Tuesday, April 29, 2025
15.7 C
Beni
15.7 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 4

आज भूकम्प स्मृति दिवस मनाइँदै

0

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो। भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो

“एकातिर शिक्षक आन्दोलन अर्कोतिर विद्यार्थीको भविष्य अन्योल”

0

काठमाण्डौमा शिक्षक आन्दोलनको आज २३ औं दिन पुगेको छ यो सुरुदेखि नै विभिन्न कार्यक्रम गर्दै निरन्तर जारी पनि छ यसरी आन्दोलन भैरहेको अवस्थामा विद्यार्थी र अभिभावकहरुको सोच त्यहि विद्यालयमा पढाई निरन्तर दिने होकी निजी विद्यलयमा भर्ना हुने दोधारमा रहेका छन्।

एकातर्फ माग लिएर शिक्षकहरु सडकमा अर्कोतिर विद्यार्थीहरु भविष्य लिएर अन्योलमा कक्षा १२ को वार्षिक परिक्षा वैशाख ११ बाट हुनु पर्नेमा परिक्षा सरी अर्को मिति तय भएको छ त्यस्तै चैत्र महिनामा सम्पन्न एस।ई।इ का कापि जाँच पनि सुरु भएको छैन।

कापि जाँच नहुँदा कक्षा ११ मा नयाँ भर्ना कार्यक्रम ढिला र परिक्षा नहुँदा स्नातक तह प्रथम वर्ष खालि हुने पनि संभावना देखिन्छ। यसरी आन्दोलन जारी रह्यो भने विद्यार्थी जति निजी विद्यालयमा भर्ना हुने कुरामा दुई मत नै छैन। देश त्यसै त युवा मुक्त हुने अवस्थामा छ। झन् यसरी पढाई रोकिदाँ विद्यार्थीको इच्छा विश्वविद्यालय होइन विमानस्थल हुने कुरा अवगत नबै छ।

एकातिर शिक्षक आन्दोलन अर्को तिर विद्यार्थीको भविष्य यो कुरा शिक्षक र सरकारले बुझ्न आवश्यक छ। आफ्नो आन्दोलन जारी राख्नुस पालो गर्नुस तर विद्यालय खोल्नुस रिजल्ट भर्ना कार्यक्रम नरोक्नुस यसै बिचमा शिक्षक संघ जिल्ला शाखा म्याग्दीले म्याग्दी जिल्लामा आगामी आइतबार देखि विद्यालय संचालन गर्ने कुरा एकदम स्वागतयोग्य छ।

आफ्नो माग पुरा नभएसम्म आन्दोलनमा सरिक हुने हो भने म्याग्दीको जस्तै निर्णय देशका सबै विद्यालयले गर्नु पर्छ भन्ने मेरो धारणा छ। त्यस्तै हिजो बिहिबार सर्वोच्च अदालतको माननीय न्यायाधीश श्री नहकुल सुवेदी ज्युको एकल इजलासले अधिवक्ता श्रवण कुमार चौधरी समेत पक्ष र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय काठमाण्डौ समेत विपक्ष भएको 081-WO-1155 को उत्पेषण रिट निवेदनमा भएको निर्णय एकदमै जायज रहेको छ। यसरी विद्यार्थीहरुको भविष्यलाई ख्याल गरी उनीहरुको भविष्य अन्योलमा नपारी विद्यालय यथासिघ्र संचालनमा ल्याउने वातावरण बनाईदिनु हुन आन्दोलित शिक्षक र सरकारसँग हार्दिक अपिल गर्दछु।

सचिव, स्वतन्त्र विद्यार्थी युनियन
म्याग्दी बहुमुखी क्याम्पस

थरीथरीका झोला बुन्न ब्यस्त अस्मिता सिंथानी (भिडियो)

0

बेनी नगरपालिका वडा नं ७ संगमचोकमा रहेको अस्मिता टेलिरिङ सेन्टरमा विभिन्न डिजाइनका झोला बिक्रीका लागि राखिएका छन्। विद्यार्थीले बोक्ने झोला, कलेज झोला, जेब्रा,अफिसियल झोला, लेडिज झोलाले पसल भरिभराउ छ । कच्ची घरमा मेसिनबाट बुनेका थरीथरीका झोला खोज्दै आउने ग्राहकको समेत कमी छैन ।

बि.स २०७२ सालमा तालिम लिएर महिला उद्यमी बन्नुभएकी मालिका गाउँपालिका–५ देविस्थानकी अस्मिता सिंथानीलाई अहिले अर्डर पुर्याउन भ्याइनभ्याइ छ ।

हात र मेसिनले तयार पारेको बलियो, टिकाउ हुने भएकाले विद्यार्थीको रोजाईमा पर्न थालेपछि अहिले अभिभावक नै झोला खोज्दै आउने गरेका छन् । उद्यमी सिंथानीले ग्राहकको रोजाइअनुसार झोला तयार गर्ने बताउनुहुन्छ । ‘‘झोलाहरू म्याग्दीमै धेरै बिक्री हुन्छ, अन्य साम्रागी जिल्ला बाहिर पनि फाटफुट जान्छ ।

’’उद्यमी सिंउथानीले भन्नुभयो । यसपटक ‘मनिपर्स’, महिला तथा पुरुषले बोक्ने अल्लो र ढाकाबाट बनेका झोलाहरू विदेशबाट आएकाले समेत लगेको उद्यमी सिंउथानीको भनाई छ ।

सिजनमा माग थेग्नै नसकिने अवस्था भएपनि अन्य सिजनमा सामान्य ब्यापार रहेको सिंउथानीले बताउनुभयो । ‘‘मेहनत अनुसारको कमाई हुन्छ, यहीबाट सन्तुष्ट छु, भाडा तिर्न र घरखर्च चलाउन अहिले समस्या छैन ।’’उद्यमी सिंउथानीले भन्नुभयो ।

विद्यार्थीको भर्ना अभियानमा धेरै झोला बिक्री हुन्छ र बुनेका झोलाहरूको बजारको अभाव नभएको उहाँको भनाई छ । देविस्थानबाट उद्यमी बन्न सदरमुकाम बेनी आउनुभएकी सिंउथानीले सुरुवातको समयमा मेहनत अनुसारको आम्दानी नहुदाँ पेशा नै छोड्ने योजना समेत बनाउनुभएको थियो ।

उहाँले नयाँ डिजाइनहरु यूट्यूबाट समेत हेरेर तयार गर्नुहुन्छ । बेनीबजारमा अल्लो र ढाकाका उद्यमीको संख्या धेरै भएपछि झोला मात्रै बुन्न थालेपछि अहिले तालिमको समेत अवसर आउन थालेको सिंउथानीको भनाई छ । सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई तालिम समेत दिनुभएको छ । बुनेका झोलाहरु आफ्ना ग्राहक तथा फेसबूकमा राखेर प्रचार समेत गर्नुहुन्छ ।

थप जानकारीका लागि ९८६६४४८८४२

बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र

0

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड ७० लाखको लागतमा सिम–पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिका गाउँपालिका–६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ ।

दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप रु ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।

मालिकाको रुममा १७ वटा पसलको अनुगमन

0

मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाको एक टोलीले रुम गाउँको विभिन्न स्थानमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट, बेकरी र मडिकलसहित १७ वटा पसलको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले रुममा सञ्चालित सिर्जना फेन्सी स्टोर्स, लिलबहादुर पुनको पसल, नारायण एण्ड गगन इन्टरप्राईजेज, नारायण एण्ड गगन खाजाघर, प्रबिसा मडिकल हल, दुरलेक होटल एण्ड रेष्टुरेण्ट, शेरचन फेन्सी भाँडा तथा किराना स्टोर्स, प्रिन्सेस खाजाघर, दलकुमारी किराना पसल, सिमरन हर्मेलको पसल, यु.जि. स्टोर्स, आशिष एण्ड सागर खाजाघर, रितिक घर्तीमगरको पसल, रुम बेकरी कोसेली उद्योग, धनमाया पुनको पसल र अभिषेक फेन्सी पसलमा अनुगमन गरिएको जनाएको छ । अनुगमन टोलीबाट पसल दर्ता तथा नवीकरण गरे नगरेको, पसलभित्र राखेका सामानको प्रयोगको अवस्थालगायत विषयहरुमा अनुगमन भएको थियो ।

अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरिकनै सञ्चालन गरेको पाइएको छ । यसैगरी कतिपय पसल गाउँपालिकामा दर्ता भए पनि स्थायी लेखानम्बर नलिएको, एउटा पसल दर्ता गरेर अर्कै प्रकृतिको पसल सञ्चालन गरेको, किराना र फेन्सी पसलका सामानहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, एकथरी पसल दर्ता गरेको तर उद्देश्य फरक राखेको, पसलमा मूल्यसूची नटाँसेको, साईनबोर्ड नराखेको, म्याद सकिएका सामानहरु टाँसीमा राखेर बिक्री गरेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् ।

अनुगमनमा भेटिएका कमी कमजोरीहरुलाई सुधार गरी आउँदो २१ गतेभित्र पसल दर्ता गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन निर्देशन जारी गरिएको पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक ढुङ्गानाले जानकारी दिनुभयो । म्याद सकिएका सामानहरुमा चिसो पेयपदार्थहरु कोकाकोला, स्प्राईट, फेन्टा तथा सुजी, कुरकुरे, दालमोठलगायत रहेका छन् । रुममा पहिलोपटक अनुगमन गरिएको हो भने म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

अनुगमनमा भेटिएका कमजोरीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण बनाउनका लागि बजार अनुगमन गरिएको थियो । वडास्तरमा सञ्चालित पसलहरुको पनि समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउन र आम उपभोक्ताहरुलाई सचेत बनाउनुपर्ने आवश्यकता देखिएको छ।

नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण

0

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनाबाट बनाइएको हो ।

भौतिक पूर्वाधार निर्माणसँगै स्थानीय सीप र सामुदायिक सहभागितामा १.५ मिटर चौडाइको नयाँ पदमार्गमा १ सय ४२ मिटर सोलिङ्ग, ३ सय ५० मिटर मर्मत र १ सय ४५ वटा सिँढी निर्माण सम्पन्न गरिएको छ । पदमार्गको निर्माणसँगै बिम्बाङ्ग क्षेत्रका बासिन्दाहरूलाई अन्त्येष्टिस्थलसम्म आवतजावतका लागि सहज भएको उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर जुग्जालीले बताउनुभयो ।

योजना कार्यान्वयनसँगै ५० दिने सडक मर्मत तथा संभार तालिम प्रदान गरिएको मालिका गाउँपालिका रोजगार सेवाकेन्द्रकी संयोजक सावित्री गर्बुजाले बताउनुभयो । रोजगार कार्यक्रममा सहभागिलाई तालिमले स्थानीयस्तरमा दीर्घकालीन सीप विकास र आत्मनिर्भरताको आधार तय गरेको संयोजक गर्बुजाको भनाई छ ।

उक्त पदमार्गका लागि ४ लाख १४ हजार बजेट रहेको थियो । गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार सिमित बजेटमा समुदायस्तरका समस्या समाधानमा स्थानीयको भूमिका निकै प्रशंसनीय रहेको छ । एक सय दिनको रोजगारमा सहभागिले सरकारको योजना राम्रो भएपनि यसलाई र्दिघकालिन संरचना सहित बजेट ब्यवस्थापन गर्नेमा सहज हुने बताउनुभयो ।

प्रदेशका योजनालाई प्रभावकारी बनाउन अनुगमन समितिको सक्रियता

0

गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद अध्यक्ष, समानुपातिक सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका उपप्रमुख सदस्य र प्रदेश सरकार मातहतका सम्बद्ध कार्यालय प्रमुख सदस्य सचिव रहने गरी अनुगमन समिति गठन भएको छ ।

म्याग्दी १(१) मा हरिबहादुर भण्डारी र १(२) बाट निर्वाचित प्रदेश सांसद रेशम बहादुर जुग्जालीको अध्यक्षतामा रहेको समितिले म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्था, समस्या र आगामी बर्षको योजनामा समेट्नुपर्ने विषयमा बिहिबार छलफल गरेका छन् ।

जिल्ला समन्वय समितिको संयोजनमा दुई वटै निर्वाचन क्षेत्रको संयुक्त रुपमा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्य, धवलागिरीका उपाध्यक्ष रेशम पुनमगर, मंगलाका उपाध्यक्ष प्रेमकुमारी अधिकारी र रघुगंगाका उपाध्यक्ष प्रेमकुमारी पुनको उपस्थिति थियो ।

बैठकमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको समिक्षा र कार्यतालिका बनाएर योजनाको अनुगमन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । योजना छनौट र कार्यान्वयनमा जनप्रतिनिधी र कर्मचारी तथा अन्तर कार्यालयहरुबीच समन्वयको आवश्यकता औल्याइएको थियो ।

बैठकमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझा, प्रादेशिक जनस्वास्थ्य कार्यालयका गणेश सुवेदी, पूर्वाधार विकास कार्यालयका ईञ्जिनियर जिता गिरी, डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारी, सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदी, उद्योग तथा पर्यटन कार्यालयका प्रमुख अमृत कडेल, कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोला, प्रादेश आर्युवेद चिकित्सालयका कविराज निरिक्षक दामोदर शर्मा र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

बजेट अभाव र कतौटिका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको कार्यालय प्रमुखहरुको भनाई थियो । गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले कार्यालय प्रमुख र जनप्रतिनिधीबीच एकले अर्कालाई समन्वय नगर्दा योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको महशुस गरिएको बताउदै त्यसलाई सुधार गर्न अनुगमन समिति मार्फत पहल गरिने बताउनुभयो ।

“जनप्रतिनिधी र कर्मचारीहरुबीच जोगी देखि भैसी डरायो, भैसी देखि जोगी डरायो भने जस्तै सम्बन्धले योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको हो,” उहाँले भन्नुभयो “कार्यालय प्रमुखहरुले योजना तथा कार्यक्रमको बारेमा जनप्रतिनिधीसँग सल्लाह, समन्वय गर्ने र जनप्रतिनिधीहरुले सहजिकरण गर्न आवश्यक छ ।” अर्का प्रदेश सांसद भण्डारीले योजना छनौट देखि कार्यान्वयन सम्म सहभागितामुलक, पारदर्शीता, गुणस्तरीय र प्रभावकारी बनाउन समिति मार्फत नियमित छलफल, अन्तरक्रिया, समन्वय र स्थलगत अनुगमन गरिने बताउनुभयो ।

दिप प्रज्ज्वलनसहित लोकतन्त्र दिवस मनाइयो

0

जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीलाई ३ लाख बढी सहयोग

0

शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित जापानमा रहनुभएका म्याग्दी मालिका गाउँपालिका–४,का चोकबहादुर बुढाथोकी मगरको उपचारका लागि मोना जापानले ३ लाखभन्ँदा बढी आर्थिक सहयोग गरेको छ ।

केही वर्ष अघि अध्ययनको सिलसिलामा जापान पुग्नुभएको चोकबहादुरलाई मोना जापानको पहलमा संकलन भएको ३ लाख ११ हजार १५७ रुपैयाँ बिरामीका बुबा नन्दराज बुदाथोकीको खातामा जम्मा गरिएको मोना जापानका अध्यक्ष बिशाल केसीले बताउनुभयो । मोना जापानका सुरेश पुनको आर्थिक संयोजकत्वमा सञ्चालन गरिएको अभियानमा मोना जापान सहित ५९ जनाले सहयोग गरेका छन् ।

जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुरको हारा सानसिन हस्पिटलमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएका्े यसको उपचार खर्च धेरै हुने भनेपछि आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । जापानमा उपचार महंगो हुने र भारतमा सर्वसुलभ र परिवारको समेत हेरचाह हुने भएकाले आवश्यक तयारी भइरहेको मोना जापानले जनाएको छ ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । बोनम्यारो ट्रान्सप्लान्ट भन्नाले शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ ।

सर्वोच्चले आदेश: शिक्षकको माग पूरा गरी तीनदिन भित्र विद्यालय फर्काउनु

0

सर्वोच्च अदालतले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षाको अधिकार हनन भएको ठहर गर्दै तीन दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन दिएको हो।

अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ।

साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।

“आन्दोलनका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ। बालबालिकाको शिक्षाको अधिकार आधारभूत मानव अधिकार हो, जसलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो,” आदेशमा भनिएको छ।

अधिवक्ता श्रवणकुमार चौधरीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा र एसईई नतिजामा परेको असरप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

हेर्नुहोस् आदेश :

error: Content is protected !!