कुनै न कुनै समयमा मानिसको खुट्टा फर्किने गर्दछ । खुट्टा फर्किदा मानिसलाई असहृय पिडा हुन्छ । खुट्टा फर्केको समयमा मानिस एक हिसावले अपांगजस्तै हुन्छन् र हिड्न सक्दैनन् । दैनिक कामकाज गरिरहेका आम मानिस यस समस्यावाट ग्रसित वनेका छन् । कम्मरभन्दा तल मानव शरीरका मशलहरुले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्कनु हो ।
किन फर्किन्छन् त खुट्टा सवैलाई जिज्ञासा हुन सक्छ । जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीका अनुसार मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ । ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा वसेर यसको उपचार गर्न सकिने डाक्टर केसीले जानकारी दिनुभयो ।’
अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै संकेत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उहाँको भनाई छ । एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखी २० मिनेटमा यथास्थानमा जाने गर्दछ । खुट्टा फर्किने समस्या समाधान हुन्छ ।
चिकित्सकहरुका अनुसार महिनामा एक/दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युक्त हुन्छ । यस समस्यावाट छुटकारा पाउनका लागि आरामदायि वसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागसव्जी, प्रशस्त पानी, दुध उमालेर पिउने र स्याउ खानुपर्ने हुन्छ । त्यस्ता खाध्यपदार्थवाट मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन प्राप्त हुने हुंदा खुट्टा फर्किने समस्या कमी हुने गर्दछ ।
योङ्ग ब्वाइज नेटवर्क म्याग्दीको आयोजनामा आइतबार बेनी अस्पताल म्याग्दीमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको शिध्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुलाई मौसम अनुकुल हुनेगरी विभिन्न प्रकारका फलफुलहरु वितरण गरिएको हो । अस्पतालको इन्डोर तथा आकस्मिक कक्षमा उपचाररत विभिन्न ३५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको योङ्ग ब्वाइज नेटवर्कले जनाएको छ ।
फलफुल वितरण कार्यक्रममा बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपाने, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष दिपक पौडेल, सिविन नेपाल जिल्ला प्रमुख प्रेम सोङमेन, नेटवर्क अध्यक्ष थमप्रसाद आचार्य लगायतले फलफुल वितरण गरेका थिए । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यसहित सिविन नेपालको सहयोगमा नेटवर्क गठन गरिएको थियो । नेटवर्कले जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
Date: 1965-11-14
Location: Malaj, Myagdi
Description: Beni bazaar as seen from Malaj trail.
(डा. लाल रापचा) पृष्ठभूमि
मैले आफ्नो कर्मथलो बेनी बजार, म्याग्दीप्रतिको कर्तव्य एवं उत्तरदायित्व ठानेर ‘बेनी बजारको भविष्य’ शीर्षकमा एक संवादलेख लेखेको थिएँ । सो लेख २१ भदौमा यसै दैनिकको पश्चिमेली मन्चमा प्रकाशित भएको थियो । लेख प्रकाशन भए लगत्तै बेनी अनलाइनका सम्पादक हरि गौतमले सं. २०२२ सालमा अमेरिकी विद्वान डा. वेन स्टिन्सनले खिचेको ‘सम्झना विर्सना…’ शीर्षकमा बेनी अनलाइनमा दुईवटा तस्विर अपलोड गर्नुभयो ।
ती दुई तस्विरमा उहिलेको बेनी देखेर म अत्यन्तै भावुक र नोस्टाल्जिक भएँ । अर्को अर्थमा भन्ने हो भने उहिले र अहिलेको बेनीलाई तुलना गर्दा मर्माहित हुनपुगें । स्नातक कक्षामा अनुसन्धान विधि सम्वन्धि बहस छेड्दा तुलनात्मक विधिको उदाहरणमा बेनीलाई नै प्रस्तुत गरें ।
समुद्री ज्वारभाटाभैं प्रश्न उर्लिन थाले—उहिले उहिले सुनजस्तै धान र कोदोको बाला झुल्ने बेनीको त्यस्तो खेतवारी कसरी विनाश हुन पुग्यो ? बदाम फल्ने बदामे लहराका फाँटहरू कता विलाए ? त्यस समयमा बनेका बढीमा ३०–३५ अर्गानिक खर र स्लेटका छाना भएका प्राकृतिक एसीयुक्त घरहरू कता अस्ताए होलान् ? ५२ बर्षको अन्तरालमै अर्नानिक बेनीको नक्शा कसरी परिवर्तन भयो होला र देखिन थाले सिमेन्टका कङ्क्रिटका बाफिला जङ्गलहरू ? यस्तै विलय एवं विनाशका सवालहरूको घनचक्करमा झल्याँस्सै व्युतदै—त्यही उहिलेकै तस्विरमा डा. स्टिन्सनसँगै उभिएर फोटो खिचाउने ६ जना व्यक्तित्वहरू खोजेर अन्तर्वाता लिने निष्कर्षमा पुगें ।
बेनी बजारकै सबैभन्दा अग्रज व्यक्तित्वहरू खोज्दै भौंतारिने क्रममा भूपू माननीय बलमान चोचाङ्गी पुन (ज. १९७७ सं.) सँग भेट हुनपुग्यो रेशमान पुनको सौजन्यमा । म्याग्दी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख म्याडम रेखा रेग्मी (ज. २०३५ सं.) लाई आपैंmले फोन सम्पर्क गरें । भेटमा त्यो फोटो बारे सोधनी गर्दा म्याडमबाट के पत्ता लाग्यो भने ६ जनामध्ये १ जना व्यक्तित्व अंगत श्रेष्ठ हुनुहुन्छ ।
Date: 1965-11-14 Location: Malaj, Myagdi Description: Beni bazaar as seen from Malaj trail.
शिवकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ र रमेश गिरीहरूबाट पनि सोही कुरोको निश्चित भएपछि सैलेश श्रेष्ठको सौजन्यमा अंगत श्रेष्ठ (ज. १९९८ सं.) सँग पनि अन्तर्वाता लिने काम फत्ते भयो । स्व. कवि भूपि शेरचनका पिताश्री स्व. योगेन्द्रमान शेरचनको बारेमा पनि केही धमिलो जानकारी प्राप्त भयो ।
हालको बेनी बजारको विगत खोतल्ने मेसोमा सबैभन्दा पहिले प्राप्त भएको घर भनेकै थकाली बज्यैको रहेछ । त्यतिखेर आदि(मूल)वासीहरूको अर्गानिक आवास परिपाटीलाई “थकाली ढुङ्गेपाली” भनिने चलन थिएछ । उनी सुन्दरमानकी जिजुबज्यै थिईछन् । बाइसे–चौविसे ढोलथानी डिम्मु महाराजको समयतिर र ढुङ्गेपालीको समयउसो बेनीको इतिहास मात्रै २ सय बर्षको हाराहारीमा पाइन्छ । पर्वत राज्यको इतिहास लामो भएपनि त्यसको खोज यस पूरक लेखको धेय नभएकोले यहाँ बेनी बजारकै जोखिमपूर्ण संरचना, विनाश एवं समाधानमा केन्द्रित छ ।
रेखा म्याडमले थाहा पाउँदासम्म पनि अहिले सिमेन्टका कङ्क्रिट बाफिला जङ्गलहरू उम्रनु भन्दा पहिले बेनी काली–म्याग्दीको वगर, खोल्सो र खेत थियो । स्थानीय पत्थरका धुवाँधुलोरहित बाटाघाटा र वरपिपलका चौतारी थिए—प्रेमिल चौतारीजस्तै । शिवकुमार श्रेष्ठहरूले थाहा पाउँदासम्म पनि कालीगण्डकी किनारा छेउ प्रकाश माविको खाली चौरमा वीरेन्द्र शिल्ड खेलाइन्थ्यो । त्यो खुला चौरमा आज कालीगण्डकी बग्ने गर्दछ । सं. २०१४ र २०१८ को बाढीले वीरेन्द्र शिल्ड खेल्ने चौरलाई स्वात्तै निलेको थियो ।
अन्य स्थानमा खुला मन्चको एक टुक्रो बाहेक अब एक इन्च पनि खुला जमिन बाँकी छैन । मानव अतिक्रमणले आक्रान्त बेनी अब सिमेन्टका कङ्क्रिटयुक्त बाफिला एवं जोखिपूर्ण जङ्गल मात्रै हो । यहाँका कार्यालयहरू भित्र कृत्रिम पंखा नलगाई बेनीवासी एक सेकेण्ड पनि बाँच्न धौधौ मान्ने गर्दछन् ।
त्यती मात्रै नभएर मेरो अनुमानमा केही दशक पछि सं. २०७२ मा राखु भगवतीस्थित बैसरी बजारलाई जस्तै प्रकृतिको क्षयीकरणले बेनीलाई पहिलेकै अवस्था वा वगरमा फर्काइ दिनसक्नेछ । प्रकृतिको यस्तो प्रक्रियालाई व्याक टु जिरो सिद्धान्त भनिन्छ । अनुभवीहरूले बताए अनुसार नाली निर्माण हुनुभन्दा पहिले म्याग्दी बहुमुखी क्याम्पसको सेरोफेरोमा बाढीले त्यस्तै उधुम मच्चाएको थियो ।
प्रकृति र मानव निर्मित यस्ता विनाशबाट शिक्षा लिनुको साट्टो विकासको नाममा अन्धाधुन्धा प्रकृतिमातामाथि विवेकहीन शोषण र अतिक्रमण नै मानवीय दुःखका स्रोत हुन् भनी रहन परोइन । हामीले आज खेपिरहेको दुःख नै त्यही हो—राजधानी शहर होस् वा तराई–पहाडमा । उहिलेको बेनी विनाशको अर्को मूल कारक तत्व भनेको पश्चिमा ढाँचाको आरसीयुपि (रिसोर्स कन्जरभेसन याण्ड युटिलाइजेसन प्रोजेक्ट) थियो ।
सं. २०३१ तिर सन्चालित त्यो परियोजनाले जनमानसमा कङ्क्रिट भौतिक संरचनाको नाममा अन्ध पुँजीवादी र उपभोक्तावादी सोचलाई पक्षपोषण ग¥यो । बेनीमा अनावश्यक कोरा पूँजी र वियरको दुरुपयोग त्यसै कालबाट प्रारम्भ भएको थियो । विकास भनेकै सिमेन्टका बाफिलो एवं जोखिपूर्ण कङ्क्रिटयुक्त जङ्गल मात्रै हो । प्रतिष्ठा हो । मान साथै शान हो ।
त्यही भएर होला बेलायतदेखिको तलब र पेन्सन वा खाडीको रेमिटेन्सवालासम्मले बेनी बजारमा ३ करोडको कृषि पैदावर उद्योग खोल्नुको साटो सिमेन्टको कङ्क्रिटमै मरिहत्ते गरेका हुँदाहुन् । यस्तो गलत सोचले हाम्रा भावी सन्ततिको भविष्य जोखिममा धेकेलेको निर्विवाद छ । जोखिम न्युनीकरणमा हाम्रो प्रयास हामी जोकोहीले पनि आवास संरचना बनाउनु वा वस्ती बसाउनु अघि लिनु पर्ने शिक्षा भनेको सम्वन्धित भूगोल र भूगर्वको गहिरो ज्ञान हो ।
हामीलाई सं. २०७२ को भूकम्पले पनि त्यही पाठ सिकाएको छ र कुरो उठेको छ निर्माण पहिले माटो परीक्षणको । हाम्रो जस्तो भूगोलमा खोला तथा नदी किनारामा वस्ती बसाउनु कुनै पनि हिसावले वैज्ञानिक र न्यायसंगत छैन । म्याग्दीमै पनि बैसरी बजारको व्याक टु जिरो त्यही शिक्षा हो । बेनी बजारले त्यो प्रकोप वा विपतको तयारी आजै नगरे भोलि ढिला हुनसक्छ । वाढी प्रकोपबाट जोगिन खोला वा नदी किनारालाई अतिक्रमण गर्ने काम रोक्नु नै वुद्धिमानी ठहर्छ ।
बेनी बजार पनि भौगोलिक विनाश अति जोखिम क्षेत्रमा पर्दछ ।
बेनीको मात्रै नभएर नेपालकै पहाड र हिमालयको निर्माण टिबेटन र इण्डियन प्ल्याटोको अन्तरघर्षणबाट बनेको छ भन्ने वैज्ञानिक तथ्य छ । त्यसैले पनि नेपाल हिमालय र पहाडी क्षेत्र भूकम्पको उच्च जोखिम क्षेत्रमा पर्दछ । मल्लाज, पर्वतको भीरपहरा अत्यन्तै काँचो चट्टान र क्षययोग्य माटोले बनेको छ भन्ने कुरा सामान्य मान्छेको अवलोकनले पनि थाहा लाग्दछ ।
एकजुट भएर प्रयास गर्ने हो भने बाढीपहिरो र भू–क्षयीकरणलाई हामीले न्युनीकरण गर्न सक्नेछौं । जलवायु परिवर्तनको असरलाई पनि न्युनीकरण गर्न सक्नेछौं । त्यस्ता चाल्नै पर्ने कदमहरू हाम्रै विवेकमा निर्भर गर्दछन् । पहिलो, म्याग्दी बेनी र पर्वत बेनीका जोखिमपूर्ण किनाराहरूमा अबउसो गगनचुम्बी भवन ठड्याउने दुष्प्रयास नगरौं दुष्स्वप्न नदेखौं ।
किनभने काली–म्याग्दीका वारिपारी किनाराहरू न्युयोर्क सहरजस्तै भूगोल होइनन् गगनचुम्बी भवन ठड्याउने खालका । यसैगरी नदी र खोला किनाराहरूमा सडक खन्नु पनि अत्यन्तै जोखिमपूर्ण छ । दुवै बेनीका आफ्नो सीमा तथा व्यवधानहरू छन् । दुवै बेनी त्यस्तो जोखिमबाट मुक्त छँदै छैनन् । बेनपा त्यतातिर कडा नीति रवैयाका साथ कार्यान्वयनमा उत्रिओस् । यसमा नागरिकहरूको सझदारी तथा साथ आवश्यक हुन्छ । तराई, पहाड र हिमाल जहाँ भएपनि प्रकृति प्रकोपमा मानवीय क्षेती भईसकेपछि सरकारले सहयोग गरेन भन्नु अर्थहीन हुन्छ किनकि त्यसको उत्तरदायित्व असल नागरिक आपैंmले पनि लिनु जरुरी छ ।
बेनपाले आफ्नो दीर्घकालीन योजनामा काली–म्याग्दीको मुहानसम्मै पुगेर अतिक्रमण तथा भूक्षयीकरणलाई रोक्ने अभियान सफल बनाओस् । यस्तो अभियानको सिको देशभरि नै गर्न सकिनेछ ।
पहिरो र बाढी रोकथाम गर्न प्रत्यक नाङ्गो डाँडाकाँडा र पाखापखेरामा वृक्षारोपण गरी हरियाली वृद्धि गरौं र जथाभावी विकासको नाममा डोजर नचलाऔं । सो भन्दा पहिले त्यस्तो कुकार्यको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न÷गराउन नभुलौं । यस्तो आपतविपतसँग दैवको प्रत्यक्ष–अप्रत्यक्ष केही सरोकार हुँदैन ।
आफ्नो दुष्कार्यमा दैवलाई दोष लगाउने नकाम रोकौं र असल अभ्यास एवं कार्यमा सहभागी बनौं । फोस्रा भाषण बन्द गरी सुकर्ममा जुटौं । देशलाई फत्फताउनेको जमात होइन पौरखी हातहरूको खाँचो भएकोले पौरखमा जुटौं । कुरा कम काम बढी । धानको बाला झुल्ने २२ साले बेनी त अब फर्काउन असम्भव छ । तर सम्भव के पनि छ भने धानको बाला झुल्ने खेतवारीमा ठडिएका कङ्क्रिटका छातभरि, बरन्डाभरि हरियाली बढाउन सकिन्छ । फेरि बेनीलाई प्रकृतिको पूर्ण अवस्थामा फर्काउन भने सक्छौं । जे सक्छौं त्यो गरौं । हामीले धेरै नसके पनि आप्mनो घर–परिवारमा उत्पादन भएको फोहोरमैला आपैंm व्यवस्थापन गर्न सक्छौं । त्यो गरौं । व्यर्थैको भ्mयाली नपिटौं ।
निष्कर्ष
हामी बेनीवासीसँग असल नागरिक हुनुको अरू विकल्प केही छैन । यो धु्रवसत्य हो । पश्चिमा विचार र जीवनशैलीको मात्रै पिछलग्गु बन्ने कुकार्य रोकौं । केवल परनिर्भर नभई आत्मनिर्भर बन्न सिकौं । असल नागरिक हुँदै आत्मनिर्भर नागरिक बन्नुको पनि हामी म्याग्देलीसँग अर्को विकल्प छँदै छैन । ३०–३५ अर्गानिक खर र स्लेटबाट हजारौं संख्यामा बनेका अव्यवस्थित बाफिला कङ्क्रिट घरहरू अब नथप्दा नै राम्रो हुन्छ । संक्षेपमा घरमा आगो लागिसकेपछि कुवा खन्न शुरु गर्ने शताब्दिऔंको लोसेपनमा सुधार ल्याउनु पर्छ भन्ने नै बेनी विनाशको असल शिक्षा हो । यसलाई तपाइँ हामी सबैले ग्रहण गरौं । त्यसैमा हामी बेनी, म्याग्दीवासीको कल्याण छ ।
हिजोआज ढाड दुख्ने समस्या बढिरहेको छ। ढाड दुख्ने थुप्रै कारणहरु भए पनि मुख्य रुपमा हेर्दा तीनवटा छन्।
१.जीवनशैली
२.उमेर
३.हाड र जोर्नीका मांसपेसी कमजोर भएर
भिटामीन ‘बी–१२’, भिटामीन ‘डी–३’, क्याल्सियम जस्ता हाम्रो शरीरलाई चाहिने आवश्यक तत्वहरु कम हुँदा र मधुमेहका रोगीलाई ढाड दुख्ने समस्या हुन्छ। सहरी क्षेत्रको तथ्यांक हेर्ने हो भने दस जनामा सात जनालाई क्याल्सियम र ६० देखि ७० प्रतिशतमा क्याल्सियम र भिटामीन ‘डी ३’ दुवैको कमी देखिन्छ।
मांसपेशी कमजोर हुनाले जाडोमा ढाडले धेरै दुःख दिन्छ। कहिलेकाहीँ एक्कासी निहुरेर कुनै भारी सामान तान्दा वा उठाउँदा शरीरको सन्तुलन मिलेन भने पनि ढाड दुख्न सक्छ। यो सबको कारण मांसपेशी कमजोर हुनु र हड्डी खिइनु हो।
उपचार–
दुखाई कम गर्न डाक्टरको सल्लाहमा तुरुन्तै औषधी खानुका साथै पेटी प्रयोग गर्नुपर्छ।
दीर्घकालिन उपचार चाहिँ थेरापी हो जुन विद्युतीय मेसिन लगाएर गरिन्छ। यसले मांसपेसी बलियो बनाउँछ र दुखाइ कम गर्छ। थेरापी चिकित्सकको सल्लाहमा आफैं गर्न सकिन्छ।
यस्तो थेरापी दुई प्रकारको हुन्छ।
पहिलो भनेको ‘फिजिकल फिट्नेश’ का लागि हो जसले ढाडको समस्या आउने सम्भावना यसमा सामान्य खाले विधि सिकाइन्छ।
अर्को थेरापी बिरामीको समस्या हेरेर गरिन्छ। बिरामीको ढाड, घाँटी, हात, खुट्टा लगायत शरीरको कुन अंगमा समस्या छ, त्योअनुसार सिकाइन्छ। हड्डी खिइएको, नसा च्यापिएको जस्ता समस्याका निम्ति गरिने थेरापीको तरिका फरक–फरक हुन्छ। एउटा समस्याको थेरापी अर्कोका लागि गरियो भने झनै जटिल हुन्छ।
ढाड दुख्ने समस्या नभएकाले पनि मेरुदण्डको मांसपेसी बलियो बनाउन फिजियो थेरापिष्टसँग सल्लाह गरेर थेरापी गर्न सक्छन्।
सावधानी–
निहुरिने कामहरु कम गर्नुपर्छ। निहुरेरै काम गर्न बाध्य हुनेहरुले व्यायाम गर्नुपर्छ। ढाड दुखिरहेको छ भने उपचार गरेर मात्रै निहुरिएर काम गर्नुपर्छ। निहुरिएर काम गर्नुको साटो टुक्रुक्क बस्नुपर्छ।
एकै पटक भारी सामान उचाल्न र धेरै समय उभिन हुँदैन। कतिपय अवस्थामा योग, व्यायाम गर्ने, खेल्ने, हिँडडुल गर्नेको पनि ढाड दुख्छ। यस्तो बेलामा खास समस्या पहिचान गरेर थेरापी गर्नुपर्छ।
थेरापी गर्नेहरु बढ्दै–
पछिल्ला दिनमा ढाड दुख्ने समस्यासँगै थेरापी गर्नेको संख्या बढेको छ। मान्छेले थेरापी गर्नुपर्छ भन्ने बुझ्दै गएका छन् र थेरापी गराइने ठाउँहरु पनि धेरै भएका छन्। चिकित्सकले पनि थेरापीको लागि सिफारिस गर्दै आएका छन्।
सिविन नेपाल म्याग्दीको छाता संस्था योङ्ग ब्वाइज नेटवर्क म्याग्दी गठन भएको छ । युवाहरु सहभागी नेटवर्कले सामाजिक क्षेत्रमा काम गर्ने योजनासहित शनिबार बेनीमा सम्पन्न युवाहरुको भेलाले थमप्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सन्दिप शर्मा रिजाल, सचिवमा रोशन परियार, कोषाध्यक्षमा सुशन बराईली र सह–सचिवमा अमर छन्त्याल रहेका छन् । सदस्यहरुमा नविन पुन, नारायणप्रसाद पौडेल, भूमिराज शर्मा, रुपेश पूर्जा, आत्माराम सुवेदी र मेखप्रसाद पुन मगर रहेका छन् ।पछि थप दुईजना मनोनित गरिने समितिका उपाध्यक्ष सन्दिप शर्मा रिजालले बताए । यसैगरी आइतबार योङ्ग ब्वाइज नेटवर्कले जिल्ला अस्पतालमा फलफुल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
आजभोलि हामी सबैको भान्सामा प्याज नभई हुँदैन । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।
काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ ।काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ ।काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ । नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।
प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।
प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् ।
यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् । लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ ।
यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पु¥याउँने काम गर्छ । यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।
यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।स्वास्थ्य खबरपत्रिका
खुट्टा सुन्निनु एउटा साधारण समस्या हो । यसको कारण अति सरलदेखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ । खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ । औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गा¥हो हुन सक्छ । जुत्ता लगाउँदा गा¥हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ ।
एउटा खुट्टा सुन्निए पछि के गर्ने
सामान्यतया दुइटै खुट्टा सुन्निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ । यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।
खुट्टा सुन्निने के के कारण हुन सक्छन् ?
खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् । मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।
कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड आदि । यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन । औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ ।
मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने ?
मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ । तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ । मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ । बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ । खुट्टा सँगसँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ । त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ ।
खुट्टामा सुन्न्निएको कम गर्न अरु के गर्न सकिन्छ ?
गुरुत्वाकर्षणको कारणले खुट्टाको रक्तनलीमा दबाब हुन्छ । त्यसैले खुट्टामा सुन्निने संभावना बढी हुन्छ । तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा एउटा खुुट्टालाई सिरानीको माथि राख्नु राम्रो हुन्छ । यसबाट खुट्टा सुन्निएको कम हुन्छ ।
खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन । यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ ।
खुट्टा सुन्नियो भने कसलाई जँचाउने
खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुनु) नहुनुलाई जटिल समस्याको रुपमा मानिदैन । तर, माथि लेखेको कुनै समस्या पनि खुट्टा सुन्निने सँगै छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ । यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ । स्वास्थ्य खबरपत्रिका
पर्वतको गाउँबस्तीमा कार्यक्रमहरूमा आफ्नो गीत प्रस्तुत गर्दा धेरैले बाल्यकालमै गीता पाईजालाई एउटा सफल गायिका बन्ने बताउँथे । कलिलै उमेरमा धौलागिरि अञ्चलमा चल्ने मगर समुदायको पुख्यौंली गीतहरू, यानीमाया, ख्याली जस्ता लोपउन्मुख गीतहरूबाट गायन क्षेत्रमा प्रवेश गरेकी पाईजाको पर्वतबाट सुरु भएको सांगितिक यात्राले समुन्द्रपारी पनि उत्तिकै स्थापन पाउने गरेको छ ।
दर्जनौ लोकप्रिय गीतहरूमा आफ्नो स्वर दिएकी पाईजाले २०६७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर पास गरेपछि रेडियो नेपालबाटै देशभरका आधुनिक गीतको प्रतिस्पर्धामा समेत उत्कृष्ट ५ मा छनौट भएपछि उनको सांगितिक यात्राले गति लियो । प्रकृतिबाट नै सुमुधुर स्वर बरदान पाएकी पाईजाले छोटो समयमै लाखौं श्रोताको मन जित्न सफल भएकी छिन् ।
नेपालका सहर देखी ग्रामिण क्षेत्रसम्म मात्रै नभई बेलायत, हङकङ, कोरिया लगाएतका देशका दर्जनौ स्थानमा पुगेर समेत आफ्नो कलाबाट श्रोताको मन जितेकी पाईजाको स्वर स’शनेर धेरैले संगीतको लामो प्रशिक्षण लिएर संगीतको क्षेत्रमा प्रवेश गरेको भन्ने भान समेत हुन्छ तर, सानै उमेरदेखि संगीतमा रुची भएपनि उनले औपचारिक कक्षाबिना नै यस क्षेत्रमा लागेको बताउँछिन् । ‘लोकसंगीतमा लाग्न सानोतिनो लगावले पुग्दैन् ।मेरो मेहनत नै सफलताको कडी हुन्’ उनले भनिन् । दैनिक स्टुडियोमै ब्यस्त हुने गरेकी पाईजाको अभियानमा उनका श्रीमान पुस्कर थापाको समेत साथ छ ।
संगीतको क्षेत्रमै सक्रिय रहेका थापाले म्यूजिक भिडियोको निर्देशन तथा ब्यवस्थापन गर्ने भएकाले पनि धेरै गीतमा श्रीमानबाट समेत उनलाई सहयोग पुगेको छ । ‘मलाई घरदेखी स्टेज कार्यक्रमसम्म श्रीमानको पनि साथ हुन्छ ।मैले परिवारबाट पनि धेरै सिक्ने अवसर पाएको छु’ पाईजाले भनिन् ।लगनशीलता र निरन्तरता कला र संगीतको क्षेत्रमा लागेकी पाईजाले अहिले १ सय ५० भन्दा धेरै गीतमा आफ्नो स्वर दिएकी छन् । आधुनिक र लोकदोहोरीमा आफ्नो परिचय स्थापित गरेकी पाईजाले नेपाली भाषामा मात्रै नभई गुरूङ, मगर भाषाका धेरै गीतहरूमा स्वर दिएकी छन् ।उनले जीवनभर गीतसंगीतमै विताउने बताउँदै अझैपनि श्रोतको मन जित्ने गरी मेहनत गर्ने बताउँछिन् ।
‘बारपाकी मायाँ’, ‘मेरो प्यारो धौलागिरि’ ‘जस्को निम्ति आँसु, ‘मायाको गाउँ’ ‘हाम्रो खिवाङ गाउ’ँ,‘नांगी गाउँ’ लगाएत म्याग्दी कालि सालैजो, सिरफुले मायाँ लगाएत दर्जनौ मार्मिक तथा मर्मस्पर्शी गीतहरुमा स्वर भरेकी छन् । पुख्यौंली गीतका सर्जकहरूबाट समेत निरन्तर स्थान पाएकी पाईजाले धौलागिरि अञ्चलका धेरै गीतहरूबाट पर्यटन प्रर्वधनमा समेत सघाउने प्रयास गरेकी छन्। पर्वतमा जन्मिएपनि उनलाई धौलागिरि अञ्चलकी चेलीको रुपमा विश्वभर चिनिन्छ । ‘गाउँसहर चिनाउने गीतहरूमा काम गर्दा आनन्द लाग्छ । लोपउन्मुख गीतहरूलाई पनि प्राथमिकता दिने गरेकी छु’ उनले भनिन् ।
गीतसंगीतलाई ब्यवसायीक बनाउने भन्दा पनि चर्चामा आउने गरी फेसनको रुपमा लिनेहरुको कारण ब्यवसायीक कलाकारहरु समस्यामा पर्ने गरेको बताउँदै फेसनको रुपमा गीतसंगीतलाई प्रयोग गर्नु आर्थिक र समयको वर्वाद भएको समेत उनको भनाई छ । आर्थिक रुपमा समेत गीतसंगीतबाट मजबुद हुदै गएकी पाईजाले दर्जनौ सम्मान समेत पाएकी छन् ।
“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त हटाउने, छालाको सुन्दरता कायम गर्नेलगायत अन्य फाइदाका लागि प्रयोग गरिने अनमोल कागतीले हाम्रो शरीरमा विभिन्न किसिमका साइडइफेक्टहरू पनि ल्याउन सक्दछ।
बुझ्नुपर्ने कुराहरू सर्वप्रथम त, कागती भनेको एकदमै अम्लीय तत्व हो, मतलब यसमा धेरै मात्रामा एसिड रहेको हुन्छ। त्यसकारण नै कसैकसैको लागि कागती विष सरह हुन जान्छ। दोस्रो कुरा, अधिकांश छालाका समस्या जस्तै डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि कागतीको प्रयोग गरिन्छ। तर, विचार पुर्याउनुपर्ने कुरा के छ भन्दा, कागतीले हाम्रो छालामा पनि साइडइफेक्ट गर्न सक्छ। त्यसैले आफ्नो अनुहारको दागधब्बा, कालो दाग अथवा डण्डीफोरको उपचारको लागि कागतीको प्रयोग गर्नुभन्दा अगाडि निम्न कुराहरूमा सावधानी अपनाउनुपर्दछ ।
सुक्खा छालाको लागि- यदि तपाईँको अनुहारको छाला सुक्खा खालको (तेल ननिस्कने छाला) छ भने, अधिक कागतीको जुस प्रयोग गर्दा त्यसले अझ बढि सुक्खा र फुस्रो बनाउँदछ। त्यसैले कागतीलाई सीधै अनुहारमा पोत्नुभन्दा, त्यसको रसलाई मनतातो पानीसँग घुलाएर पातलो बनाई लगाउनुपर्दछ।
डण्डीफोरको लागि- कागतीको जुसमा हुने अधिक एसिडले पाक्न लागेको डण्डीफोरलाई झन् असर गरी रगत निकाल्ने अथवा जलन गराउन सक्छ।
कालो छालाको लागि- यदि तपाईँको छाला कालोवर्णको छ भने डण्डीफोर तथा अन्य उपचारको लागि कागती प्रयोग नगर्दै उचित हुन्छ। किनभने कागतीमा भएको एसिडले छालालाई जलाएर अझ कालो बनाउन सक्दछ।
कागतीका अन्य साइडइफेक्टहरू
१. दाँत खिइने -कागती, निबुवा, भोगटे जस्ता अम्लीय खानेकुराहरूको अधिक सेवनले दाँत र बलियो एसिडको व्यापक सम्पर्क हुने गर्छ। यसले दाँतलाई सुरक्षा गर्ने इनामेललाई खियाई दाँतलाई संवेदनशील बनाउँदछ, विशेष गरी तातो र चिसो खानेकुराको लागि। धेरै अमिलो खानेकुरा खाँदा दाँत कुडिन्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। र दाँत कुडिएको बेला चिसो वा तातो पदार्थ खाँदा दाँत सिरिङ्ग बनाउँछ- यो पनि सबैलाई अवगत भएकै कुरा हो।
त्यसैले कागतीको सेवन गर्दा सीधै दाँतले टोक्ने अथवा चुस्ने गर्नुहुँदैन। कागतीको जुस पिउँदा पनि दाँतसँग सम्पर्क नगराउने गरी स्ट्र (Straw) को माध्यमबाट पिउनुपर्दछ।
२. छात्ति पोल्ने -कागतीको जुस अथवा कागती पानीको अधिक सेवनले छात्ति पोल्ने समस्या उत्पन्न हुन सक्छ। पहिल्यै देखि यस्तो समस्या भएकाहरूलाई झन् सताउन सक्छ। अमिलो खानेकुरा तथा पेयपदार्थको सेवनमा कमि गर्दा यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।
३. एसिडिटी र अल्सर छात्ती र पेटको बीच भागमा पोल्ने, रिँगटा लागेको जस्तो हुने, बान्ता हुन खोज्ने अनि भोक लागेको जस्तो महशुस हुने समस्या नै एसिडिटीका लक्षणहरू हुन्। धेरै चिल्लो, पीरो र अमिलो खानेकुराको सेवनले एसिडिटी बढाउँदछ, जसमा कागती पनि पर्दछ। भोजननलीमा पेटको एसिडले जलन गरिरहेको बेला कागती सेवन गर्दा त्यसले अझ बढि पोल्दछ र अवस्थालाई गम्भीर बनाउँदछ।
यदि तपाईँलाई अल्सर छ भने पनि कागती नखान हामी तपाईँलाई सल्लाह दिन्छौँ। कागती मात्रै होइन, अन्य अमिलो, पीरो र चिल्लो खानेकुरा पनि बार्नुपर्दछ।
४. पेटको गडबडी हुने खाने कुरा पचाउन गाह्रो भैरहेको बेला कहिलेकाहिँ थोरै कागतीको सेवनले पचाउन सजिलो पर्दछ। तर यदि कागतीको मात्रा बढि भएमा त्यसको असर ठ्याक्कै उल्टो हुन जान्छ। यसले पेटको भित्री भित्तामा रहेका रक्षात्मक कोषमा क्षय पुर्याउँदछ, जसको कारण एसिडिटी, ग्यास्ट्रिक जस्ता समस्या पैदा गराउन सक्दछ। त्यसैले यदि कागतीको सेवन गर्नैपरेमा, सुरुमा थोरै मात्रामा खानुहोस्। १ गिलास पानीमा २/३ थोपा कागतीको रस मिसाएर पिउँदा उत्तम हुन्छ।
५. मृगौला तथा पित्तथैलीमा समस्या हुने कागती जस्ता अन्य अमिलो खानेकुरामा नाप्न सकिने मात्रामा अक्जालेट (Oxalate) पाउन सकिन्छ। यो बोटबिरुवा, जनावर तथा मानवशरीरमा पाइने प्राकृतिक तत्व हो। जब हाम्रो शरीरमा अक्जालेटको मात्रा बढि हुन थाल्छ, तब त्यो थिग्रिएर पत्थरमा परिणत हुन थाल्छ र विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउन सक्दछ। त्यसैले पहिल्यै देखि मृगौला तथा पित्तथैलीको समस्या भएका व्यक्तिहरूले कागती तथा अन्य अमिलो पदार्थको सेवन गर्नु हानिकारक हुन्छ।
६. बारम्बार पिसाब लाग्ने र निर्जलीकरण हुने कागतीमा प्रशस्तै भिटामिन-सी हुन्छ, जुन ‘एस्कर्बिक एसिड’ (Ascorbic acid) को रूपमा पाउन सकिन्छ। यो एसिडको एउटा विशेषता के हो भन्दा, यसले मृगौलाको काम गर्न प्रक्रियालाई छिटो गराउँदछ र पिसाबको उत्पादनमा वृद्धि गराउँदछ, जसको कारण हाम्रो शरीरबाट छिटोभन्दा छिटो पानीको मात्रा घट्दै जान्छ र निर्जलीकरण हुने समस्या देखा पर्न सक्दछ।
अन्त्यमा, आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मात्रै कागती पानीको सेवन गर्न थाल्नुहोस्। दिनमा एउटा भन्दा बढि कागतीको सेवन नगर्नुहोस्। यदि कागती पानी अथवा कागतीको जुस पिउँदा माथि उल्लेख गरिएअनुसारको साइडइफेक्ट देखिन थाल्यो भने पिउन बन्द गर्नुहोस्। तर याद राख्नुस्, नियमित आवश्यक मात्राका कागती सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। एजेन्सी