Wednesday, April 30, 2025
17.2 C
Beni
17.2 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 9

शिक्षक आन्दोलनको २० औं दिन जारी : माग पूरा भएपछि विद्यालयमा फर्किने

0

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका छन्। जसका कारण अनामनगर,थापागाउँ, बानेश्वरलगायत क्षेत्रमा सडक अस्तव्यस्त बनेको छ।

सडक अवरुद्ध हुँदा दैनिक कार्यालय जाने कर्मचारीसहित स्कुल,कलेजका विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका छन् । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ भने शैक्षिक गतिविधि पनि ठप्प भएको छ ।

चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौं आएका छन्। २० दिनदेखि शिक्षक सडकमा छन्। उनीहरू चैत २५ देखि शैक्षिक हड्तालमा छन्। शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहे पनि आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात प्रभावित छ।

आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने,प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने,उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन्।शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ। जसले गर्दा कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ।

वैशाख २ गतेबाट नयाँ भर्ना सुरुवात हुनु प्रणाली रहँदै आएको छ। तर,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना प्रभावित भएको छ। यसैगरी एसईईको नतिजा प्रकाशनमा पनि ढिलाइको सम्भावना देखिएको छ। एसईईको उत्तरपुस्तिका जाँच गर्ने शिक्षक जति आन्दोलनमा छन्। जसले गर्दा एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने सम्भावना बढेर गएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

0

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।  भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । भट्टराईले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको बताइएको छ।

विभिन्न माग राखेर शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। मन्त्रालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि शिक्षकहरू नआएको भट्टराईले बताउँदै आएकी थिइन्। सोमबार नै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन्।

शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेको २०औं दिनमा शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । नेकपा (एमाले) का एक नेताका अनुसार, मन्त्री भट्टराई स्वास्थ्यलाई कारण देखाउँदै यसअघि नै राजीनामा दिने मनस्थितिमा पुगेकी थिइन् । तर पछिल्लो समय शिक्षक आन्दोलन र त्यसबाट निम्तिएको शैक्षिक अवस्थाका कारण भट्टराईले बढी तनाव महसुस गर्दै आएकी थिइन् ।

सरकारसँग भएका बारम्बारका वार्ता निष्कर्षमा पुग्न सकिरहेको थिएन । शैक्षिक कार्यक्रम नै ठप्प पारेर शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् । उनीहरुले दैनिकजसो माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन् ।

म्याग्दीका निजामति कर्मचारीले ११ बुँदे मागपत्र बुझाए

0

म्याग्दीमा कार्यरत निजामती कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसद सचिवालयमा विभिन्न ११ बुँदे मागपत्र बुझाएका छन् ।

संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले प्रजिअ गुरुदत्त ढकालमार्फत सभामुख देवराज घिमिरेलाई कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका हुन् । संघीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित संघर्ष थालेका निजामती कर्मचारी आवद्ध संघ संगठनले ११ बुँदे मागबाट ध्यानाकर्षण गराएको नेपाल निजामति कर्मचारी यूनियनका सभापति सुमन सुवेदीले बताउनुभयो ।

नेपाल निजामति कर्मचारी संगठनका म्याग्दीका अध्यक्ष सोमबहादुर केसी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष त्रिबिक्रम शर्मा संघीय ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको ऐन निर्माण गर्दा विगतमा पेश गरिएका ८५ बुँदे माग, २०७८ माघ १२ गते सर्वोच्च अदालतले संघीय निजामती सेवा निर्माण गर्दा पालन गर्नु पर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच २०८० असोज २७ गते भएको सम्झौतामा उल्लेख भएका मागहरू समावेश गर्न पुनः संवाद गरी विधेयक समितिको सुझावसहित प्रतिनिधिसभाको प्रथम बैठकभन्दा अगावै पेश गर्ने लगायत रहेको छ ।

मागहरुलाई सरकार र संसद उदासिन भई सुनुवाइ नगरे संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने समेत कर्मचारीले चेतावनी दिएका छन् ।

 

गण्डकीमा ६ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

0

नयाँ शैक्षिक सत्र सुरु भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो।

कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए।

‘माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ,’ उनले भने। प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ। पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए।

शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उनको भनाइ छ। कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो। रासस

उपल्लो मुस्ताङमा लेक लागेका इटालियन पर्यटकको उद्धार

0

उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ।

इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो।

समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पुर्‍याउने गरी उद्धार गरिएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए।

लोमान्थाङ गाउँपालिकाले इटालियन पुरुष नागरिक पिन्टोको उद्धारका लागि अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोममा पु¥याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे। उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ५०० डलर खर्च गरेर १० दिनको प्रवेशाज्ञा लिई त्यहाँ पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याका कारण श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने समस्या देखिएकाले तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए।

उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई लेक लाग्ने समस्याले बिरामी परेको यो नै पहिलो घटना भएको उनको भनाइ छ। उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो। प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

मुस्ताङको जोमसोम हुँदै अर्को दुईजना फ्रान्सेली नागरिक र तीनजना पथप्रदर्शक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका इटालियन नागरिक पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो। हिमाली जिल्ला मुस्ताङमा विसं २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए।

यस्तै, विसं २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए। पर्वतीय क्षेत्रको उच्चस्थानमा पर्यटकहरूले यात्रा क्रममा विश्राम नगरी यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ। विशेषगरी उमेर पुगेका ज्येष्ठ नागरिक र दीर्घरोगका बिरामीहरूलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको छ। रासस

शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

0

सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयकाे भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् ।

यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसाे १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।

सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।

यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गर्नुभएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च : तोलाकाे एक लाख ९१ हजार रुपैयाँ पुग्यो

0

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

टुन्डी पावरमा बेहोस भएका बाराका चौधरीको मृत्यु

0
Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ बर्षिय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस भई ढलेका थिए ।

उपचारका क्रममा बेनी अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलका अनु्सार आइतबार साढे चार बजे चिकित्सकले मृत घोषित गरेको बताए । मृतक चौधरी टुन्डीमा मेकानिकलको रुपमा कार्यरत थिए ।

यसैबीच टुन्डी पावर कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका छन् ।

टुन्डी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् ।

यसकारण हिमाली याकचौँरीपालन सङ्कटमा

0

यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ । उनको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताए। सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ।

“सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उनले भने, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।” जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् ।

याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ । थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् ।

पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाककाे रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् । थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ ।

बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिए।

याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ । पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो । हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् ।

याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ ।

एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।

डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई

0

म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुखुबेशी टिमलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आयोजक जेपीसीले एक लाख पचास हजार रुपैयाँ पुरस्कार राशिको उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार रुपैयाँ र ८० हजार रुपैयाँ प्रदान गरिएको क्लवका अध्यक्ष कुशल घर्तीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका-६ का वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, क्लवका संस्थापक अध्यक्ष दोरण शेरचनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । नव वर्ष २०८२ को अवसरमा वैशाख २ देखि शनिबारसम्म दरवाङमा सञ्चालन भएको प्रतियोगितामा २५ टिमको सहभागिता थियो ।

अनुशासित बिकु फ्यामिली, सेमीफाइनलबाट बाहिरिएका निस्कोट बेशी र एभरग्रिन युवा क्लवले १०÷१० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उत्कृष्ट खेलाडी घोषित दुखुका दिपेश जुग्जालीले छ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । जेपीसीका अन्जन खत्री उत्कृष्ट गोलरक्षक, डिफेन्डर जेपिसीका क्षितिज जिटी र सर्वाधिक गोलकर्ता निस्कोट बेशीका भुवन घर्तीलाई पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

error: Content is protected !!