरेको छ ।

घर नजिकको रुखमै विद्युतको तार, स्थानीयबासीमा त्रसित

0

म्याग्दीको बेनी नगरपालिका–१,बेलबोटमा हाइटेन्सन लाइनबाट प्रवाह भइरहेको करेन्ट लगेर स्थानीय १६ बर्षिया शिव थापाको ज्यान गयो । मृतक थापाले घर नजिकै रहेका शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभीए प्रशारण लाइनको करेन्ट प्रवाह हुने नाङ्गो तारमा छुदाँ गम्भीर घाइते भए । उपचारको क्रममा छिमेकी बागलुङ जिल्लास्थित धौलागिरी प्रादेशिक अस्पताल बागलुङका चिकित्सकले मृत घोषित गरेका थिए ।

पर्वतको जलजला गाउँपालिकाको फर्सेस्थित शिव माविका विद्यार्थी समेत रहेका शिबको मृत्युले गाउँ शोकमा डुबेको छ। मृतक शिबका आफन्त रमेश थापाले विद्युत प्राधिकरणलाई पटकपटक घरसँगै जोडिएका विद्युतको तार हटाउन हारगुहार गरेपनि सुनुवाई नभएको गुनासो गरे ।

‘घर आसपासका रुखमा प्रसारण लाइनको तारले छोएको छ, बर्षेनी पशुचौपायाको मर्छन, मानवीय क्षतीका कारण बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको छ’ थापाले भने । उनका अनुसार तिब्र हावाहुरीमा प्रसारण लाइनको तार चुँडिएर त्रासले स्थानीयबासीले घर छोड्न बाध्य छन् ।

बस्तीमाथिबाट हाइ भोल्ट करेन्ट प्रवाह नगर्न स्थानीयहरुले बारम्बार ध्यानाकर्षण गराएपनि प्राधिकरणले सुनुवाइ नभएको स्थानीय राजेन्द्र सापकोटाले बताए । यसअगाडी मृतक शिवका बुबा सुरिन थापा सहितको टोलीले समेत विद्युत प्राधिकरणमा घरसँगे जोडिएका तार आसपासका रुख कटान गर्न तथा बस्तीलाई सुरक्षित बनाउन अनुरोध गरेका थिए ।

प्राधिरणका कर्मचारीले तारसँगै जोडिएका केही रुख कटान गरेपनि थप कटानका लागि समेत स्थानीयले माग गरेका छन् । बेलबोट क्षेत्रका घरको धुरी हाइटेन्सन लाइन नजिक छ ।

वस्तीमाथिकै प्रसारण लाइनबाट हाइल्टेभोज करेन्ट प्रवाह हुदाँ बेनपा–१ सारेमारे, बेलबोट तथा बागलुङ नगरपालिका–४, ढोडेनीका २० घरधुरी जोखिममा परेका छन्। ‘घरमाथीका हाईटेन्सन लाइनलाई जतिसक्दो छिटो हटाउनुपर्छ, अब हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ’ स्थाानीयबासीले भने ।

हाईटेन्सन लाइनबाट खेतबारीमा जोत्दाजोत्दै करेन्ट प्रवाह भएर पशुचौपाया मर्ने, खरबारी तथा घर आसपासका क्षेत्रमा समेत आवतजावत गर्दा ज्यानको जोखिम रहेको भन्दै जनप्रतिनिधिलाई समेत समस्या समाधानका लागि माग गरेका छन् । पछिल्लो समय विद्युतको करेन्टका कारण मृत्यु घाइते हुने, घर आगलागी हुने घटनासमेत बढिरहेका छन् ।

विद्युत प्राधिकरणको लापरबाहीले रुखमै करेन्ट १८ बर्षिय थापाको मृत्यु

0

म्याग्दीको बेनी नगरपालिका–१,बेलबोटमा हाइटेन्सन लाइनबाट प्रवाह भइरहेको करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । शुक्रबार अपराह्न बेलबोट स्थित शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा १६ बर्षिया शिव थापाको नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई ज्यान गएको हो ।

घरबाट करिब ५ सय मिटर टाढा घाँस काट्ने क्रममा तेत्तिस हजार भोल्टको करेन्ट प्रवाह हुने नाङ्गो तारमा छुदाँ अचेत भएका थापाको उपचारको क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको आफन्त रमेश थापाले बताउनुभयो ।

‘हरियो रुखमै विद्युतको तार छ, हटाउन पटकपटक अनुरोध गर्दा समेत विद्युत प्राधिकरणले चासो देखाएन’ मृतकका आफन्त थापाले भन्नुभयो । बस्ती आसपासका क्षेत्रका रहेका रुखमा विद्युत प्रशारण लाइनबाट करेन्ट प्रवाह हुदाँ विगतमा पनि पशुचौपाया मरेका थिए ।

घरसँगै जोडिएको नाङ्गो विद्युत लाइनका कारण बेनपा वडा नं १ सारेमारे,बेलबोट र बागलुङ नगरपालिका–४, ढोडेनी बस्तीका सर्वसाधारण त्रसित छन् । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको तारले छोएको छ भने खेतबारीमा जोत्दा समेत करेन्ट प्रवाह हुने गरेको छ। स्थानीयबासीले विद्युत प्राधिकरणबाट तत्काल थप क्षती हुन नदिने गरी तार आसपासका रुख कटान गर्न माग गरेका छन् ।

पोखरा जान्छु भनेर हिंडेका बेनीका सतिश श्रेष्ठ ७ दिनदेखि बेपत्ता

0

म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि बेपत्ता रहेका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक अगाडी देखिएको दाई शैलेश श्रेष्ठले बताए । ‘‘घरबाट निस्किएपछि सम्र्पकविहिन छन्, हामीले खोजीकार्य तिब्र बनाएका छौ’’ दाई श्रेष्ठले भने ।

आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गर्दा समेत कही कतै नभेटेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सहयोगको अनुरोध गरेको श्रेष्ठको भनाई छ ।

घरबाट ट्याक्सीमा पोखरासम्म पुगेको र बैशाख १ गते होटल आसपासमा देखेको प्रत्यक्षदर्शीले बताएको पारिवारिक स्रोतले जनाएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक समेत रहेका सतिश सम्पर्कविहीन भएपछि प्रहरीमा जानकारी गराइएको थियो ।

बेपत्ता भएको सात दिनसम्म पनि कुनै जानकारी नआएपछि शनिबारदेखि परिवारजनले खोजीकार्य गरिदिन आम समुदायलाई अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमार्फत हुलिया सहित विभिन्न क्षेत्रमा खोजीकार्य भइरहेको जनाइएको छ ।

कोरलामा व्यापारिक चहलपहल बढ्यो

0
नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् ।
विसं २०८० को कात्तिक २७ गतेदेखि नेपाल-चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताउनुभयो ।
कोरलानाका अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उहाँको भनाइ छ ।
उहाँले आफू पनि यहाँ व्यापार गर्न स्टल थापेर बसेको बताउनुभयो । दुई महिनादेखि कोरलापासमा व्यापार गर्न बसेका पासाङले चिनियाँ व्यापार सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।
दैनिक बिहान ९ बजे कोरलानाकाको तिब्बती भूमि लिग्चेमा पुगेर चिनियाँ सामान किनेर दिउँसो २ बजे फर्किने गरेका लोमान्थाङ-१ छोसेरकी लाक्पाछेसुङ गुरुङले उल्लेख गर्नुभयो । चीनले बिहान ९ बजे चीनतर्फको नाका छिरेर दिउँसो २ बजेपछि मात्रै फर्किने नियम रहेको उहाँले जानकारी दिनुभयो । दजगजा क्षेत्रबाट चीनको भूमि लिग्चेसम्मको करिब ३०० मिटर दूरी रहेको भन्दै त्यहाँबाट आफैँले बोकेर सामान ल्याउनुपर्ने उहाँले सुनाउनुभयो ।
गुरुङले चीनको नाका प्रवेश गरेर जान सरकारले वितरण गरेको सीमापार पास देखाएर मात्रै जान पाइने उल्लेख गर्नुभयो ।
गुरुङले कोरलानाकामा नेपाली पर्यटक आउने क्रम बढ्दै जान थालेको बताउनुभयो । नाका खुलेपछि बर्खायामभरि नाकामा त्रिपालमुनि बसेर दिउँसो चिनियाँ सामग्रीको पसल चलाएको बताउँदै उहाँले हिउँदयाममा चिसो हुन्छ, पर्यटक पनि आउँदैनन्, यसैले जाडो महिनामा पोखरा झरेर व्यापार गर्ने गरेको उल्लेख गर्नुभयो ।
कोरलानाकामा बसेर व्यापार गर्न उत्तिकै चुनौतीपूर्ण छ । पठार सुक्खा अग्लो स्थानमा लामो समय बसेर व्यापार गर्दा लेक लाग्ने समस्या हुने गुरुङले बताउनुभयो । नाका अवलोकनका लागि पुगेका कतिपय पर्यटकलाई लेक लागेर बिरामी हुने गरेका बताउँदै सरकारले कोरलानाका खुलाए पनि आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ बसेका व्यापारी तथा पर्यटकलाई स्वास्थ्यमा समस्या हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।
नाकामा खानेपानी र भरपर्दो शौचालय नहुँदा व्यापारी तथा पर्यटकले सास्ती भोग्नु परेको व्यापारीहरू बताउँछन् । नाकामा व्यापार गर्न बसेका व्यापारीलाई चीन सरकारले खानेपानीको सुविधा उपलब्ध गराएको गुरुङले जानकारी दिनुभयो ।
कोरलानाकामा कमजोर संरचनाको अस्थायी शौचालय निर्माण गरिए पनि त्यो भरपर्दो नभएको व्यापारीहरू सुनाउँछन् । नाकामा चीनको सामान ल्याएर बिक्री गर्ने स्थान रहे पनि खुल्ला पठारमा स्टल राख्दा हावा, धुवाँ र धुलोको समस्याले स्वास्थ्य समस्या हुने गरेको उहाँहरूको भनाइ छ । पर्यटकले जथाभावी फोहोर फाल्ने तथा व्यापारी फोहोर व्यवस्थापन गर्न नसक्दा सीमानाका दुर्गन्धित तथा प्रदूषित बन्ने गरेको छ ।
नाका खुलेको डेढ वर्ष पुग्दा गत पुसदेखि न्हेचुङ भन्सार कार्यालयले राजस्व सङ्कलन गर्न छाडेको छ । केही महिनाअघि उपल्लो मुस्ताङका एक व्यक्तिले अवैध रूपमा ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’ आयात गरेपछि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो । त्यसपछि भन्सार कार्यालयले चीनबाट सामान ल्याएर बिक्रीवितरण गर्ने कार्यलाई प्रतिबन्ध गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट सामान ल्याएर बिक्री गर्ने कार्यमा परेको कानुनी जटिलता र अप्ठ्याराहरूको समाधान खोज्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।।

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

0

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न बागलुङ नगरपालिका-४ ढोडेनी बस्ने सुरेन थापा मगरका छोरा १७ वर्षीय शिव थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरदेखि पाँच सय मिटर टाढा म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ बेलबोट स्थित शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगा नजिकै रहेको तेत्तिस हजार के.बि.प्रसारण लाईनको नाङ्गो तारमा छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लगोर गम्भीर घाईते भएका उनलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

error: Content is protected !!