Friday, June 27, 2025
24.3 C
Beni
24.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 260

शनिबार बेनीमा एभरेष्ट ग्लोबल एजुकेशन फेयर हुने

शैक्षिक परामर्श दिने एभरेष्ट ग्लोबल एजुकेशनले म्याग्दीको सदरमुकाम बेनीमा विद्यार्थीलाई वैदेशिक शिक्षासम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले शनिबार १ दिने एजुकेशन फेयर आयोजना गर्न लागेको छ ।

आगामी अगष्ट १० अर्थात यही आउने शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड,दक्षिण कोरिया र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा जानकारी दिइने म्याग्दी शाखाका जगत गैरले बताउनुभयो ।

एजुकेशन फेयरमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटीले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा,पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श गर्ने जनाइएको छ । म्याग्दी र पर्वतमा कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थी, क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

शैक्षिक गन्तब्य बनाउने योजनामा रहेका विद्यार्थीलाई उक्त एजुकेशन फेयर फलदायी हुने भएकाले अवसरका रुपमा लिन एभरेष्ट ग्लोबल एजुकेशन सिड्नी शाखाका निर्देशक सुमन बानियाँले अनुरोध गर्नुभएको छ ।

एभरेष्ट ग्लोबल एजुकेशनको बेनी, सिड्नीको रकडेल, पोखरा र काठमाण्डौमा शाखा रहेको छ भने अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय छ । अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाईसमे बताउनुभयो ।एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेको छ ।

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो ।पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

म्याग्दी, साउन २३ गते । नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । 

पछिल्लो पटक गत चैतमा भगवती आउनु भएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाउनु भएको थियो । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नु भएको थियो”, अरुणका भतिज रिम मल्लले भन्नुभयो, “काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।”

मल्लको भगवतीमा रहेको पुख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ ।

अरुणका एक जना दाजु र तीन जना दिदिबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन् । उनीहरूको पनि विबाह भइसकेको छ । अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उहाँका साथी कर्णबहादुर भण्डारी ९के।बी० ले बताउनुभयो ।

“म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुराउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो”, भण्डारीले भन्नुभयो, “रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एकजना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।”

करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आउनुभएका अरुणले म्याग्दीबाट विसं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाउनुभएको थियो । द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गर्नुभयो ।

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर जानुभएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उहाँ अनुभवी र शाहसी पाइलट भएको स्मरण गर्नुभयो ।

मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाउनुभएको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ । रासस

मोना डेनमार्कले पर्यटन अभियान्ता सोरेन लाउरिडसेनलाई सम्मान

म्याग्दी प्रवासी नेपाली संघ मोना डेनमार्कले नेपालको पर्यटन क्षेत्रको प्रर्बधनमा महत्वपुर्ण योगदान दिनुभएका सोरेन लाउरिडसेनलाई सम्मान गरेको छ । डेनमार्कमा रहेका म्याग्देली संगठित भई पहिलो पटक ग्रिल पार्टी आयोजना गरी लाउरिडसेनको प्रयासले नेपालको पर्यटन प्रर्बधनमा सघाएको बताउँदै सम्मान गरिएको मोना डेनमार्कका अध्यक्ष राजन विक्रमजंग थापाको भनाई छ ।

कार्यक्रममा मोनाका सल्लाकार एवम् प्राज्ञिक ब्यक्तित्व कृष्ण पौडेल सहित मोना डेनमार्कका सदस्यहरुको आबद्ध रहेको थियो । पर्यटन क्षेत्रका अभियान्ता सोरेन लाउरिडसेन नेपाल सरकारले समेत सम्मान गरिसकेको छ ।

कार्यक्रममा सहभागीले कार्यक्रम संघका लागि एक महत्वपूर्ण माइलस्टोन थियो र सहभागीहरूले एक–अर्कासँग जोडिने र सामाजिककरण गर्ने अवसरको रुपमा लिएको निशान भण्डारीले बताउनुभयो । सन् २०१६ मा स्थापना भएको थियो । कार्यक्रमको सञ्चालन सन्तोष भण्डारीले गर्नुभएको थियो ।

अस्ताए हेलीकप्टरका अनुभवी क्याप्टेन अरुण मल्ल !

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवती मैदानका अरुण मल्ल नेपालमा रहेका हेली कम्पनीका अनुभवी क्याप्टेन हुनुहुन्थ्यो। नेपालको हेलिकप्टर उडानमा ३५ बर्ष लामो अनुभवी जनशक्ति गुमाएको छ। लामो समयदेखि एयर डाइनेष्टीमा आवद्ध क्याप्टेन मल्ल नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गर्दा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भयो ।

क्याप्टेन मल्लको निधनले जन्मभूमी राखुसँगै स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक शोकमा डुवेका छन् । क्याप्टेन मल्ल हेलिकप्टर कम्पनीमा अढाइ दशकयता आबद्ध हुनुहुन्थ्यो । तत्कालिन वायुसेवा कम्पनी नेपाल एयरवेज, कर्णाली एयरवेज लगायत नेपाली वायुसेवासँगै बीचमा अन्तर्राष्ट्रिय क्षेत्रको पनि हेलिकोप्टर सेवामा आबद्ध रहेको अनुभव थियो।

‘उहाँ अनुभवी क्याप्टेन हुनुहुन्थ्यो। १५ वर्षभन्दा अगाडिदेखि एयर डाइनेष्टीमा आबद्ध हुनुहुन्थ्यो,’ एयर डाइनेष्टीका ओपरेशन म्यानेजर वालकृष्ण पण्डितले भने,’ज्यादै मिलनसार र अनुभवी व्यक्तित्वलाई गुमाएका छौं। रसियामा उडान कोर्स गरेर आएका मल्लले करिअरको सुरुवातमा एमआइ–१७ पनि उडाएको अनुभव छ ।

कर्णाली एयरवेजपछि एयर डाइनेष्टीमा आबद्ध भएर नेपालको आकाशमा उद्धारदेखि पर्यटकलाई गन्तब्यसम्म पुर्याउने सुरक्षित क्याप्टेन मानिनुहुन्थ्यो । यसअघि २०७० असोजमा पनि उनी लुक्लामा दुर्घटनामा परे पनि बाँच्नु भएको थियो । अबको दुई बर्षपछि अवकाश लिने तयारीमा रहनुभएका क्याप्टेन मल्ल केही दिनमा फिनल्याण्ड हुदै मोना बेल्जियमको कार्यक्रममा जाने तयारी थियो । मोना बेल्जियमका पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठका अनुसार मोना बेल्जियमले स्वागत तथा सम्मानको कार्यक्रमको तयारी समेत भइरहेको अवस्थामा अप्रिय घटनाले स्तब्ध भएको बताउनुभयो । क्याप्टेन मल्लका श्रीमती र दुई छोरी छन्।

जोगिएका थिए दुई दुर्घटनामा
मल्लले दोस्रोपटक २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गर्नुभएको थियो । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन–एइएक्स हेलिकप्टर थियो। उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण र सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो ।

क्याप्टेन मल्ल तेस्रोपटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युलाई पन्छाउनुभएको थियो । नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो । उक्त दिने बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो ।

हवाइ यात्रामा केही जोखिम मानिएका क्षेत्रमा समेत पुगेर पर्यटकको उद्धार तथा बिरामीलाई अस्पतालसम्म ल्याउन कम्पनीले क्याप्टेन मल्ललाई नै जिम्मा दिने गरेको थियो । तर यसपटक भने चिनियाँ पर्यटकलाई घुमाउन लैजाने क्रममा भने संसारबाटै विदा हुनुभयो । बुधबार दिउँसो भएको दुर्घटनामा भने मृत्युलाई हराउन सक्नुभएन ।

हवाइ यात्रामा केही जोखिम मानिएका क्षेत्रमा समेत पुगेर पर्यटकको उद्धार तथा बिरामीलाई अस्पतालसम्म ल्याउन कम्पनीले क्याप्टेन मल्ललाई नै जिम्मा दिने गरेको थियो । तर यसपटक भने चिनियाँ पर्यटकलाई घुमाउन लैजाने क्रममा भने संसारबाटै विदा हुनुभयो ।

जापानमा दोस्रो मोना क्युस्यु पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले दोस्रो मोना क्युस्यु पुरुष भलिबल फ्रेन्ड्ली म्याच आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर १५ तारिखका दिन फुकुओका शहरमा प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

स्वास्थ्यका लागि खेलकुद भन्ने मुख्य नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक दिपक बिकले जानकारी दिनुभयो । नाग्लो घर फुकुओका नेपाली रेस्टुरेन्ट प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २० हजार द्वितिय पुरस्कार ६६ हजार ६ सय ६६ र तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा: पाँच जनाकाे मृत्यु

काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा क्याप्टेन सहित चार विदेशी नागरिककाे मृत्यु भएकाे छ।

जिल्लकाे शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट पाँच जनाकाे शव संकलन गरिएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। अन्य चारजना चिनियाँ नागरिक रहेकाे बताइएकाे छ। एसपी कोइरालाका अनुसार मृतकमा चारजना पुरुष र एकजना महिला छन्।

अधिक तरलता भएपछि राष्ट्र बैंकले आज ४० अर्ब उठाउँदै

बैकिङ प्रणालीमा अधिक तरलता भएपछि आज नेपाल राष्ट्र बैंकले ४० अ र्ब रुपैयाँ उठाउँदै छ । निक्षेप संकलन उपकरण मार्फत उठाउन लागिएको ४० अर्बका लागि आज ३ बजेसम्म बोलकबोल हुनेछ ।

२१ दिनका लागि उठाउन लागिएको निक्षेपको साँवा ब्याज भुक्तानी आगामी भदौ १२ गते हुनेछ । यो निक्षेपमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आव्हान गर्न सक्नेछ ।

यो निक्षेप बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा समेत प्रयोग गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ।

उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत खानेपानी वितरण भएको छ भने  १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ।

कार्यालयमार्फत आव २०८०/८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उनले बताए।

यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। उक्त कार्यालयले गत आवमा १७ करोड ६५ लाख १० हजार पुँजीगत खर्च गरेकोे जनाएको छ।गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो।

नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन्। सात हेक्टर जग्गा पनि संरक्षण भएको छ।दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रण योजना सञ्चालन भएको थियो।-रासस

बागलुङ पहिरो: तीन घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइते भएका तीन जनालाई आर्मीको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ ।  बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र  ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ ल्याइएको हो ।

निरन्तरको वर्षा, ठाउँ ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकेपछि आज बिहान सेनाको हेलिकोप्टरले उद्धार गरेको हो । पहिरोमा परी आठ जनाको ज्यान गएको छ, भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।