Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 53

बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन, कुनै न कुनै समस्या भेटियो

म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ ।

अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्व खानाबाट पूर्ति नभएको भन्दै बिरामीलाई फुड सप्लिमेन्टलाई औषधिको नाममा सिफारिस गर्ने गरेको समेत भेटिएको छ भने औषधि पसलले समेत बिरामीलाई औषधि बाहेक विभिन्न बाहनामा अनावश्यक खर्च गराउने गरेको समेत भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृतप्रसाद कँडेलले बताउनुभयो ।

‘‘बिरामीलाई धेरै खर्च गराउने प्रबृत्तिलाई सचेत गराइएको छ, नविकरण नभएकालाई दुई दिनको समय दिएका छौ’’ प्रमुख कँडेलले भन्नुभयो । उहाँले सदरमुकामपछि ग्रामिण क्षेत्रका औषधि पसलको समेत अनुगमन गरिने बताउनुभयो । अनुगमन टोलीकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले औषधि, डेन्टल र ल्याब सेवा मापदण्ड बिपरित सञ्चालन गर्न नदिने बताउनुभयो ।

‘‘सुधार गर्न दिइएको समयमा पनि अटेर गरे थप कारवाही गछौं, चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा औषधि दिनुपर्छु ।’’सोमबार निलगिरी डेन्टल केयर सेन्टर, न्यु युगल फार्मसी, पाण्डे मेडिकल हल, यूगल डेन्टल केयर सेन्टर, ढकाल मेडिकल हल, न्यु ढकाल ल्याब, बेनी सन्जिबिनी हेल्थ क्लिनिक, कोर स्माइल डेन्टल केयर सेन्टर र म्याग्दी डेन्टल होममा अनुगमन गरिएको छ ।

अनुगमन टोलीले बेनीबजारमा रहेका अन्य फार्मेसी, डेन्टल सहित औषधि पसलहरूको समेत अनुगमन गर्ने जनाएको छ । अनुगमनमा प्रदेश जनस्वास्थ्यका मिनराज न्यौपाने, बेनी अस्पतालका आषिश श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।

टोलीले औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन अवज्ञा गरे बन्द गर्ने चेतावनी समेत दिएको छ । म्याग्दीमा विना दर्ता सञ्चालित औषधि पसलहरूले बिरामीलाई मनपरी औषधि दिदाँ दिर्घरोगीको संख्या बढेको छ ।

 

जामुनाखर्क माविले विद्यार्थीलाई दियो पुस्तक

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरु काठमाण्डौको आन्दोलनमा रहेको अवस्थामा विद्यार्थीलाई सहज हुने गरी पुस्तक वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादब सुबेदीले बताउनुभयो ।

सरकारले शिक्षकको माग पूरा गर्न ढिलाई गर्दा भर्ना अभियान नै प्रभावित भएको भन्दै अध्यक्ष सुबेदीले शिक्षकको माग पूरा गरी विद्यालयमा पठनपाठन सूचारुको वातावरण बनाउन समेत सरकार समक्ष माग गरेका छन् । सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन नहुदाँ विद्यार्थी अलमलमा परेका छन् ।

चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौंमा छन् भने सरकारले समेत शिक्षकका आवश्यक मागहरु पूरा गर्नेतर्फ गम्भीर चासो देखाएको छैन । यसबिच कक्षा ८ को ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, कक्षा १२ परीक्षा, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।

शिक्षक आन्दोलनको २० औं दिन जारी : माग पूरा भएपछि विद्यालयमा फर्किने

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरूले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका छन्। जसका कारण अनामनगर,थापागाउँ, बानेश्वरलगायत क्षेत्रमा सडक अस्तव्यस्त बनेको छ।

सडक अवरुद्ध हुँदा दैनिक कार्यालय जाने कर्मचारीसहित स्कुल,कलेजका विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका छन् । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुँदै आएको छ भने शैक्षिक गतिविधि पनि ठप्प भएको छ ।

चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक कर्मचारी काठमाडौं आएका छन्। २० दिनदेखि शिक्षक सडकमा छन्। उनीहरू चैत २५ देखि शैक्षिक हड्तालमा छन्। शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहे पनि आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात प्रभावित छ।

आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने,प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने,उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ । तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन्।शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ। जसले गर्दा कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ।

वैशाख २ गतेबाट नयाँ भर्ना सुरुवात हुनु प्रणाली रहँदै आएको छ। तर,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना प्रभावित भएको छ। यसैगरी एसईईको नतिजा प्रकाशनमा पनि ढिलाइको सम्भावना देखिएको छ। एसईईको उत्तरपुस्तिका जाँच गर्ने शिक्षक जति आन्दोलनमा छन्। जसले गर्दा एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने सम्भावना बढेर गएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।  भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । भट्टराईले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको बताइएको छ।

विभिन्न माग राखेर शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। मन्त्रालयले पटक पटक छलफलका लागि बोलाउँदा पनि शिक्षकहरू नआएको भट्टराईले बताउँदै आएकी थिइन्। सोमबार नै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन्।

शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेको २०औं दिनमा शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । नेकपा (एमाले) का एक नेताका अनुसार, मन्त्री भट्टराई स्वास्थ्यलाई कारण देखाउँदै यसअघि नै राजीनामा दिने मनस्थितिमा पुगेकी थिइन् । तर पछिल्लो समय शिक्षक आन्दोलन र त्यसबाट निम्तिएको शैक्षिक अवस्थाका कारण भट्टराईले बढी तनाव महसुस गर्दै आएकी थिइन् ।

सरकारसँग भएका बारम्बारका वार्ता निष्कर्षमा पुग्न सकिरहेको थिएन । शैक्षिक कार्यक्रम नै ठप्प पारेर शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् । उनीहरुले दैनिकजसो माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन् ।

म्याग्दीका निजामति कर्मचारीले ११ बुँदे मागपत्र बुझाए

म्याग्दीमा कार्यरत निजामती कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसद सचिवालयमा विभिन्न ११ बुँदे मागपत्र बुझाएका छन् ।

संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले प्रजिअ गुरुदत्त ढकालमार्फत सभामुख देवराज घिमिरेलाई कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका हुन् । संघीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित संघर्ष थालेका निजामती कर्मचारी आवद्ध संघ संगठनले ११ बुँदे मागबाट ध्यानाकर्षण गराएको नेपाल निजामति कर्मचारी यूनियनका सभापति सुमन सुवेदीले बताउनुभयो ।

नेपाल निजामति कर्मचारी संगठनका म्याग्दीका अध्यक्ष सोमबहादुर केसी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष त्रिबिक्रम शर्मा संघीय ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको ऐन निर्माण गर्दा विगतमा पेश गरिएका ८५ बुँदे माग, २०७८ माघ १२ गते सर्वोच्च अदालतले संघीय निजामती सेवा निर्माण गर्दा पालन गर्नु पर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच २०८० असोज २७ गते भएको सम्झौतामा उल्लेख भएका मागहरू समावेश गर्न पुनः संवाद गरी विधेयक समितिको सुझावसहित प्रतिनिधिसभाको प्रथम बैठकभन्दा अगावै पेश गर्ने लगायत रहेको छ ।

मागहरुलाई सरकार र संसद उदासिन भई सुनुवाइ नगरे संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने समेत कर्मचारीले चेतावनी दिएका छन् ।

 

गण्डकीमा ६ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

नयाँ शैक्षिक सत्र सुरु भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो।

कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए।

‘माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ,’ उनले भने। प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ। पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए।

शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उनको भनाइ छ। कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो। रासस

उपल्लो मुस्ताङमा लेक लागेका इटालियन पर्यटकको उद्धार

उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ।

इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो।

समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पुर्‍याउने गरी उद्धार गरिएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए।

लोमान्थाङ गाउँपालिकाले इटालियन पुरुष नागरिक पिन्टोको उद्धारका लागि अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोममा पु¥याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे। उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ५०० डलर खर्च गरेर १० दिनको प्रवेशाज्ञा लिई त्यहाँ पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याका कारण श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने समस्या देखिएकाले तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए।

उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई लेक लाग्ने समस्याले बिरामी परेको यो नै पहिलो घटना भएको उनको भनाइ छ। उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो। प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

मुस्ताङको जोमसोम हुँदै अर्को दुईजना फ्रान्सेली नागरिक र तीनजना पथप्रदर्शक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका इटालियन नागरिक पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो। हिमाली जिल्ला मुस्ताङमा विसं २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए।

यस्तै, विसं २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए। पर्वतीय क्षेत्रको उच्चस्थानमा पर्यटकहरूले यात्रा क्रममा विश्राम नगरी यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ। विशेषगरी उमेर पुगेका ज्येष्ठ नागरिक र दीर्घरोगका बिरामीहरूलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको छ। रासस

शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयकाे भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् ।

यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसाे १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।

सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।

यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गर्नुभएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च : तोलाकाे एक लाख ९१ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

टुन्डी पावरमा बेहोस भएका बाराका चौधरीको मृत्यु

Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ बर्षिय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस भई ढलेका थिए ।

उपचारका क्रममा बेनी अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलका अनु्सार आइतबार साढे चार बजे चिकित्सकले मृत घोषित गरेको बताए । मृतक चौधरी टुन्डीमा मेकानिकलको रुपमा कार्यरत थिए ।

यसैबीच टुन्डी पावर कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका छन् ।

टुन्डी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् ।