Tuesday, June 10, 2025
30.5 C
Beni
30.5 C
Beni
Tuesday, June 10, 2025
Home Blog Page 321

खैरेनी सामुदायिक बनमा आगो लगाउने मिजारलाई बन मुद्धा

बेनी नगरपालिका–६को खैरेनी सामुदायिक बनमा आगो लगाउने स्थानीय यूवालाई डिभिजन बन कार्यालय म्याग्दीले कारवाही थालेको छ । गत वैशाख ९ गते आगो लगाएको विशेष सूचनाका आधारमा १० गते पक्राउ गरिएका स्थानीय यामबहादुर मिजारलाई बन ऐनमा मुद्धा दर्ता गरिएको हो ।

केहीदिन अगाडी मात्रै बैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकबाट फर्किएका मिजारले मदिरा सेवन गरी सामुदायिक बनमा आगजनी गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको थियो ।

डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले आगलागीमा संलग्नका बारेमा सूचना दिएमा प्रमाण पुगेमा कानुनी कारवाही गरिने बताए । ’बनजंगलमा आगो लगाउनु गम्भीर अपराध हो,‘यसपटक गण्डकी प्रदेशमै बनजंगलमा आगो लगाउनेलाई मुद्धा दर्ता म्याग्दीमा मात्रै भएको छ’ अधिकारीले भने ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी सामुदायिक बनमा आगो लगाएको आरोपमा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

म्याग्दीमा म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय २५ भन्दा बढी बनको १२ सय हाराहारीको हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ । बन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुँवाले जिल्लामा पछिल्लो एक महिना यता वायु प्रदूषण बढेको छ । आइतबार बर्षातले केही राहत भएपनि आगजनीका घटना रोकिएको छैन ।

आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ। ‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा उल्लेख छ।

नेपालीको औसत आयु ७१.३ वर्ष

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१. ३ वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।

यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ। तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसङ्ख्या वृद्धिदर रहेको छ।

पछिल्लो जनगणना अनुसार नेपालमा एकल परिवार ६० दशमलव एक  प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत रहेको छ। बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।

प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले आज यहाँ विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गर्दै चार सयभन्दा बढी जनसाङ्ख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, पत्रकारलगायत आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गरे।

तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण सार्वजनिक गर्नेक्रममा आगामी आठ महिनाभित्र १६ वटा विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ। हरेक १० वर्षमा जनगणना गर्ने व्यवस्था भएबमोजिम यसअघि २०६८ सालमा लिएकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

‘सन्तानको कमाइको १० प्रतिशत आमा बुवालाई’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम ल्याउने बताएकी छिन्। समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेन्डर विमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

कार्यक्रममा बोल्दै उनले भनिन् ‘ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पूजनीय व्यक्तित्व हुनहुन्छ। उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक छ।’ पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ति सन्तानको कमाइको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ति छुट्टाउने व्यवस्था गरिएको बताइन्।

‘आफ्ना सन्तानले जति कमाई गर्छ त्यसको १० प्रतिशत आमा बुवाका निम्ति खर्च गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐन आएको छ अब त्यसलाई कार्यविधि बनाएर स्थानीय तहसम्म पठाउनुपर्ने छ। त्यसका निम्ति हामीले तयारी गरिरहेका छौँ’, मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिक हाम्रा पूजनीय, आदरणीय व्यक्तित्व हुनुहुन्छ। हामी कसैले पनि उहाँहरूलाई बिर्सन हुँदैन।’

मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने जिकिर गरिन्। ‘चाहे कुनैपनि कारण होस् तर हामीले आफ्ना आमा बुवालाई बेवास्ता गर्नु हुँदैन। सन्तान हुर्काउँदै गर्दा आफ्ना बाआमाप्रतिको जिम्मेवारी भुल्नु हुँदैन।’ उनले भनिन्।

रितुङ्ग माविमा ५ लाखको अध्यक्षकोष स्थापना

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ्ग माध्यामिक विद्यालयमा एक परिवारले आफ्नो आमाबाबाको स्मृतिमा अध्यक्षकोष स्थापना गरेका छन् । स्व. रामबहादुर घरब्जा छन्त्याल तथा स्व. हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी र नातीनातिनीहरुले ५ लाखको अध्यक्षकोष स्थापना गरेको विद्यालयका प्र.अ खिमबहादुर छन्त्यालले जनाकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा विद्यालय व्यवस्थापन अध्यक्ष गमान छन्त्याल, प्र.अ र सहयोगदाता गिता छन्त्यालको संरक्षणमा संचालन हुने गरी स्व छन्त्यालका परिवारका सदस्यहरु भिमबहादुर छन्त्याल, समाया छन्त्याल, सतिमा छन्त्याल, नातीहरु कमल छन्त्याल मन छन्त्याल, बिमल छन्त्याल, रिता छन्त्याल, गिता छन्त्याल लगायतले उक्त रकम विद्यालयका कार्यबाहक वि.वि.स. का.अध्यक्ष पदम छन्त्याल र प्र.अ लाई हस्तातरण गर्नुभएको थियो ।

‘श्री रामबहादुर, हल्जना छन्त्याल स्मृति रितुङ्ग मा.वि अध्यक्षकोष’ बाट बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहलाई छात्रवृति (शैक्षिक सामाग्री) विवतरण गरिने प्र.अ छन्त्याले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभाप्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेको विमल छन्त्यालले बताउनुभयो ।
‘विद्यार्थीले आत्माविश्वास बढोस र माथिल्लो तहमा पढ्नका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरेका हौँँ’ उहाँले भन्नुभयो ।

 

गण्डकी-मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सन्दीपको मुद्दा हेर्न नमिल्ने सूचीमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ । स्रोतका अनुसार कम्प्युटर सिष्टममा नै हेर्न नमिल्ने सूचीमा परिसकेपछि मुख्य न्यायाधीश निरौलालाई मुद्दा पन्छाउन सजिलो भयो ।
यद्यपि मुख्य न्यायाधीश निरौलाले हेर्न चाहेको भए उनलाई कुनै कानुनी रोकावट भने थिएन ।

वनमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ

जङ्गलमा आगो लगाएको आरोपमा पाँचजना  पक्राउ परेका छन्। वनमा आगजनी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  जानकारी दिए।

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई प मुद्दा चलाइएको उनले बताए। डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ। रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो। -रासस

म्याग्दी जेसीज सप्ताह कार्यक्रम हुने

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले २६ औं स्थापना दिवसको अवसरमा साताब्यापाी कार्यक्रम गर्ने भएको छ । शनिबार जेसीज सचिवालयमा सम्पन्न भएको दोस्रो साधारणसभाबाट जेठ ९ देखि १५ गतेसम्म स्थापना दिवस मनाउने निर्णय गरेको छ । जेसीज सप्ताहको अवसरमा वरिष्ठ कार्यकारिणि उपाध्यक्ष दिनेश बिश्वकर्माको मुल संयोजकत्वमा कार्यक्रम तय गरिएको अध्यक्ष दिनेश बानियाँले बताए ।

उनका अनुसार पहिलो दिन अन्तर मा.बि. स्तरिय निवन्द लेखन प्रतियोगीता, जेसीज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्रभावकारी भाषणकाला तालिम, पुस्तकालय स्थापना, अन्तर मा.बि. स्तरिय लोक नृत्य प्रतियोगिता, मेरो स्कुल कार्यक्रम अन्तरगत पौलस्त्य माविमा आँखा स्वास्थ्य सचेतना तथा आँखा जाँच कार्यक्रम कार्यक्रम, अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता र सातौं दिन स्थापना दिवस तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको मिडिया म्यानेजर कपिल बानियाँले जानकारी दिए ।

म्याग्दी जेसीजले सदस्यको ब्यक्तिगत तथा संस्थागत विकास बाहेक समुदायस्तरमा विभिन्न रचनात्मक कार्यहरु गरी मनाउने गरेको छ ।

लाल युवा क्लबको अध्यक्षमा पुनः खगेन्द्र खत्री, नवनिर्मित स्टेजको प्रदेश सांसद गौचनले उद्घाटन

म्याग्दीको मंगला गाउँपालिका-१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा पुनः खगेन्द्र खत्री चयन भएका छन् । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सिजन गौचन,उपाध्यक्ष प्रवेश थजाली ,सचिव भरत अर्मजा,सहसचिव ऋषिकेश तिवारी,कोषाध्यक्ष विन्दु विकरहेका छन् ।त्यसैगरी सदस्यहरुमा कुमार विक,रबि राम्जाली,भविन्द्र राम्जाली,निशान पुन,कौशिला पुन,सुस्मिता पुन,सन्ध्या खत्री चयन भएका छन् ।

क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य रहेको क्लवका अध्यक्ष खत्रीले बताए । कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनको अवसरमा नवनिर्मित स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गरेकी छन् ।

कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की,वडा अध्यक्ष एकजित रोका,वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जालीले मन्तब्य राखेका थिए । सांसद गौचनको पहलमा गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज र पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको थियो ।

नेपाल आइडलबाट बाहिरिए सन्तोष पुन, गायन क्षेत्र झनै फराकिलो बनाउने प्रतिबद्धता

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणबाट म्याग्दी बेनी नगरपालिका–८,का सन्तोष पुनले उत्कृष्ट १२ बाटै बाहिरिएका छन् । नेपाल आइडलको सुरुवातदेखि नै उत्कृष्ट लयमा रहेका सन्तोष टप १० का लागि प्रतिस्पर्धा गरेपनि सफल हुन सकेनन् ।

म्याग्दी जिल्लाको पूरानो गीतसँगै यूवापुस्ताले रुचाइरहका कोशेली पस्किएर दर्शकस्रोताको मन जित्न सफल भएका पुनले नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपनि सांगीतिक यात्रा भने नरोकिने बताए । ‘उत्कृष्ट १० भित्र पर्न सकिन,यो अवधिमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभारी छ, मेरो यात्रा निरन्तर जारी छ’ पुनले भने । नेपाल आइडलबाट सांगीतिक यात्राको सुरुवात मात्रै भएको बताउँदै पुनले अबका दिनमा झनै उत्कृष्ट प्रस्तुती सहित आउने बताए ।

नेपाल आइडल अवधिभर पुनको प्रस्तुतीले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तान्न सफल भएको छ । पुनलाई उत्कृष्ट १०का लागि बेनीबजार तथा ग्रामिण क्षेत्रका साथै विदेशबाट समेत भोटिङ भएको थियो । उनले प्रतियोगिता अवधिमा एक दर्जन गीत पस्किएका थिए । निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका थिए । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको परिवासँग जोडिएको भिडियो धेरै हेरिएको थियो ।