Monday, April 28, 2025
16.3 C
Beni
16.3 C
Beni
Monday, April 28, 2025
Home Blog Page 3

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

0

म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक अभियान अन्तरगत शनिबार खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा १२ प्रतियोगीलाई उछिन्दै जलजला गाउँपालिका वडा नं ३ की जिसीले १५ सय नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा द्धितिय बेनी नगरपालिका वडा नं २ की सृजना थापा, तृतिय बेनपा ७ की कल्पना सुबेदी ढुंगानाले जित्नुभएको छ । द्धितिय, तृतियलाई क्रमश नगद १ हजार, ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक डेकमायाँ केसीले जानकारी दिइन् ।

यसैबीच सटफुट प्रतियोगिताको पुरुषतर्फ मोहन खड्का प्रथम, जनक सोनाम द्धितिय, बलबहादुर आले तृतिय भएका छन्। सटफुट महिलातर्फ मुना गर्बुजा प्रथम, कल्पना सुबेदी ढुंगाना द्धितिय र भिमा खड्का तृतिय भएको प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष पूर्व अध्यक्ष बिनय श्रेष्ठ, सुमन बानियाँ, खम थापा, बिरेन्द्र श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

महिलाहरुका लागि स्लो स्कुटी ड्राइभ प्रतियोगीताले सचेतना फैलाउन प्रयास भएको बताउँदै आगामी दिनमा उक्त कार्यलाई निरन्तरता दिने म्याग्दी जेसीजका अध्यक्ष क्षत्रीले बताए । दुर्घटना न्यूनिकरणका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

जन्मदिनको अवसरमा मृगौला पीडित र सामाजिक क्षेत्रमा सहयोग

0

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवा ब्यवसायीले विभिन्न क्षेत्रमा सहयोग गरी जन्मदिन मनाउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले अभिभावविहिन बालबालिका, मृगौला पीडित र नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा सहयोग गर्नुभएको हो ।

बेनी नगरपालिका–७ संगमचोकका श्रेष्ठले नेपाल बाल संगठन बेनी शाखामा कार्यरत बाल गृहका बालबालिकालाई १० हजार, बेनी नगरपालिका–७,की मृगौला पीडित जमिला बेगम र नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा १० हजार सहयोग गर्नुभएको छ ।

हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । ‘‘जन्मदिनमा हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छु, यो कार्यलाई आगामी दिनमा पनि निरन्तर दिन्छु ।’’ श्रेष्ठले भन्नुभयो । मृगौला रोगबाट ग्रसित जमिला बेगमले उक्त सहयोगबाट उपचारमा सहज हुने र विगतमा पनि उहाँबाट सहयोग प्राप्त भएको बताउनुभयो ।

 

रत्नेचौर र पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

0

महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं १ र ५ मा लागू भएको छ ।”

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

च्याउ खेती र धुप बनाउने समूहलाई दुई÷दुई दिन तालिम, विउ, एक÷एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाई कटाई तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ । रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ ।

दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।

गत २०८०र८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिक रूपमा बाजा बजाउन र वडा नं २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् ।

पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताउनुभयो । “पहिलो चरणमा सामूहिक रूपमा च्याउ र धुप उत्पादन गर्छौँ,” उहाँले भन्नुभयो “परीक्षण सफल भएपछि व्यक्तिगत रूपमा व्यवसायिक हिसाबले ब्यवसाय गर्ने योजना छ ।”

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

0

सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो । कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिनुभयो ।

“एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ”, उहाँले भन्नुभयो, “थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।” नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको कालोपत्र र ढलान गरिने भएको छ ।

विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । यसअघि एक घण्टाको यात्राअवधी हाल २० मिनेटमा छोटिएको छ ।

उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट बिनियोजन नभए पनि थप भएको समयअघिनै योजना सम्पन्न गर्न लागिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो । अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो ।

सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । रासस

न्यायिक संवाद तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

0

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार न्यायिक संवाद तथा कानुनी सचेतनासम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका न्यायिक समितिको आयोजना र वडा कार्यालय रुमको समन्वयमा अभिमुखीकरण गरिएको हो ।

वडास्तरमा न्याय र कानुनको सचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाले जनाएको छ । कार्यक्रममा विवाद र द्वन्द्वको अवधारणा, विकास, कानुन न्याय, न्यायिक समितिको संवैधानिक व्यवस्था, महत्व, सिद्धान्त, न्यायिक समितिको क्षेत्राधिकार, विवादका प्रकृति र मेलमिलाप, सामाजिक न्याय मानवअधिकार, लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र न्यायिक सहजकर्ता मिठु आचार्यले सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा अभिमुखीकरण कार्यक्रमलाई म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गाना लगायतको विशेष उपस्थिति रहेको थियो ।

यसअघि न्यायिक समितिले मालिका गाउँपालिकाको विम, देवीस्थान र डाँडागाउँमा न्यायिक संवाद तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ । रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकीको विशेष उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य, पालिकाका कर्मचारी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।

एसइई दिएर बसेका विद्यार्थीलाई सौन्दर्यकलाको तालिम

0

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई म्याग्दीको सदरमुकाम बेनीमा सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । पोखराको गैह्रपाटनमा सञ्चालित पश्चिमाञ्चल सेकेण्डरी स्कुल र बेनीबजारको हुलाकचोकमा रहेको प्रजिया व्यूटीपार्लर एण्ड टे«निङ सेन्टरको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सौन्दर्यकला तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सोनम गुरुङले तालिमले युवा विद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले सिप सिकेपछि रोजगाारीको अवसर आउने बताउँदै सक्रियतापूर्वक तालिम लिन सहभागीलाई सुझाव दिनुभयो ।

प्रजिया व्यूटीपार्लर एण्ड टे«निङ सेन्टरमा सञ्चालित तालिममा एसइई परीक्षा दिएर बसेका २३ जना छात्राहरुले सहभागिता जनाएका छन् । एक हप्तासम्म निःशुल्क रुपमा सञ्चालन हुने सौन्दर्यकला सम्बन्धी विषयको तालिममा खासगरी स्किन केयर अर्थात् छालाको हेरचाह, मेकअप, फेसियल, हेयर स्टाइललगायत विविध विषयहरुमा प्रशिक्षण भैरहेको छ । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष समेत रहनुभएकी प्रजिया व्यूटीर्पालरका प्रोप्राइटर काकीले विद्यालयसँग जोडिएर निःशुल्क तालिम सञ्चालन गर्न पाएकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।

प्रोप्राइटर कार्कीले सिप सिकेर स्वदेशमै पेशा तथा व्यवसाय सञ्चालन गर्न सकिने र विदेशमा जाँदा समेत तालिमले सहयोग पु¥याउने बताउँदै पछिल्लो समय सौन्दर्यकलाको माग गाउँ गाउँसम्म पुगेको बताउनुभयो । कार्यक्रम अध्यक्ष कार्कीको अध्यक्षता, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका कोषाध्यक्ष टिका पुनको स्वागत र पत्रकार अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा पश्चिमाञ्चल सेकेन्डरी स्कुलका अध्यक्ष रामनाथ ओझा, प्रिन्सिपल सरोज कोईराला, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, सल्लाहकार सरस्वती जिसीसहित सौन्दर्यकर्मीहरुको विशेष उपस्थिति रहेको थियो । पछिल्लो समय सौन्दर्यकला व्यवसाय गर्ने र सुन्दर बन्ने चाहना बढ्दै गैरहेको देखिन्छ ।

बालअधिकार संरक्षण र प्रर्वद्धनका लागि ध्यानाकर्षण

0

जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधी र सुरक्षा अधिकारीहरुलाई सञ्जालले बालबालिकाहरुको विद्यमान समस्या समाधानका लागि छ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सञ्जालका प्रतिनिधी अभिशेक पौडेलले शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच वृद्धि, बालश्रमको अन्त्य, बालबिवाहको अन्त्य, बजेट र योजना निर्माणमा सहभागिताका लागि ध्यानाकर्षण गराइएको जानकारी जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता, बजेट तथा नीति, समन्वय र सहकार्य सम्बन्धी छ वटा विषयमा कार्यक्रममा सहभागी गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठलाई ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले असल आचरण, नैतिकवान र संस्कारयुक्त समाज निर्माणमा बालबालिकाहरु प्रबिधीको नकारात्मक पक्षबाट टाढा रहनुपर्ने बताउनुभयो । समाज सुधारका लागि बाल सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने र त्यसमा जनप्रतिनिधीहरुको तर्फबाट साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नेपालमै पहिलो बालश्रममुक्त घोषणा भएको रघुगङ्गामा सो कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिदै भौतिक पूर्वाधारलाई बालमैत्री बनाइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बालबालिकाले आफ्नो अधिकारबाट बञ्चित हुने अवस्था आएमा राज्यका निकायमा सहयोग माग्न अनुरोध गर्र्नुभयो । जिल्ला बाल अधिकार सञ्जालका अध्यक्ष कोमलनाथ ढुङ्गानाले अभिभावक जिम्मेवार नहुँदा सडकमा आएका बालबालिकाहरुको पहिचान र व्यवस्थापनको चुनौति औल्याउनुभयो ।

बाल सञ्जालका अध्यक्ष रेजिना भण्डारीले हिंसा तथा दुरव्र्यवहार र बालबिवाह प्रमुख चुनौतिका रुपमा रहेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा जिल्लाका समस्या पहिचान गरि समाधानका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, सञ्जाल र समितिलाई सक्रीय बनाउन कार्यक्रम आयोजना गरेको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले बताउनुभयो ।

३ हप्तादेखि सम्पर्कविहीन खत्रीको खोजी गरिदिन परिवारको आग्रह

0

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. २ का ६० वर्षीय एक पुरुष सम्पर्कविहीन भएका छन् । चैत २३ गते बिहानदेखि वडा नं. २ पञ्चासे निवासी ६० वर्षीय अम्बरबहादुर खत्री सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन खत्रीका जेठा छोरा राम खत्रीका अनुसार आफू काम विशेषले काठमाडौंमा रहेको र सामान्य रूपमा बुबा कहीँ जानु भएको होला भनेर केही दिन खोजी नगरेको तर लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको उनले जानकारी दिए ।

आमासँग बाबाको कहिलेकाहीँ झगडा पर्दा विगतमा पनि ‘म जान्छु भारतमा बहिनी भेट्न र उतै बस्छु’ भन्दै घुर्की लाउने गरेकाले सोही अनुरूप बुझ्दा पनि बुबा भारत ‍नगएको र आफ्ना माइला बालगायतका आफन्त तराईमा पर्सातिर बसोबास गर्ने हुँदा उता पनि बुझ्दासमेत बुबाको अत्तोपत्तो नलागे पछि खोजीलाई तीव्रता दिइएको रामले स्पष्ट पारे ।

खत्रीका आफन्तले उनको खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । खत्रीलाई भेट्ने वा देख्नेले ९८५७६५२५१२ र ९८४७६२७००९ नम्बर मा खबर गरिदिन परिवारले आग्रह गरेको छ । वैदेशिक रोजगारीका लागि खत्रीले करिब दुई दशक कतार र साउदीमा बिताएका थिए भने उनको घरमा श्रीमती, ३ छोरा र ९३ वर्षीय आमा रहेका छन् ।

चालकसँग एक मिनेट यात्रुसँग दुई मिनेट

0

जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रमुख भुवन क्षेत्रीले बेनी–जोमसोम–कोरला नाका हुँदै मुस्ताङ जिल्लामा प्रवेश गर्ने सवारीसाधनलाई रोकेर सम्मानपूर्वक चालकलाई स्वागत गर्दै यात्राका बारेमा जिज्ञासा राख्नुहुन्छ ।

तल्लो र उपल्लो मुस्ताङ जाने पर्यटकलाई सडकको अवस्था, लेक लाग्दा अपनाउनुपर्ने सावधानी, होटेलसहित विद्युतीय उपकरणसहित सीमा क्षेत्रमा हुने जोखिमका बारेमा सचेतनामूलक सन्देश यात्रु र चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस् भनी कामना गर्दै नमस्कार गरेर बिदा गर्नुहुन्छ ।

‘सवारीचालकसँग एक मिनेट तथा यात्रुसँग दुई मिनेट’ कार्यक्रममा प्रमुख क्षेत्रीसँगै सात जना ट्राफिक प्रहरीले दैनिक सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । सडक सञ्जालबाट आउनेलाई घरपझोङ गाउँपालिकाको प्रवेशद्वार घाँसासहित सदरमुकाम जोमसोमसम्म विभिन्न स्थानमा कार्यक्रम गर्ने गरिएको छ । ट्राफिक प्रमुख क्षेत्री भन्नुहुन्छ, “बिनाजानकारी आउने पर्यटकले दुःख पाएका छन्, यात्रा गर्ने क्षेत्र अनुसार सावधानी अपनाउन अनुरोध गर्छौं ।”

अभियानको क्रममा यात्रुलाई बोकेर आएका भाडाका सवारीसाधनका साथै दुई पाङ्ग्रेका चालकलाई ट्राफिक नियम, मादक तथा नसाजन्य चिजवस्तु सेवन नगर्न र सेवन गरी सवारीसाधन नचलाउन, अनिवार्य रूपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग, हेल्मेटको फित्ता लगाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन, विदेशी पर्यटकलाई अर्ध निषेधित क्षेत्रमा लैजाँदा आवश्यक कानुनी प्रक्रिया र सुरक्षा मापदण्डका बारेमा गराइएको जानकारी प्रभावकारी देखिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

हालै उपल्लो मुस्ताङ पुगेर फर्किनुभएका म्याग्दी बेनी नगरपालिका–४, सुर्केमेलाका युवराज रोकाले सडकमै मुस्ताङका विभिन्न रुट तथा त्यहाँको नियमका बारेमा ट्राफिक प्रहरीले दिएको सूचनाले सहज भएको बताउनुभयो ।

रोकाले भन्नुभयो, “सुरक्षित यात्राका लागि ट्राफिकको नियम पालना गर्नु पर्छ, मुस्ताङका ट्राफिक प्रहरी यात्रुमैत्री हुनुहुन्छ ।’’ मुस्ताङमा आउने पर्यटकले सामान्य तयारीसमेत नगरी आउँदा समस्या भोग्नु परेपछि ट्राफिक प्रहरीमार्फत नियमित सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

अधिकारी भन्नुहुन्छ, “पहिलो पटक मुस्ताङ आउने पर्यटकलाई यो अभियानले धेरै राहत मिलेको छ । समुदायसँग प्रहरीमा पनि पर्यटकमैत्री अभियानमै जोड दिएका छौ ।” अभियानबाट मासिक चालकसहित १० हजारभन्दा बढी यात्रु लाभान्वित हुने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

धौलागिरिका ३ जिल्लाको कतारमा बृहत् रक्तदान कार्यक्रम

0

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा साबिकको धौलागिरि अञ्चलका कतारमा स्थापित ३ जिल्ला संस्थाले संयुक्तरूपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार, पर्वत समाज कतार र बागलुङ सेवा समाजले कतारको हमाद हस्पिटलअन्तर्गतको नेसनल ब्लड डोनेसन सेन्टरमा ५३ जनाले रक्तदान गरेका हुन् ।

रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले पहिलो पटक संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार कतारमा आवश्यक पर्ने रगतका लागि अभाव हुन नदिने गरी नेपालीले निरन्तर रक्तदान कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

कार्यक्रमको समन्वय गर्ने संघ, कार्यक्रमको प्रचार प्रसार गर्ने पत्रकारसहित रक्तदाताहरूलाई आयोजकका तर्फबाट प्रशंसा तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद तथा आभार प्रकट गरेको छ । कार्यक्रममा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीसहित कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!